Monday, November 23

समाचार

रिया चक्रवर्ती प्रकरणले उनलाई नभई समाजको विकृति र स्त्री द्वेषलाई पर्दाफास गरेको हो
विदेश, समाचार

रिया चक्रवर्ती प्रकरणले उनलाई नभई समाजको विकृति र स्त्री द्वेषलाई पर्दाफास गरेको हो

नेपाल अखबार, एजेन्सि। रिया चक्रवर्ती गिरफ्तार भइन् । पछिल्लो ८५ दिनदेखि अनेक टिभी च्यानल जसरी एक महिलामाथि बर्सिए, त्यो हेर्दा यस्तो लाग्छ कि रियामाथि आरोप लगाइनु र अन्त्यमा उनको गिरफ्तारी हुनु सन् २०२० को सबैभन्दा महत्वपूर्ण घटना थियो । के कोभिड–१९, के लकडाउन, के प्रवासी मजदुरको भोकमरीको अत्यधिक समस्या, के देशको अर्थव्यवस्थामा अभूतपूर्व क्षती, के चीनको लद्दाखमा अतिक्रमण, एक्ली रिया सबैमाथि भारी भइन् । यो गिरफ्तारीमा के कुरा विशेष थियो ? के यो देशको पहिलो गिरफ्तारी थियो ? के यो देशको पहिलो लागूऔषध मुद्दा थियो ? होइन ! नयाँ सरकारी आँकडा अनुसार सन् २०१८ मा एनडीपीएस एक्स अनुसार ४९ हजार ४ सय ५० मुद्दा दर्ता थिए जसमा कूल ६०,१५६ गिरफ्तारी भएका थिए । त्यसो भए यो गिरफ्तारीमा यस्तो हंगामा किन ? तर केही च्यानलका अनुसार ‘बिहारका छोरा’ लाई न्याय दिलाउनु भन्दा अरु केही कुरा पनि महत्वपूर्ण थिएन र यसका ल...
कोरोना संक्रमणबाट नेपालमा थप १५ जनाको मृत्यु
समाचार, स्वास्थ्य

कोरोना संक्रमणबाट नेपालमा थप १५ जनाको मृत्यु

नेपाल अखबार, पाेखरा। नेपालमा कोरोना भाइरसको संक्रमणका कारण थप १५ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा मन्त्रालययले सोमबार अपरानह दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा मृत्य हुने थप १५ जनामा कोरोना भाइसरको संक्रमण पुष्टि भएको हो। मृत्यु हुनेमा ५ महिला र १० जना पुरुष रहेका छन्। मृत्यु हुनेमा काठमाडौँका एक महिलासहित ६ जना, ललितपुर र भक्तपुरका एक÷एक जना रहेका छन्। त्यस्तै मोरङका २ जना, रामेछाप, गोरखा, नवलपरासी, कपिलवस्तु र पर्साका एक एक जना रहेका छन्। योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३६० पुगेको छ।...
पहिरोले नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध
समाचार

पहिरोले नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध

नेपाल अखबार, चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको चोरखोला नजिक पहिरो खस्दा सडक अवरुद्ध बनेको छ । ईच्छाकामना गाउँपालिका-६ स्थित चोरखोला नजिक पहिरो खसेर सडक पूर्ण रुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ । सडकमा खसेको पहिरो ठूलो भएका कारण पहिरो हटाएर सडक सुचारु गराउन समय लाग्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक दयाकृष्ण भट्टले जानकारी दिए । यसअघि पनि साेही ठाउँमा पहिराे खसेर सडक अवरुद्ध भएको थियाे ।...
काठमाडौँमा थप ५१२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि
समाचार, स्वास्थ्य

काठमाडौँमा थप ५१२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

नेपाल अखबार,काठमाडौँ । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप ५१२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार अपरान्ह दिएको जानकारी अनुसार उपत्यकाका तीन जिल्लामा थप ५१२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। मन्त्रालयका अनुसार उपत्यकाका काठमाडौँमा ४४० , भक्तपुरमा ४३ र ललितपुरमा २९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।...
मुलुकभर १०२ पत्रकारमा कोरोना संक्रमण
समाचार, स्वास्थ्य

