Friday, August 7

समाज

सुक्खा पहिराले बेनी–जोमसोम सडक अवरुद्ध
समाचार, समाज

सुक्खा पहिराले बेनी–जोमसोम सडक अवरुद्ध

नेपालअखबार,म्याग्दी । पर्यटकीय जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । म्याग्दीको अन्नपूर्ण र मुस्ताङको थासाङ गाउँपालिकाको सिमानामा रहेको घोप्टेभिरमा खसेको सुक्खा पहिरोका कारण आज बिहानदेखि आवतजावत अवरुद्ध भएको हो । बिहान पहिरो खसेपछि अवरुद्ध बनेको सडक खुलाउन सडक विभागको उपकरण परिचालन भएको सप्मा प्रहरी चौकी घाँसाका प्रमुख प्रहरी सहायक निरीक्षक तेजबहादुर कुमालले जानकारी दिए । सडक अवरुद्ध हुँदा मुस्ताङ जिल्लाको सिधा यातायात सम्पर्क टुटेको छ । प्रतिकूल मौसमका कारण पोखरा–जोमसोम हवाई सेवा बन्द छ । स्थानीयवासीका साथै मुस्ताङ घुम्न जाने र फर्कने पर्यटक प्रभावित भएका छन् । मुस्ताङतर्फ जानेहरू म्याग्दीको काभ्रे र मुस्ताङ हुँदै म्याग्दीतर्फ आउनेहरू घाँसामा रोकिएका छन् ।...
हेमजा लायन्स र लियोले गौरी शंकर मा वि हेमजामा बृक्षारोपण
समाचार, समाज

हेमजा लायन्स र लियोले गौरी शंकर मा वि हेमजामा बृक्षारोपण

नेपालअखबार,पोखरा ।  पोखरा महानगरपालिकिा वडा नं २५ मा रहेको  गौरी शंकर मा वि मा  शनिबार वृक्षरोपण गरिएको छ । लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ जे अन्तर्गत रहेको लायन्स क्लव अफ पोखरा हेमजा र लियो क्लव अफ हेमजाले  संयुक्त रुपमा फलफूलका विरुवा रोपेको हो । प्रमुख अतिथि लायन्स इन्टरनेशनल ठिस्ट्रिक्ट ३२५ जे रिजन ५ का रिजन चियर पर्सन दिनेश तुलाचनले वातावरणीय स्वच्छता तथा उत्पादन मुखी फलफुलका बिरुवा रोपेर मानव स्वाश्थ्यलाई सरल र सहज बनाउनमा सहयोग पुग्ने कुरा बताउनुभयो । तुलाचनले हेम्जा का लायन्स र लियोको समाज सेवाप्रति रहेको भावनालाई उच्च कदर गर्दै आगामि दिनमा अझै सक्रिय रुपमा समाजसेवामा समर्पित हुन आग्रह गर्नुभयो । बिशेष अतिथि  लायन्स इन्टरनेशनल ठिस्ट्रिक्ट ३२५ जे का जोन १०का जोन चेयर पर्सन प्रगत कायस्थले  फलफूलका विरुवा हुर्कदै फल्दै जाँदा बिधर्थिहरुलाई पनि अध्ययन र खाजाका लागी प्रयोग हुने  चराच...
चितवनबाट झन्डै ७ क्वीन्टल गाँजासहित एक भारतीय नागरिक पक्राउ
अपराध, समाचार, समाज

