Wednesday, August 5

समाचार

इरानसँग युद्धका लागि पेन्टागनले माग्यो २०० अर्ब डलरभन्दा बढी बजेट
राजनीति, विश्व, समाचार

इरानसँग युद्धका लागि पेन्टागनले माग्यो २०० अर्ब डलरभन्दा बढी बजेट

नेपालअखबार,काठमाडौं । अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन)ले इरानसँग युद्ध सञ्चालनका लागि २०० अर्ब डलरभन्दा बढी बजेट माग गरेको छ। इरानसँगको युद्ध सुरू भएको तेस्रो साता बित्नै लाग्दा रक्षा मन्त्रालयले २०० अर्ब डलरभन्दा बढी बजेट माग गर्दै ह्वाइट हाउसलाई प्रस्ताव पठाएको अमेरिकी पत्रिका द वासिङ्टन पोस्टले जनाएको छ। ह्वाइट हाउसले उक्त प्रस्तावलाई कांग्रेसमा पठाउने तयारी गरेको छ। पेन्टागनले माग गरेको रकम हालसम्म सैन्य कारबाहीमा भएको खर्चभन्दा धेरै ठूलो रहेको बताइएको छ। अमेरिका र इसराइल मिलेर गत फेब्रुअरी २८ यता इरानका विभिन्न क्षेत्रमा आक्रमण गर्दा प्रयोग भएका हतियार र सैन्य सामग्रीको पुनः उत्पादन र मर्मतका लागि सो बराबरको बजेट आवश्यक परेको पेन्टागनले जनाएको छ। यद्यपि ह्वाइट हाउसले कांग्रेसमा बजेट प्रस्ताव पठाउँदा पेन्टागनले भने अनुसारकै परिमाणमा पठाउँछ कि पठाउँदैन भन्ने निश्चित हुन...
लारिजानी हत्याको निर्णायक बदला लिन्छौं : इरान
राजनीति, विश्व, समाचार

लारिजानी हत्याको निर्णायक बदला लिन्छौं : इरान

नेपालअखबार, काठमाडौं । इरानका सेना प्रमुख अमीर हातामीले इजरायली हवाई हमलामा मारिएका अली लारिजानीको हत्याको निर्णायक बदला लिने धम्की दिएका छन् । उनले मंगलबार मारिएका सुप्रिम नेशनल सेक्युरिटी काउन्सिलका सचिव लारिजानीसँगै अन्य ‘सहिद’हरूको मृत्युको बदला लिने धम्की दिएका हुन् । हातामीले भने, ‘सही समय र सही स्थानमा अपराधी अमेरिका र रक्तपिपासु जियोनिस्ट शासनलाई एक निर्णायक र यस्तो जवाब दिनेछौं, जुन अरूका लागि सबक बनोस् । उनीहरूलाई आफ्नो कर्मप्रति पछुतो होस् ।’ इरानले मंगलवार सचिव लारिजानीको मत्युको पुष्टि गरेको थियो । त्यसअघि इजरायलले लारिजानी मारिएको दाबी गरेको थियो ।समाचार एजेन्सी एएफपीका अनुसार इरानको रिभोल्युशनरी गाड्र्स (आईआरजीसी) ले लारिजानीको मृत्युको बदलामा मध्य इजरायलमा पहिले नै मिसाइल प्रहार गरिएको बताएको छ । आईआरजीसी इरानको सेनाभन्दा अलग्गै संगठन हो ।...
भारतको इन्दौरमा कार चार्जिङ गर्दा विस्फोट, ७ जनाको मृत्यु
विदेश, समाचार

