Saturday, November 28

समाचार

ट्रम्प र सीको भेट अगावै अमेरिका-चीनबीच सम्भावित व्यापार सम्झौताको ढाँचामा सहमति
राजनीति, विश्व, समाचार

ट्रम्प र सीको भेट अगावै अमेरिका-चीनबीच सम्भावित व्यापार सम्झौताको ढाँचामा सहमति

नेपालअखबार,काठमाडौं । अमेरिका र चीनबीच सम्भावित व्यापार सम्झौताको ढाँचा (नमूना) मा सहमति जुटेको छ । उक्त सहमतिको ढाँचालाई यसै साता दुवै देशका नेताहरू बीचको भेटघाटका दौरान छलफल गरिने भएको छ । अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टका अनुसार सम्झौताको ढाँचामा टिकटकको अमेरिकी व्यवसायसम्बन्धी अन्तिम सम्झौता र चीनले दुर्लभ खनिजहरूमा लगाइएको नयाँ प्रतिबन्धहरू हटाउने वा स्थगित गर्ने निर्णय समावेश रहेको बताएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको घोषणाअनुसार चीनबाट आयात हुने सामानमा लगाइने शतप्रतिशत कर लागू हुने सम्भावना नरहेको पनि बताएका छन् । चीनले अमेरिकाबाट सोयाबिन खरिदलाई फेरि सुरू गर्ने पनि अर्थमन्त्री बेसेन्टको भनाइ छ । दुवै देशहरू विश्वका दुई सबैभन्दा ठूला अर्थव्यवस्थाका बीच जारी ‘ट्रेड वार’ लाई बढ्न नदिने प्रयास गरिरहेका छन् । अमेरिकी राष्ट्रपति ट्रम्प एशियाको एक साता लामो भैमणमा छ...
सरकारले तोकेको मूल्यमा किसानको धान खरिद गरिने
कृषि, समाचार

सरकारले तोकेको मूल्यमा किसानको धान खरिद गरिने

नेपालअखबार, काठमाडौँ । खाद्य तथा व्यापार कम्पनी लिमिटेडले सरकारले तोकेको न्यूनतम समर्थन मूल्यमा धान खरिद गर्ने भएको छ । सरकारले मोटा धानको ३ हजार ४६३ रुपैयाँ प्रतिक्विन्टल र मध्यम धानको ३ हजार ६२८ रुपैयाँ प्रतिक्विन्टल न्यूनतम समर्थन मूल्य तोकेको छ । सोही मूल्यमा किसानको १ लाख ९० हजार क्विन्टल धान खरिद गरिने खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जनाएको छ । धान उत्पादनको पकेट क्षेत्रलाई आधार मानेर धान खरिद गर्ने तयारी गरिएको छ । यसअनुसार देशभर १३ वटा खरिद केन्द्र सञ्चालन गरी धान खरिद गरिने कम्पनीले जनाएको छ । कम्पनीकाअनुसार महेन्द्रनगर, धनगढी, राजापुर, नेपालगञ्ज, जुम्ला, तुलसीपुर, भैरहवा, पोखरा, वीरगञ्ज, लहान, जनकपुर, विराटनगर र बिर्तामोडमा खरिद केन्द्र सञ्चालन गरिने छ । साथै धान खरिदको भुक्तानी सोझै किसानको खातामा पठाउने जनाएको छ । यसअघि चेकमार्फत भुक्तानी हुने गरेको थ...
पोखरा–मुग्लिन सडक खण्ड सोमबार राति दुई घण्टा बन्द हुने
प्रशासन, समाचार

