Monday, November 23

समाचार

मिर्गौला तस्करीमा नक्कली  बाबुआमा बन्ने २ जना पक्राउ
प्रशासन, समाचार

मिर्गौला तस्करीमा नक्कली बाबुआमा बन्ने २ जना पक्राउ

नेपाल अखबार ,काठमाडौ । मिर्गौला तस्करीमा सलग्न रहेको आरोपमा ललितपुर प्रहरीले थप २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पूर्णवीर जोशी र गीता जोशी रहेका छन् । ललितपुर प्रहरी प्रमुख एसएसपी टेकप्रसाद राईका अनुसार मिर्गौला तस्करीमा उनीहरू नक्कली बुबाआमा बनेका थिए । लुकिछिपी बसिरहेको अवस्थामा उनीहरुलाई बुधबार ललितपुरबाट पक्राउ गरिएको एसएसपी राईले जानकारी दिए । यसअघि मिर्गौला तस्करीमा प्रहरीले ९ जनालाई पक्राउ गरेर सार्वजनिक गरेको थियो ।...
नयाँ नक्सा भएको सिक्का निष्कासन हुने
अर्थ, प्रशासन, समाचार

नयाँ नक्सा भएको सिक्का निष्कासन हुने

नेपाल अखबार, काठमाडौं । सरकारले नयाँ नक्सा राखी एक रुपैयाँ र दुई रुपैयाँको सिक्का निष्कासन गर्न राष्ट्र बैंकलाई स्वीकृति दिएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नयाँ नक्सासहितको सिक्का निष्कासनको स्वीकृति दिने निर्णय गरेको हो । नयाँ नक्सा राखेर सिक्का निष्कासन गर्नका केन्द्रीय बैंकलाई स्वीकृति प्रदान गरिएको नेपाल सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । यसअघिका नोट र सिक्काहरुमा पुरानो नक्सा छन् । सरकारको अनुमति पाएसँगै अब लिम्पियाधुरा, कालापानी, लिपुलेक लगायतका भूभाग समेटिएको नयाँ नक्सासहितको सिक्का निष्कासनको प्रक्रिया शुरु हुने राष्ट्र बैंकले बताएको छ ।...
चट्याङ लागेर एक बालिकाको मृत्यु
समाचार, समाज

चट्याङ लागेर एक बालिकाको मृत्यु

नेपाल अखबार, इनरुवा । सुनसरीको देवानगञ्ज गाउँपालिका–६ मा चट्याङ लागेर मङ्गलबार एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय १३ वर्षीया बालिका सुष्मा पासवान रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।खेतमा माछा मार्न गएको बेला पानीसँगै एक्कासि परेको चट्याङले सुष्मा गम्भीर घाइते भएकी थिइन् । उपचारका लागि अस्पतालतर्फ लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।...
बिहानै ६ रेक्टरको भूकम्पकाे धक्का
समाचार, समाज

बिहानै ६ रेक्टरको भूकम्पकाे धक्का

नेपाल अखबार, काठमाडौं । बुधबार बिहानै ६ रेक्टर स्केलको भूकम्प गएको छ । बिहान ५ः१९ बजे आएको भूकम्प काठमाडौं उपत्यकासहित विभिन्न जिल्लामा महसुस गरिएको थियो । भूकम्प सिन्धुपाल्चोकको राम्चेलाई केन्द्रविन्दु बनाएर गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । सिन्धुपाल्चोकका प्रहरी प्रमुख एसपी राजन अधिकारीले जिल्लामा हालसम्म कुनै क्षतिको विवरण नआएको अनलाइनखबरलाई बताए । आफ्नो संयन्त्रमार्फत जिल्लाका हरेक वडासँग सम्पर्क भइसकेको बताउँदै हालसम्म केन्द्रविन्दु रहेको जिल्लामा कुनै अप्रिय घटना नभएको अधिकारीले जनाए ।...
लद्दाखमा भारतीय र चिनियाँ सेनाले गरेका थिए १००–२०० राउन्ड फायरिङ
विश्व, समाचार

