Saturday, November 28

समाचार

सर्वोच्च अदालतको वेबसाइट पूर्ववत् अवस्थामा सञ्चालनमा आयो
प्रशासन, समाचार

सर्वोच्च अदालतको वेबसाइट पूर्ववत् अवस्थामा सञ्चालनमा आयो

नेपालअखबार,काठमाडौँ । जेनजी आन्दोलनका क्रममा सर्वोच्च अदालतमा आगजनी भएपछि बन्द भएको वेबसाइट सोमबारबाट पूर्ववत् अवस्थामा सञ्चालनमा आएको छ । डेढ महिनादेखि बन्द रहेको वेबसाइट सर्वोच्च अदालतको सूचना–प्रविधि महाशाखाले  पूर्ववत् रूपमा सञ्चालन गरेको हो । कागजी रूपमा मात्रै सञ्चालनमा रहेको अदालतको काम अब सोमबारबाट डिजिटल रूपमा सञ्चालन भएको छ । सर्वोच्च अदालतले आफ्नो र मातहतका अदालतको न्यायिक कामकारबाहीका लागि मुद्दा व्यवस्थापन प्रणाली(केस म्यानेजमेन्ट सिस्टम–सीएमएस) सञ्चालन गर्छ । सर्वोच्च अदालतकै वेबसाइटमा आबद्ध विशेष, उच्च र जिल्ला अदालतका वेबसाइट र सूचना प्रणाली पनि अब सञ्चालन गर्ने तयारी भइरहेको सर्वोच्च प्रशासनले जानकारी दिएको छ । सर्वोच्च अदालतको वेबसाइट बन्द हुँदा मुद्दाका सरोकारवालाहरू प्रत्यक्ष प्रभावित भनेका थिए । सर्वोच्चको वेबसाइटमा मुद्दाको तारिख, पेशीदेखि अरू सबै विवरण र फैस...
नेपाली कांग्रेसका कार्यवाहक सभापति खड्काले भने प्रतिनिधिसभा असंवैधानिक तबरले विघटन
राजनीति, विचार, समाचार

नेपाली कांग्रेसका कार्यवाहक सभापति खड्काले भने प्रतिनिधिसभा असंवैधानिक तबरले विघटन

नेपालअखबार,काठमाडौं। नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले प्रतिनिधिसभा असंवैधानिक रूपमा विघटन भएको बताएका छन्। भ्रातृ संगठन नेपाल तरूण दलको ७३औँ स्थापना दिवसका अवसरमा सोमबार पार्टी केन्द्रीय कार्यालय, सानेपामा आयोजित समारोहमा उनले जेनजी आन्दोलनको बलमा गठन भएको अन्तरिम सरकारबाट असंवैधानिक रुपमा प्रतिनिधिसधा विघटन भएको बताएका हुन्। ‘प्रतिनिधिसभा असंवैधानिक तबरले विघटन भयो,’ खड्काले भने, ‘यस सेरोफेरोमा हामी तरुण दलको स्थापना दिवस मनाउँदैछौँ।’ उनले जेनजी आन्दोलनका कारण मुलुक अप्ठ्यारोमा परेका बेला आगजनीबाट क्षतिग्रस्त शीतलनिवासको आँगनमा बसेर राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको रक्षा गरेको पनि बताए। ‘संविधान जोगाउन धेरै ठूलो अप्ठ्यारो भयो। राष्ट्रपति रामचन्द्र पौडेलले जलेको शीतलनिवासको आँगनमा बसेर जीवनको लामो अनुभव र जनतालाई केन्द्रमा राखेर संविधानको रक्षा गर्ने का...
अझै पाँच हजार कैदीबन्दी कारागार बाहिर
प्रशासन, समाचार, समाज

