अमेरिकाले ‘आतंकवाद प्रवर्द्धनकर्ता देश’को सूचीबाट सिरियालाई हटायो
नेपालअखबार,काठमाडौं । अमेरिकाले आतंकवाद प्रवर्द्धन गर्ने देशहरूको सूचीबाट सिरियालाई हटाएको छ । ४७ वर्षपछि अमेरिकाले सिरियालाई उक्त सूचीबाट हटाएको घोषणा गरेको छ ।
अमेरिकी प्रशासनले सिरियालाई आतंकवाद प्रवर्द्धन गर्ने देशको सूचीबाट हटाउनुको उद्देश्य त्यहाँ विदेशी लगानीको वातावरण सहज बनाउनु र विश्व अर्थ व्यवस्थामा सिरियालाई फेरि सामेल गर्नु रहेको बताएको छ ।
आतंकवाद प्रवर्द्धन गर्ने अमेरिकी सूचीमा अझै तीन देश बाँकी छन् । जसमा इरान, उत्तर कोरिया र क्युबा रहेका छन् ।
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले सिरियालाई आतंकवाद प्रवर्द्धन गर्ने देशको सूचीबाट हटाएपछि उसलाई आर्थिक समृद्धिको दिशामा अगाडि बढ्ने बाटो दिने बताएका छन् ।
उता अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले पनि अमेरिकाले अब सिरियामा बढी भन्दा बढी लगानी भित्र्याउन मद्दत गर्ने बताएका छन् ।
‘यो कदम सिरियामा बढी लगानी ल्याउनेमा मद्दत गर्नेछ ...









