Friday, August 7

समाज

कोशी प्रदेशमा कफीखेती विस्तार हुँदै
अर्थ, कृषि, समाचार, समाज

कोशी प्रदेशमा कफीखेती विस्तार हुँदै

नेपालअखबार,झापा । कोशी प्रदेशमा कफीखेती विस्तार भइरहेको छ । प्रदेशका १२ जिल्लामा व्यावसायिक कफीखेती सुरु गरिएका छन् । प्रदेशको दुई हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा कफीखेती विस्तार भइसकेको राष्ट्रिय चिया तथा कफी विकास बोर्ड क्षेत्रीय कार्यालय विर्तामोडका सूचना अधिकारी अनन्त ढुङ्गानाले जानकारी दिए । उनका अनुसार इलाम, धनकुटा, भोजपुर, खोटाङ, सङ्खुवासभा, ओखलढुङ्गा, सोलुखुम्बु, तेह्रथुम, उदयपुर, मोरङ, पाँचथर र ताप्लेजुङ जिल्लामा व्यावसायिक रुपमा कफीखेती भइरहेको छ । पाँच हजारभन्दा बढी किसानले कफीखेती गरिरहेको उनले बताए । हाल कोशीमा ९० देखि १०० मेट्रिक टन कफीको दाना उत्पादन भइरहेको छ । यसको बजार मूल्य लगभग रु २० करोड छ । उत्पादित कफीको आधाभन्दा बढी परिमाण विदेश निर्यात हुने गरेको छ । नेपालमा ५०० मेट्रिक टन कफी उत्पादन हुँदै आएकामा कोशी प्रदेशको २० प्रतिशत योगदान रहेको छ । कोशी प्रदेशमा सबैभन...
गाडीले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु
दुर्घटना, समाचार, समाज

गाडीले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

नेपालअखबार,चितवन ।  पूर्व पश्चिम राजमार्गअन्तर्गत रत्ननगर नगरपालिका–३ शान्ति चोकमा सागसब्जी बोक्ने बोलेरो गाडीले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मोटरसाइकल चालक कालिका नगरपालिका–२ का ३५ वर्षीय मुकुन्द कँडेल छन्। जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालका अनुसार गए राती १२:३० बजे खैरहनी बाट टाँडीतर्फ आउँदै गरेको प्रदेश २–०२–००१ च०५१० नम्बरको सागसब्जी बोक्ने बोलेरोले जनकपुरबाट काठमाडौँतर्फ आउँदै गरेको बा प्र ०३–००१ख३३६५ नम्बर (रात्रिबस) लाई ओभरटेक गर्ने क्रममा टाँडीबाट खैरेहनीतर्फ जाँदै गरेको बा प्र ०६–००१प ३५०९  नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। बोलेरोको ठक्करबाट घाइते मोटरसाइकल चालक कँडेलको उपचारका क्रममा भरतपुर अस्पतालमा राती १:१९ बजे मृत्यु भएको हो। बोलेरो र चालक प्रहरीको नियन्त्रणमा रहेको उहाँले जानकारी दिए।...
मुस्लिम समुदायले संविधानले दिएको सेवा सुविधा पाउन सकेको छैन : युवानेता डा.अबुल हुसेन अन्सारी
समाचार, समाज, हाइलाइट-समाचार

मुस्लिम समुदायले संविधानले दिएको सेवा सुविधा पाउन सकेको छैन : युवानेता डा.अबुल हुसेन अन्सारी

