Saturday, September 12

समाचार

इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
राजनीति, विश्व, समाचार

इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी

नेपालअखबार, वासिङ्टन डीसी । अमेरिकाले लगातार ११औँ रात पनि इरानमाथि हवाई आक्रमण गरेको छ । यसैबिच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको भूमिगत आणविक केन्द्रलाई पनि निशाना बनाउने चेतावनी दिएका छन् । ट्रम्पले ह्वाइट हाउसमा लेबनानका राष्ट्रपति जोसेफ आउनसँगको भेटका क्रममा नातान्ज नजिक रहेको ‘पिकएक्स माउन्टेन’ नामक भूमिगत आणविक केन्द्रमा चाँडै र अत्यन्त शक्तिशाली रूपमा आक्रमण गरिने चेतावनी दिएका हुन् । ट्रम्पले भनेका छन्–  ‘हामी त्यो क्षेत्रमा चाँडै नै ठुलो आक्रमण गर्नेछौँ । उनीहरूले त्यसलाई रोक्न सक्ने केही पनि छैन ।’ जसपछि पश्चिम एसियामा तनाव थप चर्किएको छ । अमेरिकी सेनाको केन्द्रीय कमान्ड (सेन्टकम) का अनुसार पछिल्लो आक्रमणको उद्देश्य इरानको स्ट्रेट अफ होर्मुज क्षेत्रमा व्यापारिक जहाजलाई धम्की दिने सैन्य क्षमतालाई कमजोर बनाउनु हो । इरानी सरकारी सञ्चारमाध्यमका अनुसार राजधानी तेहर...
प्रधानमन्त्री बालेनले हस्तकला महासंघका प्रतिनिधिसँग छलफल गर्दै
राजनीति, समाचार

प्रधानमन्त्री बालेनले हस्तकला महासंघका प्रतिनिधिसँग छलफल गर्दै

नेपालअखबार,काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आज नेपाल हस्तकला महासंघका प्रतिनिधिहरुसँग छलफल गर्दैछन् । ११:३० बजे छलफल कार्यक्रम राखिएको हो । नेपालको हस्तकला, त्यसको विस्तार र प्रवर्द्धन गर्ने उद्देश्यले महासंघका प्रतिनिधिसँग सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफलको कार्यक्रम राखिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । छलफलमा महासंघका अध्यक्ष रविन्द्र शाक्य, वरिष्ठ उपाध्यक्ष राजमान बज्राचार्य, उपाध्यक्ष किरण कुमार स्थापित, सल्लाहकार विकास रत्न ढाक्वा र शीर्ष निर्यातकर्ता महेश्वर श्रेष्ठ लगायत सहभागी हुनेछन् । प्रधानमन्त्री बालेनले सुरुमा उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सका प्रतिनिधिहरुसँग सामूहिक छलफल गरेका थिए । नेपाल निर्माण व्यवसायी, फुटवेयर एसोसिएसन, सेयर लगानीकर्ता तथा सरोकारवाला, तयारी पोसाक उद्योग संघ लगायतका प्रतिनिध...
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
प्रविधि, विदेश, समाचार

फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध

नेपालअखबार, पेरिस । फ्रान्सले १५ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोग गर्न प्रतिबन्ध लगाउने ऐतिहासिक कानुन पारित गरेको छ । यो कानुन लागू भएपछि फ्रान्स यस्तो कदम चाल्ने पहिलो युरोपेली देश बनेको छ । फ्रान्सको संसद्ले मंगलबार उक्त कानुन पारित गरेको हो । राष्ट्रपति इमानुएल म्याक्रोँले आफ्नो कार्यकाल समाप्त हुनुअघि यो प्रतिबद्धता पूरा भएको भन्दै स्वागत गरेका छन् । कानुनअनुसार सेप्टेम्बर २०२६ देखि १५ वर्षमुनिका बालबालिकाले नयाँ सामाजिक सञ्जाल खाता खोल्न पाउने छैनन् । नयाँ खाता खोल्ने सबैले उमेर प्रमाणित गर्नुपर्नेछ । त्यस्तै, जनवरी २०२७ देखि यो नियम सबै विद्यमान खातामा पनि लागू हुनेछ । त्यसपछि फ्रान्समा सामाजिक सञ्जाल प्रयोग गर्ने प्रत्येक व्यक्तिले आफू १५ वर्ष वा सोभन्दा माथिको भएको प्रमाणित गर्नुपर्नेछ । सामाजिक सञ्जाल कम्पनीहरूले फ्रान्सको गोपनीयता नियामक निकायबाट स्वीकृत उम...
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
समाचार, समाज

बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने

नेपालअखबार,काठमाडौँ। अविरल वर्षासँगै बाढी र पहिरोको जोखिम बढेपछि बिपी राजमार्ग र कान्तिलोकपथमा रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। नेपाल प्रहरीका अनुसार काभ्रेपलाञ्चोक–सिन्धुली जोड्ने बिपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी खण्डमा सम्भावित बाढीको जोखिमका कारण अर्को सूचना जारी नभएसम्म बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालन गर्न पाइने छैन। यस्तै, मकवानपुरस्थित कान्तिलोकपथमा पनि वर्षाका कारण अर्को सूचना नभएसम्म बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको प्रहरीले जनाएको छ। यसैबीच, देशका विभिन्न सडकखण्ड पहिरो र वर्षाका कारण पूर्ण रूपमा अवरुद्ध भएका छन्। इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्ग हिलाम्मे बनेपछि बन्द भएको छ भने सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ जिरोकिलो र गाउँपालिका–२ कोदारीस्थित अरनिको...
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ
राजनीति, विदेश, समाचार

भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ

नेपालअखबार, काठमाडौं ।  शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग गर्दै कक्राेच जनता पार्टीले जन्तर-मन्तरमा विरोध प्रदर्शन जारी राखेको बेला प्रधानमन्त्री निवास अघि धर्ना दिन पुगेका भारतको प्रमुख विपक्षी दल कांग्रेसका नेता राहुल गान्धी पक्राउ परेका छन् । कांग्रेसका सांसदहरूले राहुल गान्धीको नेतृत्वमा मंगलबार दिउँसो प्रधानमन्त्री निवास लोक कल्याण मार्ग बाहिर धर्ना सुरु गरेका थिए । उनीहरूको माग प्रधानमन्त्री नरेन्द्र मोदी र शिक्षामन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिनुपर्ने थियो।लोकसभाका प्रतिपक्ष नेता गान्धी, कांग्रेस नेतृ प्रियंका गान्धी र समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादवलाई दिल्ली प्रहरीले नियन्त्रणमा लिएर संसद मार्ग प्रहरी कार्यालय लगेको छ।लोक कल्याण मार्गमा रहेको प्रदर्शनस्थलमा तनावपूर्ण अवस्था छ ।...
भारतका विपक्षी नेता राहुल र प्रियंका गान्धीले गरे मोदी निवासबाहिर प्रदर्शन
राजनीति, समाचार

भारतका विपक्षी नेता राहुल र प्रियंका गान्धीले गरे मोदी निवासबाहिर प्रदर्शन

नेपालअखबार, नयाँ दिल्ली । भारतका विपक्षी नेता राहुल गान्धी र उनकी बहिनी प्रियंका गान्धीले आफ्नो भारतीय राष्ट्रिय कांग्रेस पार्टीका नेताहरू तथा कार्यकर्तासँग मिलेर प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारी निवासबाहिर प्रदर्शन गरेका छन्। मंगलबार कांग्रेस पार्टीले सार्वजनिक गरेका भिडियोहरूमा उक्त प्रदर्शन देखिएको छ। राहुल गान्धीले सामाजिक सञ्जाल एक्स मा लेखेका छन्, 'हामी प्रधानमन्त्री मोदीको निवासमा हिजो युवा विद्यार्थीहरूमाथि भएको क्रूरताबारे उहाँबाट जवाफ माग्न मार्च  गरेका    छौं।' उनले यो टिप्पणी सोमबार दिल्लीमा युवा प्रदर्शनकारी र प्रहरीबीच भएको झडपलाई संकेत गर्दै गरेका हुन्।...
कीर्तिपुरमा कारभित्रै जल्ने व्यक्तिको पहिचान खुल्यो
समाचार, समाज

कीर्तिपुरमा कारभित्रै जल्ने व्यक्तिको पहिचान खुल्यो

नेपालअखबार,काठमाडौं । कीर्तिपुर नगरपालिका–१ ट्याङ्लाफाँट कारभित्रै जलेर मृत्यु हुने व्यक्तिको पहिचान खुलेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार कारभित्रै जलेर मृत्यु हुने व्यक्ति सुरेशचन्द श्रेष्ठ हुन् । उनी कारधनी समेत रहेको प्रहरीले बताएको छ । मंगलबार बिहान बा ५ च ३०३८ नम्बरको कारमा आगलागी हुँदा कारभित्र रहेका श्रेष्ठको मृत्यु भएको थियो । उनको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको हो । घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ ।...
सरकारले बिजुलीमा लगाइएको कर तथा नीतिगत त्रुटिहरू पनि सच्याउँदै नागरिकको मर्म बुझोस् : गगन थापा
राजनीति, समाचार

