Tuesday, September 8

समाचार

सडक विभागमा पौने पाँच सय कर्मचारी थप्ने तयारी
समाचार, समाज

सडक विभागमा पौने पाँच सय कर्मचारी थप्ने तयारी

सडक विभागले पौने पाँच सय कर्मचारीको दरबन्दी थप गर्ने पहल गरेको छ। लामो समयदेखि कर्मचारी थप नगरिएका कारण प्राविधिक काममा समस्या परेको भन्दै विभागले तत्काल चार सय ७४ कर्मचारी थपगर्ने पहल गरेको हो। विभागका उपमहानिर्देशक शिवहरि सापकोटाका अनुसार साबिकको दरबन्दी अनुसार कामगर्न र सडकको गुणस्तर कायम गर्न समस्या परेपछि प्राविधिक कर्मचारी थप गर्नुपर्ने अवस्था आइलागेको हो। विभागले कर्मचारी थपगर्न गरेको प्रस्ताव यतिखेर संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालयमा पुगेको छ।...
अधिकांश बैँकको नाफा सामान्य बढ्यो
अर्थ, समाचार

अधिकांश बैँकको नाफा सामान्य बढ्यो

काठमाडाैँ । आर्थिक वर्ष ०७६/७७ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका केही बैँकहरुको नाफा सामान्य बढेको छ। हालसम्म वित्तीय विवरण सर्वाजनिक गरेका एक दर्जन बैँकमध्ये तीन बैंकको नाफा घटेको छ। चालु आवको दोस्रो पुस मसान्तसम्म नेपाल बैँक, सिद्धार्थ बैँक र सिटिजन्स बैँकको नाफा घटेको वित्तीय विवरण सार्वजनिक भएको हो। गत आवको तुलनामा चालु आवमा कर्जा लगानीमा वृद्धि नभएका कारण बैँकको नाफा घटेको राष्ट्रिय वाणिज्य बैँकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बताए। निक्षेप संकलन र कर्जा लगानीको सन्तुलन नमिलेका कारण बैँकहरुले ग्राहकसँग लिन ब्याजदर घटाएका छन् भने दिने ब्याजदर बढाएका छन्। चालु आवको ६ महिनाको अवधिमा बैँकको नाफा सामान्य बढेको उनले बताए। नेपाल राष्ट्र बैँकले स्प्रेड दरमा कडाइ गरी रेट गणना विधि नै परिमार्जन गरेका कारण बैँकको नाफा घटेको उनले बताए। चालु आवको पुस मसान्तसम्म एन...
पूर्वसचिव कार्की पत्नीको 'घाटी थिचेर' हत्या भएको पुष्टि
प्रदेश ३, समाचार, समाज, हाइलाइट-समाचार

पूर्वसचिव कार्की पत्नीको 'घाटी थिचेर' हत्या भएको पुष्टि

काठमाडौं ।  पूर्वसचिव अर्जुन कार्कीकी पत्नी मुना कार्कीको घाँटी थिचेर हत्या भएको पुष्टि भएको छ। पोस्टमार्टम रिपोर्टले घाटी थिचेर हत्या भएको पुष्टि गरेको हो। ललितपुरको सानेपास्थित आफ्नै घरमा सोमबर बिहान रगताम्मे अवस्थामा भेटिएकी कार्किको उपचरको क्रममा अस्पतालमा मृत्यु भएको थियो।
ठाकुर ज्ञवाली भए नयाँ आईजीपी
समाचार, समाज, हाइलाइट-समाचार

ठाकुर ज्ञवाली भए नयाँ आईजीपी

मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले नेपाल प्रहरीको नयाँ आईजीपीमा डीआईजी ठाकुर ज्ञवालीलाई नियुक्त गर्ने निर्णय गरेको छ। प्रहरी महानिरीक्षकबाट सर्वेन्द्र खनालले अवकाश पाउने भएपछि सरकारले नयाँ आईजीपी नियुक्तिको निर्णय गरेको हो। बैठकमा गृहमन्त्री रामबहादुर थापाले ज्ञवालीलाई नयाँ आईजीपी बनाउने प्रस्ताव गरेका थिए। यसअघि सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले नै नयाँ आईजीपी नियुक्ति गर्ने भनिए पनि निर्णय हुन सकेको थिएन। उनी प्रदेश १ मा डीआईजी थिए।...
ओली र प्रचण्डबीच बालुवाटारमा भेटवार्ता, के भयाे कुराकानी !
राजनीति, समाचार, हाइलाइट-समाचार

ओली र प्रचण्डबीच बालुवाटारमा भेटवार्ता, के भयाे कुराकानी !

