Wednesday, July 29

समाज

पहिरोले मेची राजमार्गको राजदुवाली खण्ड अवरुद्ध
समाचार, समाज

पहिरोले मेची राजमार्गको राजदुवाली खण्ड अवरुद्ध

नेपालअखबार,काठमाडौँ । वर्षासँगै आएको पहिरोका कारण मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क-राजदुवाली सडकखण्ड अवरुद्ध भएको छ। इलाम नगरपालिका-९ स्थित माईखोलामा सडकमाथिबाट लेदोसहित पहिरो झरेपछि सडक अवरुद्ध भएको हो। गएराति वर्षासँगै आएको लेदोसहितको पहिरो माथिबाट झरेपछि सडक अवरुद्ध भएको प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले जानकारी दिए। सधैँ जोखिमयुक्त रहेको सो सडकमा लेदोसहित पहिरो झर्ने र सवारी आवागमन बन्द हुने समस्या यसअघि पनि रहँदै आएको उनले बताए।  ‍ सडक अवरुद्ध भएपछि साना सवारीसाधनका लागि एकतर्फी रूपमा आवतजावत गर्नसक्ने गरी पहिरो पन्छाउने प्रसाय भइरहेको प्रजिअ ढकालले बताए। लगातार लेदो सडकमा झरिरहेकाले ठूला सवारीसाधनका सञ्चालनमा ल्याउन भने केही समय लाग्ने उनले उल्लेख गरे। 'गएरातिदेखि लेदोसहितको पहिरो झरेकाले सडक पूर्ण रूपमा अवरुद्ध छ । साना सवारीसाधन एकतर्फी रूपमा सञ्चालन गराउन...
भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या १४ सय नाघ्यो
विश्व, समाचार, समाज

भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या १४ सय नाघ्यो

नेपालअखबार,काठमाडौँ । भेनेजुएलामा शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या १४ सय नाघेको छ। बुधबार बेलुकी ७.१ र ७.५ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी आइतबारसम्म मृत्यु हुनेको संख्या १४३० पुगेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ। भूकम्पमा परि बेपत्ता हुनेको संख्या पनि बढेको छ। आइतबारसम्म यो संख्या  ६८ हजार ९०० पुगेको एपीले जनाएको छ। अझै बेपत्ताहरूको विवरण संकलन भइरहेको र यो संख्या बढ्न सक्ने बताइएको छ। सबैभन्दा बढी प्रभावित ला गुआइराका विभिन्न क्षेत्रमा आफन्त र छिमेकीहरू भग्नावशेष हटाउँदै जीवित व्यक्तिको खोजीमा जुटिरहेका छन्। उनीहरूले बेल्चा, डोरी, भारी उपकरण तथा नाङ्गो हातसमेत प्रयोग गरेर भत्किएका भवनहरूमा खोजी जारी राखेका छन्। यसैबीच अन्तर्राष्ट्रिय उद्धार टोलीहरू पनि घटनास्थल पुग्न थालेपछि पीडित परिवारमा केही आशा जागेको छ। तर उद्धार तथा राहतमा स...
जनकपुरको एक होटलबाट पेस्तोल र गोलीसहित दुई युवक पक्राउ
अपराध, समाचार, समाज

