Wednesday, July 8

समाचार

अफगानिस्तान र पाकिस्तानमा वर्षा र आँधीबेहरीका कारण १२१ जनाको मृत्यु
विदेश, समाचार, समाज

अफगानिस्तान र पाकिस्तानमा वर्षा र आँधीबेहरीका कारण १२१ जनाको मृत्यु

नेपालअखबार,एजेन्सी । अफगानिस्तान र पाकिस्तानमा दुई हप्ताको अवधिमा भारी वर्षा र आँधीका कारण कम्तीमा १२१ जनाको मृत्यु भएको दुवै देशका विपद् व्यवस्थापन अधिकारीहरूले शनिबार बताएका छन्। मार्चको अन्त्यदेखि अफगानिस्तानमा आँधीबेहरीसँगै बर्षा भएको छ, जसले बाढी, पहिरो र घर र बालीमा असर पारेको छ। 'मार्च २६ देखि अहिलेसम्म बाढी र वर्षाका कारण देशभरि ७७ व्यक्तिको मृत्यु भएको र १३७ जना घाइते भएका छन्,' अफगानिस्तानको विपद् व्यवस्थापन प्राधिकरण (एएनडिएमए) का प्रवक्ता मोहम्मद युसुफ हम्मादले शनिबार एएफपीसँग भने । प्रवक्ता हम्मादका अनुसार बितेका ४८ घण्टामा देशभर बाढी, पहिरो र चट्याङका कारण २६ जनाको मृत्यु भएको र ४८ जना घाइते भएका छन् ।पाकिस्तानमा पछिल्ला हप्ताहरूमा भारी वर्षाका कारण ४४ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। प्रान्तीय प्रकोप व्यवस्थापन अधिकारीहरूका अनुसार उत्तरी प्रान्त खैबर पख्तु...
कांग्रेसले थाल्यो १५ औं महाधिवेशनको तयारी
राजनीति, समाचार

कांग्रेसले थाल्यो १५ औं महाधिवेशनको तयारी

नेपालअखबार,काठमाडौं । नेपाली कांग्रेसले १५ औं महाधिवेशनको प्रक्रिया अगाडि बढाउन ७७ वटै जिल्लाहरूमा खटिने केन्द्रीय प्रतिनिधिरूसँग अन्तरसंवाद गरेको छ । कांग्रेसले आगामी वैशाखबाट जिल्लामा खटिने केन्द्रीय प्रतिनिधिहरूसँग शनिबार सानेपामा अन्तरसंवाद गरेको हो । ‘हामीले प्रतिनिधि नेता साथीहरूलाई उहाँहरूको जिम्मेवारी के हो, जिल्लामा गएर गर्ने के हो, त्यसको बारेमा आज हामीले जानकारीमूलक कार्यक्रम केन्द्रीय कार्यालयमा सम्पन्न गरेका छौं,’ महामन्त्री प्रदीप पौडेलले भने । केन्द्रीय प्रतिनिधिहरूले बैशाख महिनाभरी जिल्लामा बसेर सदस्यता वितरण अभियानलाई व्यवस्थित गर्ने, पुरानो सदस्यतालाई अद्यावधिक गर्ने, नयाँ सदस्यता वितरणका निम्ति विधानले तोकेबमोजिमको व्यवस्थालाई लागू गर्ने र अन्य जिम्मेवारीहरू पूरा गर्ने उनले जानकारी दिए । महाधिवेशनका लागि कांग्रेसले १ बैशाखदेखि मसान्तसम्म देशभरका वडाहरूबाट क्रियाशील सद...
नयाँ बर्षको अवसरमा आयोजित रात्रिकालीन सडक दौडको तयारी अन्तिम चरणमा
खेलकुद, समाचार