पोखरा–मुग्लिन सडक खण्ड सोमबार राति दुई घण्टा बन्द हुने

नेपालअखबार, तनहुँ। पोखरा–मुग्लिन सडक खण्ड सोमबार राति दुई घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय तनहुँले आइतबार सूचना जारी गर्दै सोमबार राति १२ बजेदेखि २ बजेसम्म सवारी आवागमन बन्द हुने जनाएको छ । पोखरा-मुग्लिन सडक खण्ड अन्तर्गत आँबुखैरेनी गाउँपालिका–४ साँखर (डम्पिङ साइट क्षेत्र) मा पहिरो नियन्त्रण कार्यका लागि अध्ययन गर्नुपर्ने भएकाले सडक बन्द गर्न लागिएको प्रशासकीय अधिकृत सिर्जना रेग्मीले बताइन् । ‘पहिरो नियन्त्रणका लागि एसआरटी अध्ययन गर्नुपर्ने भएकोले सो अवधिभरि सडकमा यातायात सञ्चालन गर्न मिल्दैन, त्यसैले यातायात बन्द गर्न लागेका हो,’ उनले भनिन् ।सो अवधिभर यातायात सञ्चालन नगरेर सहयोग गरिदिन जिल्ला प्रहरी कार्यालय तनहुँले पनि आग्रह गरेको छ ।...
शान्ति सुरक्षाको अवस्थाबारे जानकारी लिन गृहमन्त्री मधेस जाने
राजनीति, समाचार

शान्ति सुरक्षाको अवस्थाबारे जानकारी लिन गृहमन्त्री मधेस जाने

नेपालअखबार,काठमाडाैँ । शान्ति सुरक्षाको अवस्था र चुनावको तयारीबारे जानकारी लिन गृहमन्त्री ओमप्रकाश अर्याल मधेस प्रदेशको भ्रमणमा जाने भएका छन् । मन्त्री अर्यालसँगै भ्रमण दलमा उद्योग र कानुनमन्त्री अनिलकुमार सिन्हा, युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता र गृह सचिव रामेश्वर दंगाल पनि सहभागी हुनेछन् । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्थाबारे बुझ्न उनीहरु भोलि (सोमबार) जनकपुर प्रस्थान गर्ने कार्यक्रम तय भएको छ । सोमबार र मङ्गलबार गरी उनी दुई दिन मधेसमा रहनेछन् । त्यसक्रममा उनले सुरक्षा निकायका विभिन्न कार्यालय अवलोकन, सरकारी कार्यालयका प्रमुखहरूसँग अन्तरक्रिया गर्नेछन् । यस्तै उनी छठसम्बन्धी कार्यक्रममा पनि सहभागी हुनेछन् ।...
हायात व्यवस्थापनले भन्यो– जेनजी आन्दोलनपछि बन्द भएको होटल पुनर्निर्माणपछि सञ्चालनमा आउँछ
अर्थ, समाचार

हायात व्यवस्थापनले भन्यो– जेनजी आन्दोलनपछि बन्द भएको होटल पुनर्निर्माणपछि सञ्चालनमा आउँछ

काठमाडौँ । पाँच तारे होटल तारागाउँ रिजेन्सी होटल्स (हायात रिजेन्सी काठमाडौँ)ले जेनजी आन्दोलनका क्रममा होटलमा ठुलो क्षति भएको उल्लेख गर्दै पुनः निर्माणपछि यथाशीघ्र सञ्चालनमा आउने बताएको छ । आइतबार होटलका कार्यकारी निर्देशक सुरेशलाल श्रेष्ठद्वारा जारी विज्ञप्तिमा होटलमा भएको क्षतिका सम्बन्धमा प्रधानमन्त्री सुशीला कार्की र अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सरकारबाट आवश्यक साथ सहयोग प्रदान गरिने भनी दिनुभएको आश्वासनप्रति होटलले आभार व्यक्त गरेको छ । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा होटलमा भएको क्षतिको मूल्याङ्कन भइरहेको र पुनः निर्माणपछि पर्यटन क्षेत्रमा नेपालको मान–प्रतिष्ठा अझ उच्च बनाउने दृढ सङ्कल्पसहित सञ्चालन हुने  विज्ञप्तिमा उल्लेख गरेको हो । “आन्दोलनका क्रममा होटलमा भएको तोडफोड, लुटपाट तथा आगलागीजन्य क्रियाकलापबाट होटलका अतिथि कक्ष, कार्यकक्ष, रिसेप्सन, लबी, रेष्...
आगामी फागुन २१ हुने निर्वाचनमा भाग लिने राजनीतिक दलले यही कात्तिक २१ गतेभित्र दल दर्ता गरिसक्नुपर्ने
राजनीति, समाचार

आगामी फागुन २१ हुने निर्वाचनमा भाग लिने राजनीतिक दलले यही कात्तिक २१ गतेभित्र दल दर्ता गरिसक्नुपर्ने

