ती व्यक्ति जसले खतरनाक शार्कसँग भिडेर श्रीमतीको ज्यान बचाए
नेपाल अखबार, एजेन्सि। अष्ट्रेलियामा एक व्यक्तिले आफ्नी श्रीमतीलाई मृत्युको मुखबाट निकालेपछि चर्चामा आएका छन् ।
स्थानीय रिपोर्टका अनुसार एक शार्कले उनकी श्रीमतीमाथि हमला गरेको थियो । त्यतिबेला उनी आफ्नो सर्फ बोर्डबाट र्शाकमाथि बर्सिए र श्रीमतीलाई नछोडेसम्म शार्कलाई मुक्का हानिरहे ।
घटना त्यतिबेला भयो जब ३५ वर्षकी शानटेल डायल न्यू साउथ वेल्समा पोर्ट मेकवोरीको शेली बीचमा सर्फिङ गरिरहेको बेला शार्कले उनीमाथि हमला गरेको थियो ।
शानटेललाई शार्कको मुखबाट बचाएपछि श्रीमानले उनलाई किनारासम्म पुर्याए ।
त्यसपछि उनकी श्रीमतीलाई एयर एम्बुलेन्समार्फत् अस्पताल पुर्याइयो । उनको दाहिने खुट्टामा गम्भीर चोट लागेको छ ।
पोर्ट मेकवोरी न्यूजसँगको कुराकानीमा विशेषज्ञले डायलस्थित एक शार्कको बच्चाले हमला गरेको हुनसक्ने अनुमान गरेका छन् । उक्त शार्कको बच्चाको लम्बाई ३ मिटर (१० फिट) हुनसक्ने पनि विशेषज्ञले अनुमान गरेक...