भारतको इन्दौरमा कार चार्जिङ गर्दा विस्फोट, ७ जनाको मृत्यु

नेपालअखबार,काठमाडौं । भारतको मध्य प्रदेश राज्यमा पर्ने इन्दौरमा विद्युत शर्ट हुँदा भएको आगलागीमा परी सात जनाको मृत्यु भएको छ । बुधवार बिहानै भएको घटनामा तीन जना गम्भीर घाइते भएका छन् । इन्दौरको बंगाली चौराहनजिकै रहेको कोलोनीमा बिहान ४ बजे घटना भएको हो । घटनाका बेला अधिकांश मानिसहरू आ–आफ्नो घरमा सुतिरहेका थिए । इन्दौरका पुलिस कमिशनर सन्तोषकुमार सिंहले घर बाहिर चार्जिङमा राखिएको इलेक्ट्रिक कारबाट आगो सल्किन सुरू भएको बताएका छन् । ‘प्रारम्भिक जाँचका क्रममा बिहान करिब ४ बजे चार्जिङ प्वाइन्टमा शर्ट सर्किट हुँदा कारमा आगो लाग्यो,’ उनले भने, ‘केही मिनेटमै आगो घर भित्र फैलियो । घरभित्र ठूलो संख्यामा ग्यास सिलिन्डर राखिएका थिए ।’ घरभित्र राखिएका झण्डै १५ ग्यास सिलिन्डरहरू आगोका कारण विष्फोट भएका बताइएको छ । प्रत्यक्षदर्शीले चार सिलिन्डर एकपछि अर्को गरी विष्फोट भएका बताएका छन् ।...
अमेरिकाले ८० प्रतिशतले घटायो नागरिकता त्याग्न लाग्ने शुल्क
विश्व, समाचार

अमेरिकाले ८० प्रतिशतले घटायो नागरिकता त्याग्न लाग्ने शुल्क

नेपालअखबार, वासिङ्टन डीसी । अमेरिकाले अमेरिकी नागरिकता त्याग्न चाहने व्यक्तिहरूले तिर्नु पर्ने शुल्क करिब ८० प्रतिशतले घटाएको छ । त्यहाँको विदेश मन्त्रालयले शुक्रबार सङ्घीय रजिष्टरमा प्रकाशित अन्तिम नियममार्फत शुल्क २ हजार ३५० डलरबाट घटाएर ४५० डलरमा झारेको घोषणा गरेको हो । नयाँ शुल्क तत्कालै लागू भइसकेको छ । यो निर्णय सन २०२३ मै घोषणा गरिएको भए पनि कार्यान्वयनमा आएको थिएन । अब लागू गरिएको शुल्क सन २०१० मा पहिलो पटक नागरिकता त्याग शुल्क तोकिएको स्तरकै बराबर हो । अमेरिकी नागरिकता त्याग्ने प्रक्रिया लामो, जटिल र संवेदनशील मानिन्छ । आवेदकहरूले विदेश मन्त्रालयका कन्सुलर अधिकृतसमक्ष बारम्बार लिखित र मौखिक रूपमा आफूले निर्णयको प्रभाव बुझेको पुष्टि गर्नुपर्छ । त्यसपछि मात्र औपचारिक रूपमा नागरिकता त्याग शपथ लिन अनुमति दिइन्छ, जसलाई विभागले अन्तिम रूपमा स्वीकृत गर्छ सन् २०१५ मा प्रशासनिक ...
इरान युद्धमा कति मारिए अमेरिकी सैनिक ?
विश्व, समाचार

इरान युद्धमा कति मारिए अमेरिकी सैनिक ?

नेपालअखबार, काठमाडौं । अमेरिका र इजरायलले मिलेर इरानसँग लडिरहेको युद्धका दौरान मध्यपूर्वमा अहिलेसम्म १३ अमेरिकी सैनिकको मृत्यु भएको छ । अमेरिकी सैन्य अधिकारीले युद्धका क्रममा घाइते हुने अमेरिकी सैनिकको संख्या बढेर करिब दुई सय पुगेको र तीमध्ये कम्तीमा १३ सैनिकको मृत्यु भएको बताएका छन् । मध्य–पूर्वमा २८ फेब्रुअरीबाट अमेरिका–इजरायलले इरानमाथि आक्रमण थालेका हुन् । युद्धमा अहिलेसम्म तीन हजारभन्दा बढीको मृत्यु भइसकेको छ । यो अनुमान एक इरानी समूहले लगाएको बीबीसीले जनाएको छ । इरानभन्दा बाहिरबाट काम गर्ने ह्युमन राइट्स एक्टिभिस्ट न्युज एजेन्सी (एचआरएएनए) ले कुल मृत्युमध्ये १३ सय ५१ आमनागरिक र ११ सय २६ सैन्यकर्मी रहेको उल्लेख गरेको छ । लेबनानमा अहिलेसम्म ८८६ मानिसको मृत्यु भएको छ । लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार युद्धका क्रममा मारिनेमा ६७ महिला र १११ बालबालिका छन् । संयुक्त अरब इमिरेट (य...
अस्कर २०२६ : ‘वन ब्याटल आफ्टर एनदर’ बन्यो सर्वश्रेष्ठ फिल्म (सूचीसहित)
चलचित्र, विश्व, समाचार