नेपालअखबार, काठमाडौं । आगामी फागुन २१ हुने निर्वाचनमा भाग लिने राजनीतिक दलले अबको २१ दिनभित्र दल दर्ताको प्रमाणपत्र लिइसक्नुपर्ने छ । निर्वाचन आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार यही कात्तिक २१ गतेभित्र दल दर्ता गरिसक्नुपर्ने गरी कार्यतालिका तय भएको छ । उनी भन्छन्, ‘३० गते भनेको निवेदन दिने मिति होइन । दल दर्ताको प्रमाणपत्र लिइसक्नुपर्ने मिति हो ।’ ढिलो गरी दल दर्ताको निवेदन आएको खण्डमा समस्या हुन सक्ने आयोगका अर्का एक अधिकारी बताउँछन् । उनका अनुसार दल दर्ताको निवेदन दिएको ४५ दिनभित्र आयोगले निर्णय दिनुपर्ने कानुनी व्यवस्था छ । ‘अहिले निर्वाचनको सम्मुखमा भएकाले ४५ दिन नै लाग्छ भन्न मिलेन । व्यावहारिक रुपमा सबै कागजपत्र मिलेर आएको खण्डमा यथाशीघ्र दल दर्ताको प्रमाणपत्र दिइन्छ,’ ति अधिकारी भन्छन्, ‘व्यवहारिक रूपमा हेर्दा कात्तिक २५ गते अगाडि निवेदन आइसकेको खण्डमा ३० गतेसम्म दल द...
छठ पर्वमा चोयाको व्यापारले बजारमा नयाँ रौनक
समाचार, समाज

छठ पर्वमा चोयाको व्यापारले बजारमा नयाँ रौनक

नेपालअखबार,सुनसरी । तिहार सकिएसँगै धरानमा यतिबेला छठ  पर्वको चहलपहल सुरु भएको छ । बजारमा छठ मनाउनेहरूले बाँसको चोयाबाट बनाइएका डालो, नाङ्लो, डोको, कोनिया, ढाकीलगायतका सामग्री खरिदमा केन्द्रित छन् । सुनसरीको रामधुनी नगरपालिका–५ झुम्काका व्यापारी धर्मुकु स्वामीले भने, “छठमा बाँसका सामानको बिक्री अत्यधिक हुन्छ । तीन/चार दिनमा रु तीन लाखभन्दा बढीको कारोबार हुन्छ ।” उनले पहाड र भारतका विभिन्न स्थानबाट सामान ल्याई छठमा बिक्री गर्दै आएका छन् । “सहरमा चोयाका सामग्री बनाउने कम भइसकेका छन्, भोजपुर, धनकुटालगायतका पहाडी भेग र भारतबाट सामान ल्याएर बिक्री गर्नुपर्ने अवस्था छ”, उनले भने । व्यापारी अमृता रौनियाका अनुसार छठ पूजामा बाँसको चोयाबाट बनाइएका सामग्री अनिवार्य जस्तै मानिन्छन् । बाँसको हस्तकला संरक्षणसँगै स्थानीय रोजगारीमा पनि सहयोग पुगेको उनको भनाइ छ । “छठ पर्व हामीजस्ता व्यापारीका ला...
उखु पेलेर पर्व खर्च जुटाउँदै महोत्तरीका किसान
कृषि, समाचार, समाज

