Saturday, November 21

समाचार

गण्डकी प्रदेशमा बुधबार  थप ५ कोरोना संक्रमित थपिए
प्रदेश ४, समाचार, स्वास्थ्य

गण्डकी प्रदेशमा बुधबार  थप ५ कोरोना संक्रमित थपिए

नेपाल अखबार, पोखरा । गण्डकी प्रदेशमा बुधबार  थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले बुधबार  बिहान प्रदेशका स्याङजा , बागलुङ, तनहुँ र म्याग्दी जिल्लाका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ । निर्देशनालयका अनुसार कोरोना पुष्टि हुनेमा म्याग्दीका २ जना पुरुष र अन्य ३ जिल्लाका १-१ पुरुष रहेका छन् । संक्रमितलाई सम्बन्धित जिल्लाको आइसोलेसनमा लैजाने तयारी भैरहेको निर्देशनालयले जनाएको छ । यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ४ सय ३५ पुगेको छ ।...
पर्सामा नेपाली सेना र नेपाल प्रहरीसहित ३४ जनामा कोरोना संक्रमण पुष्टि
प्रदेश ३, समाचार, स्वास्थ्य

पर्सामा नेपाली सेना र नेपाल प्रहरीसहित ३४ जनामा कोरोना संक्रमण पुष्टि

नेपाल अखबार,वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा नेपाली सेना,नेपाल प्रहरी सहित ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालका डा. उदय नारायण सिंहले जानकारी दिएअनुसार संक्रमित हुनेहरुमा २ वर्षकी बालिका देखि ६५ वर्षका पुरुष रहेका छन् । यसमध्ये ५ जना बालबालिका र २४ जना पुरुषहरु छन् । कोरोना संक्रमण पुष्टि हुनेमा डाक्टर, नेपाली सेना, नेपाल प्रहरी, कन्ट्याक्ट ट्रेसिङमा परेका, स्वेच्छाले पैसा तिरेर पिसिआर जाँच गराएका पनि रहेका छन् । कोरोना संक्रमित पुष्टि हुनेमा ३३ वर्षका १ जना नेपाली सेना, २७ वर्षका १ जना र ३६ वर्षका २ जना नेपाल प्रहरी, २२ र ४२ वर्षका २ जना वीरगन्ज कारागरका कर्मचारी, २५ वर्ष देखि ६५ वर्षसम्मका ६ जना वीरगन्ज कारागरमा रहेका कैदीबन्दी रहेको डा. उदय नारायण सिंहले बताए । त्यसैगरी १ जना नारायणी अस्पतालका डाक्टर रहेका छन् भने वीरगन्ज महानगरप...
इरानले अमेरिकाको डमी युद्धपोतलाई मिसाइलले उडायो
विश्व, समाचार

इरानले अमेरिकाको डमी युद्धपोतलाई मिसाइलले उडायो

नेपाल अखबार, एजेन्सि। इरानले आफ्नो मिसाइल अभ्यासको सिलसिलामा अमेरिकी युद्धपोतको डमीलाई उडाएको छ । यो अभ्यासमा यति ठूलो आगोको लप्का उठेको थियो कि अमेरिकी सैनिकले आफ्ना दुई क्षेत्रीय बेसलाई अलर्ट मोडमा राखेको छ । यद्यपि, पछि अमेरिकी नौसेनाले इरानको यो अभ्यासलाई गैर जिम्मेवारी र लापरवाहीयुक्त बताएको छ । अमेरिकी नौसेनाका अनुसार इरानको तर्फबाट यो उक्साउने र कारवाही गर्नका लागि बाध्य पार्ने कदम हो । यो अभ्यास यस्तो समयमा गरिएको हो जब खाडी क्षेत्रमा तेहरान र वासिङ्टनबीच लगातार तनाव बढिरहेको छ । इरानको सरकारी टेलिभिजनका अनुसार अभ्यासको नाम पेगम्बर मोहम्मद १४ औं राखिएको थियो । यस्तै अमेरिकी युद्धपोतको डमी ठ्याक्कै त्यस्तै देखिएको थियो जुन अमेरिकाले खाडीमा तैनाथ गरेको थियो । यो डमी युद्धपोतमा डमी फाइटर जेट विमान पनि तैनाथ थियो । यो युद्धपोतलाई विभिन्न कोणबाट मिसाइल दागिएको थियो । यो युद्धपोतमा हेलि...
दाङमा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु
समाचार, समाज

