Wednesday, August 5

समाचार

इरानका ऊर्जा स्थलमा हमला भए होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी
विश्व, समाचार

इरानका ऊर्जा स्थलमा हमला भए होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

नेपालअखबार,काठमाडौं । इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा हमला भए तेल ढुवानीको जलमार्ग ‘स्ट्रेट अफ होर्मुज’ पूर्णरुपमा बन्द गरिने बताएको छ । इरानका विदेशमन्त्री अब्बास अरघचीले हाल होर्मुज स्ट्रेट बन्द नरहेको तर, अमेरिका र इजरायलको व्यवहारका कारण उक्त माग भएर समुद्री जहाजहरू अवागमनमा हिच्किचाइरहेका बताएका छन् । यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २१ मार्चमा ४८ घण्टाभित्र होर्मुज स्ट्रेट खुला नगरे उसका पावर प्लान्ट नष्ट गरिने चेतावनी दिएका थिए । इरानी मिडियामा दिइएको बयानमा आईआरजीसीले भनेको छ, ‘इरानको ऊर्जा स्थलमा हमला भए नष्ट भएका पावर प्लान्टहरूको पुनर्निर्माण नहुँदासम्म होर्मुज स्ट्रेट बन्द गरिने छ ।’ होर्मुज स्ट्रेट इरानसँग जोडिएको छ । यो फारसको खाडी, ओमानको खाडी र अरब सागर (दक्षिण पूर्व) जोडने एक मात्र समुद्री मार्ग हो । यो मार...
हिमपातले किसानलाई राहत
समाचार, समाज

हिमपातले किसानलाई राहत

नेपालअखबार,काठमाडौं । मुस्ताङमा जारी सिजनको छैटौँ पटकको हिमपातले यहाँका किसान र पशुपालक व्यवसायीलाई राहत मिलेको छ। यस वर्ष अनुकूल समयमा पटकपटक हिउँ परेकाले यहाँका किसान र पशुपालक व्यवसायीले राहतको महसुस गरेका हुन्। शुक्रबार राति माथिल्लो मुस्ताङसहित मुक्तिनाथ क्षेत्रलगायतका विभिन्न स्थानमा भारी हिमपात भएको हो। घरपझोङ र थासाङ गाउँपालिकामा भने उच्च लेकमा हिमपात भयो भने, बस्ती क्षेत्रमा वर्षा भएको हो। शुक्रबार राति परेको भारी हिमपातका कारण माथिल्लो मुस्ताङ, वारागुङ मुक्तिक्षेत्रसहित घरपझोङ र थासाङ क्षेत्रका उच्च लेकका चरन क्षेत्र पूरै हिउँले ढाकिएका छन्। मुक्तिक्षेत्र र माथिल्लो मुस्ताङमा बस्तीमा हिमपात भएकाले खेतीयोग्य भूभाग सबै हिउँले ढाकिएका छन्। घरपझोङ गाउँपालिका–५ ठिनी गाउँमाथि ठूलो चरन क्षेत्र रहेको उच्च लेक सेताम्मे हिउँले ढाकिएको छ। घरपझोङ–५ ठिनीका पशुपालक किसान च...
दाउन्नेको सडक एकतर्फी सञ्चालन, ५ किलोमिटरसम्म जाम
समाचार, समाज