नेपालअखबार,काठमाडौं ।  युवा नेता डाक्टर अबुल हुसेन अन्सारी , महाधिवेशन प्रतिनिधि, नेविसंघका पुर्व केन्द्रिय सदस्य हुन । मुस्लिम समुदायले संविधानले दिएको सेवा सुविधा पाउन  पर्ने भएता पनि वर्तमान समय सम्म पाउन सकेको छैन ।  मदरसा बोर्ड गठन वर्तमा समयमा पनि हुन सकेको छैन भने संघीय निजामती सेवा विधेयक कार्यन्वनमा नआए सम्म मुस्लिम युवाहरुले सरकारी सेवा प्राप्त गर्न पाउने कोट सुनिश्चित हुन नसकेको डा. अन्सारी बताउनु हुन्छ । डा. अन्सारी किशोर अवस्था देखि नै किशोर अवस्था देखि नै समाज सेवामा सक्रिय हुनुहुन्थ्यो ।  सुनसरी जिल्लामा जन्मिनुभएका अन्सारीले कक्षा ९मा अध्ययन गर्दै गर्दा देखि नै साझा सामुदायिक विकास केन्द्र  स्थापना गर्नुभएको थियो।  सो केन्द्रको उद्देश्य  अनुसार समाजमा फैलिँदै गरेको एचआइभी जस्ता प्राणघातक रोगलाई फैलिन नदिन न्यूनीकरण गर्ने अभियानमा जुट्नु भयो ।  भारतीय सिमानामा नेपाली चेलि...
अहिलेसम्मकै न्यून स्तरमा झर्‍यो अमेरिकामा जन्मदर, महिलामा घटिरहेछ आमा बन्ने चाहना
विदेश, समाचार, समाज

अहिलेसम्मकै न्यून स्तरमा झर्‍यो अमेरिकामा जन्मदर, महिलामा घटिरहेछ आमा बन्ने चाहना

नेपालअखबार,वासिङ्टन डीसी । अमेरिकामा मानिसहरू बच्चा जन्माउन हिचकिचाइरहेका छन् । सन् २०२४ को तथ्याङ्कले यही कुरा बताउँछ । गएको वर्ष अमेरिकामा प्रजनन दर अहिलेसम्मकै सबैभन्दा कम थियो । अमेरिकी सरकारको तथ्याङ्क अनुसार, अमेरिकामा प्रत्येक महिलाले १ दशमलव ६ भन्दा कम बच्चा जन्माइरहेका छन् । कुनै समय अमेरिकामा औसत प्रजनन दर प्रति महिला २ दशमलव १ बच्चा थियो । तर पछिल्ला दुई दशकमा, अमेरिकामा प्रजनन दरमा भारी गिरावट आएको छ । अहिले त्यहाँका महिलाहरूले बच्चा जन्माउन कि त लामो समय लिइरहेका छन् कि भने बच्चा नै जन्माइरहेका छैनन् । नयाँ तथ्यांक पश्चिमी यूरोपेली देशकै जन्मदरका हाराहारीमा भएको विश्व बैंकको डेटाले देखाएको छ । हालैका समयमा जन्मदरमा आएको कमीबाट चिन्तित ट्रम्प प्रशासनले घट्दो जन्मदरलाई उकास्न आईभीएफ गर्दा लाग्ने लागत घटाउन र बेबी बोनसको अवधारणालाई समर्थन गर्न कार्यकारी आदेश जारी गर्न...
औषधीय गुण भएका जडीबुटी निकासी बढ्दै
समाचार, समाज

औषधीय गुण भएका जडीबुटी निकासी बढ्दै

नेपालअखबार,मनाङ। हिमाली जिल्ला मनाङ औषधीय जडीबुटी उत्पादनको केन्द्र मानिन्छ । पछिल्लो समय यहाँबाट आयुर्वेदिक औषधीय गुण भएका जडीबुटी निकासी बढ्दै गएको छ । आर्थिक वर्ष २०८१/८२ मा यार्सागुम्बा, वन लसुन र जिम्बु निकासीबाट रु ३५ लाख ९१ हजार ९४० राजश्व सङ्कलन गरिएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इकाई कार्यालयले जनाएको छ । इकाई कार्यालयका प्रमुख ढकबहादुर भुजेलले गत वर्ष यार्सागुम्बा ११२ दशमलव ६९३ किलोग्राम निकासी गरिएको जानकारी दिए । उनका अनुसार उक्त परिमाणको यार्सागुम्बा निकासी गरेबापत रु ३४ लाख ८५ हजार ९० राजश्व सङ्कलन भएको छ । वन लसुन तीन हजार १८६ दशमलव ३०० किलोग्राम निकासीबापत रु ९७ हजार ७५० र जिम्बु ९१० किलोग्राम निकासी गरेबापत रु नौ हजार १०० राजश्व सङ्कलन भएको भुजेलले बताए । उनले भने, “गत वर्ष तीन प्रकारका औषधीय जडीबुटी निकासी गरिएको छ । विगतमा जस्तो गुची च्याउ सङ्कलन भएको पाइएन...
नेपाल चिकित्सक संघले दियो आन्दोलनको चेतावनी
समाचार, समाज, स्वास्थ्य

