Sunday, September 21

समाज

मुस्ताङको कागबेनीमा तीर्थालुको आगमन घट्यो
पर्यटन, समाचार, समाज

मुस्ताङको कागबेनीमा तीर्थालुको आगमन घट्यो

नेपालअखबार,मुस्ताङ । दिवङ्गत पितृ उद्धारका लागि प्रसिद्ध मानिएको यहाँको धार्मिक तीर्थस्थल कागबेनीधाममा यसवर्ष तीर्थालुको आगमन घटेको छ । दसैँपर्व अघि सोह्रश्राद्ध सुरु भएसँगै भक्तजनको आगमन बढ्ने गरेकामा देशमा उत्पन्न विषम परिस्थितिका कारण धार्मिक तीर्थालुको सङ्ख्या घटेको हो । दामोदरकुण्डबाट बग्ने काली नदी र मुक्तिनाथबाट बग्ने गण्डकी नदीको सङ्गमस्थल कागबेनीधाममा दिवङ्गत पितृको उद्धार गर्न तथा पितृलाई खुसी राख्न यहाँ धार्मिक तीर्थालुहरू आउने गर्दछन् । तीर्थालुले पिण्डदान, सिदादान, तर्पण दिएर श्राद्ध गर्ने प्रचलन छ । कालीगण्डकी नदीको दोभान कागबेनी तटमा स्नान गरी पूजारीबाट धार्मिक पूजापाठ गरी पितृको नाममा श्राद्ध गर्ने प्रचलन रहेको छ । यहाँ आएर श्राद्ध गर्नाले पितृ खुसी हुन्छन् भन्ने हिन्दू शास्त्रमा उल्लेख गरिएको छ । गतवर्षको औसी तिथिमा एकैदिन २० हजार बढी तीर्थालुले कागबेनीमा श्राद्ध ...
मुग्लिन-नारायणगढ सडकखण्डमा आज पनि राति गाडी नचल्ने
प्रशासन, समाचार, समाज

मुग्लिन-नारायणगढ सडकखण्डमा आज पनि राति गाडी नचल्ने

नेपालअखबार,चितवन । पहिरो खसेर ४२ घण्टापछि सञ्चालनमा आएको मुग्लिन–नारायणगढ सडकखण्डमा राति सवारी आवागमन रोकिने भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–५ तुइन खोलानजिक खसेको पहिरो पन्छाएपछि खतरा नटरेको भन्दै रातिमा सवारी प्रवेश रोक्न लागिएको हो । अहिले पनि तुइन खोला नजिक हल्का पहिरो खस्ने नरोकिएकाले जनधनको क्षति हुन नदिन राति ९ बजेदेखि बिहान ५ बजेसम्म यातायात रोक्ने निर्णय भएको जिल्ला सुरक्षा समिति चितवनले जानकारी दिएको छ । तुइन खोलामा भीर नै सडकमा खसेपछि राजमार्गमा सवारी आवागमन ठप्प भएको थियो । शुक्रबार बेलुकादेखि खसेको पहिरो शनिबार बिहानबाट पन्छाउन थालिएकोमा खस्नेक्रम नरोकिँदा आइतबार अपरान्ह ४ बजेसम्म लागेको थियो । यस दौरान यातायात ठप्प हुँदा यात्रु सडकमै अलपत्र परेका थिए । पहिरो हटाएर सुरुमा एकतर्फी खुलाइएको राजमार्ग अहिले एकतर्फी सञ्चालनमा छ । तर, रातिमा जोखिम देखिएकाले यातायात रोक्न ...
तालिमले फेरिएको जुगरानीको जीवन : केराको रेसाबाट कपडा उत्पादन
समाचार, समाज