अस्कर २०२६ : ‘वन ब्याटल आफ्टर एनदर’ बन्यो सर्वश्रेष्ठ फिल्म (सूचीसहित)

नेपालअखबार, लस एन्जलस । फिल्म ‘वन ब्याटल आफ्टर एनदर’ सन् २०२६ को अस्कर अवार्डमा सर्वश्रेष्ठ फिल्म (बेस्ट पिक्चर) घोषित भएको छ । अमेरिकाको लस एन्जलसस्थित डल्बी थिएटरमा आयोजित ९८औँ एकेडेमी अवार्ड समारोहमा वार्नर ब्रदर्स स्टुडियोको यो फिल्मले सबैभन्दा ठूलो सम्मान हात पारेको हो । यो फिल्मले सर्वश्रेष्ठ फिल्मसँगै उत्कृष्ट निर्देशक विधामा पनि सफलता हासिल गरेको छ । निर्देशक पल थोमस एन्डरसनले यस फिल्मका लागि उत्कृष्ट निर्देशकको अवार्ड जितेका हुन् । साथै, फिल्मले अन्य प्राविधिक विधाहरूमा समेत अवार्ड जित्दै यस वर्षको अस्करमा उल्लेखनीय सफलता हासिल गरेको छ । ‘वन ब्याटल आफ्टर एनदर’को कथा राजनीतिक तनाव, सामाजिक द्वन्द्व र व्यक्तिगत संघर्षको पृष्ठभूमिमा अघि बढ्छ । कथाले सत्ता, आन्दोलन र व्यक्तिको नैतिक निर्णयबीचको टकरावलाई चित्रण गर्छ । बहुस्तरीय कथा, शक्तिशाली अभिनय र निर्देशकको सशक्त प्र...
संसदीय राजनीतिबाट सन्यास लिने सिके राउतको घोषणा
राजनीति, समाचार

संसदीय राजनीतिबाट सन्यास लिने सिके राउतको घोषणा

नेपालअखबार,काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरेका छन् । तर ‘संघर्षको राजनीति’ जारी राख्ने उनको भनाइ छ । ‘संसदीय राजनीतिबाट सन्यास लिने, संघर्षको राजनीति जारी राख्ने । पार्टीलाई आवश्यकता रहेसम्म नेतृत्व दिँदै अगाडि बढाउने,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘म सार्वजनिक रूपमा स्पष्ट पार्न चाहन्छु– म संसदीय (पदको) राजनीतिबाट टाढा रहनेछु तर यसको मतलब राजनीतिबाट बीचमै गायब भएको होइन ।’ उनले थप लेखेका छन्, ‘राजनीतिमा सक्रिय रहँदै, आफ्नो सिद्धान्त र एजेण्डालाई निरन्तर अगाडि बढाउँदै, जनताको लागि निरन्तर संघर्ष गर्दै  जनताको सेवामा रहने नै छु ।’ सिके राउत नेतृत्वको जनमत पार्टी २०७९ सालको प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचनबाट उदाएको दल हो । त्यसबेला जनमत पार्टी राष्ट्रिय दल बनेको थियो । प्रत्यक्षमा अध्यक्ष राउत आफैँले चुनाव जितेका थि...
वन जोगाउन भोजपुरमा सप्ताहव्यापी डढेलो नियन्त्रण अभियान
समाचार, समाज

