४२ जिल्लामा फैलियो लम्पी स्किन, १८ सय ८४ पशु मरे
नेपालअखबार,काठमाडौं । मुलुकका ६ प्रदेशका ४२ जिल्लामा गाईभैंसीमा लाग्ने ‘लम्पी स्किन’ रोग संक्रमण फैलिएको छ ।
लम्पी स्किनबाट देशभरि १ हजार ८ सय ८४ पशुचौपाया मरिसकेको पशुसेवा विभागले जानकारी दिएको छ । ४५ हजार १ सय ५९ पशुचौपाया यस रोगबाट संक्रमित भएका छन् ।
हाल सक्रिय संक्रमित पशुको संख्या ५ हजार ४ सय ४० छ । विभागका अनुसार लम्पी स्किन कोशी, बागमती, लुम्बिनी, मधेश, कर्णाली र गण्डकी प्रदेशमा फैलिएको छ । यो रोग सबैभन्दा बढी कोशी प्रदेशमा फैलिएको छ ।
६ असारदेखि ७ साउनसम्म कोशीका १३ जिल्लामा फैलिएको संक्रमणबाट ३० हजार १ सय ५४ पशु संक्रमित भएको र १ हजार १ सय १६ पशु मरेको विभागले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।
लम्पी स्किन संक्रमण मधेश र लुम्बिनीका ८-८ जिल्ला, बागमती र गण्डकीका ५-५ जिल्ला, लुम्बिनीका ३ जिल्लामा फैलिएको छ । सुदूरपश्चिममा भने हालसम्म रोगको पुष्टि नभएको विभागले जनाएको छ ।
व...