तालिमले फेरिएको जुगरानीको जीवन : केराको रेसाबाट कपडा उत्पादन

नेपालअखबार, कैलाली । टीकापुर नगरपालिका–५ की जुगरानी चौधरीको दुई महिना अगाडिको समय निकै सकसपूर्ण थियो । दिनभर घरायसी काममा व्यस्त देखिने उनको कामबाट परिवार पनि सन्तुष्ट थिएन । उनी घरमा जति काम गरे पनि त्यसबाट आम्दानी नहुने भएपछि मानसिक तनाव हुने गरेको बताउछिन् । जुगरानीलाई सहकारी संस्थाले तालिमका लागि सिफारिस गरेर सिकेको २५ दिने तालिमले उनको जीवन फेरिएको छ । एक संस्थाले २५ दिनसम्म दिएको तालिमले उनी उद्यममा जोडिन सफल भएकी हुन् । पच्चीस दिनको निःशुल्क तालिमसहित ५० प्रतिशत अनुदानमा कपडा बुन्ने उपकरण सहयोग गरेपछि जुगरानीसहितका महिला उद्यममा जोडिन सफल भएका छन् । जुगरानीले अहिले केराको रेसाबाट काँचो कपडा बुन्ने काम थालेकी छिन् । आजभोलिको दैनिकी कपडा बनाउने काममै बित्ने गरेको छ । “खेर जाने केराको बोट (थाम) बाट कपडा हुन्छ भन्ने विश्वास गर्न नसकेकी म आफैँ कपडा बनाउन थालेकी छु”, उनी भन्छिन्, “आ...
नेपाल प्रहरीलका अनुसार ६ वटा राजमार्ग छ अवरूद्ध?
समाचार, समाज

नेपाल प्रहरीलका अनुसार ६ वटा राजमार्ग छ अवरूद्ध?

नेपालअखबार, काठमाडाै‌ ।  नेपाल प्रहरीले ६ वटा राजमार्गमा विभिन्न स्थानमा अवरोध रहेको जनाएको छ। नेपाल प्रहरीका अनुसार वर्षातपछि पहिरो खस्दा संखुवासभाको भोटखोला गाउँपालिका–४ बरुणमा कोशी राजमार्ग अवरूद्ध छ। त्यस्तै संखुवासभाको मकालु गाउँपालिका–३ एकुवामा कोशी राजमार्ग अवरूद्ध छ। रसुवाको गोसाइँकुण्ड गाउँपालिकामा नेपाल–चीन जोड्ने पुल बगाएपछि अवरूद्ध छ। सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ कोदारीमा अरनिको राजमार्ग अवरूद्ध छ। यो खण्ड झन्डै दुई महिनादेखि अवरूद्ध छ। म्याग्दीको बेनी नगरपालिका–४ घुमाउने भीरमा बेनी–दरबाङ सडक खण्ड पूर्णरूपमा अवरूद्ध रहेको प्रहरीले जानकारी दिएको छ। जाजरकोटको नलगाड नगरपालिका–११ भीरकुनामामा जाजरकोट–डोल्पा सडक खण्ड पूर्णरूपमा अवरूद्ध छ। यस्तै नारायणगढ–मुग्लिन सडक खण्डको तुइन पुलनजिकै पहिरो खस्दा उक्त राजमार्ग अवरूद्ध छ। त्यहाँ तीनवटा उपकरण प्रयोग गरी यातायात सञ्चा...
मुग्लिन-नारायणगढ सडकखण्ड पहिरो नझरे दिउँसो ३ बजेसम्म खुल्नसक्छ
समाचार, समाज, हाइलाइट-समाचार

मुग्लिन-नारायणगढ सडकखण्ड पहिरो नझरे दिउँसो ३ बजेसम्म खुल्नसक्छ

नेपालअखबार,चितवन । झण्डैं ३८ घण्टादेखि बन्द रहेको मुग्लिन नारायणगढ सडकखण्ड खुलाउने प्रयास जारी छ । मुग्लिनबाट २.५ किलोमिटर नारायणगढतर्फ रहेको तुइन खोलाको पूर्वतर्फको भागमा निरन्तर पहिरो झरिरहेको कारणले खुलाउन समस्या भएको छ । सडक डिभिजन कार्यालय भरतपुरका अनुसार आज बिहान ६ बजेदेखि नै पहिरो पन्छाउने काम जारी छ । कार्यालयका इन्जिनियर कृष्ण आचार्यका अनुसार सुख्खा पहिरो झर्ने क्रम रोकिए आज दिउँसो ३ बजेदेखि सडक खुलाउन सकिन्छ । अहिले मुग्लिनतर्फबाट २ वटा र नारायणगढतर्फबाट २ वटा मेसिनको प्रयोग गरेर पहिरो हटाउने काम भैरहेको छ । थप मेसिन लगाउन मिल्ने ठाँउ नभएकोले ४ वटा मेसिनमार्फत नै पहिरो पन्छाउने काम भैरहेको छ । इन्जिनियर आचार्यका अनुसार अहिले पनि सडकमा ३५ मिटर डिपोजिट पहिरो सडकमा छ । त्यसलाई सहज रुपमा हटाउन सके दिउँसोसम्म सडक खुलाउन सकिने उनले जानकारी दिए । ‘पहिरो बेलाबखत झरेको छ, जोखि...
तयार भयो बीरगन्जको घण्टाघर
समाचार, समाज