नेपाल चिकित्सक संघले दियो आन्दोलनको चेतावनी

नेपालअखबार,काठमाडौं । नेपाल चिकित्सक संघले सरकारसँग भएको सहमति कार्यान्वयनमा देखिएको ढिलाइप्रति गम्भीर असन्तुष्टि जनाउँदै पुन: आन्दोलनको चेतावनी दिएको छ । संघका महासचिव डा. सन्जिव तिवारीले बुधबार जारी गरेको विज्ञप्तिमार्फत सरकारको विश्वसनीयतामाथि प्रश्न उठाउँदै तत्काल सहमति कार्यान्वयनको माग गरेका छन् । गत असार २४ गते प्रधानमन्त्रीको निर्देशनमा नेपाल चिकित्सक संघ र सरकारका तर्फबाट तीनजना मन्त्रीहरूबीच उपभोक्ता संरक्षण ऐनलगायत विद्यमान कानुनी तथा नीतिगत व्यवस्थाको संशोधनका लागि ३ बुँदे सहमति भएको थियो । सहमति अनुसार, विद्यमान कानुनी एवं नीतिगत व्यवस्थामा आवश्यक संशोधन लगायतका विषयमा ११ दिनभित्र सुझावसहितको प्रतिवेदन पेस गर्नेगरी ३ सदस्यीय कार्यदल गठन भएको थियो । कार्यदलमा महाशाखा प्रमुख, आपूर्ति व्यवस्था तथा उपभोक्ता हित संरक्षण महाशाखाका संयोजक, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रा...
एक/दुई वर्षअघिसम्म गुमनाम चौरीखर्कमा ओइरिन थाले पर्यटक
समाचार, समाज, हाइलाइट-समाचार

एक/दुई वर्षअघिसम्म गुमनाम चौरीखर्कमा ओइरिन थाले पर्यटक

नेपालअखबार, ढोरपाटन।  रंगीचंगी बुकी फूलले भरिएको मनमोहक ठाउँ, छिनछिनमै लुकामारी गर्ने बादल, त्यसमाथि सिरसिर चल्ने हावा पर्यटकलाई चौकीखर्कसम्म तान्न पर्याप्त छन् । स्थानीयहरु यो ठाउँलाई चुङ्री भन्छन्। यही चुङ्री केही समययता प्रकृतिप्रेमीका लागि गन्तव्य बन्दै गएको छ। हरिया डाँडामा सुस्ताउँदै प्राकृतिक सुन्दरतामै झुम्न रमाउनेका लागि यो अनुपम थलो हो भन्दा फरक पर्दैन। उत्तरतर्फ फैलिएका हिमशृङ्खला र भेडीगोट पर्यटकका लागि भुल्ने बाहना बनिदिन्छन्। बागलुङ र पूर्वीरुकुमको सीमा क्षेत्रका गोठला र भेडा डुल्ने समुन्द्री सतहदेखि करिब चार हजार मिटरको उचाइको चौकीखर्क गत वर्षसम्म धेरैका लागि अपरिचित जस्तै थियो। तर विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत प्रचारप्रसार हुन थालेपछि बाहिरी मानिसका लागि यो परिचित बन्दै गएको छ। राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत दुई जिल्लाको स...
छोरी भेट्न जान्छु भनेर घरबाट निस्किएका थिए, मृत भेटिए जंगलमा
समाचार, समाज