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मंगलबार बिहान भेटवार्ता भएको छ। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुुसार दुई अध्यक्षबीच मंगलबार बिहान साढे १० बजेतिर बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा भेटवार्ता भएको हो। ‘उहाँहरूबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको हो,’ प्रेस सल्लाहकार थापाले नेपालखबरसँग भने, ‘अहिले उहाँहरू निस्किनुभएको छ।’ भेटवार्ता के विषयमा भएको हो भन्ने विषयमा उनले खासै खुलाएनन्। तर स्रोतका अनुसार ओलीको स्वास्थ्यमा समस्या आएपछि अवरुद्ध नेकपा सचिवालयको बैठक पुनः राख्ने विषयमा दुई अध्यक्षबीच छलफल भएको हो। साथै भेटवार्तामा पार्टी एकता प्रक्रिया टुंग्याउने, जनयुद्ध तथा जनआन्दोलनका सहिदका शहीदरुको स्मृति दिवसलगायत विषयमा छलफल भएको बताइएको छ। माघ १५–१९ मा भएको नेकपा केन्द्रीय कमिटी बैठकले १...
विदा भए प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल
समाचार, समाज, हाइलाइट-समाचार

विदा भए प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल

काठमाण्डाै । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले हिजाेबाट अनिबार्य अवकाश पाएका छन् । महानिरीक्षक खनालसँगै आजबाट प्रहरी नायब महानिरीक्षक (डीआईजी) राजेन्द्रमान श्रेष्ठ, मनोज न्यौपाने, सुरेशविक्रम शाह, केदार रिजाल, शेरबहादुर बस्न्यात, पीताम्बर अधिकारी, दिनेश अमात्य, नारायणसिंह खड्का, कमल जिटी, महेन्द्रकुमार पोखरेल, महेशविक्रम शाह, दानसिंह बोहोरा, रामप्रसाद श्रेष्ठ, सुरज केसी, विनोद शर्मा घिमिरे, विकास श्रेष्ठ, पूर्णचन्द्र जोशी र र हरिभक्त प्रजापतिले पनि अनिवार्य अवकाश पाएकाछन ।...
गोरखाका मेयर पन्तलाई बेलायतमा सम्मान
पर्यटन, विदेश, समाचार, समाज

गोरखाका मेयर पन्तलाई बेलायतमा सम्मान

गोरखा । रश्मोर बरो काउन्सिलसंग भगिनी सम्बन्ध स्थापनाका लागि बेलायत पुगेका गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तलाई जनसम्पर्क समितिले सम्मान गरेको छ । सोमबार एक कार्यक्रमको आयोजना गरी मञ्चले नगरप्रमुख पन्त सहित सिरानचोक गाउँपालिकाका उपाध्यक्ष रीता देवकोटा नेपाल पत्रकार महासंघ गोरखाका अध्यक्ष किशोरजंग थापालाई सम्मान गरेको हो । मञ्चका उपाध्यक्ष तर्क जंग गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा भ्रमण बर्ष २०२० र गोरखा जाऔं अभियानका बारेमा छलफल भएको थियो । त्यस्तै आइतबार गोरखा तमु समाज युकेले समेत अन्तरकृया कार्यक्रमको आयोजना गर¥यो । अन्तरक्रिया कार्यक्रममा सहभागी नगर प्रमुख पन्तले गोरखामा तमु संग्राहालय बनाउने विषयमा छलफल गरेका छन् । तमुहरुको बाहुल्यता रहेको गोरखामा संग्राहालय निर्माण गर्दा भाषा, संस्कृतीको संरक्षण हुने उनले बताए । तमु संग्राहालय निर्माणमा गोरखा नगरपालिकाले साथ दि...
सम्मृद्धि ल्याउन शिक्षाको विकास अनिबार्य ः नारायणकाजी श्रेष्ठ
प्रदेश ४, शिक्षा, समाचार, हाइलाइट-समाचार

