पुस ४ देखि दोस्रो गोरखकाली मेला हुने, के–के छन् आकर्षण ?
गोरखा सदरमुकाममा दोस्रो गोरखकाली मेला हुने भएको छ । हरमटारी क्लबको आयोजनामा आगामी पुस ४ देखि १३ गतेसम्म मेला हुने भएको हो । ‘गोरखाको मौलिक संस्कार संस्कृतिको संरक्षण र प्रवद्र्धन गोरखकाली मेलाको साँस्कृतिक अभियान’ भन्ने मुल नाराका साथ १० दिनसम्म मेला सञ्चालन हुने क्लबले आइतबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । ‘मेला गर्न हाम्रो आन्तिरक तयारी सकिएको छ, अब बाहिरी तयारीमा लाग्दैछौ’ क्लबका अध्यक्ष बिशाल गुरुङले भने ।
भाषा, संस्कृती र भेषभुषाको संरक्षण एवम प्रवद्धनका लागि मेला गर्न लागेको बताएको छ । ‘मेला गर्नुको मुख्य उदेश्य नै गोरखामा रहेका बिभिन्न जातजाती, धर्मको भाषा, संस्कृति लगायतको पहिचान गराउने हो र तिनको संरक्षणमा सहयोग पुगोस भन्ने हो’ अध्यक्ष गुरुङले भने ‘हाम्रा धेरै संस्कृती लोप हुने अवस्थामा पुगेका छन्, तिनको संरक्षण गर्नु हाम्रो दायित्व हो, मेला मार्फत उजागर गर्न चाहान्छौ ।’
त्...
