Tuesday, November 24

समाचार

पछिल्लो कोरोना संक्रमणबाट २४ घण्टामा थप ११ जनाको मृत्यु
समाचार, स्वास्थ्य

पछिल्लो कोरोना संक्रमणबाट २४ घण्टामा थप ११ जनाको मृत्यु

नेपाल अखबार, पाेखरा। नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ सय नाघेको छ। पछिल्लो २४ घण्टामा थप ११ जनाको मृत्यु भएसँगै शनिबार अपरान्हसम्म मत्यु हुनेको संख्या ४०१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
उपत्यकामा २४ घण्टामा थप ७११ जना कोरोना संक्रमित थपिए
समाचार, स्वास्थ्य

उपत्यकामा २४ घण्टामा थप ७११ जना कोरोना संक्रमित थपिए

नेपाल अखबार, काठमाडाैं। काठमाडौँ उपत्यकामा २४ घण्टामा थप ७११ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार दिएको जानकारी अनुसार उपत्यकाका तीन जिल्लामा थप ७११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो मन्त्रालयका अनुसार उपत्यकाका काठमाडौँमा ५७०, भक्तपुरमा ८३ र ललितपुरमा ५८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो। शुक्रबार उपत्यकामा ८५९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।  ...
पछिल्लो २४ घण्टामा नेपालमा १२ सय ४ जना कोरोना संक्रमित थपिए
समाचार, स्वास्थ्य

पछिल्लो २४ घण्टामा नेपालमा १२ सय ४ जना कोरोना संक्रमित थपिए

नेपाल अखबार, पाेखरा। नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २०४ जना कोरोना संक्रमित थपिएका छन्। शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा थप १ हजार २०४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताए। आज देशभरमा सक्रिय संक्रमितको संख्या १७ हजार १२९ रहेको छ। पछिल्लो २४ घण्टामा थप १० हजार ३३३ पीसीआर परीक्षण भएसँगै नेपालमा अहिलेसम्म भएको पीसीआर परीक्षणको संख्या ९ लाख ४ हजार ७०६ पुगेको छ। त्यस्तै पछिल्ले २४ घण्टामा थप १ हजार ४४७ जना कोरोना संक्रमित निको भएसँगै जम्मा निको हुनेको संख्या ४५ हजार २६७ पुगेको छ। यो कूल संक्रमितको ७२ प्रतिशत हो।...
कुलमानले भने : मेरो पुनर्नियुक्तिको माग गर्दै सडकमा प्रदर्शन नगरिदिनु होला
विचार, समाचार, हाइलाइट-समाचार

कुलमानले भने : मेरो पुनर्नियुक्तिको माग गर्दै सडकमा प्रदर्शन नगरिदिनु होला

नेपाल अखबार, काठमाडाैं। नेपाल विद्युत प्राधिकरणका निवर्तामान कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो पुनर्नियुक्तिको माग गर्दै सडकमा प्रदर्शन नगरिदिन सर्बसाधरणलाई आग्रह गरेका छन्। कुलमानको पुनर्नियुक्तिको माग गर्दै राजधानी लगायत देशभर प्रदर्शन हुन थालेपछि शनिबार एक विज्ञप्ति प्रकाशित गर्दै उनले कोरोना महामारीको संवेदनशील अवस्था रहेको भन्दै सडकमा भिडभाड गरी प्रदर्शन नगर्न आग्रह गरेका हुन्। उनले देशभर भइरहेका प्रदर्शनप्रति आफ्नो ध्यानाकर्षण समेत भएको बताएका छन्। ‘विश्वव्यापी रुपमा फैलिएको कोभिड—१९का कारण नेपाल पनि आक्रान्त भएको वेला मलाई प्राधिकरणको कार्यकारी निर्देशकमा निरन्तरता दिनु पर्ने माग राखी महामारीको संवेदनशील अवस्थामा सडकमा भिडभाड गरी प्रदर्शन नगरिदिनुहुन सबैलाई हार्दिक अनुरोध गर्दछु’, घिसिङद्वारा जारी विज्ञप्तिमा भनिएको छ। घिसिङले सरकाले आफूलाई कार्यकारी निर्देशक नियुक्ति गर्दा दि...
काठमाडौं महानगरका ४४४ संक्रमित संक्रमित सम्पर्कविहीन भए
समाचार, स्वास्थ्य, हाइलाइट-समाचार

