Tuesday, August 4

समाचार

ट्रयाक्टर दुर्घटनामा चालकको घटनास्थलमै मृत्यु
दुर्घटना, समाचार, समाज

ट्रयाक्टर दुर्घटनामा चालकको घटनास्थलमै मृत्यु

नेपालअखबार, काठमाडौं । सल्यानमा शनिबार बिहान भएको ट्रयाक्टर दुर्घटनामा परी चालकको घटनास्थलमै मृत्यु भएको छ। जिल्लाको शारदा नगरपालिका – १३ का २५ वर्षीय  बसन्त बुढाथोकीको घटनास्थलमै मृत्यु भएको सल्यानका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक देवराज भट्टराइले बताए। भानुभक्त माध्यामिक विद्यालय दमाचौरका लागि  निर्माण सामाग्री बोकेको जाँदै गरेको भे. १ त. २०९० नम्बरको ट्रयाक्टर बिहान ७ बजेतिर सडकदेखि झन्डै ५० मिटर तल खसेको थियो। श्रीनगरबाट दमाचौर तर्फ जादै गरेको उक्त ट्रयाक्टर बागचौर नगरपालिका – १० भाटबिटेस्थित भित्री सडक खण्डमा दुर्घटनामा परेको थियो। दुर्घटनापछि इलाका प्रहरी कार्यालय थारमारेबाट प्रहरी नायव निरीक्षक रत्नलाल खड्का नेतृत्वको टोली पुगेर मृतकको शब पोष्ट मार्टमका लागि अस्पताल पठाएको थियो। दुर्घटनाका कारण खुलिनसकेको प्रहरीले जनाएको छ ।सल्यानमा शुक्रबार दिउँसो भएको अर्कौ ट्रयाक्...
बालविवाह अन्त्यका लागि ९ बुँदे प्रतिबद्धता
समाचार, समाज

बालविवाह अन्त्यका लागि ९ बुँदे प्रतिबद्धता

नेपालअखबार,जनकपुरधम । बाल विवाह अन्त्यका लागि जनकपुरधाममा सरोकारवालाहरूले ९ बुँदे सामूहिक प्रतिबद्धता जनाएका छन् । राष्ट्रिय बालअधिकार परिषद् र जनजागरण युवा क्लब बाराको संयुक्त आयोजनामा भएको कार्यक्रममा ‘बाल विवाह अन्त्यका लागि राष्ट्रिय रणनीति तथा कार्यान्वयन कार्ययोजना २०८२ को कार्यान्वयनमा प्रदेश तथा स्थानीय तहको भूमिका’, विषयमा छलफल सरोकारबालाले प्रतिबद्धता गरेका हुन् । नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय तहका प्रतिनिधिहरूले बालविवाहविरुद्ध शून्य सहनशीलताको नीति अपनाउने, यस विषयलाई नीति तथा कार्यक्रममा प्राथमिकताका साथ समावेश गर्ने तथा बालबालिका सम्बन्धी ऐन २०७५ को प्रभावकारी कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रतिबद्धतापत्रमा बालविवाह अन्त्यका लागि आवश्यक बजेट विनियोजन गर्ने, सरोकारवालाबीच एकद्वार प्रणालीमार्फत समन्वय गरी कार्यक्रम सञ्चालन गर्ने तथा घरपरिवारद...
प्रअमाथि दुर्व्यवहार गरेको आरोपमा ४ जना पक्राउ
प्रशासन, समाचार, समाज

प्रअमाथि दुर्व्यवहार गरेको आरोपमा ४ जना पक्राउ

नेपालअखबार, बैतडी । बैतडीमा सामुदायिक विद्यालयका एक प्रधानाध्यापक (प्रअ) लाई दुर्व्यवहार गरेको आरोपमा ४ जना पक्राउ परेका छन् । शिवनाथ गाउँपालिका–४ को पिपलकोट माध्यमिक विद्यालयका प्रअ दामोदर ओझामाथि कालोमोसो दलेर सार्वजनिक रूपमा बेइज्जत गराएको भन्दै प्रहरीले महिलासहितका चार जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा ३८ वर्षीया महिला तारा महता, उनका श्रीमान प्रेम महता, मोहन महता र शकुन्तला महता रहेको सुदूरपश्चिमका डीआईजी ओमबहादुर रानाले जानकारी दिए । उनकाअनुसार चारै जनालाई इलाका प्रहरी कार्यालय मेलौलीबाट खटिएको टोलीले शुक्रबार दिउँसो घरबाटै पक्राउ गरेको हो । उनीहरूलाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको प्रहरीले जनाएको छ । डीआईजी रानाले उनीहरूलाई कानुन बमोजिम कारबाही गरिने जानकारी दिए । पिपलकोट माध्यमिक विद्यालयमा शिक्षकका लागि तारा महताले परीक्षा दिएकी थिइन् । तर, ...
इरानी विदेशमन्त्रीले भने- हामी दबाबअघि झुक्दैनौं
राजनीति, विश्व, समाचार

