शिक्षामन्त्री भट्टराईले गरिन् बाढीबाट क्षतिग्रस्त विद्यालयको स्थलगत निरीक्षण
नेपालअखबार,काठमाडौँ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले बाढीले क्षतिग्रस्त विद्यालयको निरीक्षण गरेकी छन् ।
गत असोज ११ र १२ गते धेरै वर्षापछि आएको बाढीका कारण क्षतिग्रस्त ललितपुरका विद्यालयको उनले स्थलगत निरीक्षण गरेकी हुन् ।
विभिन्न ४ विद्यालयमा पुगेर क्षतिको अवस्थाबारे उनले बुझेकी हुन् । कोन्जोस्योम गाउँपालिकाको ज्ञानज्योति आधारभूत विद्यालय, गोदावरी नगरपालिकाको बुद्ध माध्यमिक विद्यालय, बागेश्वरी आधारभूत विद्यालय र महालक्ष्मी नगरपालिकाको गम्भीर समुद्र सेतु माध्यमिक विद्यालयको उनले निरीक्षण गरेकी हुन् ।
स्थलगत अवलोकनका क्रममा मन्त्री भट्टराईले क्षति भई आवश्यक विद्यालयमा तत्काल अस्थायी सिकाइ केन्द्रको व्यवस्था गर्ने, अभिभावक र विद्यार्थीलाई मनोपरामर्श दिने र विद्यार्थीको सिकाइलाई निरन्तरता दिन सबैले सहयोग गर्नुपर्ने बताइन् ।
पाठ्यपुस्तक क्षति भएका विद्यार्थीलाई...