नयाँ बर्षको अवसरमा आयोजित रात्रिकालीन सडक दौडको तयारी अन्तिम चरणमा

नेपालअखबार,पोखरा । नेपाली नयाँ वर्ष २०८३ को अवसर पारेर आयोजना हुन लागेको “पोखरा नाइट स्ट्रिट रेस–२०८३” (रात्रिकालीन सडक दौड) को तयारी अन्तिम चरणमा पुगेको छ। पोखरा क्लिक र पोखरा प्रवर्द्धन केन्द्रको संयुक्त आयोजनामा यही चैत २८ गते हुने प्रतियोगिताबारे शनिबार फिस्टेल ड्रिम पार्कमा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको हो। पाँच किलोमिटर दूरीको उक्त दौड सोही दिन बेलुका ७ बजे बाराहीघाटबाट सुरु भई सेन्टर प्वाइन्ट, हल्लनचोक, जिरो कि.मि., सिर्जनाचोक, सभागृहचोक, न्यूरोड र चिप्लेढुङ्गा हुँदै महेन्द्रपुलस्थित झण्डा पार्कमा पुगेर समापन हुनेछ। कार्यक्रमका संयोजक दीननाथ बरालका अनुसार रात्रिकालीन व्यवसाय प्रवर्द्धन, शान्ति–सुरक्षा सन्देश प्रवाह तथा खेलकुदमार्फत पर्यटन विस्तार गर्ने लक्ष्यसहित प्रतियोगिता आयोजना गरिएको हो। “जाग्छ पोखरा, दौडाउँछ पोखरा” भन्ने नारासहितको यो कार्यक्रमले सहरलाई २४ सै...
डुम्रे–बेँसीसहर सडक दैनिक ८ घण्टा बन्द हुने
समाचार, समाज

डुम्रे–बेँसीसहर सडक दैनिक ८ घण्टा बन्द हुने

नेपालअखबार, तनहुँ। डुम्रे-बेँसीसहर सडकअन्तर्गत तनहुँको भानु नगरपालिकाको कुकुदी– तुरतुरे खण्ड दैनिक आठ घण्टा बन्द हुने भएको छ। भानु नगरपालिका–३ कुकुर्दीदेखि तुरतुरेसम्मको सडक विस्तारका निम्ति यही चैत २१ देखि ३० गतेसम्म दैनिक आठ घण्टा सडक अवरुद्ध गरी काम गर्न लागिएको हो। जिल्ला प्रशासन कार्यालयका अनुसार मध्याह्न १२ बजेदेखि दिउँसो ४ बजेसम्म र बेलुका ५ बजेदेखि  राति ९ बजेसम्म सडक बन्द हुनेछ। उक्त कार्यालयले वैकल्पिक सडक प्रयोग गर्न सम्बद्ध सबैलाई आग्रह गरेको छ।...
सुनको मूल्य स्थिर, चाँदीको बढ्यो
अर्थ, समाचार

सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

नेपालअखबार,काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य हिजोकै दरमा कायम भएको छहो ।  तर चाँदीको मूल्य भने तोलामा ५० रुपैयाँले बढेको महासंघको भनाइ छ । आज सुनको मूल्य प्रतितोला २ लाख ९४ हजार रुपैयाँ कायम भएको छ। त्यसैगरी, प्रति १० ग्राम सुनको मूल्य २ लाख ५२ हजार ६० रुपैयाँ तोकिएको छ। यता, हिजो प्रतितोला ४ हजार ७ सय ८० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज तोलामा ५० रुपैयाँले बढेर प्रतितोला ४ हजार ८ सय ३० रुपैयाँ पुगेको छ। महासंघका अनुसार आज प्रति १० ग्राम चाँदीको मूल्य ४ हजार १ सय ४० रुपैयाँ ५० पैसा कायम भएको छ ।...
ट्रम्पले महान्यायाधिवक्ता बोन्डीलाई पदबाट हटाए, सेना प्रमुखलाई पनि भने– राजीनामा देऊ
राजनीति, विश्व, समाचार