काठमाडौं महानगरका ४४४ संक्रमित संक्रमित सम्पर्कविहीन भए

नेपाल अखबार, काठमाडौं । काठमाडौं महानगर क्षेत्रका ४ सय ४४ जना कोरोना संक्रमित सम्पर्कविहीन भएका छन्। काठमाडौं महानगरपालिकाका अनुसार शुक्रबारसम्म ४ सय ४४ संक्रमित सम्पर्कमा छैनन्। महानगरपालिकाको सहरी स्वास्थ्य महाशाखाले शुक्रबार अपराह्न सार्वजनिक गरेको तथ्यांकमा ४ सय ४४ संक्रमित ‘नखुलेको’ उल्लेख छ। पीसीआर परीक्षण गर्दा पोजिटिभ रिपोर्ट आएका उनीहरू सम्पर्कमै नआएपछि ती कहाँ छन् र कतिलाई भाइरस सारे हाेलान् भन्ने तनाव महानगरपालिकालाई भइरहेकाे छ। काठमाडौंमा स्वाब दिएर संक्रमण पुष्टि भएपछि मोबाइल स्विच अफ गर्ने त्यस्ता व्यक्ति पत्ता लगाउने जिम्मा स्वास्थ्य सेवा विभाग र जिल्ला जनस्वाथ्य कार्यालयले काठमाडौं महानगरपालिकालाई दिने गरेको छ। तर महानगरपालिकाले पनि फेला पार्न नसकेपछि उनीहरुकाे खोजी गर्ने जिम्मा प्रहरीलाई दिने गरिएकाे छ। तर ती व्यक्ति अहिलेसम्म फेला नपरेपछि महानगरपालिकाले बेपत्ताको संख्या स...
गण्डकी प्रदेशमा ५१ जना कोरोना संक्रमित थपिए
प्रदेश ४, समाचार

गण्डकी प्रदेशमा ५१ जना कोरोना संक्रमित थपिए

नेपाल अखबार, पोखरा  । स्वास्थ्य निर्देशनालय गण्डकीले शुक्रबार बिहान पोखरा महानगरका १३ जना सहित गण्डकी प्रदेशमा ५१ जना कोरोना संक्रमित थपिएको जनाएको छ । निर्देशनालयले पोखरा महानगरका ७ वटा वडाका  १०  पुरुष तथा  ३  महिलामा सङक्रमण पुष्टि भएको जानकारी दिएको हो । त्यसै गरी निर्देशनालयले स्याङजा ५ की ५२ वर्षीया महिला, तनहुँ ब्यास ६ का ३३, ३९ र ६० वर्षीय पुरुष एवं नवलपुर देबचुलीका ७ वर्षीय बालकदेखि ६२ वर्ष उमेर समुहका १६ पुरुष तथा ५ वर्षीया बालिका देखि ८० वर्ष उमेर समूहका १८ महिलामा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ । यस सँगै गण्डकी प्रदेशमा कोरोना सङक्रमितको सँख्या ३ हजार ४ सय २ पुगेको छ ।...
पिकअप भ्यानको ठक्करबाट एक जनाको मृत्यु
दुर्घटना, समाचार

पिकअप भ्यानको ठक्करबाट एक जनाको मृत्यु

नेपाल अखबार, चितवन। यसैबीच चितवनमा पिकअप भ्यानले ठक्कर दिँदा मोटरसाइकल चालक एक जनाको मृत्यु भएको छ । गीतानगरबाट सिताराम चोकतर्फ जाँदै लु १ च ४४३५ नम्बरको पिकअप भ्यानले विपरीत दिशाबाट आइरहेको प्रदेश २–०३–००६ प ७७६१ नम्बरको मोटरसाइकललाई भरतपुर महानगरपालिका वडा नं. ६ पारसनगरमा ठक्कर दिँदा भरतपुर २३ का ३७ वर्षीय ज्योती दराईको मृत्यु भएको हो । उपचारको लागि भरतपुर अस्पताल पठाइएकोमा उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता सूर्य थापाले जानकारी दिए ।...
सुतेको बेला तीन जनालाई सर्पले डस्यो, २ वर्षीय बालकको मृत्यु
प्रदेश ३, समाचार