दाङमा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु

नेपाल अखबार,  घोराही । दाङको बंगलाचुली गाउँपालिकामा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ । बंगलाचुली गाउँपालिकाको वडा नं. ५ साकिनेमा देवीराम नेपालीको घर पुरिँदा २४ वर्षीया बाटुली नेपाली र उनको दुई वर्षीया छोरी आयुस्माको मृत्यु भएको भएको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी सुमित खड्काले जानकारी दिए । बुधबार बिहानपख तीन बजेतिर आएको पहिरोमा उनीहरु पुरिएका थिए  ।...
सरिता गिरीको ठाउँमा आज लिलादेवी सिटौलाले सपथ लिँदै
राजनीति, समाचार

सरिता गिरीको ठाउँमा आज लिलादेवी सिटौलाले सपथ लिँदै

नेपाल अखबार, काठमाडाैं। जनता समाजवादीको रिक्त समानुपातिकतर्फको एक सिटमा सांसद लिलादेवी सिटौलाले सपथ लिँदैछिन् । प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले दिउँसो १ बजे नवनिर्वाचित समानुपातिकतर्फका सांसद सिटौलालाई सपथ खुवाउने कार्यक्रम तय भएकाे सभामुखको निजी सचिवालयले जनाएको छ । गत असार २३ गते जनता समाजवादी पार्टीले सरिता गिरीलाई पार्टी र सांसद् पदबाट बर्खास्त गरेको थियो । गिरीले नेपालको भूभाग लिम्पियाधुरालाई अस्वीकार गर्दै नेपाल, भारत र चीनबीचको सम्बन्धमा खलल पुग्ने विवादास्पद अभिव्यक्ति दिँदै आएकी थिइन् ।...
अझै तीन दिन भारी वर्षाको सम्भावना, सर्तक रहन आग्रह
समाचार, समाज

अझै तीन दिन भारी वर्षाको सम्भावना, सर्तक रहन आग्रह

नेपाल अखबार, पाेखरा। देशभर मनसुनी वायुको प्रभाव रहनुका साथै नेपालको तराई भू–भाग नजिक मनसुनी न्युन चापीय रेखा अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने गण्डकी, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशहरूका थोरै स्थानहरूमा र प्रदेश १, प्रदेश २, बागमती प्रदेश र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। ती स्थानहरुका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू–क्षय हुने, पहिरो जाने, सडक तथा हवाइ यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । बुधबार देशका अधिकांश स्थानमा सामान्य बदली रही धेरै स्...
प्रहरी हेडक्वार्टरका थप ६ जनामा कोरोना संक्रमण
समाचार, स्वास्थ्य

प्रहरी हेडक्वार्टरका थप ६ जनामा कोरोना संक्रमण

नेपाल अखबार, काठमाडौं । प्रहरी प्रधान कार्यालय, नक्सालमा कार्यरत थप ६ जना अधिकारीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । योसँगै प्रहरी मुख्यालयमा कार्यरत ३६ जना कर्मचारीमा संक्रमण पुष्टि भएको छ । नेपाल प्रहरी अस्पतालमा गरिएको पिसीआर परीक्षणले थप ६ जनामा संक्रमण देखाएको प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकृतले बताए । संक्रमित मध्ये अधिकांश सवारी शाखाका छन् । केही सञ्चार शाखाका अधिकारीलाई पनि संक्रमण देखिएको छ । हालसम्म संक्रमण पुष्टि भएका हवल्दार र जवान छन् । कन्ट्याक ट्रेसिङका आधारमा अधिकृतहरुको पनि पिसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको छ । तर, रिपोर्ट आइसकेको छैन ।...
नेपाल बाघको संख्या दोब्बर बनाउने लक्ष्य नजिक
समाचार

