Tuesday, July 7

समाचार

ट्रम्पका विशेष दूत काठमाडौं आउँदै, दुई मन्त्री भेट्ने
राजनीति, समाचार

ट्रम्पका विशेष दूत काठमाडौं आउँदै, दुई मन्त्री भेट्ने

नेपालअखबार,काठमाडौं ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत नेपाल आउँदै छन्। राष्ट्रपति ट्रम्पका मध्य र दक्षिण एसियाली मामिला हेर्ने विशेष दूत सर्जिओ गोर आज काठमाडौं आउन लागेका हुन्। ट्रम्पका निकट सहयोगी मानिने गोर भारतका लागि राजदूत पनि हुन्। परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रका अनुसार गोरले दुई जना मन्त्री भेट्ने कार्यक्रम तय भएको छ। गोरले अर्थमन्त्री स्वर्णिम वाग्ले र परराष्ट्र मन्त्री शिशिर खनालसँग भेट्नेछन्। बिहीबार दुई मन्त्रीसँग उनले छुट्टाछुट्टै भेटवार्ता गर्नेछन्। गोर सगरमाथा आधार शिविर जाने कार्यक्रम पनि तय भएको जानकारीमा आएको प्रवक्ता क्षेत्रीले जानकारी दिए। प्रधानमन्त्री बालेन शाहलाई भेट्छन् कि भेट्दैनन् भन्नेबारे चाहिँ निश्चित भएको छैन। यसअघि अमेरिकी विदेश मन्त्रालयका दक्षिण तथा मध्यएसिया मामिलासम्बन्धी सहायक मन्त्री एसपल कपुर ...
इरान युद्धमा अमेरिकाको खर्च २५ अर्ब डलर
राजनीति, विश्व, समाचार

इरान युद्धमा अमेरिकाको खर्च २५ अर्ब डलर

नेपालअखबार,काठमाडौं । अमेरिकाले इरान विरूद्धको युद्धमा भएको खर्च विवरण सार्वजनिक गरेको छ। युद्ध सुरू भएको तेस्रो महिना लाग्दा अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन)ले पहिलो पटक खर्च विवरण सार्वजनिक गरेको हो। अमेरिकी अखबार द न्युयोर्क टाइम्सले इरानविरूद्ध युद्धको सुरूवातदेखि अहिलेसम्मको खर्च २५ अर्ब डलर पुगेको भनेर पेन्टागनलाई उद्धृत गरेर लेखेको छ। अमेरिकी रक्षा मन्त्रालयका उच्च अधिकारी जे हर्स्टले प्रतिनिधिसभाअन्तर्गत सशस्त्र सेवा समितिमा बोल्दै अधिकांश खर्च बम, मिसाइललगायत सैन्य सामग्रीमा गएको जानकारी दिएका छन्। तर उक्त अनुमानमा मध्यपूर्वस्थित अमेरिकी सैन्य अड्डाको पुनर्निर्माण वा मर्मत खर्च समावेश गरिएको छ कि छैन भन्ने स्पष्ट गरिएको छैन। समितिका शीर्ष डेमोक्र्याट सदस्य एडम स्मिथले लामो समयदेखिको माग पूरा भएको बताए। 'हामीले अगाडिदेखि नै सोधिरहेका थियौं। तर कसैले पनि ठोस संख्...
कच्चा तेलको मूल्य चार वर्षयताकै उच्च
कर्पोरेट, विश्व, समाचार

कच्चा तेलको मूल्य चार वर्षयताकै उच्च

नेपालअखबार,काठमाडौं । अमेरिका र इजरायलले इरानमा आक्रमण सुरु गरेपछि जारी तनावका कारण कच्चा तेलको मूल्य चार वर्षयताकै उच्च भएको छ । ताजा आकडा अनुसार कच्चा तेलको मूल्य ११९.७६ डलर प्रतिब्यारेल पुगेको छ । यो सन् २०२२ को जुन महिनायताकै सबैभन्दा उच्च मूल्य हो । रुस–युक्रेन युद्धका कारण सन् २०२२ को फेब्रुअरी–मार्च तिर कच्चा तेलको मूल्य बढेर करिब १३० डलर प्रतिब्यारेलसम्म पुगेको थियो । द गार्जियनका अनुसार कच्चा तेलको मूल्य अहिले उच्च हुनुमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पछिल्लो अभिव्यक्ति पनि एक कारण हो । ट्रम्पले इरानका बन्दरगाहहरुमा सैन्य नाकाबन्दी जारी राख्ने अभिव्यक्ति दिएका थिए । ट्रम्पले इरान आफ्नो परमाणु बन्द गर्ने सम्झौताका लागि तयार नभएसम्म नाकाबन्दी जारी रहने बताएका छन् । यसको सिधा असर स्ट्रेट अफ होर्मुज समुद्री मार्गमा परेको छ । इरान नियन्त्रित स्ट्रेट अफ होर्मुज विश्वभर ...
राष्ट्रपतिले आज अध्यादेशबारे संविधानविद्हरूसँग राय लिने
राजनीति, समाचार