लद्दाखमा भारतीय र चिनियाँ सेनाले गरेका थिए १००–२०० राउन्ड फायरिङ

नेपाल अखबार, एजेन्सि। भारतीय विदेशमन्त्री एस. जयशंकर र उनका चिनियाँ समकक्षी वांग यीबीच १० सेप्टेम्बरमा रुसमा भएको सम्झौता अघि चिनियाँ र भारतीय सेनाले पेङ्गोङ्ग त्सो तालको उत्तरी किनारामा १०० देखि २०० पटक गोली चलाएका थिए । अंग्रेजी पत्रिकाइन्डियन एक्सप्रेसको रिपोर्ट अनुसार यो फायरिङ चुशुल सब सेक्टरमा भएको गोलीबारीभन्दा गम्भीर थियो । यो पूरा घटनाबारे जानकार एक सरकारी अधिकारीले इन्डियन एक्सप्रेससँगको कुराकानीमा उक्त घटना पेङ्गोङ्ग त्सो तालको उत्तरी किनारामा भएको बताए । सरकारी अधिकारीले भने, ‘दुबै पक्षबीच सयदेखि दुई सय राउन्ड गोली चलाइयो ।’ यसअघि सात सेप्टेम्बरमा चुशुल सब सेक्टरमा भएको फायरिङको विषयमा भारत र चीनले एक बयान जारी गरेका थिए । बयान अनुसार ४५ वर्षमा पहिलोपटक एलएसीमा गोलीबारी भएको हो । भारतीय सेनाले यसबारे आफ्नो बयानमा भनेका थिए, ‘सात सेप्टेम्बर, सोमबारका दिन चिनियाँ सेना (पिएलए) का ...
महिनावारी सुकिसकेपछि पनि रक्तश्राव हुनु खतराको घण्टी हो ?
समाचार, स्वास्थ्य

महिनावारी सुकिसकेपछि पनि रक्तश्राव हुनु खतराको घण्टी हो ?

नेपाल अखबार,एजेन्सि। एक नीजि अस्पतालमा काम गर्ने ५५ वर्षीया सरला (परिवर्तित नाम) को महिनावारी रोकिइसकेको थियो । तर पछिल्लो तीन वर्षदेखि उनको थुप्रै पटक रक्तश्राव भइसकेको थियो । छोरीको विवाहको तयारी थियो र घरमा आफ्नो व्यस्तता, अर्कोतिर अस्पतालको काम । यसबारे सहकर्मीसँग कुरा गर्दा सरलालाई डाक्टरलाई देखाउन सल्लाह दिइयो । सरलालाई पनि थाहा थियो कि उनले डाक्टरलाई देखाउनुपर्छ तर आफ्नो घरेलु र अस्पताको कामबीच उनको यो समस्या सबैभन्दा गौण थियो । तर जब उनको समस्या बढ्यो तब उनले डाक्टरलाई देखाउने निर्णय गरिन् । परीक्षणपश्चात् थाहा भयो कि सरलाको पाठेघरभित्र एन्डोमिट्रिएल क्यान्सर छ जुन असाध्यै बढिसकेको थियो । डाक्टरले सरलाको शल्यक्रिया गर्नुपर्यो । सरलाले यदि आफ्नो उपचार पहिले नै गराएको भए सायल उनलाई क्यान्सर बन्नुअघि वा पहिलो चरणमा नै यसबारे थाहा हुन्थ्यो । सरला पढेलेखेकी थिइन् र आफैं एक अस्पतालमा का...
न्याय नपाएपछि बलात्कृत किशोरीले गरिन् आत्महत्या
समाचार, समाज, हाइलाइट-समाचार

न्याय नपाएपछि बलात्कृत किशोरीले गरिन् आत्महत्या

नेपाल अखबार,सप्तरी । सप्तरीमा न्याय नपाएपछि एक बलात्कृत किशोरीले आत्महत्या गरेकी छिन् । बलात्कारीहरूविरुद्ध प्रहरीकहाँ उजुरी गर्न गाउँलेहरूले नै रोक लगाउँदै चेतावनी दिएपछि डाकनेश्वरी नगरपालिका– ७ ललितपुरकी १७ वर्षीया किशोरीले मङ्गलबार आत्महत्या गरेको सप्तरी प्रहरीले जनाएको छ । सोमबार बिहान धानखेतमा पानीको अवस्था हेर्न गएकी किशोरीमाथि सामूहिक बलात्कार भएको पीडितकी आमाले बताइन् । उनका अनुसार आरोपित चार जनाविरुद्ध प्रहरी कार्यालय जान खोज्दा केही गाउँलेले भेला बसी उनीहरुलाई रोकेपछि छोरी निकै तनावमा परेकी थिइन् । घटनास्थल पुगेका जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक सन्तोष खडकाका अनुसार पञ्चहरूको निर्णयबाट चित्त नबुझेपछि किशोरीले पीडा सहन नसकी आत्महत्या गरेकी हुन् । मण्डल समुदायका ८/१० जनाको छलफलले पीडित र उनकी आमालाई प्रहरी कार्यालय जान रोक लगाउँदै आरोपितहरूबाट रु ५५ हजार क्षतिपूर...
अज्ञात रोगले बिरामीको सङ्ख्या बढ्यो, स्वास्थ्य संस्थामा औषधि अभाव
समाचार, समाज, स्वास्थ्य