दाउन्नेको सडक एकतर्फी सञ्चालन, ५ किलोमिटरसम्म जाम

नेपालअखबार,नवलपरासी पूर्व । पूर्वपश्चिम राजमार्ग अन्तर्गत दाउन्ने सडकखण्ड एकतर्फी सवारी संचालन भएको छ । वर्षासँगै शुक्रबारदेखि अवरुद्ध भएको नवलपरासी पूर्वको विनयी त्रिवेणी गाउँपालिका-२ स्थित दाउन्ने खण्डमा आज बिहानदेखि एकतर्फी सञ्चालनमा आएको हो । जिल्ला प्रहरी कार्यालयका नवलपरासी पूर्वका प्रहरी उपरीक्षक (एसपी) युवराज खड्काका अनुसार आज बिहानदेखि सडकमा पालैपालो सवारी सञ्चालन गरिएको छ । अहिले दुम्कीबासको ज्यामिरेसम्म करिब पाँच किलोमिटर सवारीको जाम रहेको छ । तीन दिनदेखि सडक अवरुद्ध भएकोले यात्रुहरु अलपत्र परेका छन् । विस्तारका क्रममा रहेको दाउन्ने सडकखण्डमा वर्षा भएसँगै सडक चिप्लो र हिलो भएर यातायात अवरुद्ध हुदै आएको छ । सडकमा हिलो भएकोले सवारी साधनलाई दाउन्नेको उकालो पार गर्न समस्या भएको प्रहरीले जनाएको छ । नारायणगढ-बुटवल सडकखण्डको अधिकाशं भाग कालोपत्र भए पनि दाउन्नेको करिब चार...
हर्मुज पूर्ण रूपमा खुला गर्न ट्रम्पले इरानलाई दिए ४८ घन्टाको अल्टिमेटम
राजनीति, विश्व, समाचार

हर्मुज पूर्ण रूपमा खुला गर्न ट्रम्पले इरानलाई दिए ४८ घन्टाको अल्टिमेटम

नेपालअखबार,काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साँघुरो जलमार्ग 'स्ट्रेट अफ हर्मुज' खुला गर्न इरानलाई ४८ घन्टाको अल्टिमेटम दिएका छन्। आफ्नो सामाजिक सञ्जाल प्ल्याटफर्म ट्रुथ सोसियलमा पोस्ट लेखेर ट्रम्पले ४८ घन्टाभित्र हर्मुज पूर्ण रूपमा खुला गर्न इरानलाई चेतावनी दिएका हुन्। इरानले त्यसो नगरे उसका प्रमुख विद्युत उत्पादन केन्द्र ध्वस्त बनाउने ट्रम्पले धम्की दिएका छन्। '४८ घन्टाभित्र इरानले यदी हर्मुज पूर्ण रूपमा खुलाउँदैन भने अमेरिकाले उसका विभिन्न विद्युत केन्द्रहरू ध्वस्त पार्नेछ। र त्यसको सुरूवात सबैभन्दा ठूलो केन्द्रबाट सुरू हुनेछ,' ट्रम्पले लेखेका छन्। हर्मुज जलमार्गबाट विश्व बजारमा पुग्ने २० प्रतिशतभन्दा बढी पेट्रोलियम र इन्धनजन्य पदार्थ ढुवानी हुन्छ। इरानले यो मार्ग प्रयोग गर्ने अमेरिकी र इसराइली तथा उसलाई समर्थन गर्ने देशका जहाजहरूलाई निशाना बनाएर आक्रमण गरिरह...
चीनले रोक्यो मल निर्यात, विश्वव्यापी आपूर्तिमा थप सङ्कट
कर्पोरेट, विश्व, समाचार

चीनले रोक्यो मल निर्यात, विश्वव्यापी आपूर्तिमा थप सङ्कट

नेपालअखबार,  काठमाडौं । चीनले आफ्नो घरेलु बजार सुरक्षित गर्न कृषि मल निर्यातमा कटौती गरिरहेको उद्योग स्रोतहरूले रोयटर्स समाचार एजेन्सीलाई बताएका छन्। यसले अमेरिका-इजरायल र इरान युद्धका कारण पहिले नै अभाव झेलिरहेको विश्वव्यापी बजारमा थप दबाब सिर्जना गरेको छ। मध्य मार्चमा, बेइजिङले नाइट्रोजन-पोटासियम मलको मिश्रण र केही फस्फेटका प्रकारहरूको निर्यातमा प्रतिबन्ध लगाएको स्रोतले रोयटर्सलाई बताएको छ। समाचार एजेन्सीका अनुसार, युरियाका लागि विद्यमान प्रतिबन्ध र निर्यात कोटाहरूका साथै, चीनबाट अब केही सीमित मलहरू, विशेषगरी अमोनियम सल्फेट मात्र निर्यात गर्न सकिनेछ। यसको अर्थ चीनले गत वर्ष निर्यात गरेको कुल परिमाणको आधादेखि तीन-चौथाइ भाग अब प्रतिबन्धित भएको छ । रोयटर्सको अनुमान अनुसार यो करिब ४ करोड मेट्रिक टनसम्म हुन सक्छ। चीन विश्वका सबैभन्दा ठूला मल निर्यातकहरूमध्ये एक हो- जसले गत वर्ष १३ अर...
संघीय संसद्को अधिवेशन आह्वान कार्की सरकारले गर्ने
राजनीति, समाचार

