Tuesday, July 7

समाचार

सभापति थापाले भने: ‘डोजरले नागरिकको झुपडी मात्र होइन, उनीहरूको मर्यादा र राज्यप्रतिको भरोसा भत्कायो
राजनीति, समाचार

सभापति थापाले भने: ‘डोजरले नागरिकको झुपडी मात्र होइन, उनीहरूको मर्यादा र राज्यप्रतिको भरोसा भत्कायो

नेपालअखबार, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सुकुम्बासीलाई पुनर्स्थापनाको आधारबिनै धम्क्याएर र लखेटेर हटाउने काम भएको बताएका छन्। सरकारले काठमाडौंमा एकपछि अर्को सुकुम्बासी बस्ती डोजरले भत्काएको छ। यसतर्फ लक्ष्य गर्दै आज सभापति थापाले भनेका छन्, ‘डोजरले नागरिकको झुपडी मात्र होइन, उनीहरूको मर्यादा र राज्यप्रतिको भरोसा पनि भत्काएको छ। सस्तो लोकप्रियताका लागि गरिएको यो निर्मम प्रहारले सडक त खाली गराउला, तर यसले लोकतन्त्रको जग कमजोर बनाउँछ।’ उनले नक्कली सुकुम्बासीलाई दण्ड दिन आग्रह गरेका छन्। ‘नक्कली सुकुम्बासीलाई दण्ड देऊ तर वास्तविक भूमिहीनलाई पहिचान नगरी, पुनर्स्थापनाको आधार नबनाई, धम्क्याएर र लखेटेर हटाउने काम तत्काल बन्द गर,’ उनले सरकारलाई भनेका छन्। यस्तो छ सभापति थापाको भनाइ – 'शक्ति प्रदर्शन कि प्रक्रियागत न्याय? भूमिहीनको अधिकार र राज्यको दायित्व' आज ...
राष्ट्रपति कार्यालय पुग्यो अर्को अध्यादेश
राजनीति, समाचार

राष्ट्रपति कार्यालय पुग्यो अर्को अध्यादेश

नेपालअखबार, काठमाडौं । सरकारले सम्पत्ति शुद्धीकरणसम्बन्धी ऐन संशोधन गर्नका लागि अध्यादेश जारी गर्न राष्ट्रपति कार्यालय पठाएको छ । राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले सम्पत्ति शुद्धीकरणसम्बन्धी अध्यादेश राष्ट्रपति कार्यालयमा दर्ता भएको  जानकारी दिए । ‘सम्पत्ति शुद्धीकरणसम्बन्धी अध्यादेश पनि यसअघि नै आइसकेको हो, अध्ययनको क्रममै छ,’ उनले भने । सरकारले विभिन्न ८ वटा अध्यादेश राष्ट्रपति कार्यालय पठाएको हो । जसमध्ये सहकारी र सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी भइसकेका छन् । अन्य ६ वटा अध्यादेश भने अध्ययनकै क्रममा रहेको शाक्यले बताए । संवैधानिक परिषद् लगायतका केही अध्यादेशमा राष्ट्रपति पौडेलले बिहीबार कानुनविद्हरूसँग पनि छलफल गरेका थिए ।...
जेनजी घाइतेको विवरण सार्वजनिक
प्रशासन, समाचार

जेनजी घाइतेको विवरण सार्वजनिक

नेपालअखबार, काठमाडौँ । सरकारले जेनजी आन्दोलनका क्रममा घाइते भएका सूचीकृत सम्पन्न गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा पछिल्लो पटक थप २२ जनाको नाम समावेश गर्दै जेनजी आन्दोलनमा घाइतेको सूचीकृत सम्पन्न गरेको हो। पछिल्लो पटक प्राप्त २५० जनामध्ये २२ जना मात्र घाइतेको नाम सूचीकृत गरेसँगै जेनजी आन्दोलनमा घाइतेको विवरण सार्वजनिक गरिएको स्वास्थ्य आपत्कालीन सञ्चालन केन्द्रका प्रमुख डा प्रकाश बुढाथोकीले जानकारी दिए। उनका अनुसार मन्त्रालयको मापदण्डअनुसार जेनजी आन्दोलनका क्रममा घाइतेको सङ्ख्या दुई हजार ६६० पुगेको छ । “निर्वाचनपछि नयाँ सरकार बनपछि थप हामीसँग प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, गृह मन्त्रालय र अन्य ठाउँबाट २५० जनाको नाम आएको थियो,” उनले भने, “तर मन्त्रालयको मापदण्डअनुसार २२ जना मात्र घाइतेको प्रमाणीकरण गरी सूचीकृत गरिएको हो।” केन्द्रका प्रमुख डा. बुढाथोकीले ती २२ ...
थापाथली सुकुमवासी बस्ती हटाउँदा एक महिला बेहोस
समाचार, समाज