ट्रम्पले महान्यायाधिवक्ता बोन्डीलाई पदबाट हटाए, सेना प्रमुखलाई पनि भने– राजीनामा देऊ

नेपालअखबार,वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महान्यायाधिवक्ता पाम बोन्डीलाई पदबाट हटाएका छन् । उनी ट्रम्प प्रशासनकी नजिककी सहयोगी र प्रखर समर्थकका रूपमा चिनिन्थिन् । ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘टु«थ सोसल’ मा पोस्ट गर्दै बोन्डीको प्रशंसा गरेका छन् र उनी अब निजी क्षेत्रतर्फ ‘ट्रान्जिसन’ हुने बताएका छन् । यद्यपि उनको नयाँ भूमिका के हुनेछ भन्नेबारे अहिलेसम्म खुलाइएको छैन । न्याय मन्त्रालयको नेतृत्व सम्हाल्ने क्रममा बोन्डीको कार्यकाल धेरैजसो जेफ्री एपस्टिनसँग सम्बन्धित फाइल सार्वजनिक गर्ने विषय र सोसँग जोडिएको अनुसन्धानले छायामा परेको थियो । एपस्टिन एक दोषी ठहर भएका यौन अपराधी थिए, जसको प्रकरणले अमेरिकी राजनीतिमा व्यापक चर्चा पाएको थियो । हालैका हप्ताहरूमा ट्रम्प प्रशासनबाट हटाइने उनी दोस्रो उच्च अधिकारी हुन् । यसअघि मार्च महिनामा क्रिस्टी नोएमलाई गृह सुरक्षा प्रमु...
कांग्रेस संसदीय दलको बैठक बस्दै
राजनीति, समाचार

कांग्रेस संसदीय दलको बैठक बस्दै

नेपालअखबार, काठमाडौं ।  नेपाली कांग्रेस संसदीय दल बैठक बस्ने भएको छ। आज सिंहदरबारस्थित संसदीय दल कार्यालयमा बैठक बस्ने भएको हो। आजै दिउँसो २ बजेका लागि प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठक बस्दैछ। त्यसअघि कांग्रेस संसदीय दल बैठक बस्न लागेको हो। सांसद प्रकाशसिंह कार्कीका अनुसार आज बिहान साढे ११ बजे संसदीय दल बैठक बस्दैछ। आज प्रतिनिधि सभामा शीर्ष नेता बोल्ने तयारी छ। कांग्रेसबाट पूर्वसहमहामन्त्री तथा सांसद भीष्मराज आङ्देम्बे बोल्ने तयारी रहेको नेताहरूले बताएका छन्। प्रतिनिधि सभामा कांग्रेसका ३८ जना सांसद छन्। कांग्रेसले संसदीय दल नेता चयन गरिसकेको छैन।...
संसद्‍मा १ घण्टा ७ मिनेट बोल्न मन छ : हर्क साम्पाङ
राजनीति, समाचार

संसद्‍मा १ घण्टा ७ मिनेट बोल्न मन छ : हर्क साम्पाङ

नेपालअखबार, काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले संसद्मा १ घण्टा ७ मिनेट बोल्न मन रहेको बताएका छन् । आजबाट प्रतिनिधिसभाको बैठक सुरु हुँदैछ । अधिवेशनको पहिलो बैठकमा शीर्ष नेताहरूले सम्बोधन गर्दैछन् । शुभकामना मन्तव्यका लागि दलहरूको सांसद् संख्याको आधारमा समय विभाजन गरिएको छ । त्यसअनुसार श्रम संस्कृति पार्टीले ७ मिनेट समय पाएको छ । श्रम संस्कृति पार्टीबाट अध्यक्ष साम्पाङले नै सम्बोधन गर्दैछन् ।‘७ मिनेट मात्रै बोल्न दिने भन्ने खबर आयो । ७ मिनेट होइन १ घण्टा ७ मिनेट बोल्न मन छ’ साम्पाङले सामाजिक सञ्जालमा लेखेका छन्, ‘देशको स्वाधीनता, सम्प्रभुता अनि नेपाली जनताको पीर व्यथा र विकासको आकांक्षालाई लिएर ।’...
जापानमा सम्बन्ध विच्छेद गरेको जोडीले पाउने भए बच्चाको संयुक्त अभिभावकत्व
विदेश, समाचार, समाज