उखु पेलेर पर्व खर्च जुटाउँदै महोत्तरीका किसान

नेपालअखबार, महोत्तरी। महोत्तरीका किसानले उखु पेलेर पर्व खर्च जुटाएका छन् । सामान्यतया उखुमा सक्खरको मात्रा भरिन मङ्सिर पर्खनुपर्ने भए पनि पर्व खर्च व्यवस्थापन गर्न यहाँका किसानले कात्तिक पहिलो सातादेखि उखु पेलेर सक्खर बनाउन थालेका हुन् । कात्तिक पहिलो सातामा परेको दीपावली र दोस्रो सातामा परेको छठमा सक्खरको माग उच्च हुने भएकाले यहाँका उखु किसानले आफ्नो पर्व खर्चको जोहो गर्न सक्खर बनाउन थालेका हुन् । ‘चाडपर्व मनाउन खर्चको व्यवस्थापन गर्नुपरेकाले केही छिटो मिठ्ठा (सक्खर) बनाउन थालिएको हो। यसैको आम्दानीले दीपावली धानियो, अब छठ पनि यसैबाट मनाउने हो’, भङ्गाहा–४ का किसान सुफल महतोले भने, ‘चिनी उद्योग कहिलेदेखि सञ्चालन हुने थाहा छैन, त्यसैले पर्व टार्न पहिले नै उखु पेल्न परेको हो।’ अहिलेको उखुमा रस कम र पानीको मात्रा बढी हुने उनले बताए । ‘सक्खरको मात्रा भरिन मङ्सिर लाग्नुपर्छ । तर पर्व टा...
नागरिकको शान्तिपूर्ण प्रदर्शन गर्ने अधिकारको सम्मान गर्न आह्वान
समाचार, समाज

नागरिकको शान्तिपूर्ण प्रदर्शन गर्ने अधिकारको सम्मान गर्न आह्वान

नेपालअखबार,काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले नागरिकको शान्तिपूर्ण प्रदर्शन गर्ने अधिकार एवं मानव अधिकारको सम्मान र संरक्षण गर्न सरकारसँग आह्वान गरेको छ । साथै आफ्ना मागहरू शान्तिपूर्ण रूपमा राख्न प्रदर्शनरत पक्षलाई सम्त आयोगले अनुरोध गरेको छ । नागरिकले राखेका मागहरू समयमै उचित सम्बोधन गर्न, समस्याको समाधानमा सबैको भूमिका सुनिश्चित गर्न  आयोगले भनेको हो । ‘विगतका केही अभ्यासहरू हेर्दा प्रदर्शनहरू ध्वंसात्मक र हिंसात्मक हुन पुगेको तथ्यलाई ध्यानमा राखी आगामी दिनमा त्यस प्रकार्का हिंसात्मक गतिविधि नहोउन् भन्नेतर्फ सचेत रहँदै प्रदर्शनलाई शान्तिपूर्ण बनाउन सबै पक्ष जिम्मेवार हुनु आवश्यक छ । आगामी दिनमा हुने प्रदर्शनहरूमा घुसपैठ हुन नदिने दायित्व सरकार र प्रदर्शनकारी दुवैको हुन्छ ।  प्रदर्शनलाई शान्तिपूर्ण बनाउन सुरक्षा निकायको संयमता, धैर्यता र विवेकपूर्ण व्यवहार अपेक्षित छ । त्यस...
काठमाडौँ महानगरले थाल्यो ‘सिल्भर भोलिन्टियर कार्यक्रम’
समाचार, समाज

काठमाडौँ महानगरले थाल्यो ‘सिल्भर भोलिन्टियर कार्यक्रम’

नेपालअखबार,काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ४५ वर्षमाथिका अनुभवी र परिपक्व नागरिकको ज्ञान, सीप र क्षमतालाई सहर विकासमा उपयोग गर्ने मुख्य उद्देश्यले ‘सिल्भर भोलिन्टियर कार्यक्रम’ सुरु गरेको छ। विभिन्न क्षेत्रमा लामो अनुभव बटुलेका नागरिकलाई अवकाशपछि पनि समाज र देशको विकासमा योगदान दिने अवसर दिन यो कार्यक्रम ल्याइएको कामपा सहरी योजना आयोगका सचिवालय सदस्य विवेक बास्तोलाले जानकारी दिए। सचिवालय सदस्य बास्तोलाले भने, ‘तपाईं ४५ वर्ष पूरा हुनुभएको छ ? जागिर वा व्यवसायबाट अवकाश लिनुभएको छ ? अवकाशपछि बिश्रामभन्दा पनि समाजका लागि केही योगदान गर्ने सोच छ भने आउनुहोस् सँगसँगै महानगरको विकासमा हातेमालो गरौँ ।’ कार्यक्रममार्फत शिक्षा, स्वास्थ्य, सरसफाइ, वातावरण, प्रशासन, सहरी विकास, सम्पदा संरक्षणलगायतका क्षेत्रमा महानगरसँग मिलेर काम गर्न सकिने जनाइएको छ। महानगरले 'कामपा–सिल्भर–भोलिन्टियर–कार्य...