दाहसंस्कारमा सरकारी हस्तक्षेपपछि चिनियाँ गाउँमा बढ्दै विरोध प्रदर्शन
नेपालअखबार,काठमाडौं । चीनका गाउँहरूमा यस वर्ष ६६१ वटा विरोध प्रदर्शनहरू दर्ता भएका छन्, जुन सन् २०२४ को पूरै वर्षको तुलनामा ७०प्रतिशतले वृद्धि हो। यस शृङ्खलाको पछिल्लो घटना चीनको दक्षिणी क्विचो प्रान्तमा भएको छ।
क्विचो प्रान्तको शिदोंग सहरमा सप्ताहन्तमा सुरु भएको यो विरोध प्रदर्शन स्थानीय अधिकारीहरूको एउटा नयाँ निर्देशनको प्रतिक्रियामा भएको हो । अधिकारीहरूले अबदेखि मानिसहरूको मृत्युपश्चात् जमिनको स्रोत जोगाउनका लागि शव गाड्नुको सट्टा अनिवार्य रूपमा जलाउनुपर्ने नियम बनाएका छन्। यो नियमले परम्परागत अन्त्येष्टि विधिलाई प्रतिस्थापन गर्ने भन्दै विरोध प्रदर्शन सुरू भएको हो ।
‘द गार्डियन’ को रिपोर्ट अनुसार शेन्जेन र शाङ्घाई जस्ता सहरी केन्द्रहरूबाट टाढा रहेको ग्रामिण प्रान्त हो क्विचो ।
निशानामा राष्ट्रपति पनि
विरोध प्रदर्शनको फुटेज सामाजिक सञ्जालमा समेत फैलिएको छ।
विरोध ट्र्याकिङ...










