कोरोना महामारी सुरु भएपछि नेपालमा मृत शिशुको जन्म ५० प्रतिशतले बढ्यो
नेपाल अखबार, काठमाडाैं। कोरोना भाइरसको महामारी नेपालमा मृत शिशुको जन्म ५० प्रतिशतले बढेको छ।
बेलायतको प्रसिद्ध जर्नल लान्सेटमा प्रकाशित रिपोर्टले लकडाउन सुरु भएयता मृत शिशु जन्मिने संख्या ह्वात्तै बढेको देखाएको हो।
लकडाउन सुरु हुनुअघिसम्म प्रतिहजार शिशु जन्मिदा नेपालमा १४ मृत शिशु जन्मिने गरेका थिए। तर, लकडाउनयता यो संख्या बढेर प्रतिहजार २१ पुगेको अध्ययनले देखाएको छ।
स्विडेनको उप्पशाला विश्वविद्यालयका आशीष केसीको नेतृत्वमा गरेको अध्ययनले नेपालमा मृत शिशु जन्मिने संख्या ५० प्रतिशतले बढेको देखाएको हो। ती शिशुहरुको आमाको पाठेघरभित्रै मृत्यु हुने गरेको रिपोर्टले देखाएको छ।
केसीको समूहले नेपालका नौ वटा अस्पतालमा भर्ना भएका २० हजार सुत्केरीहरुमाथि अध्ययन गरेर त्यस्तो निष्कर्ष निकालेको हो। सो समूहले लकडाउन सुरु भएदेखि बैशाख अन्तिमसम्मको तथ्यांकलाई विश्लेषणको मुख्य आधार बनाएको थियो।
सो अध्यय...