इरानी विदेशमन्त्रीले भने- हामी दबाबअघि झुक्दैनौं

नेपालअखबार,काठमाडौं । इरानका विदेशमन्त्री अब्बास अराघचीले इरान दबाबका अगाडि नझुक्ने बताएका छन् । अमेरिकाले स्ट्रेट अफ होर्मुजमा रहेका इरानी सैन्य अखडामाथि हमला गरेपछि शुक्रबार प्रतिक्रिया दिँदै विदेशमन्त्री अराघचीले जब अवस्था कूटनीतिक समाधानतर्फ अघि बढ्छ त्यही बेला अमेरिका खतरानाक सैन्य हमलाको बाटो लिने गरेको भन्दै त्यस्तो दबाबले इरान नझुक्ने बताएका हुन् । ‘के केबल यही घटिया दबाब बनाउने रणनीति हो ?,’ अराघचीले प्रश्न गर्दै लेखेका छन्, ‘या यो कुनै विध्वंशक काम हो, जो एक पटक फेरि अमेरिकी राष्ट्रपतिलाई एक नयाँ दलदलमा धकेलिरहेको छ ?’ कारण जेसुकै भएपनि नतिजा सधैँ एकै आउने उनले बताएका छन् । ‘र, त्यो यो हो कि इरान कहिल्यै दबाबअघि झुक्दैन’, उनले भनेका छन् । अराघचीले अमेरिकी खुफिया एजेन्सी सीआईएले इरानमा मिसाइल भण्डारबारे लगाएको अनुमान पनि गलत रहेको बताएका छन् । ‘हामीसँग मिसाइल भण्डार र लन्चरको क...
महिला संघको अध्यक्षमा मीनाकुमारी खरेल
राजनीति, समाचार

महिला संघको अध्यक्षमा मीनाकुमारी खरेल

नेपालअखबार, काठमाडौं । नेपाली कांग्रेसनिकट नेपाल महिला संघको अध्यक्ष पदमा मीनाकुमारी खरेल नियुक्त भएकी छन्। सभापति गगन थापाले आज खरेललाई महिला संघको अध्यक्षमा नियुक्त गरेका हुन्। कांग्रेसका १३ वटा भातृ संस्थामध्ये महिला संघसहित पाँच वटाले समयमै महाधिवेशन गर्न नसकेपछि विघटन गरिएको थियो। महिला संघको महाधिवेशन गर्ने जिम्मेवारीसहित आज सभापति थापाले खरेललाई अध्यक्ष नियुक्त गरेका हुन्। खरेल चितवनकी हुन्। फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा उनी चितवन क्षेत्र नम्बर २ मा पराजित भएकी थिइन्।...
विश्वविद्यालयमा विद्यार्थी संगठन खारेज गर्ने निर्णयविरुद्ध विद्यार्थी संगठनले सर्वोच्च अदालत पुगे
समाचार, समाज

विश्वविद्यालयमा विद्यार्थी संगठन खारेज गर्ने निर्णयविरुद्ध विद्यार्थी संगठनले सर्वोच्च अदालत पुगे

नेपालअखबार, काठमाडौं । विश्वविद्यालयमा विद्यार्थी संगठन खारेज गर्ने निर्णयविरुद्ध विद्यार्थी संगठनले सर्वोच्च अदालत पुगेका छन् । शुक्रबार संगठनले विद्यार्थी संगठन कायम हुनुपर्ने मागसहितको रिट लिएर सर्वोच्च पुगेका हुन् । उनीहरूले विश्वविद्यालयहरुमा विद्यार्थी संगठन हटाउने सरकारको निर्णय कार्यान्वयन नगराउन माग गरेका छन् । विचारका आधारमा संगठनमा आवद्ध हुन पाउने अधिकार संविधान प्रदत्त अधिकार भएको उनीहरूको दाबी छ । विद्यार्थी संगठनहरुको खारेज गर्ने सरकारी निर्णय स्वेच्छाचारी भएको उल्लेख गर्दै सरकारी निर्णय कार्यान्वयन नराउन अन्तरिम आदेशको माग गरिएको छ । आठ विद्यार्थी संगठनले सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र गृह मन्त्रालयलाई विपक्षी बनाएर निवेदन पेस गरेका छन् ।...
सुकुमवासी बस्ती खाली नगराउन सर्वोच्चको अन्तरिम आदेश
प्रशासन, समाचार