जनकपुरको एक होटलबाट पेस्तोल र गोलीसहित दुई युवक पक्राउ

नेपालअखबार,जनकपुरधाम । धनुषाको जनकपुर उपमहानगरपालिका–९ स्थित थापा चौकमा रहेको थापा होटलबाट प्रहरीले पेस्तोल र गोलीसहित दुई युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाक मुखियापट्टी मुसहरनिया गाउँपालिका–४ का विजय यादवका करिब २० वर्षीय छोरा अमन यादव र हंसपुर नगरपालिका–६ सोनीगामाका रामएकवाल मुखियाका करिब १८ वर्षीय छोरा सुधिर मुखिया छन् । आज दिउँसो करिब १ बजे होटलमा खाना खान आएका दुई युवकसँग हातहतियार रहेको गोप्य सूचनाका आधारमा वडा प्रहरी कार्यालय मुजेलियाबाट खटेको प्रहरी टोलिले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक निमित्त प्रवक्ता मनोज यादवले जानकारी दिए । उनका अनुसार उनीहरूको साथबाट एउटा पेस्तोल, त्यसको एउटा म्यागजिन, ९ एमएम केएफ लेखिएको एउटा गोली र ७.६५ एमएम केएफ लेखिएका तीन वटा गोली बरामद गरिएको छ ।बरामद गरिएको हातहतियार तथा गोलीसहित दुवै जनालाई नियन्त्रणमा लिई घ...
अमेरिकाबाट फिर्ता ल्याइएको शाक्यमुनि बुद्धको प्राचीन मूर्ति पुनःस्थापना
धर्म/संस्कृति, समाचार, समाज

अमेरिकाबाट फिर्ता ल्याइएको शाक्यमुनि बुद्धको प्राचीन मूर्ति पुनःस्थापना

नेपालअखबार,काठमाडौँ । चोरले संयुक्त राज्य अमेरिका पुर्याएको १३औँ शताब्दीको शाक्यमुनि बुद्धको प्रस्तर मूर्ति स्थानीय न्हुच्छेवहालमा विधिपूर्वक पुनःस्थापना गरिएको छ । काठमाडौँ महानगरपालिका, पुरातत्व विभाग तथा सम्पदा अभियन्तालगायतको समन्वयमा हालै त्यहाँ उक्त मूर्ति पुनःस्थापना गरिएको हो । पुरातत्व अधिकृत सरिता सुवेदीका अनुसार चोरी भएको उक्त मूर्ति अमेरिकामा फेला परेपछि पुरातत्व विभागले अमेरिकास्थित तिब्बत हाउस कलेक्सनसँग समन्वय गरी नेपाल फिर्ता ल्याएको हो । अमेरिकाको एक सङ्ग्रहालयमा रहेको मूर्ति सरकार, विभिन्न संस्था, विद्वान् तथा स्वदेशी–विदेशी सम्पदा अभियन्ताको सहकार्यमा नेपाल ल्याइएको थियो । शान्त र सौम्य भाव झल्किने उक्त मूर्ति १३औँ शताब्दीमा निर्माण भएको मानिन्छ । पुरातात्त्विक तथा सांस्कृतिक दृष्टिले महत्वपूर्ण मानिने यस सम्पदाले तत्कालीन कला, संस्कृति र मूर्तिकलाको उत्कृष्ट नम...
चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन
समाचार, समाज

चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन

नेपालअखबार,अर्घाखाँची । अर्घाखाँची जिल्ला दुर्लभ तथा सङ्कटापन्न गिद्धहरूको सुरक्षित बासस्थानका रूपमा स्थापित हुँदै गएको छ । यस वर्षको प्रजनन अवधिमा जिल्लामा चार प्रजातिका गिद्धले सफलतापूर्वक प्रजनन गरेका छन् । हालसम्म ३३ वटा बचेरा गुँडबाट उड्न सफल भएका गिद्धविज्ञ कृष्ण भुसालले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाका विभिन्न क्षेत्रमा रहेका गिद्धका गुँडबाट यस वर्ष उत्साहजनक रूपमा बचेरा हुर्किएर उडेका हुन् । छत्रदेव गाउँपालिकाका वन क्षेत्रमा विश्वमै दुर्लभ तथा अतिसङ्कटापन्न डङ्गर गिद्धले सल्लाका रुखमा २३ वटा गुँड बनाएको थियो । तीमध्ये १५ वटा गुँडबाट सफलतापूर्वक बचेरा उडेका उनले जानकारी दिए । मालारानी गाउँपालिकाको घेराभिर क्षेत्रमा हिमाली गिद्धले २२ वटा र हाडफोर गिद्धले तीन वटा गुँड बनाएका थिए । तीमध्ये हिमाली गिद्धका १६ वटा र हाडफोर गिद्धका दुई वटा गुँडबाट बचेरा सफलतापूर्वक उड्न सफल भ...
विश्व, समाचार, समाज