सम्मृद्धि ल्याउन शिक्षाको विकास अनिबार्य ः नारायणकाजी श्रेष्ठ

गोरखा । विकासका पूर्वाधार मध्ये पनि शिक्षा पहिलो पूर्वाधार रहेको राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठले बताएका छन् । गोरखा नगरपालिका ९ लक्ष्मीबजारको महालक्ष्मी माध्यामिक विद्यालयको ४४ औं बार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै श्रेष्ठले सम्मृद्धिका लागि शिक्षाको विकास अनिवार्य रहेको बताएका हुन् । नेपालले ठूलो राजनीतिक उपलब्धी हासिल गरेको बताउदै उनले अबको पालो आर्थिक सम्मृद्धि रहेको तर्क गरे । ‘देशमा ठूलो राजनीतिक उपलब्धी हासिल भइसकेको छ, अबको उदेश्य आर्थिक विकास र सम्मृद्धि हो’ नेकपाका प्रवक्ता समेत रहेका श्रेष्ठले भने ‘संविधानको कार्यान्वयनसंगै अब सबै दल एक ठाउँमा आउनुको विकल्प छैन ।’ सरकारी शिक्षालयमा जनताका छोराछोरीले आधुनिक शिक्षा पाउने वातावरण बनाउनुपर्नेमा उनको जोड थियो । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष शिव केसीको अध्यक्षतामा भएको कार्यक्रममा उनले विकास सबैको साझा रहेक...
महायज्ञमा मुस्लिम समुदाय पुग्दा पण्डितले भने ‘वाह ! हाम्रो असली समाज त यो हाे नि’
अर्थ, धर्म/संस्कृति, प्रदेश ३, प्रदेश ४, समाचार, समाज, हाइलाइट-समाचार

महायज्ञमा मुस्लिम समुदाय पुग्दा पण्डितले भने ‘वाह ! हाम्रो असली समाज त यो हाे नि’

धुर्मुस सुन्तली फाउण्डेशनको अगुवाईमा चितवनको रामपुर छेवैमा निर्माणधिन गौतम बुद्ध क्रिकेट रंगशालाको सहयोगार्थ सञ्चालन गरिएको धन धान्यान्चल महोत्सवमा अन्य दिनको दाँजोमा शनिबार बेग्लै माहोल बन्यो । रंगशाला निर्माणका लागि निर्माणाधिन परिसरभित्रै गरिएको महोत्सवमा प्रशिद्ध प्रवचक पण्डित दिनबन्धु पोखरेलले प्रवचन दिइरहेका थिए । प्रवचन स्थलमा हजारौ हिन्दु धर्मावलम्बीहरु उनको प्रवचनमा ध्यानमुग्द थिए । तर एकैछिनमा माहोल फेरियो । हातमा ‘गोरखा बजार मुस्लिम समाज’ लेखिएको ब्यानर बोकेर ८/१० जनाको समुह प्रवचन स्थलमा प्रवेश गर्दा केहि समय तालीको बर्षात नै भयो । गेटबाट मुस्लिम समुदायको समुह प्रवेश गरेको देखेर प्रवचन गरिरहेका पण्डित पोखरेलले प्रवचन नै रोके र भन्न थाले ‘वाह हाम्रो असली समाज त यो हो नि ।’ ब्यानर बोकेर अघि बढिरहेको मुस्लिम समुदायको समुहलाई मञ्चमा बसिरहेका सिताराम कट्टेल (धुर्मस) र कुञ्जन...
स्थापना दिवशमा सिद्धि गणेशले दियो शक्तिलाई वाटर फिल्टर
अर्थ, प्रदेश ४, समाचार, समाज

स्थापना दिवशमा सिद्धि गणेशले दियो शक्तिलाई वाटर फिल्टर

श्री सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्थाले आफ्नो स्थापनाको नवौ बार्षिक उत्सव मनाएको छ । स्थापना दिवशकै अवसरमा संस्थाले पाटेचौरमा रहेको शक्ति माध्यामिक विद्यालयलाई वाटर फिल्टर प्रदान गरेको छ । संस्थाले करिब २५ हजार बराबरकाे फिल्टर विधालयलाइ दिएकाे हाे । बिधार्थीहरुलाई स्वच्छ खानेपानीको सुबिधा पु¥याउने उद्देस्यले फिल्टर उपलब्ध गराएको सहकारीका प्रबन्धक गणेश श्रेष्ठले जानकारी दिए । त्यस्तै सहकारीले दिवसको अबसरमा उत्कृष्ट कर्मचारी तथा शेयर सदस्यका छोराछोरीहरु मध्ये एसईई परीक्षामा उत्कृष्ट अंक ल्याउन सफल बिधार्थीलाई सम्मान गरेको प्रबन्धक श्रेष्ठले जानकारी दिए । कर्मचारीबाट मुनु जोशी र बिधार्थीमा रोसिका के.सी लाई सम्मान गरिएको हो । २०६७ सालमा स्थापना भएको सहकारीमा हाल कुल १८ करोड ६ लाख कुल पुँजी रहेको श्रेष्ठले बताए । सहकारीमा हाल १ हजार ३ सय शेयर सदस्य रहेका छन । सहकारीले स्थापना दि...