तयार भयो बीरगन्जको घण्टाघर

नेपालअखबार, वीरगञ्ज। पर्सास्थित वीरगञ्जको प्रतिष्ठाको प्रतीक यहाँको घण्टाघरको केही भाग भत्किएको संरचना सात महिनापछि मर्मतसम्भार गरिएको छ। गत फागुन ७ गते भत्किएको घण्टाघरको ‘बाल्कोनी’ संरचना कमजोर भएर इँटा झरेको थियो। वीरगञ्ज महानगरले घण्टाघरको भत्किएको संरचना मर्मतसम्भार र रङरोगन गरेर फेरि पहिलाकै अवस्थामा ल्याएको छ। वीरगञ्ज महानगर भूमि व्यवस्था तथा सहरी विकास महाशाखा प्रमुख प्रभात झाले वीरगञ्जको प्रतीक घण्टाघर मर्मतसम्भार गरेर घुम्टो पनि हटाइएको जानकारी दिए। उनले भने, ‘घण्टाघरको संरचना मेसिन प्रयोग गरेर मर्मतसम्भार गर्न गर्न सकिने अवस्था थिएन। ऐतिहासिक धरोहर भएकाले पनि म्यानुअल ढङ्गले मर्मतसम्भार गर्दा केही समय बढी लागेको हो। अहिले घण्टाघरको लगभग सबै संरचना निर्माणको काम सकिएको छ।’ महाशाखा प्रमुख झाले घण्टाघर वरपर अत्याधिक सवारीसाधनको चाप बढी हुने भएकाले सवारीसाधन र यात्रुक...
यो वर्ष विपद्का घटनामा २४३ जनाको निधन
समाचार, समाज

यो वर्ष विपद्का घटनामा २४३ जनाको निधन

नेपालअखबार, काठमाडौँ । गत वैशाखदेखि हालसम्म देशभर कूल तीन हजार ६८१ विपद्का घटना भएका छन् । यसबाट छ हजार ५९० घर परिवार प्रभावित भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । सो अवधिमा विपद्मा परेर २४३ जनाको ज्यान गएको छ भने ८६९ जना घाइते भएका छन् । यस्तै, २४ जना बेपत्ता भएका छन् । प्राधिकरणका अनुसार छ महिनाको अवधिमा सबैभन्दा बढी आगलागीमा घटना भएका छन् । एक हजार २९५ वटा आगलागीका घटना हुँदा २३ जानको मृत्यु भएको छ भने एक सय ७७ जना घाइते भएका छन् । आगलागीमा परेर एक हजार ४११ घरपरिवार प्रभावित भएका छन् । बाढीको २६३ घटना हुँदा २९ को मुत्यु भएको छ । बाढीमा परेर २३ बेपत्ता, १४ घाइते हुँदा एक हजार ८६१ परिवार प्रभावित भएको प्राधिकरणको विवरणमा उल्लेख छ । यस्तै, ४६३ वटा पहिरोका घटना यसबीचमा भएका छन् । पहिरोमा परेर २४ जनाको मृत्यु भएको छ भने ४१ घाइते भएका छन् । य...
गाजा सहरमा आक्रमण जारी, बालबालिका र महिला संकटमा
राजनीति, विश्व, समाचार, समाज, हाइलाइट-समाचार