चितवनबाट झन्डै ७ क्वीन्टल गाँजासहित एक भारतीय नागरिक पक्राउ

नेपालअखबार,काठमाडौं । प्रहरीको चितवनको राप्तिबाट झन्डै ७ क्वीन्टलसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । राप्ती नगरपालिका–१ स्थित लोथर पुल नजिकैबाट करिब ६ सय ७१ किलो ६ सय ग्राम अवैध लागूऔषध गाँजासहित शनिबार बिहान ४ बजे भारतीय नागरिकलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारतको बिहार राज्यको पूर्वी चम्पारण तुर्कालिया घर भएका ३७ वर्षीय शेख सबिलाख्तर भएको प्रहरीले जानकारी दिएको छ । चितवनबाट मकवानपुरतर्फ जाँदै गरेको यूपी ८२ टी ३९२१ नम्बरको ट्रकलाई जाँच गर्ने क्रममा ड्राईभर क्याबिनको माथिको भागमा फल्स बटन बनाई लुकाएर राखेको ४३ वटा गाँजाका पोका फेला पारेको जिल्ला प्रहरी कार्यालयले चितवनले जनाएको छ ।प्रहरीका अनुसार पक्राउ परेका भारतीय नागरिक सबिलाख्तरमाथि थप अनुसन्धान भइरहेको छ ।...
कानुनको अभावमा विद्युतीय फोहाेर व्यवस्थापनमा समस्या
समाचार, समाज

कानुनको अभावमा विद्युतीय फोहाेर व्यवस्थापनमा समस्या

नेपालअखबार,काठमाडौँ । विद्युत् र इन्धन प्रयोग गरी सञ्चालन गरिने उपकरणबाट निस्कने फोहाेर व्यवस्थापनमा कानुनी व्यवस्थाको खाँचो औँल्याइएको छ । विद्युतीय सामग्री उत्पादक कम्पनी र आयातकर्तालाई नै त्यस्ता सामग्री बिग्रिएपछि उत्पादन हुने फोहाेर व्यवस्थापनमा जिम्मेवार बनाउने कानुनी प्रावधान आवश्यक रहेको डोको रिसाइक्लर्स प्रालिका प्रमुख कार्यकारी निर्देशक पंकज पञ्जियारको तर्क छ । उत्पादककर्ताले बजारमा आफ्ना उत्पादन पठाएपछि निस्कने फोहाेर व्यवस्थापनको जिम्मेवारी सिद्धान्ततः सोही कम्पनीकै भएकाले बाध्यात्मक कानुनी व्यवस्थासहित उचित प्रबन्ध मिलाउन सरकारलाई डोको प्रालिको सुझाव छ । विद्युतीय मात्र नभई प्लास्टिकजन्य फोहाेर मानव स्वास्थ्य र वातावरणका हिसाबले हानिकारक मानिन्छ । कुनै प्लास्टिक उद्योगले नेपालमा पाँच हजार टन उत्पादन गरेमा त्यसको पुनः प्रशोधन वा नष्ट गर्नेसम्मको जिम्मेवारी सोही कम्पनीको...
गाजाका हरेक तीनमध्ये एक जना कैयौं दिनदेखि भोकै ,युद्ध अपराध भइरहेको जिकिर
विश्व, समाचार, समाज, हाइलाइट-समाचार

गाजाका हरेक तीनमध्ये एक जना कैयौं दिनदेखि भोकै ,युद्ध अपराध भइरहेको जिकिर

नेपालअखबार,काठमाडौं । एक अमेरिकी नागरिकले गाजामा स्पष्ट रूपमा आफूले युद्ध अपराध देखेको बताएका छन् । बीबीसीसँगको कुराकानीमा उनले मानवीय रूपमा यस्तो क्रूरता र निर्दोष नागरिकमाथि दमन कहिल्यै नदेखेको बताएका छन् । अमेरिकी सुरक्षा ठेकेदार समेत रहेका उनले बीबीसीलाई बताएअनुसार, उनले मे र जुन २०२५ मा जीएचएफसँग काम गर्ने क्रममा स्पष्ट रूपमा युद्ध अपराध देखेको बताए । एन्थोनी अगुइलार नामका ती पूर्वसैनिकले भने, ‘आईडीएफ (इजरायली सेना) र अमेरिकी ठेकेदारहरूले खाद्य वितरण स्थलहरूमा सर्वसाधारणमाथि गोली, तोप, मोर्टार र ट्यांक प्रयोग गरेको उनले देखेका छन्। उनले भने, ‘मेरो समग्र सैन्य करियरमा मैले कहिल्यै पनि यस्तो स्तरको क्रूरता र निरपराध जनतामाथि अनावश्यक बल प्रयोग देखेको थिइनँ।’ जीएचएफले भने यी दाबीहरू अस्वीकार गर्दै यसलाई ‘एक असन्तुष्ट पूर्वकर्मचारीबाट आएका झुटा आरोप’ भनेको छ । एक तिहाइ न...
सिटी रिक्सा चार्ज गर्ने क्रममा श्रीमान्, श्रीमतीको मृत्यु
समाचार, समाज