संघीय संसद्को अधिवेशन आह्वान कार्की सरकारले गर्ने

नेपालअखबार,  काठमाडौँ । फागुन २१ गते सम्पन्न निर्वाचनबाट बनेको संघीय संसद्को पहिलो अधिवेशन वर्तमान सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले आह्वान गर्ने भएको छ । संघीय संसद्को पहिलो अधिवेशन आह्वानका लागि कार्कीले शुक्रबार मन्त्रिपरिषद् बैठक बोलाएकी छन् । एक मन्त्रीले सङ्घीय संसद्को अधिवेशन आह्वानका लागि मन्त्रिपरिषद् बैठक बोलाइएको जानकारी आफूलाई आएको बताए । ‘सङ्घीय संसद्को अधिवेशन आह्वानका लागि मन्त्रिपरिषद् बैठक आज बोलाइएको छ,’ ती मन्त्रीले भने– ‘खासमा संसद्को अधिवेशन आह्वान नयाँ सरकारले गर्नुपर्ने हो तर चैत १६ गते अधिवेशन आह्वान गर्नुपर्ने दलहरूको अडान छ । नवनिर्वाचित सांसदहरूको शपथ चैत १२ गतेका लागि निश्चित भएको छ । अधिवेशन आह्वान गर्दा ७ दिनको समय राखेर गर्नुपर्छ । त्यसैले यो सरकारले अधिवेशन आह्वान गर्नुपर्ने बाध्यता आइलाग्यो ।’ ती मन्त्रीले चैत १६ गतेका लागि अधिवेशन आह्वान गरिने ...
इरानमा रहेको विश्वकै ठूलो प्राकृतिक ग्यास भण्डारमा इसराइलको हमला
विश्व, समाचार

इरानमा रहेको विश्वकै ठूलो प्राकृतिक ग्यास भण्डारमा इसराइलको हमला

नेपालअखबार,काठमाडौं । इसराइलले इरानको विशाल ग्यास भण्डारमा आक्रमण गरेको छ। बुधबार साउथ पार्स ग्यास भण्डारमा इसराइलले आक्रमण भएको इरानी अधिकारीहरुले जनाएका छन्। यो ग्यास क्षेत्र विश्वकै सबैभन्दा ठूलो प्राकृतिक ग्यास भण्डार मानिन्छ। जसको एक भाग इरान र अर्को भाग कतारमा पर्छ। आक्रमणमा ग्यासका ट्यांकीहरू प्रशोधन उपकरणहरुमा क्षति पुगेको भनेर इरानी अधिकारीहरूलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले लेखेको छ। इरानले इसराइलको यो कदमलाई खतरनाक र गैरजिम्मेवार भन्दै कडा प्रतिक्रिया जनाएको छ। कतारको विदेश मन्त्रालयले पनि इसराइलको आक्रमणप्रति असन्तुष्टि जनाएको छ।  उसले यसलाई क्षेत्रीय स्थिरतामाथिको खतरा भनेको छ। आक्रमणबारे इसराइलले औपचारिक रूपमा जिम्मा लिइसकेको छैन। इसराइली रक्षामन्त्री इसराइल कात्जले इरानमा आक्रमण जारी रहेको मात्रै भनेका छन्। उनले इरानी शीर्ष अधिकारीहरु ल...
पतञ्जलि जग्गा हिनामिना प्रकरण भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै
प्रशासन, समाचार

पतञ्जलि जग्गा हिनामिना प्रकरण भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै

नेपालअखबार,काठमाडौँ । पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनी नेपालको जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्री तथा नेकपाका सहसंयोजक माधवकुमार नेपालसहितको भ्रष्टाचार मुद्दा सुनुवाइका लागि विशेष अदालतमा पेसी तोकिएको छ । उक्त मुद्दामा न्यायाधीश नारायणप्रसाद पौडेल र उमेश कोइरालाको इजलासमा पेसी तोकिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जलि जग्गा प्रकरणमा नेपालसहित ९३ जनालाई प्रतिवादी बनाएर विशेष अदालतमा जेठ २२ गते मुद्दा दायर गरेको थियो । नेपालविरुद्ध अख्तियारले १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो जरिवाना र सजाय माग दाबी गरेको छ । तत्कालीन प्रधानमन्त्रीको हैसियतमा नेपालले पदको दुरुपयोग गर्दै सरकारी सार्वजनिक सम्पत्ति व्यक्तिगत र संस्थागत स्वार्थमा हस्तान्तरण गराएको तथा भ्रष्टाचारजन्य कार्यमा संलग्न भएको आरोप अख्तियारले लगाएको छ। नेपाल नेतृत्वको तत्कालीन मन्त्रिपरिषद्ले २०६६ फागुन...
प्युठान अस्पतालमा छैन सिटामोल र आइरन चक्की
समाचार, समाज, स्वास्थ्य

प्युठान अस्पतालमा छैन सिटामोल र आइरन चक्की

नेपालअखबार, प्युठान । प्युठान जिल्ला अस्पतालमा सिटामोल, गर्भवती महिलाका लागि आइरन चक्की र ग्यास्ट्रिकसम्बन्धी औषधि अभाव भएपछि उपचारमा समस्या देखिएको छ । प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रबाट समयमै औषधि नआएपछि यस्तो अवस्था आएको हो । अस्पतालका स्टोरकिपर नवीन थापाका अनुसार सिटामोलको स्टक छैन, करिब ७-८ महिनादेखि गर्भवती महिलालाई आइरन चक्की दिन सकिएको छैन । धेरै प्रयोग हुने औषधि छिट्टै सकिंदा अभाव देखिएको उनले बताए । प्रदेश सरकारमार्फत आउने ९८ प्रकारका औषधि चालु आर्थिक वर्षमा अझै प्राप्त भएको छैन । प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र बुटवलका सूचना अधिकारी माधव पोख्रेलका अनुसार खरिद प्रक्रिया जारी रहेकाले उपलब्ध हुन केही समय लाग्नेछ। स्वास्थ्यकर्मीहरूले संघीय र प्रदेश सरकारबाट मात्र आपूर्तिमा भर नपर्न स्थानीय तहहरूले आवश्यक औषधि आफैं खरिद गरी वितरण गरिरहेको बताएका छन् ।...
इरानसँग युद्धका लागि पेन्टागनले माग्यो २०० अर्ब डलरभन्दा बढी बजेट
राजनीति, विश्व, समाचार

इरानसँग युद्धका लागि पेन्टागनले माग्यो २०० अर्ब डलरभन्दा बढी बजेट

नेपालअखबार,काठमाडौं । अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन)ले इरानसँग युद्ध सञ्चालनका लागि २०० अर्ब डलरभन्दा बढी बजेट माग गरेको छ। इरानसँगको युद्ध सुरू भएको तेस्रो साता बित्नै लाग्दा रक्षा मन्त्रालयले २०० अर्ब डलरभन्दा बढी बजेट माग गर्दै ह्वाइट हाउसलाई प्रस्ताव पठाएको अमेरिकी पत्रिका द वासिङ्टन पोस्टले जनाएको छ। ह्वाइट हाउसले उक्त प्रस्तावलाई कांग्रेसमा पठाउने तयारी गरेको छ। पेन्टागनले माग गरेको रकम हालसम्म सैन्य कारबाहीमा भएको खर्चभन्दा धेरै ठूलो रहेको बताइएको छ। अमेरिका र इसराइल मिलेर गत फेब्रुअरी २८ यता इरानका विभिन्न क्षेत्रमा आक्रमण गर्दा प्रयोग भएका हतियार र सैन्य सामग्रीको पुनः उत्पादन र मर्मतका लागि सो बराबरको बजेट आवश्यक परेको पेन्टागनले जनाएको छ। यद्यपि ह्वाइट हाउसले कांग्रेसमा बजेट प्रस्ताव पठाउँदा पेन्टागनले भने अनुसारकै परिमाणमा पठाउँछ कि पठाउँदैन भन्ने निश्चित हुन...