Wednesday, September 16

समाचार

संसदको वर्षे अधिवेशन स्थगन गर्ने मन्त्रिपरिषद्को निर्णय
राजनीति, समाचार

संसदको वर्षे अधिवेशन स्थगन गर्ने मन्त्रिपरिषद्को निर्णय

नेपाल अखबार, काठमाडौं । सरकारले संघीय संसदको वर्षे अधिवेशन स्थगन गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले संघीय संसदको वर्षे अधिवेशन स्थगन गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । ती मन्त्रीका अनुसार संसद् अधिवेशन आजै बेलुका पाँच बजेदेखि स्थगन गर्ने निर्णय बैठकले गरेको हो । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले संसद् बैठक अन्त्य गर्ने प्रावधान छ । आगामी सोमबारका लागि बैठक बोलाइएको भएपनि त्यसअघि नै अधिवेशन स्थगनको निर्णय भएको हो । आजै मन्त्रिपरिषद् बैठक अगाडि प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका थिए ।...
मन्त्रिपरिषद् बैठक १२ बजेपछि बस्दै
राजनीति, समाचार

मन्त्रिपरिषद् बैठक १२ बजेपछि बस्दै

नेपाल अखबार, काठमाडौं । मन्त्रिपरिषदको बैठक आज बस्दै छ । बैठक मध्याह्न १२ बजेपछि बस्ने छ । मन्त्रिपरिषदको यो बैठक नियमित हो । त्यसैले बैठकमा नियमित मन्त्रालयगत एजेण्डामा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।प्रमुख सत्तारुढ नेकपाभित्र चर्किएको विवादबारे पनि बैठकमा छलफल हुन सक्ने अनुमान छ । यसअघि बुधबार प्रधानमन्त्री ओलीले आफू निकटका मन्त्रीहरुसँग परामर्श गरेका थिए । उनले आफूविरुद्ध चौतर्फी घेराबन्दी गरिएकाले सहयोग गर्न आग्रह गरेका थिए ।...
चट्याङ लाग्दा बारामा ४ महिलाको मृत्यु, ८ घाइते
समाचार, समाज

चट्याङ लाग्दा बारामा ४ महिलाको मृत्यु, ८ घाइते

नेपाल अखबार, बारा। धान रोपाइँ गरिरहेको बेला चट्याङ लाग्दा बारामा आज (बिहीबार) बिहान चारजना महिलाको मृत्यु भएको छ। बाराको फेटा गाउँपालिका १ मा दुई तथा कलैया उपमहानगरपालिका १२ मा २ जना महिलाको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। फेटा गाउँपालिका १ त्रिवेनीका ३० वर्षीया सिन्दु देवी र ४० वर्षीया सुनरपती देवी, कलैया उपमहानगरपालिका १२ स्थित शितलपुरकी ४५ वर्षीया हलिमा खातुन र ३५ वर्षीया आशादेवी महतोको चट्याङ लागेर मृत्यु भएको बाराका प्रहरी नायव उपरीक्षक गपन मिश्रले जानकारी दिए। ‘उनीहरु सबैलाई धान रोपाइँको लागि खेतमा गएको बेला चट्याङ लागेको हो,’ डिएसपी मिश्रले भने, ‘चट्याङ लागेर फेटा गाउँपालिकाका सातजना र कलैया १२ मा एक जना घाइते भएका छन्।’ घाइते दुई महिलाको अवस्था गम्भीर छ। गम्भीर घाइते बचैयादेवी हजामको कलैयामा उपचार भइरहेको छ। बाँकी सात जना घाइतेको वीरगञ्जमा उपचार भइर...
बालबालिकालाई आजदेखि रोटा भाइरसविरुद्धको खोप दिइँदै
समाचार, स्वास्थ्य