नेपाल बाघको संख्या दोब्बर बनाउने लक्ष्य नजिक

नेपाल अखबार, काठमाडौं । आज अन्तर्राष्ट्रिय बाघ दिवस नेपालमा पनि मनाइँदै छ । सन् २०१० मा रुसको सेन्ट पिटर्सवर्गमा सम्पन्न विश्व बाघ सम्मेलनले हरेक वर्ष २९ जुलाइका दिनलाई अन्तर्राष्ट्रिय बाघ दिवस मनाउने निर्णय गरेको थियो । सोही निर्णयअनुसार नेपालमा पनि २९ जुलाइको दिन अन्तर्राष्ट्रिय बाघ दिवस मनाउने गरिन्छ । सन् २०२२ भित्र बाघको संख्या दोब्बर पुर्याउने प्रतिबद्धता नेपालले सन् २०१० मा जनाएको थियो । त्यतिबेला नेपालमा १ सय २१ बाघ थिए । सन् २०१८ मा गरिएको गणनाअनुसार नेपालमा २ सय ३५ बाघ पाइएका छन् ।संख्या दोब्बर बनाउन नेपाललाई अझै १५ वटा बाघ थप्नुपर्ने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अधिकारीहरु बताउँछन् । १२१ को दोब्बर २ सय ४२ हुने भए पनि सरकारले २ सय ५० लाई दोब्बर मानेको छ । यसअनुसार नेपाल लक्ष्य नजिक पुगेको छ । यदि नेपालले लक्ष्य पूरा गरे बाघको संख्या दोब्बर पार्ने पहिलो देश बन्न...
चीन र नेपालसहित चार मुलुकको छुट्टै संयन्त्र बनाउने प्रस्ताव
प्रशासन, समाचार

चीन र नेपालसहित चार मुलुकको छुट्टै संयन्त्र बनाउने प्रस्ताव

नेपाल अखबार, काठमाडाैं । भारत र पाकिस्तानको आपसी वैमनस्यताका कारण दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) निष्क्रिय बनेपछि चीनको अगुवाईमा दक्षिण एशियामा छुट्टै क्षेत्रीय संगठन निर्माणको पहल शुरु भएको छ। यसका लागि चीन सक्रिय भएर लागेको छ। सोमबार नेपाल, चीन, पाकिस्तान र अफगानिस्तानका विदेशमन्त्रीहरुबीच भएको भर्चुअल बैठकमा चीनले क्षेत्रीय संगठन बनाउने औपचारिक प्रस्ताव गरेको परराष्ट्र स्रोतले बतायो। स्रोतका अनुसार चीनको प्रस्तावमा अन्य तीनवटै मुलुक सकारात्मक देखिएका छन्। कोरोना महामारीका विषयमा छलफल भन्दै चीनले विगत केही महिनायता यस प्रकारको छलफलको अगुवाई गरिरहेको छ। परराष्ट्र सचिव शंकरदास वैरागीले सोमबारको छलफल चीनको समन्वयमा भएको जानकारी दिए। सोमबारको भर्चुअल बैठकमा नेपालका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, पाकिस्तानका विदेशमन्त्री शाह महुमद कुरेशी, चीनका विदेशमन्त्री वाङ यी र अफगान...
काठमाडौँका ४८ सहित उपत्यकामा थपिए ५३ कोरोना संक्रमित
समाचार, स्वास्थ्य

काठमाडौँका ४८ सहित उपत्यकामा थपिए ५३ कोरोना संक्रमित

नेपाल अखबार, काठमाडौँ। काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले उपत्याकामा थप ५३ जनामा कोरोना पुष्टि भएको बताए। प्रवक्ता गौतमका अनुसार उपत्याकाका काठमाडौँका ४८, ललितपुरमा ४ र भक्तपुरमा १ कोरोना संक्रमित थपिएका हुन्। नेपाल प्रहरी अस्पतालमा काठमाडौँका २१, शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुमा ९, स्टार अस्पताल सानेपा ललितपुरमा ६, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामामा ११, त्रिवि शिक्षण अस्पतालमा १ गरी काठमाडौँका ४८ जनाका कोरोना पुष्टि भएको हो। त्यस्तै स्टार अस्पतालमा ललितपुरका २, शुक्ररबारमा १ र पाटन अस्पतालमा १ गरी ललितपुरका ४ र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भक्तपुरका १ जनामा कोरोना पुष्टि भएको हो। योसँगै नेपालमा पछिल्लो २४ घण्टामा ३११ ज...