राष्ट्रपतिले आज अध्यादेशबारे संविधानविद्हरूसँग राय लिने

नेपालअखबार,काठमाडौं । सरकारले संसद् रोकेर एकैपटक ६ वटा अध्यादेश सिफारिस गरेपछि अप्ठेरोमा परेका राष्ट्रपति रामचन्द्र पौडेलले संविधान र कानुविद्हरूसँग परामर्श गर्ने भएका छन् । उनले आज दिउँसो ४ बजे संविधानविद्हरूलाई शीतल निवास बोलाएका छन् । सरकारले सार्वजनिक निकायमा हुने नियुक्तिलाई पारदर्शी र प्रतिस्पर्धी बनाउने, दलीय राजनीतीकरण अन्त्य गर्ने, सार्वजनिक निर्माणलाई तीव्रता दिने, सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्ने तथा भूमि, मालपोत र नापी लगायतका सेवा प्रभावकारी बनाउने उद्देश्यसहित  ६ अध्यादेश सिफारिस गरेको छ । सिफारिस भएका अध्यादेशहरूमा संवैधानिक निकायका पदाधिकारीको नियुक्तिको सिफारिसका लागि बस्ने बैठकसम्बन्धी कार्यविधिलाई व्यवस्थित गर्ने उद्देश्यका साथ संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्ने अध्यादेश, सहकारी ऐन, २०७४ लाई संशोधन गर्...
हात्तीको आक्रमणबाट दुई जना घाइते
समाचार, समाज

हात्तीको आक्रमणबाट दुई जना घाइते

नेपालअखबार, झापा । मेचीनगर नगरपालिका–४ बाहुनडाँगी चोक नजिक हात्तीको आक्रमणबाट आमाछोरी घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार आक्रमणमा परी ३८ वर्षीया सुनिता बज्राचार्य र उनकी १३ वर्षीया छोरी यवद्रा घाइते भएका हुन् ।दुवै जनाको खुट्टामा गम्भीर चोट लागेको छ ।...
काठमाडौंको चन्द्रागिरि नगरपालिका–२ नागढुंगा चेकपोष्टस्थित सार्वजनिक शौचालयसम्बन्धी विवाद अख्तियारमा
समाचार, समाज

काठमाडौंको चन्द्रागिरि नगरपालिका–२ नागढुंगा चेकपोष्टस्थित सार्वजनिक शौचालयसम्बन्धी विवाद अख्तियारमा

नेपालअखबार, काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका–२ नागढुंगा चेकपोष्टस्थित त्रिभुवन राजपथ किनारको सार्वजनिक जग्गामा निर्माण गरिएको सार्वजनिक शौचालयसम्बन्धी विवाद अख्तियारसम्म पुगेको छ। भूकम्पपछिको पुनर्निर्माण अवधिमा निर्माण गरिएको उक्त संरचना पछिल्लो समय सञ्चालन, भाडा सम्झौता र स्वामित्वको विषयमा प्रश्न उठेपछि अनुसन्धानको दायरामा आएको हो। २०७२ सालको विनाशकारी भूकम्पपछि निर्माण गरिएको उक्त शौचालय स्थानीय सरकारमार्फत वडा नं. २ कार्यालयको मातहतमा आएको बताइएको छ। साे बिषयमा उक्त कार्यालयमा  हाम्राे टिम जानकारी लिन जाँदा निलम्बित वडाअध्यक्ष भाइकृष्ण तामाङ स्वंम  कार्यालयमा रहेकाे र उनकाे अनुसार, उक्त शौचालय सञ्चालनका लागि विरेन्द्र पाेडे भनिने विरेन्द्र देउलासँग आर्थिक वर्ष २०८०/०८१ देखि लागू हुने गरी चार वर्षे सम्झौता गरिएको थियो। सम्झौताअनुसार मासिक १२ हजार रुपैयाँ भाडा निर्धारण गरि...
पदमबहादुर परियार बने कांग्रेस राष्ट्रिय सभा सचेतक
राजनीति, समाचार

पदमबहादुर परियार बने कांग्रेस राष्ट्रिय सभा सचेतक

नेपालअखबार,काठमाडौँ । नेपाली कांग्रेस राष्ट्रिय सभा सचेतकमा पदमबहादुर परियार मनोनीत भएका छन्। संसदीय दल नेता भीष्मराज आङ्देम्बेले आज तनहुँका सांसद परियारलाई राष्ट्रिय सभा सचेतक मनोनीत गरेका हुन्। ‘नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले संसदीय दलको विधान (संशोधन तथा परिमार्जन सहित, २०८३) को धारा १३ (३) बमोजिम राष्ट्रिय सभाका लागि सचेतकमा पदमबहादुर परियारलाई मनोनयन गर्नु भएको छ,’ संसदीय दलले जारी गरेको वक्तव्यमा उल्लेख छ। यसअघि सचेतक कृष्णबहादुर रोकाया थिए।...
अध्यादेश तत्काल फिर्ता लिन सरकारसँग नेपाल बारको माग
समाचार, समाज