मुलुकभर १०२ पत्रकारमा कोरोना संक्रमण

नेपाल अखबार, काठमाडाैं। नेपालमा अहिलेसम्म १०२ जना पत्रकारमा कोरोना संक्रमण पुष्टि भएको छ। सुदूरपश्चिमबाहेक बाँकी ६ प्रदेशका १०२ जना पत्रकारमा कोरोना संक्रमण पुष्टि भएको नेपाल पत्रकार महासंघले जनाएको छ। महासंघका अनुसार तीमध्ये सबैभन्दा बढी प्रदेश २ मा २८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। प्रदेश १ मा १७, बागमती प्रदेशमा २६, गण्डकी प्रदेशमा १५, प्रदेश ५ मा १२ र कर्णाली प्रदेशमा चार जनामा कोरोना संक्रमण पुष्टि भएको महासंघका सचिव प्रकाश थापाले जानकारी दिए। संक्रमितमध्ये केही निको भइसकेका छन् भने केही उपचाररत अवस्थामा रहेको उनको भनाइ छ। कार्यस्थलमा गई खटिने पत्रकार, फोटो पत्रकारमा बढी संक्रमण देखिएको छ। महासंघका महासचिव रमेश विष्टले संक्रमित भएर आइसोलेसनमा बस्दा पनि पत्रकारले कामलाई भने निरन्तरता दिएको बताए। महासंघले महामारीको विषम परिस्थितिमा आफ्नो पेशागत धर्म निर्वाहका क्रममा संवेदनशील ...
आज थपिए ११ सय ७० जना कोरोना संक्रमित
समाचार, स्वास्थ्य

आज थपिए ११ सय ७० जना कोरोना संक्रमित

नेपाल अखबार, पाेखरा। नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार १७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। सोमबार स्वास्थ्य तथा जनसंख्या मनत्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा थप १ हजार १७० जनामा कोरोना संक्रमण पुष्टि भएको बताए। प्रवक्ता गौतमका अनुसार योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५५ हजार ३२९ पुगेको छ भने सक्रिय संक्रमितको संख्या १५ हजार ३९३ रहेको छ। प्रवक्ता गौतमका अनुसार देशभर संस्थागत आइसोलेसनमा ८ हजार ११८ जना रहेका छन्। आज थप १० हजार ८७८ पीसीआर परीक्षण भएको छ। पछिल्लो २४ घण्टामा थप ८७९ जना कोरोना संक्रमित निको भएका छन्। योसँगै नेपालमा कोरोना निको हुनेको संख्या ३९ हजार ५७६ पुगेको छ।...
कालापहाड जान नपाएपछि जडीबुटी खोज्न पाटन हिँडे युवा
अर्थ, प्रदेश ६, समाचार, हाइलाइट-समाचार

कालापहाड जान नपाएपछि जडीबुटी खोज्न पाटन हिँडे युवा

नेपाल अखबार, खलङ्गा । जुम्लाको तिला गाउँपालिका-९ राँस गाउँका दानबहादुर रावत अहिले १३ जना समूहको नेतृत्व गर्दै जडीबुटी सङ्कलन गर्न पाटनतिर लाग्नुभएको छ । हरेक वर्ष कालापहाडको कमाइबाट परिवारको खर्च जुटाउने उनी यसपालि कोरोनाले भारत तथा अन्य ठाउँमा जान नपाएपछि अहिले पाटनतिर हिँडेका हुन् । रावत केही युवाको समूह लिएर जडीबुटी सङ्कलनमा जुटेका छन् । ‘आम्दानीको कुनै स्रोत छैन’, उनले भने, ‘परिवारको गुजारा चलाउन हम्मेहम्मे भइरहेको छ । लगाएको खेतीबालीले छ महिना पनि खानै पुग्दैन ।’ त्यसैले पैसा कमाउनका लागि जडीबुटी सङ्कलन गर्न पाटनतिर गएको उनको भनाइ छ । रावतजस्तै अहिले जुम्लाका थुप्रै विपन्न नागरिक जडीबुटी सङ्कलनमा निस्किएका छन् । उनीहरू यो समयमा सेतोचिनी (खिरौला) र पदमचाल जस्ता जडीबुटी सङ्कलन गरी खर्च जुटाउन पाटनतिर लागेका हुन् । तिला गाउँपालिकाकै खाम्म रावत पनि १४ जनाको टोलीमा जडीबुटी सङ्कलन गर्न हिँ...
क्याप्टेन विजय लामालाई कोराना संक्रमण
समाचार, स्वास्थ्य