जापानमा सम्बन्ध विच्छेद गरेको जोडीले पाउने भए बच्चाको संयुक्त अभिभावकत्व

नेपालअखबार, टोकियो । जापानमा सम्बन्धविच्छेद गरेका दम्पतीहरूले अब आफ्ना सन्तानको संयुक्त अभिभावकत्व (ज्वाइन्ट कस्टडी) लिन पाउने भएका छन् । जापानको नागरिक संहितामा गरिएको ऐतिहासिक संशोधन बुधबारदेखि कार्यान्वयनमा आएपछि यो सम्भव भएको हो । सन् २०२४ मा संसदबाट पारित यस संशोधनअघि जापान जी–७ देशहरूमध्ये संयुक्त अभिभावकत्वलाई कानुनी मान्यता नदिने एकमात्र देश थियो । त्यसअघि प्रायः अभिभावकत्व एकै जना—अधिकांश अवस्थामा आमालाई—दिइन्थ्यो, जसले अर्को अभिभावकलाई सन्तानसँग भेटघाट गर्नबाट समेत वञ्चित गर्न सक्थ्यो । यो एकल अभिभावकत्व प्रणालीविरुद्ध देशभित्र र अन्तर्राष्ट्रिय स्तरमा आलोचना हुँदै आएको थियो। आलोचकहरूका अनुसार यसले धेरै सम्बन्धविच्छेद भएका अभिभावकहरूलाई आफ्नै सन्तानसँग टाढा बनाएको थियो । नयाँ कानुनअनुसार अब जापानको पारिवारिक अदालतले सम्बन्धविच्छेदको अवस्थामा एकल वा संयुक्त अभिभावकत्व दिने न...
इरान युद्धमा अमेरिकाको दैनिक २ अर्ब डलर खर्च
विश्व, समाचार

इरान युद्धमा अमेरिकाको दैनिक २ अर्ब डलर खर्च

नेपालअखबार, वासिङ्टन डीसी । इरानसँगको युद्धका कारण अमेरिकालाई दैनिक झन्डै २ अर्ब डलरसम्म आर्थिक भार परेको हुनसक्ने विज्ञहरूले बताएका छन् । विश्वव्यापी द्वन्द्वको आर्थिक प्रभाव अध्ययन गर्ने विशेषज्ञहरूले युद्धले अमेरिकी अर्थतन्त्रमा ठुलो दबाब सिर्जना गरिरहेको बताएका हुन् । ब्राउन विश्वविद्यालयस्थित युद्धको खर्च परियोजनाकी निर्देशक स्टेफनी साभेलका अनुसार हतियार खर्च, सैन्य परिचालन, अमेरिकी सम्पत्तिमा भएको क्षति तथा अन्य विभिन्न शीर्षकमा हालसम्म अमेरिकाले अर्बाैं डलर खर्च गरिसकेको छ । उनका अनुसार युद्ध जारी रहने हरेक दिनले सार्वजनिक ऋणमा ठुलो बोझ थपिरहेको छ । यसअघि पेन्टागनले अमेरिकी कंग्रेसलाई दिएको जानकारी अनुसार युद्धको पहिलो ६ दिनमै ११ अर्ब ३० करोड डलर खर्च भएको थियो । तर साभेलका अनुसार वास्तविक खर्च अझ बढी हुन सक्नेछ । त्यस्तै, हार्वार्ड विश्वविद्यालयकी रक्षा बजेट विशेषज्ञ लिन्डा ब...