खरिद ऐनको दोस्रो संशोधनले राज्यको खर्च गर्ने क्षमता बढाउँछ : अध्यक्ष पाण्डे
नेपालअखबार,काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष निकोलस पाण्डेले सार्वजनिक खरिद ऐनको दोस्रो संशोधनले निर्माण व्यवसायीलाई मात्र नभई समग्र राज्य संयन्त्रलाई नै फाइदा पुर्याउने विश्वास व्यक्त गरेका छन् ।
नेतृत्व सम्हालेको १०० दिन पूरा भएको अवसरमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष पाण्डेले ऐनमा गरिएका सुधारहरूले मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पुग्ने बताएका छन् । अध्यक्ष पाण्डेकाअनुसार विगतमा न्युन पूँजीगत खर्च हुनुमा निर्माण व्यवसायीहरूको पनि केही हिस्सा रहेको थियो । टेण्डर प्रक्रियामा ४० प्रतिशतसम्म घटेर कबोल गर्ने प्रवृत्तिका कारण राज्यको खर्च गर्ने क्षमता सोही अनुपातमा कम हुन पुगेको र यसले गर्दा बजारमा पर्याप्त पैसा आउन नसकेकाले अर्थतन्त्र सुस्ताएको बताए ।
यो समस्या समाधानका लागि नयाँ ऐनमा ‘एभरेज बिडिङ’ (औसत बोलकबोल) र जटिल कार्यहरूमा ‘रेटेड क्राइटेरिया’ (मूल्...