सिटी रिक्सा चार्ज गर्ने क्रममा श्रीमान्, श्रीमतीको मृत्यु

नेपालअखबार,सप्तरी । सप्तरीको रुपनी गाउँपालिका–२ पौवाँमा सिटी रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लागेर एक दम्पतीको ज्यान गएको छ। शनिबार बिहान स्थानीय ४५ वर्षीय बालेश्वर खंग मण्डल र उनकी श्रीमती ४२ वर्षीया  रामकुमारी खंग दुवै जनाको विद्युत्बाट चल्ने सिटी रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लाग्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक उदयकुमार राईले जानकारी दिए। प्रहरी निरीक्षक राईका अनुसार आफ्नै घरमा सिटी रिक्सा चार्ज गर्न खोज्दा पहिला श्रीमान्लाई करेन्ट लागेपछि उनलाई छुटाउन जाँदा श्रीमतीलाई समेत करेन्ट लागेको थियो। सो क्रममा करेन्ट लागेपछि उनीहरूको दुवै जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।...
पोखरा–मुग्लिन सडकः पश्चिम खण्डको भौतिक प्रगति ५५ प्रतिशत
अर्थ, समाचार, समाज

पोखरा–मुग्लिन सडकः पश्चिम खण्डको भौतिक प्रगति ५५ प्रतिशत

नेपालअखबार,गण्डकी । पोखरा-मुग्लिन सडकको पश्चिम खण्ड (पोखरा–जामुने)को भौतिक प्रगति ५५.१० र वित्तीय प्रगति ४२.५० प्रतिशत पुगेको छ । कुल ३८.८८ किमी दूरीको उक्त खण्डमा हालसम्म ३७.७० किमीमा एकतर्फी पहिलो तहको कालोपत्र भइसकेको आयोजना कार्यालयले जनाएको छ । उक्त खण्डका प्रमुख इन्जिनियर कृष्णबहादुर कुँवरका अनुसार २६.३८ किमीमा दुईतर्फी (चार लेन) र १०.३२ किमी सडकमा एकतर्फी (दुई लेन) कालोपत्र भइसकेको छ । विसं २०७८ भदौदेखि निर्माण सुरु गरिएको उक्त खण्डको ठेक्का म्याद आगामी पुससम्म रहेको छ । निर्माण कम्पनीले समयमा काम नगरेपछि यसअघि दुईपटकसम्म म्याद थप भएको इन्जिनियर कुँवरले बताए । चिनियाँ निर्माण कम्पनी यनहुई काइयुयान हाइवे एन्ड ब्रिज कन्स्ट्रक्सनले उक्त खण्डमा सडक विस्तार एवं स्तरोन्नतिको काम गरिरहेको हो । तनहुँको जामुनेदेखि पोखराको सेती पुलसम्मको आधा सडक छ लेन र आधाजति चार लेनको बन्ने इन्जिनि...
बाँझो जग्गामा व्यावसायिक फूल खेती गर्दै विदुर नगरपालिका
समाचार, समाज

बाँझो जग्गामा व्यावसायिक फूल खेती गर्दै विदुर नगरपालिका

नेपालअखबार,त्रिशूली ।  विदुर नगरपालिकाको आफ्नो बाँझो रहेको छ रोपनी जग्गामा व्यावसायिक फूल खेती सुरु गरेको छ । विदुर–९ स्थित वडा कार्यालय परिसरमा रहेको खाली जग्गामा नगरपालिकाले सयपत्री र मखमली जातका नौ हजार बिरुवा रोप्न सुरु गरेको नगरप्रमुख राजन श्रेष्ठले जानकारी दिए । उनका अनुसार अहिले रोप्न थालेको बिरुवाको उत्पादन आगामी तिहार पर्वका लागि तयार हुनेछ । ‘नगरपालिकाले बाँझो जग्गाको सदुपयोग, फूल बिक्रीबाट आम्दानीको स्रोत वृद्धि र स्थानीय नगरवासीलाई व्यावसायिक फूल खेतीप्रति आकर्षण बढाउन वार्षिक स्वीकृत कार्यक्रमअन्तर्गत पुष्प खेतीको प्रवर्द्धन गर्न लागिएको छ’, उनले भने, ‘गत वर्ष परीक्षणको रूपमा गरेको खेतीले सफलता पाएसँगै यो वर्ष बाह्रै महिना फूल उत्पादन गर्ने लक्ष्यका साथ कार्यक्रम सञ्चालनमा ल्याइएको छ ।’ फूल खेतीका लागि आधुनिक यान्त्रिकीकरणको सहायताले ड्याङ (ठाउँ) तयार पारिएको छ । छ रोपनी...
म्याग्दीमा चार किलोमिटर पदमार्ग निर्माण
समाचार, समाज