बालबालिकालाई आजदेखि रोटा भाइरसविरुद्धको खोप दिइँदै

नेपाल अखबार, काठमाडाैं। नेपालमा आज (बिहीबार) देखि रोटा भाइरस विरुद्धको खोप प्रयोगमा आउदै छ। ग्लोबल एलाइन्स फर भ्याक्सिन एण्ड इम्युनाइजेशन गाभीको सहयोगमा नेपालमा रोटा भाइरस विरुद्धको खोप प्रयोगमा आएको परिवार कल्याण महाशाखाले जनाएको छ। आजदेखि नियमित खोप तालिका अनुसार एक वर्ष मुनिका बालबालिकालाई यो खोप दिइने महाशाखाका प्रमुख डा.झलक गौतमले जानकारी दिए। रोटा भाइरसका कारण हुने झाडापखालाका विरुद्ध यो खोप दिने गरिन्छ। स्वास्थ्यकर्मीका अनुसार रोटा भाइरसविरुद्धको खोप शिशु जन्मेको ६ हप्तामा र १० हप्तामा गरी दुई पटक दिनुपर्छ। पहिलो चरणमा ३ लाख २४ हजार भाइल खोप नेपाल ल्याएको छ। देशभरका एक वर्ष मुनिका ६ लाख २० हजार बालबालिकालाई यो खोप दिने तयारी छ। यो खोप एक साताभित्र देशका सात वटै प्रदेशमा पठाइने डा.गौतमले जानकारी दिए।...
चारवटा प्रदेशमा ठूलो वर्षा हुने सम्भावना
समाचार

चारवटा प्रदेशमा ठूलो वर्षा हुने सम्भावना

नेपाल अखबार, काठमाडाैं। केही दिनदेखि जारी वर्षा आज (बिहीबार) पनि रोकिएको छैन। अहिले बिहान पनि सबै प्रदेशका केही स्थानमा पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो सबै प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा जारी रहने देखिएको छ। प्रदेश १, २, गण्डकी र प्रदेश ५ का एक-दुई स्थानमा भने भारी वर्षाको समेत सम्भावना छ। यस्तै राति सबै प्रदेशका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। प्रदेश १, गण्डकी प्रदेश, प्रदेश ५ का एक-दुई स्थानमा भने ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। बिहीबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा महाशाखाले आगामी २४ घण्टे चेतावनी दिँदै वर्षा हुने क्षेत्रमा बाढी/पहिरो, डुबान तथा यातायातमा अवरोधजस्ता विपद् आउने सम्भावना रहेकाले होसियारी अपनाउन आग्रह गरेको छ। भोलि शुक्रबारबाट...
दाङमा मध्यराति फेसबुक लाइभ गर्दै युवतीले गरिन् आत्महत्या
समाचार, समाज

दाङमा मध्यराति फेसबुक लाइभ गर्दै युवतीले गरिन् आत्महत्या

नेपाल अखबार,दाङ । दाङको तुलसीपुरमा एक युवतीले फेसबुकमा भिडियो लाइभ गर्दै आत्महत्या गरेकी छन्। प्रहरीका अनुसार तुलसीपुर उपमहानगरपालिका-५ रानीजरुवा निवासी अन्दाजी २३ वर्षकी एलिसा गौतमले बुधबार मध्यराति फेसबुकमा भिडियो लाइभ गर्दै आत्महत्या गरेकी हुन्। दाङ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी सुमित खड्काले घटनाको पुष्टि गरे। खबर आउनेबित्तिकै प्रहरी टोली परिचालन भएको भए पनि युवती भएको कोठामा पुग्दा उनको मृत्यु भइसकेको थियो। विवाहित उनी माइतीमा बसेकी थिइन्। माइती घरका पनि सबै जना भारत गएकाले उनी कोठामा एक्लै रहेको प्रहरीले जनाएको छ। तर घटनाबारे विस्तृत खुल्न बाँकी छ। ‘हामी घटनाबारे विस्तृत अनुसन्धान गरिरहेका छौं,’ डीएसपी खड्काले बिहीबार बिहान भने। अहिले युवतीको शव राप्ती प्रादेशीक अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।...
काठमाडौंमा कोठाभित्र एउटै पासोमा प्रेमी–प्रेमिका
समाचार, समाज