अझै पाँच हजार कैदीबन्दी कारागार बाहिर

नेपालअखबार,काठमाडौँ । गत भदाै २३ र २४ गतेकाे जेनजी प्रदर्शनका क्रममा देशका विभिन्न कारागार र सुधारगृहबाट भागेकामध्ये अझै करिब पाँच हजार कैदीबन्दी फरार छन् । प्रदर्शन चर्केपछि विभिन्न २८ वटा कारागारबाट १३ हजार ५८५ कैदी र नौ वटा बाल सुधारगृहबाट ९६४ बालबन्दी गरी १४ हजार ५४९ बन्दी भागेका थिए । तीमध्ये हालसम्म नौ कैदी र ५८२ बालबन्दी गरी कुल नौ हजार ५८२ बन्दी कारागार फर्केका छन् । कारागार व्यवस्थापन विभागका निर्देशक चोमेन्द्र न्यौपानेका अनुसार चार हजार ५९६ कैदी र ३८६ बालबन्दी गरी कुल चार हजार ९८२ बन्दी अझै फरार छन् । सरकारले फरार कैदीबन्दीलाई कारागार फर्कन ‘अल्टिमेटम’ दिएको छ । ठुलो सङ्ख्यामा विभिन्न कसुरमा कैद सजाय भुक्तान गरिरहेका कैदी फरार हुँदा समाजमा सुरक्षा चुनौती थपिएपछि सरकारले फरार कैदीबन्दीलाई कारागारमा फर्काउन विशेष अभियान सञ्चालन गरिरहेको छ । अभियानअन्तर्गत फरार कैदीलाई...
मुस्ताङ नाकाबाट एकै महिनामा साढे ५ अर्बको ब्यापार
अर्थ, समाचार

मुस्ताङ नाकाबाट एकै महिनामा साढे ५ अर्बको ब्यापार

नेपालअखबार,मुस्ताङ।  चीनसँग स्थलमार्गबाट आयात निर्यात गर्ने मुख्य दुई नाका अवरूद्ध भएपछि सञ्चालनमा ल्याइएको मुस्ताङ नाकाबाट एक महिनामा करिब साढे ५ अर्ब रूपैयाँको आयात निर्यात भएको छ। भन्सार विभागका अनुसार भदौ अन्तिमबाट सञ्चालमा आएको यो नाकाबाट असोज मसान्तसम्मको अवधिमा ५ अर्ब २७ करोड ९० लाख रूपैयाँ बराबरको वस्तु आयात भएको छ। ९१ लाख रूपैयाँ बराबरको बस्तु निर्यात भएको छ। चालु आर्थिक वर्षमा तातोपानी र रसुवा नाकाबाट एक रूपैयाँको पनि निर्यात नभएकोमा स्थलमार्गबाट चीन सामान पठाउने नाका मुस्ताङ मात्रै देखिएको छ। गत असारको बाढीको कारण रसुवा नाका र साउन दोस्रो सातादेखि तातोपानी नाका अवरूद्ध भएपछि केही समय स्थलमार्गबाट उत्तरी छिमेकी चीनसँगको ब्यापार नै रोकियो। तर, यी दुबै नाका सञ्चालनमा आउन नसकेपछि एक महिनाअघि मुस्ताङ नाकाबाट आयात–निर्यात सुरू गरिएको थियो। भदौ ३० गते मुस्ताङ नाकाबाट चीनसँग...
देशवासीलाई राष्ट्रियताको भावले अभिप्रेरित गरोस् : उपराष्ट्रपति यादव
राजनीति, समाचार

देशवासीलाई राष्ट्रियताको भावले अभिप्रेरित गरोस् : उपराष्ट्रपति यादव

नेपालअखबार,काठमाडाैँ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले छठ पर्वले देशवासीलाई राष्ट्रियताको भावले अभिप्रेरित गरोस् भनी कामना गरेका छन्। छठ महापर्व–२०८२ को अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले भनेका छन्, ‘छठ महापर्वले राष्ट्रिय एकता र अखण्डताको सूत्रलाई बलियो र थप सुदृढ बनाउँदै सम्पूर्ण नेपालीलाई सद्भाव, प्रेम र मेलमिलापको बन्धनमा बाँध्न सकोस्, यो पर्वले मुलुकलाई समृद्धि र समुन्नतिको बाटोमा अगाडि बढाउनका लागि सम्पूर्ण देशवासीलाई उच्च राष्ट्रियताको भावले अभिप्रेरित गरोस् भन्ने कामनाका साथ पुनः हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।’ उपराष्ट्रपति यादवले छठ पर्वलाई प्रकृतिसँगको प्रगाढ प्रेम र आस्थाको प्रतीक व्रतालु उल्लेख गर्दै नहाय–खाय, खरना, अस्ताउँदो सूर्यलाई अघ्र्य र उदाउँदो सूर्यलाई अर्घ्य जस्ता धार्मिक अनुष्ठानका साथ मनाइने यो पर्व नयाँ पिँढीमा पुस्तान्तरण हुँदै जानु सकारात्म...
सामुदायिक वनद्वारा आठ करोड रुपैयाँभन्दा बढीको वन पैदावर बिक्री
अर्थ, समाचार

