रसुवाको भोटेकोशीमा पदमार्ग बनाएर ४८५ जनालाई सुरक्षित स्थानमा सारियो
नेपालअखबार,काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढीले विस्थापित भएका ४ सय जना बढीलाई पदमार्ग बनाएर सुरक्षितस्थानमा सारिएको छ ।
२४ असार मध्यराति भोटेकोशीमा आएको विनासकारी बाढीका कारण धुन्चे–टिमुरे खण्डदेखि सीमानाकासम्मै सडक अवरुद्ध छ ।
शसस्त्र प्रहरी बलका अनुसार हालसम्म त्यसक्षेत्रमा फसेका ४ सय ८५ जनाको उद्धार गरी पदमार्ग बनाएर गन्तब्यतर्फ पठाइएको छ ।
यस्तै रसुवागढी भन्सार कार्यालय यार्डमा फसेको २ वटा कन्टेनर र एउटा ईभी गाडीलाई समेत सुरक्षित ठाउँमा सारिएको छ ।
बाढीमा परेर अहिले पनि ३ जना प्रहरीसहित १४ जना नेपाली र ६ जना चिनियाँ नागरिक बेपत्ता छन् ।
हालसम्म ४ जनाको शव र ५ वटा मानव अंग फेला परेको सशस्त्र प्रहरीले जानकारी दिएको छ । फेला परेका शवमध्ये एक जनाको मात्रै पहिचान खुलेको छ । अन्य शव र मानव अंग परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगंज पठाइएको छ ।
शव तथा मानव...








