विदेशमा भएका नेपालीलाई भोट हाल्ने अधिकार दिन अध्यादेश ल्याउने सरकारको तयारी
नेपालअखबार,काठमाडौँ । विदेशमा भएका नेपाली नागरिकलाई मतदानको अधिकार दिने विषयमा आवश्यक कानुनी प्रबन्ध गर्ने विषयमा गृह मन्त्रलायले निर्वाचन आयोगसँग छलफल गर्ने भएको छ।
गृह मन्त्रालयले विदेशमा भएका नेपालीहरूलाई भोट हाल्ने अधिकारका लागि केही निर्वाचन सम्बन्धी कानुन संशोधन सम्बन्धी अध्यादेशको मस्यौदा समेत तयार पारेको छ।
‘विदेशमा भएका नेपालीलाई मत हाल्न दिन कानुनी प्रबन्ध गर्ने विषयमा छलफल भइरहेको छ,’ रिजालले भने, ‘प्रारम्भिक मस्यौदा भएको छ। हामी निर्वाचन आयोगसँग छलफल गर्दैछौँ।’
अन्तिम मतदाता नामावलीमा नाम भएका र विदेशमा भएका नेपालीहरूलाई मतदानको अधिकार प्रदान गर्ने गरी मस्यौदा बनेको रिजालले बताए।
सर्वोच्च अदालतले यसअघि नै विदेशमा भएका नेपालीलाई मतदानको व्यवस्था मिलाउन सरकारलाई आदेश दिएको थियो।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले विदेशमा भएका नेपालीहरूलाई मतदानको अधिकार प...