सामुदायिक वनद्वारा आठ करोड रुपैयाँभन्दा बढीको वन पैदावर बिक्री

नेपालअखबार,तनहुँ । तनहुँका सामुदायिक वन समूहले आर्थिक वर्ष २०८१/८२ मा वन पैदावर बिक्री गरी रु आठ करोड ४३ लाख चार हजार पाँच सय तीन आम्दानी गरेका छन् । सामुदायिक वनले सो अवधिमा ८३ हजार पाँच सय १३ दशमलब ४५ क्युफिट वन पैदावर बिक्री गर्न सफल भएको डिभिजन वन कार्यालय तनहुँका सूचना अधिकारी एवं वन अधिकृत राजकुमार श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार बिक्री भएका वन पैदावरमध्ये ४० हजार तीन सय ३१ दशमलब ९५ क्युफिट साल, ४१ हजार एक सय तीन दशमलब ८० क्युफिट खयर र दुई हजार नौ सय ११ दशमलब ८६ अन्य वन पैदावर छन् । त्यस्तै सोही अवधिमा ५० दशमलब १५ चट्टा दाउरा पनि बिक्री भएको छ । वन पैदावर बिक्रीमार्फत् रु एक करोड २० लाख चार हजार नौ सय ८६ राजस्व सङ्कलन भएको छ । निजी आवादीतर्फ पनि ५१ हजार चार सय ५४ दशमलब ७५ क्युफिट वन पैदावर बिक्री भएको छ । सूचना अधिकारी श्रेष्ठका अनुसार निजी आवादीतर्फ ४३ हजार तीन सय २४ ...
लोपोन्मुख अवस्थामा रैथाने अनदी धान, हाइब्रिडको खेतीले रैथाने बाली विस्थापित
कृषि, समाचार

लोपोन्मुख अवस्थामा रैथाने अनदी धान, हाइब्रिडको खेतीले रैथाने बाली विस्थापित

नेपालअखबार,कञ्चनपुर । रैथाने धानका जातमध्येकै स्वादिलो र सांस्कृतिक मूल्य बोकेको अनदी धान यहाँ लोपोन्मुख अवस्थामा पुगेको छ । बढी फल्ने वर्णशङ्कर (हाइव्रिड) र उन्नत जातका धानको खेतीलाई किसानले बढावा दिन थालेपछि रैथाने अनदी धान लोपोन्मुख अवस्थामा पुगेको हो । सिमलफाँटाका किसान धनबहादुर चौधरी ढिकीमा कुटेको अनदी धानको चिउराको मिठो स्वाद अझै बिर्सन नसकिने बताउँछन् । उनी भन्छन्, “सानो उमेरमा चुलोमा अनदीको धान भुटेर ढिकीमा कुटेर तयार गरिएको चिउरा खाएको सम्झना अझै ताजा छ । अनदीको चिउरा निकै मिठो हुन्थ्यो, स्कुल जाँदा खल्तीभरी त्यही चिउरा भरेर खाँदै पुग्ने गर्थ्यौँ, ती दिन अब सम्झनामा मात्रै बाँकी रहे ।” अहिले अनदी धान पाउनै मुस्किल हुन थालेको उनी बताउँछन् । बढी उत्पादन दिने हाइब्रिड र उन्नत जातका धानको आकर्षणमा परेर किसानले अहिले अनदी धानको खेती छाडेको उनी बताउँछन् ।परदेशी डगौराका अनुसार थारु ...
दक्षिण चीन सागरमा खस्यो अमेरिकी नौसेनाको हेलिकप्टर र लडाकू विमान
विश्व, समाचार