काठमाडौंमा कोठाभित्र एउटै पासोमा प्रेमी–प्रेमिका

नेपाल अखबार, काठमाडाैं। काठमाडौंमा युवक र युवती एउटै पासोमा झुन्डिएको अवस्थामा मृत फेला परेका छन्। बानेश्वरस्थित महानगरीय प्रहरी वृत्तका प्रमुख डीएसपी दक्षकुरमार बस्नेतका अनुसार कागेश्वरी मनहरा नगरपालिका वडा नम्बर ९, पेप्सीकोलास्थित एक घरको कोठाभित्र सलको पासो लगाएर मृत्यु भएको अवस्थामा युवक र युवती फेला परेका हुन्। ‘उनीहरू लिभिङ टुगेदरमा बसेको बुझिएको छ,’ बिहीबार बिहान डीएसपी बस्नेतले भने, ‘भाडामा लिएको आफ्नै कोठाभित्र एउटै सलको पासो लगाएर झुन्डिएको अवस्थामा भेटिए।’ उनका अनुसार घटना बुधबार दिउँसोको हो।दिउँसो साढे १२ बजेतिर खबर आएपछि प्रहरी टोली घटनास्थल पुगेको उनले बताए। डीएसपी बस्नेतले घटना गम्भीर रहेको र हत्या वा आत्महत्या अहिल्यै भन्न नसकिने बताए। साथै उनले मृतककाे नाम खुलाउन मानेनन्। ‘घटनाबारे गम्भीर ढंगले अनुसन्धान भइरहेको छ, अहिले नाम खुलाउन मिल्दैन,’ उनले भने। तर प्रहरी स्रोतका अनु...
स्रोत नखुलेको १० लाख रुपैयाँसहित एक पक्राउ
समाचार

स्रोत नखुलेको १० लाख रुपैयाँसहित एक पक्राउ

नेपाल अखबार, गौर । स्रोत नखुलेको १० लाख रुपैयाँसहित एक जनालाई रौतहट प्रहरीले पक्राउ गरेको छ । बुधबार साझ गौर–२ महादेवपट्टिबाट १० गौर–२ का २३ वर्षीय अविनाश गुप्ता पक्राउ परेका हुन् । प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय रौतहटको संयुुुक्त गस्ती टोलीले भारतीय नम्बरको बिआर ० क्यु २५३३ मोटरसाइकल रोकेर जाँच गर्दा उक्त मोटरसाइकलको बायाँ तर्फको लेगगार्डमा झुण्डयाएको नाइलनको झोलाभित्र १० लाख नगद फेला परेको प्रहरीले जनाएको छ । पक्राउ परेका गुप्तालाई आवश्यक अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । पछिल्लो समय भारतबाट लाखौं रुपैया दैनिक रुपमा नेपाल भित्रिरहेको छ । लकडाउनका कारण भारतीय व्यापारीहरुसँग रहेको लाखौं नेपाली रुपैयाँ रौतहटको विभिन्न नाकाहरुबाट अवैधरुपमा भित्राउने गरिएको छ । भारतिय व्यापारीसँग रहेको रकम रौतहटको इशनाथ, बौधिमाइ र गौर नाकाबाट नेपाल भित्रिने गरेको छ...
गण्डकी प्रदेशमा थप ८ जनामा कोरोना
प्रदेश ४, समाचार, स्वास्थ्य

गण्डकी प्रदेशमा थप ८ जनामा कोरोना

नेपाल अखबार,  पोखरा । गण्डकी प्रदेशमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश क्षयरोग केन्द्र पोखराको प्रयोगशालामा गरिएको परीक्षणमा ४ जिल्लामा संक्रमण थपिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । बिहीबार कोरोना संक्रमण पुष्टि हुने जिल्लामा बागलुङ, स्याङ्जा, तनहुँ र पर्वत छन् । बाग्लुङको बागलुङ नगरपालिकाका २५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ । त्यस्तै, स्याङ्जाको कालिगण्डकी गाउँपालिका र वालिङ नगरपालिकामा २० र १३ वर्षका पुरुपमा कोरोना संक्रमण पुष्टि भएको छ । तनहुँको ऋषिङ गाउँपालिका २६, २६ र २७ वर्षका २ जनामा कोरोान संक्रमण देखिएको निर्देशनालय निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए । त्यस्तै पर्वतको फलेबास नगरपालिका र कुश्मा नगरपालिकामा २१ र २७ वर्षका २ पुरुषमा कोरोना भाइरस पोजेटिभ देखिएको छ । संक्रमितहरु सम्बन्धित स्थानीय तहको क्वारेन्टिनम...
बारामा घरेलु कार्यालयका सहयोगी १० हजार घुससहित पक्राउ
समाचार

बारामा घरेलु कार्यालयका सहयोगी १० हजार घुससहित पक्राउ

नेपाल अखबार, , वीरगञ्ज । बाराको कलैयास्थित घरेलु तथा साना उद्योग कार्यालयका सहयोगी १० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । करारमा कार्यरत कार्यालय सहयोगी खेमराज चौधरी पक्राउ गरेका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।होटल सञ्चालनका लागि अनुमति पत्र बनाइदिने बहानामा सेवाग्राहीसँग चौधरीले उक्त रकम घुस लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाका सूचना अधिकारी शिवराज रेग्मीले जानकारी दिए ।...