भेनेजुयलामा गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या ९२० पुग्यो

नेपालअखबार, काठमाडौं । भेनेजुयलामा गएको विनासकारी भूकम्पमा परी अहिलेसम्म मृत्यु हुनेको संख्या ९२० पुगेको छ । भूकम्पका कारण तीन हजार ३६० जना मानिसहरू घाइते भएका छन् । गत बुधबार केही सेकेन्डको अन्तरालमा भेनेजुयलामा दुईवटा शक्तिशाली भूकम्प गएका थिए । दोस्रो भूकम्पको तीव्रता ७.५ म्याग्निच्युड मापन गरिएको थियो । जुन पछिल्लो एक शताब्दीमा भेनेजुयलामा आएका सबैभन्दा शक्तिशाली भूकम्पमध्ये एक मानिएको छ । अधिकारीहरूले राजधानीको उत्तरमा पर्ने ला गुआयरा क्षेत्र भूकम्पबाट सबैभन्दा बढी प्रभावित भएको बताएका छन् । यो क्षेत्र देशका दुई प्रमुख बन्दरगाहमध्येमा पर्छ । यो क्षेत्रमा भेनेजुयलाको मुख्य विमानस्थल पनि पर्छ । सिमोन बोलीवार अन्तरराष्ट्रिय विमानस्थल यही क्षेत्रमा पर्ने माइकेतियामा अवस्थित छ । भूकम्पमा परी कयौं मानिसहरू अहिले पनि वेपत्ता छन् । उद्धार अभियान जजारी रहेका कारण मृतकको संख्या बढ्न सक...
पानी नपर्दा सुक्न थाल्यो धान, चिन्तामा किसान
कृषि, समाचार, समाज

पानी नपर्दा सुक्न थाल्यो धान, चिन्तामा किसान

नेपालअखबार, घोडाघोडी । असार लागेपछि खेतमा हरियाली छाउनुपर्ने हो । रोपिएका धानका बिरुवाले लहलहाउँदै किसानको अनुहारमा मुस्कान ल्याउनुपर्ने हो । तर यस वर्ष कैलालीका अधिकांश किसानका लागि अवस्था त्यसको ठीकविपरीत बनेको छ । बोरिङको सहायताले रोपाइँ सम्पन्न गरे पनि लामो समयदेखि वर्षा नहुँदा खेतमा रोपिएका धानका बिरुवा सुक्न थालेका छन् । यसले किसानको चिन्ता दिनप्रतिदिन बढ्दै गएको छ । कैलालीको घोडाघोडी नगरपालिका–८ की किसान पार्वती केसी बिहान–बेलुका खेत पुगेर धानको अवस्था हेर्छिन् । समय–समयमा आकाशतिर हेर्दै वर्षाको प्रतीक्षा गर्नु अहिले उहाँको दैनिकी बनेको छ । ‘रोपाइँ त बोरिङको पानीले गरियो, तर त्यसपछि पानी नै परेन,’ उनले भनिन्, ‘धानका बिरुवा पहेँलिन थालेका छन् । अब केही दिनभित्र पानी परेन भने धेरै क्षति हुन्छ । मेहनत र लगानी सबै खेर जाने चिन्ता छ ।’ उनका अनुसार अहिले बोरिङमा पानी आउँदैन जसका ...
मनसुनको प्रभाव सीमित, तराईका केही क्षेत्रमा आज पनि तातो हावा चल्ने
समाचार, समाज