वन जोगाउन भोजपुरमा सप्ताहव्यापी डढेलो नियन्त्रण अभियान

नेपालअखबार, भोजपुर । हिउँदको सुख्खा मौसमसँगै वन डढेलोको जोखिम बढेपछि भोजपुरमा विशेष सतर्कता अपनाउन थालिएको छ। डिभिजन वन कार्यालय भोजपुरले वन डढेलोबाट हुने धनजन र प्राकृतिक सम्पदाको क्षति न्यूनीकरण गर्ने उद्देश्यले चैत १ गतेदेखि जिल्लाभर सप्ताहव्यापी अभियान सञ्चालन गरेको हो। 'वन डढेलो नियन्त्रणमा प्रभावकारिता: तीनै तहका सरकार र समुदायको सहभागिता' भन्ने मूल नाराका साथ सुरु भएको यो अभियानले जिल्लाका अति जोखिमयुक्त क्षेत्रहरूमा विशेष निगरानी बढाएको छ। अभियानअन्तर्गत जनस्तरमा सचेतना फैलाउन सञ्चार माध्यमबाट सूचना प्रसारण गर्ने, विद्यालय र समुदायमा पुगेर अन्तरक्रिया गर्ने तथा जनचेतनामूलक सामग्री वितरण गर्ने काम भइरहेको छ। डिभिजन वन प्रमुख खुद्रुस मियाँका अनुसार डढेलोको जोखिम उच्च रहेका अरुण, टेम्केमैयुङ, पौवादुङमा, हतुवागढी, रामप्रसादराई गाउँपालिका र भोजपुर नगरपालिकाका तल्लो भेगमा होर्डिङ ब...
होर्मुज मार्ग सुरक्षाका लागि युद्धपोत पठाउन ट्रम्पको आह्वान
विश्व, समाचार

होर्मुज मार्ग सुरक्षाका लागि युद्धपोत पठाउन ट्रम्पको आह्वान

नेपालअखबार, अमेरिका । मध्यपूर्वमा जारी युद्धका कारण विश्व ऊर्जा आपूर्तिमा गम्भीर असर देखिन थालेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज जलडमरूमध्यको सुरक्षा सुनिश्चित गर्न अन्य राष्ट्रहरूलाई आफ्ना युद्धपोत पठाउन आग्रह गरेका छन् । विश्व तेल आपूर्तिको ठूलो हिस्सा बग्ने यस सामरिक समुद्री मार्ग इरानबाट हुन सक्ने आक्रमणको जोखिमका कारण आइतबारसम्म पनि प्रभावकारी रूपमा अवरुद्धजस्तै बनेको छ । फेब्रुअरी २८ मा अमेरिका–इजरायल गठबन्धनले इरानविरुद्ध सैन्य अभियान सुरु गरेयता क्षेत्रमा तीव्र बमबारी जारी छ । यद्यपि वासिङ्टनले इरानको सैन्य क्षमता लगभग पूर्ण रूपमा ध्वस्त पारेको दाबी गरे पनि तेहरानले उक्त दाबी अस्वीकार गर्दै आफ्नो प्रतिकार क्षमता कायम रहेको बताइरहेको छ । होर्मुज जलडमरूमध्यबाट सामान्य अवस्थामा विश्वको झन्डै पाँचौँ भाग तेल आपूर्ति पार हुने गर्छ । तर इरानी आक्रमणको खतरा र ढुवानी अवर...
मनकामना माइक्रोबस दुर्घटना : पुरानो मेडिकल कलेजमा घाइतेको उपचार
समाचार, समाज, स्वास्थ्य

मनकामना माइक्रोबस दुर्घटना : पुरानो मेडिकल कलेजमा घाइतेको उपचार

नेपालअखबार, चितवन । गोरखाको सहिदलखन गाउँपालिका–३ कानटारमा शनिशार भएको माइक्रोबस दुर्घटनाका घाइतेको भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज)मा उपचार भइरहेको छ । दुर्घटनाका नौ जना घाइतेलाई गए रातिनै यहाँ ल्याइएको थियो । अस्पतालका चिकित्सक डा सुदीप केसीका अनुसार पाँच जनाको सघन उपचार कक्षमा उपचार भइरहेको छ । जसमध्ये तीन जनाको न्यूरो सर्जरी र दुई जनाको सर्जरी सघन उपचार कक्षमा उपचार भइरहेको जनाइएको छ । घाइतेमध्ये सात जना भारतीय र दुई जना नेपाली छन् । मनकामना दर्शन गरेर फर्केका १६ जना भक्तजन सवार बाप्र ०१–००६ ख ८४३० नम्बरको माइक्रोबसमा सडकबाट करिब २०० मिटर तल खसेको खसेको थियो । सात भारतीयको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।...