अध्यादेश तत्काल फिर्ता लिन सरकारसँग नेपाल बारको माग

नेपालअखबार,काठमाडौं । नेपाल बार एशोसियसनले राष्ट्रपतिसमक्ष सिफारिस भएका अध्यादेश तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ । बुधबार बारका महासचिव केदारप्रसाद कोइरालाले विज्ञप्ति जारी गरी संविधानवाद प्रतिकूल काम गर्न नहुने बताएका हुन् । बारले जनप्रतिनिधिमूलक संस्था, संसदीय विधि र प्रक्रियालाई सम्मान गर्न पनि सरकारलाई आग्रह गरेको छ । ‘अपवादको रुपमा अस्थायी तवरबाट प्रयोग हुने अध्यादेशको दूर्लभ अभ्यासलाई नियमित संसद् अधिवेशन आव्हान भइसकेपछि पुनः स्थगित गरी जनप्रतिनिधिमूलक संस्था संघीय संसदलाई छली अध्यादेश जारी गर्ने कार्यले संसदीय अभ्यास र संविधानको मर्ममाथि प्रहार गरी स्वेच्छाचारीतालाई बढावा दिने हुन्छ,’ विज्ञप्तिमा उल्लेख छ, ‘यस्ता कार्य संविधानवाद प्रतिकूल छ । अतः उक्त अध्यादेशलाई तत्काल फिर्ता लिन नेपाल सरकार समक्ष माग गर्दछौं ।’ यस्तो छ बारको प्रेस विज्ञप्ती संवैधानिक सर्वोच्चत...
निजी फर्मले मल बिक्रीको अभिलेख राखेको भेटिएन
समाचार, समाज

निजी फर्मले मल बिक्रीको अभिलेख राखेको भेटिएन

नेपालअखबार, झापा । जिल्लाका अधिकांश निजी फर्महरूले रासायनिक मल बिक्रीसम्बन्धी अभिलेख नराखेको पाइएको छ । कृषि ज्ञान केन्द्र झापाको अगुवाइमा मङ्गलबार गरिएको अनुगमनमा यस्तो समस्या देखिएपछि सम्बन्धित फर्महरूलाई मापदण्डअनुसार विवरण राख्न र प्रत्येक कारोबारमा अनिवार्य रूपमा बिल जारी गर्न निर्देशन दिइएको छ । कृषि ज्ञान केन्द्रका प्रमुख सागर विष्टका अनुसार भद्रपुर र बिर्तामोड नगरपालिका तथा हल्दीबारी र बाह्रदशी गाउँपालिकामा बिक्रीवितरणका लागि अनुमति लिएका सहकारी तथा निजी फर्महरूको संयुक्त अनुगमन गरिएको हो । अनुगमनका क्रममा सहकारी संस्थाहरूले बिक्री विवरणसम्बन्धी बिल तथा प्रतिवेदन व्यवस्थित रूपमा राख्ने गरेको पाइए पनि अधिकांश निजी फर्महरूले त्यस्तो अभिलेख नराखेको भेटिएको उनले जानकारी दिए । सरकारले किसानलाई सहुलियत दरमा उपलब्ध गराउँदै आएको युरिया, डिएपी र पोटासलगायतका रासायनिक मल स्थानीय तहले न...
दुई तिहाइको हुर्मत लिएर ‘जान्नेहरू’ले अध्यादेश ल्याए- राप्रपा प्रवक्ता श्रेष्ठ
राजनीति, विचार, समाचार

दुई तिहाइको हुर्मत लिएर ‘जान्नेहरू’ले अध्यादेश ल्याए- राप्रपा प्रवक्ता श्रेष्ठ

नेपालअखबार,काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता मोहन श्रेष्ठले सरकारले अध्यादेश ल्याउन राष्ट्रपतिसमक्ष सिफारिस गरेकोमा असन्तुष्टि जनाएका छन्। सोमबारको मन्त्रिपरिषद बैठकले संवैधानिक परिषद र सहकारीसम्बन्धी अध्यादेश ल्याएर जारी गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको थियो। ‘पर्सि वैशाख १७ गते संसदको बैठक बस्दै थियो, शक्तिशाली भनिने सरकारले बैठक आह्वान भएको भोलिपल्टै हठात् संसदको बैठक स्थगित गरेर अहिले अध्यादेशको बाटो तय गरेको छ,’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘विगतमा अध्यादेशले लोकतन्त्रको हुर्मत लिएको ठान्ने 'जान्ने'हरूले आफ्नो झण्डै दुई तिहाइको जनमतको हुर्मत लिदैछन्।सबै कानै चिरेका जोगी भएपछि कुन नयाँ कुन पुरानो त अब!’...