गाजा सहरमा आक्रमण जारी, बालबालिका र महिला संकटमा

नेपालअखबार, काठमाडौँ । गाजा सहरमा जारी आक्रमणका कारण हजारौँ नागरिकहरू आफ्नो ज्यान जोगाउन विभिन्न उपायबाट सुरक्षित स्थानतर्फ जाँदै गरेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । संयुक्त राष्ट्रसंघको मानवीय सहायता समन्वय कार्यालय (ओछा) का अनुसार, यतिबेला गाजामा भइरहेका स्थल र हवाई आक्रमणका कारण धेरैजसो नागरिक गम्भीर संकटमा परेका छन् । बालबालिका, वृद्ध, महिला लगायत सबैले कठिन परिस्थितिको सामना गरिरहेका छन् । ओछाले दिएको जानकारीअनुसार आक्रमणसँगै गाजाको दक्षिण भागतर्फ विस्थापित हुने नागरिकहरूको संख्या तीव्र रूपमा बढिरहेको छ । धेरैजसो मानिसहरू गाडी, टेम्पो, साइकल र पैदल नै यात्रा गर्दै सुरक्षित ठाउँ खोजिरहेका छन् । यस्ता यात्रामा उनीहरूलाई न त पिउने पानी,न त खानपिनको व्यवस्था, न त ओत लाग्ने ठाउँ उपलब्ध छ । ‘हामीका सहकर्मीहरूले रातभरि हिंडेर आइपुगेका थकित, भोकाएका र पीडामा परेका नागरिकहरू देखेका...
महासंघको माग पत्रकारलाई धम्की दिने महेश बस्नेतलगायतलाई कारबाही गर्न
समाचार, समाज

महासंघको माग पत्रकारलाई धम्की दिने महेश बस्नेतलगायतलाई कारबाही गर्न

नेपालअखबार, काठमाडौँ । पत्रकार टेकमान शाक्यलाई एमाले नेता महेश बस्नेतलगायतले धम्की दिएको जानकारी प्राप्त भएको भन्दै नेपाल पत्रकार महासंघले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । समाचारको विषयलाई लिएर शाक्यलाई बारम्बार धम्की आएको घटनाको आफूले निन्दा र भर्त्सना गर्ने महासंघले शनिबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा पत्रकारलाई धम्की दिने कार्यमा संलग्नहरुलाई कानुनी कारबाही गर्न समेत सम्बद्ध निकायहरूसँग माग गरिएको छ । ‘प्रकाशित समाचारप्रति असहमति भए विधिसम्मत आफ्ना कुरा राख्न र पत्रकारलाई धम्की दिएर प्रेस स्वतन्त्रता हनन नगर्न महासंघ सम्बद्ध व्यक्तिहरूलाई सचेत गराउंदछ । साथै, पत्रकारलाई धम्की दिने कार्यमा संलग्नहरूलाई कानुनी कारबाही गर्न सम्बद्ध निकायसँग माग गर्दछ’, विज्ञप्तिमा भनिएको छ । विज्ञप्तिमा बस्नेत स्वयम् र उनका सहयोगी व्यक्तिले आतङ्कित पार्ने र त्रसित बनाउने गरी धम्क...
काठमाडौँमा ११ वर्षीया बालिकामाथि जबरजस्ती करणी
अपराध, समाचार, समाज

काठमाडौँमा ११ वर्षीया बालिकामाथि जबरजस्ती करणी

नेपालअखबार,काठमाडौँ। प्रहरीले जबरजस्ती करणी गरेको अभियोगमा देशका दुई फरक स्थानबाट दुई जनालाई पक्राउ गरेको छ। काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिका-४ बस्ने हिरा तामाङलाई ११ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। रामेछाप घर भएका २१ वर्षीय तामाङविरुद्ध परेको उजुरीका आधारमा प्रहरी प्रभाग साँखुले उनलाई नियन्त्रणमा लिएको हो। उता, धादिङको बेनीघाट रोराङ गाउँपालिका-३, ओरवाङ बस्ने ३२ वर्षीय जगत कोइरालालाई १४ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय बेनीघाटले पीडितको उजुरीपछि उनलाई पक्राउ गरेको हो। प्रहरीले दुवै घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।...