अज्ञात रोगले बिरामीको सङ्ख्या बढ्यो, स्वास्थ्य संस्थामा औषधि अभाव

नेपाल अखबार, सिमकोट । जिल्लाको मध्ये क्षेत्रमा रहेको सर्केगाड गाउँपालिकाको उनापानी गाउँमा अज्ञात रोगले बिरामीको सङ्ख्या बढ्दै गएको छ । विगत केही दिनयता ज्वरो आउने, खोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने जस्ता लक्षणका बिरामीको सङ्ख्या बढ्दै गएको स्थानीय पुसे कार्कीले जानकारी दिए । गाउँमा हरेक दिन बिरामीको सङ्ख्या बढ्दै गएपछि अहिले १५ देखि २० जनामा त्यस्ता रोगाको लक्षणका बिरामी परेको छ । बिरामीको सङ्ख्या बढ्दै गएपछि उपचारका लागि स्थानीय आधारभूत स्वास्थ्य केन्द्रमा जाँदा औषधिको पनि अभाव भएपछि बिरामीलाई थप समस्या भएको कार्कीले गुनासो गरे । गाउँपालिका र जिल्ला स्वास्थ्य कार्यालयबाट औषधि नगएपछि बिरामीलाई थप समस्या भएको हो । थप उपचारका लागि एक बिरामीलाई गएको साता जिल्ला अस्पताल सिमकोट ल्याइएको भए पनि उनको ज्यान गएपछि त्रसित भएका स्थानीयवासीले स्वास्थ्यकर्मीको टोली खटाइ दिन आग्रह गरेका छन् । ग्र...
पैसा माग्दा नपाएपछि रिसले चुर हुँदै पतिको रामधुलाई
विदेश, समाचार

पैसा माग्दा नपाएपछि रिसले चुर हुँदै पतिको रामधुलाई

नेपाल अखबार, एजेन्सि। श्रीमतीले किनमेल र घरखर्चका लागि पैसा माग्दा नपाएपछि श्रीमानको रामधुलाई गरेकी छिन् । पत्नीको कुटाइबाट अर्धचेत भएका श्रीमानलाई अस्पताल नै भर्ना गर्न प¥यो । घटना छिमेकी मुलुक भारतको हो । मयुर विहार इलाकामा घटेको यो घटनामा प्रहरीले जनाएअनुसार श्रीमान घर पुगेपछि श्रीमतीले पैसा मागिन् । श्रीमानले लकडाउनका कारण व्यवसाय धरापमा परेको र साथीसँग सापट मागेर दिने बताएपछि श्रीमती रिसले आगो भइन् । तुरुन्तै उनले भुइँ सफा गर्ने वाइपरले श्रीमानमाथि अन्धाधुन्ध प्रहार गरिन् । वाइपरको प्रहारबाट श्रीमान सख्त घाइते भए । उनलाई श्रीमतीले घरभित्र लखेटी लखेटी कुटेकी थिइन् । जसोतसो घरबाट निस्कन सफल भएका उनलाई घाइतेवस्थामा छिमेकीले लालबहादुर शास्त्री अस्पताल पु¥याएका थिए । २ दिनको उपचाारपछि घर फर्किएर उनले श्रीमतीविरुद्ध प्रहरीमा उजुरी गरेका छन् । प्रहरीका अनुसार उक्त परिवार मयुर विहारको त्र...
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रसूति सेवा बन्द
प्रदेश ४, प्रशासन, समाचार, स्वास्थ्य, हाइलाइट-समाचार

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रसूति सेवा बन्द

नेपाल अखबार, पाेखरा। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको प्रसूति सेवा असोज १ गते बिहीबारसम्मका लागि बन्द गरिएको छ । अस्पतालको प्रसूति विभागमा भदौ २७ गते भर्ना भई सोही दिन आकस्मिक शल्यक्रिया गरिएकी तनहुँको शुक्लागण्डकी नगरपालिका-१० की २४ वर्षीया महिलामा मङ्गलबार कोरोना सङ्क्रमण पुष्टि भएपछि शल्यक्रिया विभाग तथा वार्डको निर्मलीकरणका लागि प्रसूति सेवा बन्द गरिएको अस्पतालका निर्देशक सहप्राध्यापक डा अर्जुन आचार्यले जानकारी दिनुभयो । महिलाको उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीलाई क्वारेन्टिनमा राखिएको र उनीहरुको नतिजा नेगेटिभ नआएसम्मका लागि अत्यावश्यक शल्यक्रिया गर्नुपर्ने बाहेकका अन्य सेवाहरु बिहीबारसम्म बन्द गरिएको उहाँको भनाइ छ । अस्पतालले प्रसूति बाहेकका अस्पतालले प्रदान गर्दै आएको अन्य सम्पूर्ण सेवाहरु भने सञ्चालनमा रहेको सेवाग...