मनसुनको प्रभाव सीमित, तराईका केही क्षेत्रमा आज पनि तातो हावा चल्ने

नेपालअखबार, काठमाडौँ ।  हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको पूर्वी भेगमा मनसुनी वायुको प्रभाव रहेको छ। अन्य भागमा पश्चिमी  र स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका हिमाली र पहाडी क्षेत्रमा सामान्यतया बदली रहेको छ भने तराईमा आंशिक बदली छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रका एकदुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा भइरहेको छ। आज दिउँसो देशका हिमाली र पहाडी भाग तथा कोशी प्रदेशको तराईमा सामान्यतया बदली रहनेछ। मधेस प्रदेश तथा बागमती र गण्डकी प्रदेशको तराईमा आंशिक बदली रहने तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईमा मुख्यतया मौसम सफा रहने छ। देशका हिमाली र पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित ...
साइबर अपराध आरोपमा पत्रकार विनोद ढकाल पक्राउ
प्रशासन, समाचार, समाज

साइबर अपराध आरोपमा पत्रकार विनोद ढकाल पक्राउ

नेपालअखबार, काठमाडौँ । साइबर अपराध आरोपमा प्रहरीले पत्रकार विनोद ढकाललाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय इटहरीमा विद्युतीय कारोबार ऐन २०६३ गरेको भन्दै जाहेरीको आधारमा काठमाडौं प्रहरीले पक्राउ गरेको हो। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले ढकाललाई पक्राउ गरेको जानकारी दिए। उनलाई सुनसरीतर्फ पठाइएको छ। पत्रकार ढकालविरूद्ध इटहरीका एक विद्यालय व्यवस्थापनका अध्यक्ष काशीराज डंगालले साइबर अपराध कसुरमा जाहेरी दिएका हुन्। अनुसन्धानमा संलग्न प्रहरीका अनुसार उनले डंगालविरूद्ध सामाजिक सञ्जालमा धम्कीपूर्ण अभिव्यक्ति दिएका थिए। ‘उहाँले सामाजिक सञ्जालमा धम्कीपूर्ण अभिव्यक्ति दिएका थिए। अहिले उहाँले हटाइसक्नुभएको छ। तर जाहेरीसाथ स्क्रिनसट आएको छ,’ उनले भने। उनी क्यानडा नेपाल अनलाइनमा कार्यरत थिए।...
सामूहिक खेती पद्धतिलाई प्रोत्साहन गर्दै हेटौँडा उपमहानगर
कृषि, समाचार, समाज

सामूहिक खेती पद्धतिलाई प्रोत्साहन गर्दै हेटौँडा उपमहानगर

नेपालअखबार,मकवानपुर ।  हेटौँडा उपमहानगरपालिकाले सामूहिक खेती पद्धतिलाई प्रोत्साहन गर्ने भएको छ । आर्थिक वर्ष २०८३/ ८४ को नीति तथा कार्यक्रममा उमहानगरपालिकाले सामूहिकखेती पद्धतिलाई प्रोत्साहन गरिने उल्लेख गर्दै नगरको २०० बिघा क्षेत्रफलमा ड्रागन तथा मेवाखेतीमा लगानी विस्तार गरिने जनाएको छ । कृषितर्फ आधुनिक प्रविधि, सिँचाइ विस्तार, उन्नत बीउ तथा समुचित मलको प्रयोगलाई प्राथमिकता दिई उत्पादन, उत्पादकत्व वृद्धि तथा लागतमा न्यूनीकरण गरिने नगरप्रमुख मीनाकुमारी लामाले बताइन् । किसान सूचीकरणमार्फत सम्पूर्ण कृषकको तथ्याङ्क सङ्कलन सम्पन्न गरी ‘कृषि तथा पशुजन्य वस्तुको उत्पादन, कृषकको पहिचान’ भन्ने मूल नाराका साथ कृषकको वर्गीकरण गरी कृषक पहिचानसहित परिचयपत्र वितरण गरिने उपमहानगरपालिकाले जनाएको छ । जेनजीलाई उत्पादन तथा आयआर्जनमा जोड्नका लागि युवा लक्षित कृषि कार्यक्रममार्फत युवालाई कृषिमा आक...