थापाथली सुकुमवासी बस्ती हटाउँदा एक महिला बेहोस

नेपालअखबार, काठमाडौं । काठमाडौंको थापाथलीस्थित बागमती नदी किनारमा रहेको सुकुमवासी बस्ती हटाउनेक्रममा एक महिला बेहोस भएकी छन् । प्रहरीले बेहोस भएकी ती महिलालाई उपचारका लागि एम्बुलेन्सको सहयोगमा अस्पताल पठाइएको जनाएको छ । बेहो भएकी महिला रेखा कुँवर हुन् । त्यस्तै बल्खुमा आज खाली गरिएको सुकुमवासी बस्तीनजिकै बागमती खोलामा एक व्यक्ति मृत फेला परेका थिए । शुक्रबार बिहान घर भत्केको हेर्न सक्दिनँ भन्दै निस्किएका व्यक्ति दिउँसो बागमती खोलामा मृत भेटिएका हुन् । मृत फेला परेका व्यक्ति ६१ वर्षीय ईन्द्रबहादुर राई रहेको उनकी पत्नी सरिता राईले बताइन् ।...
आङसाङ सुकीलाई जेलबाट ‘हाउस अरेस्ट’ मा सारियो
राजनीति, विदेश, समाचार

आङसाङ सुकीलाई जेलबाट ‘हाउस अरेस्ट’ मा सारियो

नेपालअखबार,काठमाडौं । म्यान्मारकी नेतृ आङसाङ सुकीलाई कारागारबाट घरमै नजरबन्द (हाउस अरेस्ट) मा सारिएको छ । ८० वर्षीया नोबेल पुरस्कार विजेता सूचीलाई सन् २०२१ मा सैन्य विद्रोहबाट सत्ताच्यूत गरिएपछि हिरासतमा राखिएको थियो । म्यान्मारका सैन्य प्रमुख मिन आङ लाइङले भनेका छन्, ‘ आङसाङको बाँकी सजाय घरमै पूरा गर्ने आदेश दिइएको छ ।’ मिन आङ लाइङले नै म्यान्मारमा सैन्य विद्रोहको नेतृत्व गरेका थिए । नेतृ आङसाङ सन् २०१५ मा सत्तामा आएकी थिइन् । उक्त समयमा म्यान्मारका तत्कालीन शासकहरूले लोकतान्त्रिक सुधार लागू गरेका थिए । त्यसअघि उनी लामो समयसम्म सैन्य शासनका दौरानका लोकतन्त्र समर्थक ‘अभियान्ता’ थिइन् । उनलाई यसअघि पनि १५ वर्षसम्म ‘हाउस अरेस्ट’ मा राखिएको थियो । बीबीसीका अनुसार म्यान्मारको सरकारी मिडियामा सूकीको एक तस्वीर सार्वजनिक भएको छ । जसमा उनी दुई जना बर्दीधारीका साथ बसेको देखिन्छ । उनका छोरा कि...
पत्रकार र स्थानीयलाई टेकुस्थित वंशीघाट प्रवेशमा रोक
प्रशासन, समाचार

पत्रकार र स्थानीयलाई टेकुस्थित वंशीघाट प्रवेशमा रोक

नेपालअखबार,काठमाडौँ । काठमाडौँको टेकुस्थित वंशीघाटमा रहेको सुकुम्बासी बस्तीमा आज डोजर चलाइँदै छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले सूचना जारी गरेपछि त्यहाँका सुकुम्बासीहरूले आफ्नो सामान सुरक्षित स्थानमा सारिरहेका छन् । आज बिहानदेखि यस क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ । पत्रकार र स्थानीयलाई समेत यस क्षेत्रमा प्रवेश गर्न दिइएको छैन । बिहान तरकारी किन्न घरबाहिर निस्किएका स्थानीय समेत घर फर्कन पाएका छैनन् ।...
सुकुमबासी सङ्घले घोषणा गर्‍यो आम हडतालसम्मको आन्दोलन
समाचार, समाज, हाइलाइट-समाचार

सुकुमबासी सङ्घले घोषणा गर्‍यो आम हडतालसम्मको आन्दोलन

नेपालअखबार,काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) निकट भातृ सङ्गठन अखिल नेपाल सुकुमबासी सङ्घले आम हडतालसम्मको आन्दोलन घोषणा गरेको छ । सङ्घले प्रधानमन्त्री बालेन शाहलाई पदबाट हटाउनेसम्मका माग राखिएकाे संघका अध्यक्ष अमर परियारले जानकारी दिए। सरकारले सुकुमबासी बस्तीमा डोजर चलाएको विरोधमा आन्दोलनका कार्यक्रम घोषणा गरिएको हो । बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै सङ्घले विभिन्न सुकुमबासी बस्तीहरूमा डोजर लगाएर राज्य आंतक फैलाइएको भन्दै विना विकल्प उठिबास लगाउने कार्य बन्द गर्नुपर्ने मागसहित आन्दोलनको घोषणा गरेको हो । पहिलो चरणमा भूमिहीन दलित, सुकुम्वासी र अव्यवस्थित बसोबासीलाई गरेका वाचा स्मरण गर्न र जबरजस्ती उठीबास रोक्नका लागि सरोकारवाला सबैलाई आग्रह गरिने सङ्घले जनाएको छ । त्यस्तै आन्दोलनको दोस्रो चरणमा मेची–महाकाली राजमार्ग चक्काजाम गर्ने, जनताको हितमा काम नगर्ने प्...
देशभरका सीडीओलाई गृहको पत्र– अतिक्रमित संरचना हटाउन सुरक्षा प्रबन्ध मिलाउनू
प्रशासन, समाचार