म्याग्दीमा चार किलोमिटर पदमार्ग निर्माण

नेपालअखबार,म्याग्दी । पर्यटन तथा उद्योग कार्यालय म्याग्दीमार्फत आर्थिक वर्ष २०८१–८२ मा सञ्चालन भएका योजनामार्फत चार दशमलव ३१ किलोमिटर पदमार्ग निर्माण भएको छ । गत वर्ष कार्यालयले सञ्चालन गरेका पर्यटन पूर्वाधार निर्माणसम्बन्धी १० वटा योजनाका लागि रु एक करोड २० लाख विनियोजन भएकोमा रु ९६ लाख २९ हजार ८७६ खर्च भएको छ । योजनामार्फत पर्यटकीयस्थलमा पक्की र कच्ची पदमार्ग, विश्रामस्थल, आश्रयस्थल, पर्खाललगायतका पूर्वाधार निर्माण भएको कार्यालयका प्रमुख अमृत कँडेलले जानकारी दिए । “सबै योजना उपभोक्ता समितिमार्फत कार्यान्वयन भएका हुन”, उनले भने, “प्रतिकूल भूगोल, मौसम र उपभोक्ताको ढिलासुस्तीका कारण पूरा काम नभएका योजनाको प्राविधिक नापजाँचका क्रममा भएको मूल्याङ्कनअनुसार भुक्तानी गरेका छौँ ।” पर्यटकीय पूर्वाधार बनेपछि पर्यटक, स्थानीयवासी र पर्यटक मजदुरलाई आवतजावतमा सहज भएको छ । धौलागिरि गाउँपालिक...
लोप हुन थाल्यो थारु समुदायको मौलिक पहिचान बोकेको छतरी
समाचार, समाज

लोप हुन थाल्यो थारु समुदायको मौलिक पहिचान बोकेको छतरी

नेपालअखबार,कञ्चनपुर । कञ्चनपुरका थारु समुदायका मौलिक पहिचान बोकेका छतरी(छाता) हराउँदै जान थालेको छ । थारु समुदायको खेत–खलिहान र गोठालो यात्राको अभिन्न साथी मानिने बाँसको छतरी, आज स्मृतिमा मात्र सीमित हुँदै जानथालेको छ । जीवनभर खेतमा काम गर्दा ओढ्ने छतरी हराउँदै गएकामा शुक्लाफाँटा नगरपालिका–३ जोनापुरका धनिराम चौधरी चिन्ता व्यक्त गर्छन् । ‘बर्सातमा खेतमा काम गर्दा, गोरु जोत्न, बीउ झार्न, वा गोठाला जाँदा छतरी आवश्यक वस्तु हुन्थ्यो’, उनले भने, ‘बलियो पहाडी बाँस र महुराइन (मालु)को पात प्रयोग गरी बनाइने छतरी पानी चुहिन नदिने उत्कृष्ट घरेलु प्रविधि थियो ।’ बूढेसकाल लाग्दासम्म परम्परागत रूपमा घरमै निर्माण गरेका छतरी ओढेको सम्झना उनलाई छ । छतरीमा एक थोपा पनि पानी चुहिँदैनथ्यो, हलुका पनि हुन्थ्यो, तर अब ती दिन सपनाजस्ता भएको उनी सुनाउँछन् । छतरी थारु समुदायका लागि एक उपयोगी वस्तु रहेको उल्ल...