क्याप्टेन विजय लामालाई कोराना संक्रमण

नेपाल अखबार, काठमाडौं । नेपाल एयरलाइन्सका वरिष्ठ क्याप्टेन विजय लामालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । दुई दिनअघि शान्ति सैनिकको टोलीलाई सुडान पुर्‍याएर फर्किएका उनले आइतबार स्वाब दिएका थिए । आइतबार उनको रिर्पोट पोजेटिभ आएको नेपाल एयरलाइन्सका एक वरिष्ठ अधिकारीले जानकारी दिए । अहिले उनी सोल्टी होटेलमा छन् । उद्धार उडान शुरु भएसँगै नेपाल एयरलाइन्सले आफ्ना कर्मचारीलाई सोल्टीमै क्वारेन्टिनमा राख्दै आएको छ । यसअघि पनि नेपाल एयरलाइन्सका एक दर्जन उडान कर्मचारीमा कोरोना देखिएको थियो । क्याप्टेन लामासँगै ककपिटमा रहेका अर्का क्पाप्टेनसमेत संक्रमित भएका छन् । दुबै जना सोल्टीको आइसोलेसनमा रहेको कम्पनीले जनाएको छ ।...
बेलुका ५ बजे मन्त्रिपरिषद् बैठक तयारी
राजनीति, समाचार

बेलुका ५ बजे मन्त्रिपरिषद् बैठक तयारी

नेपाल अखबार, काठमाडौं । सोमबार मन्त्रिपरिषद् बैठक बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ ५ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएको प्रधानमन्त्री ओलीका सञ्चार विज्ञ रामशरण बजगाईँले जानकारी दिए । उनका अनुसार आजको मन्त्रिपरिषद् बैठक नियमित बैठक हो । आकस्मिक बाहेक मन्त्रिपरिषद्को बैठक प्रत्येक साताको आइतबार वा सोमबार बस्दै आएको छ । बालुवाटार स्रोतका अनुसार आज बस्ने बैठकले केही महत्त्वपूर्ण निर्णयहरु गर्दैछ  । नेपाल विद्युत प्राधिकरणको कार्यकारी प्रमुख  र सरकारको प्रवक्ता समेत तोक्ने तयारी भएको बुझिएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको चार वर्षे कार्यकाल आइतबार सकिएको छ । त्यस्तै सरकारको प्रवक्ताको जिम्मेवारी समेत पाएका अर्थ तथा सञ्चार मन्त्री डा. युवराज खतिवडाले भदौ २० गते राजीनामा दिएसँगै सो पद पनि खाली छ ।...
पहिरोबाट १३ को शव निकालियो, अझै १८ बेपत्ता , ५८ परिबारलाई सुरक्षित स्थानमा व्यवस्था
समाचार, समाज

पहिरोबाट १३ को शव निकालियो, अझै १८ बेपत्ता , ५८ परिबारलाई सुरक्षित स्थानमा व्यवस्था

नेपाल अखबार, चौतारा । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका– ७ घुमथाङको भीमखर्क र नाकबुच्चेमा गएको पहिरामा परी मृत्यु हुनेको सङ्ख्या १३ पुगेको छ । शनिबार राति गएको पहिरामा ११ जनाको शव भेटिएको र खोजतलासका क्रममा सोमबार बिहान थप दुई जनाको शव भेटिएपछि मृतकको सङ्ख्या १३ पुगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले बताउनुभयो । उहाँका अनुसार आज बिहान २२ वर्षीय कुमार विक र २१ वर्षीया सोनिया विक को शव फेला परेको थियो । अझै १८ जना बेपत्ता छन् । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीबाट तीन वटा टोली बनाइ नेवार टोल, लामा टोल र विक टोलमा उनीहरुको खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक नवराज न्यौपानेले बताउनुभयो । जिल्ला विपद् व्यवस्थापन समितिबाट पीडित परिवारका लागि त्रिपाल, टेन्ट, कम्बल, किट तथा भाँडाकुँडा पठाइसकेको र खाद्यान्नका लागि बाह्रबिसे ...