देशभरका सीडीओलाई गृहको पत्र– अतिक्रमित संरचना हटाउन सुरक्षा प्रबन्ध मिलाउनू

नेपालअखबार,काठमाडौं । सरकारले देशभरका अतिक्रमित जग्गामा बनेका संरचना हटाउन ७७ वटै जिल्ला प्रशासन कार्यालयहरूमा सर्कुलर जारी गरेको छ । गृह मन्त्रालयले देशभरका प्रमुख जिल्ला अधिकारीहरूलाई पत्र पठाउँदै सम्बन्धित निकायको सहयोग र समन्वयमा जिल्लामा रहेका अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गाको पहिचान गरी उक्त जग्गाहरूमा रहेको अतिक्रमण हटाउने योजना सम्बन्धित निकायबाट माग गरी मन्त्रालयमा पठाउन पनि भनेको छ । यसअघि चैत २० मै गृहले पत्रमार्फत परिपत्र गरिएको थियो । हिजो (बुधबार) सचिवस्तरीय निर्णय गर्दै अतिक्रमण हटाउने कार्यका लागि सुरक्षा प्रबन्ध लगायतका आवश्यक सहजीकरण गर्न अनुरोध गरिएको छ । सरकारले अतिक्रमित संरचना हटाउने कार्यले तिव्रता दिइरहेको छ । शुक्रबारबाट काठमाडौंका सबै नदी किनारमा बनेका अतिक्रमित संरचना हटाइँदैछ । बिहीबार काठमाडौंका ती क्षेत्रमा माइकिङ भइरहेको छ ।...
अरनिको राजमार्ग अवरुद्ध हुँदा तातोपानी नाका ठप्प
समाचार, समाज

अरनिको राजमार्ग अवरुद्ध हुँदा तातोपानी नाका ठप्प

काठमाडौँ । बिहीबार परेको वर्षाका कारण अरनिको राजमार्ग अवरुद्ध भएको अझै खुल्न सकेको छैन । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ स्थित ‘इको’ भन्ने स्थानमा सडक भासिएपछि अरनिको राजमार्ग पुनः अवरुद्ध भएको हो । सडक डिभिजन कार्यालय चरिकोटका प्रमुख नारायणदत्त भण्डारीका अनुसार सडकको माथिल्लो भागबाट खनेर मात्र नहुने र तलबाटै पुरेर ल्याउनुपर्ने भएकाले मर्मत कार्य चुनौतीपूर्ण देखिएको छ । तर, प्राविधिक कठिनाइभन्दा पनि ठुलो समस्या ‘नीतिगत अन्योल’ देखिएको छ । प्रमुख भण्डारीका अनुसार यसअघि नेपाल सरकारको सडक डिभिजनले ठेक्का लगाएर काम सुरु गरेको भए पनि पछि सो सडक खण्ड चिनियाँ पक्षले बनाउने निर्णय भएको थियो । सो निर्णयपछि नेपाल सरकारका ठेकेदार फर्किसकेका छन् भने चिनियाँ प्राविधिक टोली अझै आइपुगेको छैन । यसले गर्दा सडक मर्मत कसले र कसरी गर्ने भन्नेमा अन्योल सिर्जना भएको छ । ‘हामीले काम सुरु गरेका थिय...
रोल्पाको थवाङस्थित जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु
दुर्घटना, समाचार, समाज

रोल्पाको थवाङस्थित जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु

नेपालअखबार,काठमाडौं । रोल्पाको थवाङस्थित जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ ।रुकुम पूर्वबाट जलजलातर्फ जाँदै गरेको जिप भिरबाट ८ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । रोल्पाका डीएसपी वीरेन्द्र वीर विश्वकर्मा नेतृत्वको टोली दुर्घटनास्थलमा उद्धारका लागि खटिएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार १७ जनाको घटनास्थलमा नै मृत्यु भएको हो । लु१ज ४१६७ नम्बरको बोलेरो जिप दुर्घटनामा परेको हो । जलजलामा वैशाख पूर्णिमाको अवसरमा लाग्ने मेलामा सहभागी हुन जानेहरूलाई लिएर उक्त जिप त्यसतर्फ जाँदै थियो ।...