दक्षिण चीन सागरमा खस्यो अमेरिकी नौसेनाको हेलिकप्टर र लडाकू विमान

नेपालअखबार,काठमाडाैँ । अमेरिकी नौसेनाको हेलिकप्टर र लडाकू विमान दुर्घटना भएको छ। आइतबार दिउँसो दक्षिण चीन सागरमा अभ्यासका क्रममा अमेरिकी नौसेनाको हेलिकप्टर र लडाकू विमान छुट्टाछुट्टै समयमा दुर्घटना भएको हो। अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनका अनुसार आइतबार दिउँसो स्थानीय समयअनुसार २:४५ बजे एमएच-६०आर सिहक हेलिकप्टर उड्दाउड्दै दक्षिण चीन सागरमा खसेको थियो। नौसेनाको स्क्वाड्रन-७३ एकाइको उक्त हेलिकप्टरमा चालक दलका तीन सदस्य थिए। तीनै जनालाई सुरक्षित उद्धार गरिएको अमेरिकी नौसेनालाई उद्धृत गर्दै सिएनएनले लेखेको छ। हेलिकप्टर दुर्घटना भएको आधा घन्टापछि लडाकू विमान पनि खसेको थियो। करिव सवा ३ बजे फाइटिङ रेडकक्समा आबद्ध रहेको एफए-१८एफ सुपर हर्नेट लडाकू विमान पनि सोही सागरमा खसेको थियो लडाकू विमानको चालक दलका दुई सदस्यलाई पनि सुरक्षित उद्धार गरिएको सिएनएनले जनाएको छ। हेलिकप्टर र लडा...
मुस्ताङ र अन्नपूर्ण आधार शिविरमा पर्यटकको अकल्पनीय लर्को, आवास व्यवस्थापनमा चुनौती
पर्यटन, समाचार

मुस्ताङ र अन्नपूर्ण आधार शिविरमा पर्यटकको अकल्पनीय लर्को, आवास व्यवस्थापनमा चुनौती

नेपालअखबार,म्याग्दी । न्नपूर्ण आधार शिविरमा गत असोजको अन्तिम सातादेखि सुरु भएको पर्यटकको लर्को यही कात्तिक दोस्रो हप्ताको सुरुआतसम्म पनि रोकिएको छैन । मुस्ताङ र अन्नपूर्ण आधार शिविरमा यस वर्ष यति धेरै पर्यटक आउलान् भनेर कसैले कल्पना गरेका थिएनन् । पछिल्ला दिन मुस्ताङ, म्याग्दी, बागलुङ र पर्वतका होटलहरू भरिभराउ भएका छन् । होटल सञ्चालकलाई आवास व्यवस्थापन चुनौतीपूर्ण बनेको छ । दसैँ, तिहार, छठलगायत चाडपर्वको लामो बिदामा विद्यालय कलेजका विद्यार्थी, युवा, कर्मचारी, बैंक तथा वित्तीय संस्थाका कर्मचारी र चाडपर्व मनाउन विदेशबाट जन्मथलो आएकाहरूको रोजाइमा मुस्ताङ र अन्नपूर्ण आधार शिविर परेको हो । स्थल मार्गबाट घुम्नेहरूको रोजाइमा ती चार जिल्लाका पर्यटकीय स्थल परेको छ । आन्तरिक पर्यटकको पहिलो रोजाइमा मुस्ताङ जिल्लास्थित मुक्तिनाथ दर्शन गर्ने गन्तव्य बनेको छ । मुस्ताङ पुगेकाहरूले कोरला नाका, लोमान...
छठ पर्वले नेपालीको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउनेछ : राष्ट्रपति पौडेल
राजनीति, समाचार

छठ पर्वले नेपालीको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउनेछ : राष्ट्रपति पौडेल

नेपालअखबार,काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वले नेपालीको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् । छठ पर्व–२०८२ को अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उनले भनेका छन्, “यस पर्वले समाजमा विद्यमान वर्गीय, जातीय, लैङ्गिकलगायत सबै प्रकारका विभेद, कुरीति एवं विसङ्गतिको अन्त्य गरी सम्पूर्ण नेपालीमा राष्ट्रिय एकता अभिवृद्धि गर्न, मौलिक संस्कृतिको संरक्षण तथा संवर्द्धन गर्न र आपसी सद्भाव थप सुदृढ पार्न प्रेरणा प्रदान गर्नेछ भन्ने मैले विश्वास लिएको छु ।” छठ पर्वले दिगो शान्ति, सुशासन, विकास र समृद्धि प्राप्तिका लागि थप सहयोग पुग्ने राष्ट्रपति पौडेलको भनाइ छ । सूर्य, जल र पृथ्वीप्रति श्रद्धा गर्दै छठी माताको पूजा, अर्चना र व्रत गरी रातभर खोला, पोखरी तथा तालतलैयाको किनारमा जाग्राम बसी धूमधाम एवं हर्षोल्लासका साथ यो पर्व मनाउने चलन छ । छठको व्रत...