एमाले पूर्वसांसद कोइरीलाई ५ वर्ष कैद
नेपालअखबार, काठमाडौं । उच्च अदालत जनकपुरले मधेश आन्दोलनका बेला घाइते सशस्त्र प्रहरी थमन विकलाई सांघातिक आक्रमण गरी हत्या गरेको घटनामा संलग्न रहेको आरोपमा एमालेका पूर्वसांसद लक्ष्मी कोइरी महतोलाई ५ वर्ष कैद सजाय तोकेको छ ।
कामू मुख्यन्यायाधीश टेकनारायण कुँवर र न्यायाधीश मुरारीबाबु श्रेष्ठको इजलासले केही आरोपितहरुलाई सफाई दिने भनी जिल्ला अदालतले गरेको फैसला उल्ट्याउँदै कोइरीको हकमा पाँच वर्ष कैद सजाय हुने फैसला गरेको हो ।
जिल्ला अदालत महोत्तरीले मंसीर, २०८० मा कोइरी सांसद पदमा बहाल रहेका बेला उनी लगायतलाई आरोपबाट सफाई दिएको थियो ।
घटना के हो ?
मधेश आन्दोलनका बेला २५ भदौ २०७२ महोत्तरीमा आन्दोलनकारी र प्रहरीबीच झडप भएको थियो, त्यसक्रममा सशस्त्र प्रहरी बलका असई थमन विकलगायत सख्त घाइते भएका थिए । उनीहरुलाई उपचारका लागि एम्बुलेन्समा राखेर जिल्ला अस्पताल जलेश्वर लगिएको थियो । त्यहाँ उप...