सुतेको बेला तीन जनालाई सर्पले डस्यो, २ वर्षीय बालकको मृत्यु

नेपाल अखबार, चितवन । पश्चिम चितवनमा सर्पले डस्दा दुई वर्षीय एक बालकको मृत्यु भएको छ । भरतपुर महानगरपालिका वडा नं. १९ शारदानगरमा घरमा सुतिरहेका तीन जनालाई गएराति विषालु सर्पले डसेको थियो । बालकको चितवन मेडिकल कलेजमा उपचारको क्रममा विहान करिब ६ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । सर्पको डसाइबाट बालककी आमा २६ वर्षकी रुवी सुनारको अवस्था गम्भीर छ । उनको भरतपुर अस्पतालमा उपचार जारी छ । यस्तै ५६ वर्षकी केशरी वि.क.को अवस्था पनि गम्भिर छ । उनको चितवन मेडिकल कलेजको आइसियूमा राखेर उपचार भैरहेको प्रहरीले जनाएको छ ।  ...
दीपिका पादुकोणको ‘डिप्रेशन’ को विषयमा बोले रणवीर सिंह, कस्तो थियो उनको हालत ?
मनोरञ्जन, समाचार

दीपिका पादुकोणको ‘डिप्रेशन’ को विषयमा बोले रणवीर सिंह, कस्तो थियो उनको हालत ?

नेपाल अखबार, एजेन्सी  । नेशनल जियोग्राफीको शो ‘मेगा आइकन’ को नयाँ सिजनको पहिलो एपिसोड दीपिका पादुकोणमा आधारित छ । यसको टीजर सार्वजनिक भएको छ जसमा दीपिका पादुकोण आफ्नो जीवनको यात्राको बारेमा बताइरहेकी छिन् । दीपिका पादुकोणले यस भिडियामा उनले डिप्रेशनको समयमा कसरी तनाव कम गरिन् भन्ने विषयमा बोलेकी छिन् । उनको विषयमा उनका पति रणवीर सिंह र फिल्म निर्माता इम्तियाज अलीले पनि बोलेका छन् । दीपिका पादुकोणले सन् २०१२ मा इम्तियाज अलीको ‘ककटेल’ बाट आफूमा निकै ठूलो परिवर्तन आएको बताएकी छिन् । उनले आफू पहिले क्यामेराको अगाडि लजाउने र क्यामरामा खुल्न ‘ककटेल’ बाट सिकेको बताएकी छिन् । उक्त टीजरमा रणवीर सिंह पनि रहेका छन् । उनले भनेका छन्, ‘उनी निकै भावनात्मक उथल पुथलबाट गुज्रिरहेकी थिइन् । सायद उनलाई यो कुराको अवगत थिएन होला तर उनी आफ्नो परफरमेन्स दिइरहिन् ।’ दीपिकाको विषयमा इम्तियाज अलीले भनेका छन्, ‘दीपि...
सुदूरपश्चिम प्रदेशमा कोरोना सकृय संक्रमितको संख्या ८ सय १७ पुग्यो
प्रदेश ७, समाचार, स्वास्थ्य

सुदूरपश्चिम प्रदेशमा कोरोना सकृय संक्रमितको संख्या ८ सय १७ पुग्यो

नेपाल अखबार, कैलाली  । सुदूरपश्चिम प्रदेशमा कोरोना सकृय संक्रमितको संख्या ८ सय १७ पुगेको छ ।  शुक्रबार विभिन्न अस्पतालमा गरिएको परिक्षणबाट थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएपछि प्रदेशमा सकृय संक्रमितको संख्या ८ सय १७ पुगेको हो । सकृय संक्रमितमा अछाम ६६, बैतडी ६५, बझाङ्ग ५९, बाजुरा ९, डडेल्धुरा ९, दार्चुला ९, डोटी ११९, कैलाली ४३०, र कंचनपुर ५१ जना रहेको सामाजिक बिकास मन्त्रालयले जनाएको छ । बितेको २४ घण्टामा गरिएको परिक्षणममा कैलालीका ६, अछाम १५, बैतडी २, बझाङ्ग १ र डोटीमा १ जनामा संक्रमण पुस्टी भएको सामाजिक बिकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र सिह कार्कीले रातोपाटीलार्ई जानकारी दिए । कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२ पुगेको छ ।  अछाम  १, बझाङ्ग २, बाजुरा २ र कैलालीमा ७ जना कोरोना संक्रमितको मृत्यु भइसकेको उनले बताए । योसंगै  प्रदेशमा निको हुने संक्रमित संख्या पनि ५ ...