सुकुमवासी बस्ती खाली नगराउन सर्वोच्चको अन्तरिम आदेश

नेपालअखबार.काठमाडौं । सर्वोच्च अदालतले काठमाडौंका विभिन्न  नदी किनार र सार्वजनिक स्थानमा बनाइएका बस्ती खाली नगर्न भन्दै अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्चका न्यायाधीशद्वय कुमार रेग्मी र नित्यानन्द पाण्डेको संयुक्त इजलासले बस्ती खाली गर्नेविरुद्ध परेको रिटमा अन्तरिम आदेश जारी गरेको हो । गोपाल रन पहलीसमेत ११ जनाले यही वैशाख ११ गते सुकुमवासी बस्ती खाली गर्न लागिएको विरूद्ध रिट निवेदन दर्ता गरेका थिए । काठमाडौंका नदी किनाराका सुकुमवासी बस्ती खाली गर्न जिल्ला प्रशासन कार्यालय र काठमाडौं महानगरपालिकाले सूचना जारी गरेको विरूद्ध रिट निवेदन दायर भएको थियो ।रिट निवेदनमा काठमाडौं उपत्यका तथा देशभरिका नदी किनार वा जुनसुकै स्थानका सुकुम्वासी बस्तीका भूमिहीन परिवारको पहिचान, प्रमाणीकरण र वैकल्पिक व्यवस्था नगरी कुनै पनि परिवारलाई हटाउने, उठाउने, विस्थापित गर्ने वा कुनै पनि किसिमको जबरजस्ती कारबाही न...
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
राजनीति, समाचार

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

नेपालअखबार, काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । आज बिहान ११ बजे  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्ने गरी बैठक आह्वान भएको हो । बैठकमा सरकारका कामकारबाही र समसामयिक विषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएका छन् ।
इरानमाथि अमेरिकाको पुन: आक्रमण, युद्धविराम तोडेको इरानको आरोप
राजनीति, विश्व, समाचार

इरानमाथि अमेरिकाको पुन: आक्रमण, युद्धविराम तोडेको इरानको आरोप

नेपालअखबार. काठमाडौं । अमेरिकाले इरानका सैन्य ठेगानामाथि पुन: बमबारी गरेको छ । उसले स्ट्रेट अफ होर्मुज (जलडमरूमध्य)मा अमेरिकी जहाजहरूमाथि भएको ईरानी आक्रमणको जवाफस्वरूप यो कदम चालिएको जनाएको छ । उता ईरानले भने एक ईरानी तेल ट्यांकरमाथि पहिले आक्रमण भएकाले आफूले मिसाइल प्रहार गरेको दाबी गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार साँझ नै ईरानसँगको युद्ध चाँडै अन्त्य हुने बताएका थिए । तर अमेरिकाको इरानमाथि पुन: आक्रमण गरेको समाचार सार्वजनिक भएको हो । अमेरिकी सेन्ट्रल कमाण्डले भने अमेरिकी नौसेनाको टोली ओमानको खाडीतर्फ अघि बढिरहेका बेला इरानले आक्रमण गरेपछि आत्मरक्षाका लागि जवाफी कारबाही गरेको जनाएको छ । सेन्ट्रल कमाण्डको वक्तव्यमा लेखिएअनुसार, अमेरिकी जहाजहरू उक्त क्षेत्रमा गुज्रिरहेका बेला ईरानी सैन्य बलले मिसाइल, ड्रोन र साना डुंगामार्फत आक्रमण गरेका थिए । अमेरिकाले युद्धविर...
इलाममा ३७८ परिवारलाई जग्गाधनी प्रमाणपत्र वितरण
प्रशासन, समाचार, समाज, हाइलाइट-समाचार

इलाममा ३७८ परिवारलाई जग्गाधनी प्रमाणपत्र वितरण

नेपालअखबार .इलाम । भूमि समस्या समाधान आयोग जिल्ला समिति इलाममार्फत भूमिहीन दलित, भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासीको व्यवस्थापन कार्यअन्तर्गत ३७८ परिवारलाई जग्गाधनी प्रमाणपत्र वितरण गरिएको छ । जिल्ला समितिका संयोजक प्रकाश अधिकारीका अनुसार सबै कानुनी प्रक्रिया पूरा गरी हालसम्म ४४५ परिवारले उपभोग गरेको जग्गा दर्ता गर्ने निर्णय भएको छ । परिवारलाई ५९३ कित्ताको जग्गा धनी प्रमाणपत्र वितरण गरिएको हो । प्रमाणपत्र वितरण तथा दर्ताबाट रु एक करोड ८६ लाख ३१ हजार ४९५ राजस्व सङ्कलन भएको आयोगले जनाएको छ । इलाम । भूमि समस्या समाधान आयोग जिल्ला समिति इलाममार्फत भूमिहीन दलित, भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासीको व्यवस्थापन कार्यअन्तर्गत ३७८ परिवारलाई जग्गाधनी प्रमाणपत्र वितरण गरिएको छ । जिल्ला समितिका संयोजक प्रकाश अधिकारीका अनुसार सबै कानुनी प्रक्रिया पूरा गरी हालसम्म ४४५ परिवारले उपभो...