छोरी भेट्न जान्छु भनेर घरबाट निस्किएका थिए, मृत भेटिए जंगलमा

नेपालअखबार, काठमाडौं ।  चितवनमा एक पुरुष मृत भेटिएका छन् । कालिका नगरपालिका–९ शक्तिखोर जङ्गलमा राप्ती नगरपालिका–११ का ५७ वर्षीय कृष्णबहादुर प्रजा मङ्गलबार साँझ मृत भेटिएका हुन् । गत असार २८ गते घरबाट कालिका निस्किएका प्रजा बेपत्ता भएका थिए । कालिका नगरपालिका–९ शक्तिखोर बस्ने छोरीलाई भेट्न गएका उनी सम्पर्कमा नआएपछि परिवार र आफन्तले खोजी गर्न थालेका थिए। प्रजाको शव सडेगलेको अवस्थामा फेलापरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रवीन्द्र खनालले जानकारी दिए।...
पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध
समाचार, समाज

पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

नेपालअखबार, काठमाडौं । अविरल वर्षाका कारण कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध भएको छ। राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको करिडोरको बागलुङ खण्डस्थित बागलुङ नगरपालिका–१० दब्ल्याङमा गए राति पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी वसन्त पाण्डेले जानकारी दिए। उक्त खण्डमा आज बिहानदेखि यातयात सञ्चालन ठप्प भएको छ। वर्षाका कारण कालीगण्डकी करिडोरको बलेवा खण्डको छहरेमा सडक अवरुद्ध भएको छ। अवरुद्ध सडक खुलाउन कालीगण्डकी करिडोर आयोजनासँग समन्वय भइरहेको सूचना अधिकारीले पाण्डेले बताए। करिडोरसँगै बलेवा–कुशिमसेरा सडक पनि पूर्ण रूपमा अवरुद्ध भएको छ।...
पर्यटन मन्त्री मण्डलको छोरा निलेश मण्डलले सुनसरी जिल्लामा धार्मिक द्वन्द्व गर्ने अडियो क्लिप सार्वजनिक
समाचार, समाज

पर्यटन मन्त्री मण्डलको छोरा निलेश मण्डलले सुनसरी जिल्लामा धार्मिक द्वन्द्व गर्ने अडियो क्लिप सार्वजनिक

नेपालअखबार, काठमाडौं । कोशी प्रदेशका वन पर्यटन तथा वातावरण मन्त्री सदानन्द मण्डलको छोरा निलेश मण्डलले सुनसरी जिल्लामा धार्मिक द्वन्द्व गर्ने बताएका छन् । मन्त्रीको छोरा मण्डलको हिन्दु-मुस्लिम बीच धार्मिक द्वन्द गर्ने अडियो क्लिप सार्वजनिक भएको हो । उनले जतिसुकै प्रकरण भएपनि आफ्नो बुवालाई कसैले केहि गर्न नसक्ने दाबी गर्दै अपशब्द प्रयोग गरेका छन् । निलेशले आफ्नो बुवा बुवा मन्त्री मण्डलले नक्कली नोटको कारोबार गर्नेलाई संरक्षण समेत गरेको बताएका छन् । केहि समय अधि प्रहरीले पक्राउ गरेको नक्कली नोट र कारोबारीहरुलाई आफ्नो बुवाले जोगाएको अडियोमा सुन्न सकिन्छ । नाम नखुलाउने शर्तमा एकजना सामाजिक संजाल प्रयोगकर्ताले मन्त्रीको छोरा निलेश मण्डललाई समाचारको लिंक पठाएको र उताबाट अश्लील शब्द प्रयोग गर्दै कसैले केहि गर्न नसक्ने दाबी गर्दै मेसेज पठाएको बताएका छन् । मन्त्री मण्डलले क्युआर मार्फत अनुचित...