सरकारले बिजुलीमा लगाइएको कर तथा नीतिगत त्रुटिहरू पनि सच्याउँदै नागरिकको मर्म बुझोस् : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता कर लागू नगर्ने सरकारको निर्णयको स्वागत गरेका छन् । सामाजिक सञ्जालमार्फत उक्त निर्णयको स्वागत गर्दै आफूहरूले सुरुबाटै प्रश्न उठाउँदै आएको स्मरण पनि गरेका छन् । सँगै सरकारलाई बिजुलीमा लगाएको भ्याजस्ता अन्य अव्यवहारिक कर तथा नीतिगत त्रुटिहरू पनि सच्याउन उनले आग्रह गरेका छन् । ‘साथै सरकारले बिजुलीमा लगाइएको भ्याटजस्ता अन्य अव्यावहारिक कर तथा नीतिगत त्रुटिहरू पनि सच्याउँदै आमनागरिकको मर्म बुझोस्,’ उनले भनेका छन् । शिक्षा र स्वास्थ्य क्षेत्रमा फिर्ता गर्ने निर्णयलाई कार्यान्वयनमा लैजानका लागि आवश्यक प्रक्रिया पूरा गर्न पनि उनले भनेका छन् । सरकारको निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३% समता कर लागू नगर्ने निर्णयको स्वागत छ। यो व्यवस्था अनुपयुक्त भएको कुरा हामीले प्रारम्भब...
अन्नपूर्ण क्षेत्रमा एक सय ६९ देशका पर्यटकले गरे भ्रमण
पर्यटन, समाचार, समाज

अन्नपूर्ण क्षेत्रमा एक सय ६९ देशका पर्यटकले गरे भ्रमण

नेपालअखबार,कास्की ।  गत आवमा एक सय ६९ देशका पर्यटकले अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने विभिन्न गन्तव्यस्थलको भ्रमण गरेका छन् । सो अवधिमा पाँच लाख आठ हजार चार सय ७६ जना विदेशी पर्यटक यस क्षेत्रमा भित्रिएका हुन् । तीमध्ये दक्षिण एसियाली मुलुकका तीन लाख ८४ हजार एक सय ४५ र अन्य मुलुकका एक लाख २४ हजार तीन सय ३१ रहेका छन् । सबैभन्दा बढी तीन लाख ७५ हजार सात सय ९७ भारतीय पर्यटक यहाँ आएका हुन् । दोस्रोमा चिनियाँ १२ हजार पाँच सय ३९ र तेस्रोमा अमेरिकाका नौ हजार आठ सय ८४ पर्यटक यहाँ आएका हुन् । यस्तै बेलायतका नौ हजार आठ सय ५९, फ्रान्सका सात हजार नौ सय ३९, मलेसियाका सात हजार आठ सय ४८, जर्मनीका सात हजार छ सय ३४, बङ्गलादेशका सात हजार चार सय ४८, अष्ट्रेलियाका सात हजार ९५ र इजरायलका छ हजार तीन सय ९८ पर्यटक यस क्षेत्रमा भित्रिएका हुन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका प्रमुख डा रविन कडरियाले आव ...
मुख्य राजमार्गका ९ स्थानमा अवरोध, बीपी र कान्तिलोकपथमा रातिमा गाडी चलाउन रोक
समाचार, समाज

मुख्य राजमार्गका ९ स्थानमा अवरोध, बीपी र कान्तिलोकपथमा रातिमा गाडी चलाउन रोक

नेपालअखबार,काठमाडौं । देशका विभिन्न जिल्लामा बाढी र पहिरोका कारण सोमबार बिहान ६:५५ बजेसम्म ९ स्थानमा मुख्य राजमार्ग अवरुद्ध भएका छन् । नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार केही सडक पूर्ण रूपमा बन्द छन् भने केहीमा एकतर्फी मात्रै सवारी सञ्चालन भइरहेको छ । कोशी प्रदेशमा भोजपुरमा मध्यपहाडी लोकमार्गमा बाढीका कारण एकतर्फी सवारी सञ्चालन भइरहेको छ । इलामको मेची राजमार्ग (राजदुवाली–ताल्चाजुङ सडक) अविरल वर्षाका कारण पूर्णरूपमा अवरुद्ध छ । प्रहरीले यो सडकको वैकल्पिक मार्ग प्रयोग गर्न सकिने जनाएको छ । यस्तै, खोटाङको मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल रूपाकोट मझुवागढी–६ मात्तिम क्षेत्रमा पहिरोका कारण सडक पूर्णरूपमा बन्द छ । बागमती प्रदेशमा काभ्रेको बीपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–काभ्रेभञ्ज्याङ सडकखण्डमा सम्भावित बाढीको जोखिमका कारण सोमबार साँझ ६ बजेदेखि मंगलबार बिहान ४ बजेसम्म सवारी सञ...