Saturday, August 8

समाज

आज विश्व वातावरण दिवस, विविध कार्यक्रमका साथ मनाइँदै
समाचार, समाज

आज विश्व वातावरण दिवस, विविध कार्यक्रमका साथ मनाइँदै

नेपालअखबार,काठमाडौँ । आज जुन ५ अर्थात् विश्व वतावरण दिवस । ‘प्लाष्टिक प्रदूषण न्यूनीकरणः हाम्रो दायित्व’ नाराका साथ विश्वका विभिन्न मुलुकमा यो दिवस मनाइँदै छ । देशका विभिन्न स्थानमा पनि यो दिवस विविध कार्यक्रमका साथ मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घले आह्वान गरेबमोजिम सन् १९७३ देखि प्रत्येक वर्ष जुन ५ तारिखलाई विश्व वातावरण दिवसको रूपमा मनाउन थालिएको हो ।  आज दक्षिण कोरियामा विशेष कार्यक्रमका साथ यो दिवस मनाइने संयुक्त राष्ट्रसङ्घले जनाएको छ । राष्ट्रसङ्घका अनुसार हरेक वर्ष पृथ्वीमा ४० करोड टन प्लाष्टिकजन्य फोहर उत्पादन हुने गरेको, उत्पादित त्यस्तो फोहरमध्ये त्यसको १० प्रतिशत मात्र पुनः प्रयोग हुने तथा एक करोड १० लाख टन प्लाष्टिक नदी, तलाउ र महासागरमा बिसर्जन हुने गरेको छ । आज गैरकानुनी रूपमा माछामार्नेविरुद्धको सङ्घर्ष दिवस पनि हो । राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन (एफएओ)को आह्व...
यातायात हडतालविरुद्ध सर्वोच्चमा रिट,बुधबार पेसी
समाचार, समाज

यातायात हडतालविरुद्ध सर्वोच्चमा रिट,बुधबार पेसी

नेपालअखबार, काठमाडौं । सार्वजनिक यातायातका साधन ठप्प पारेर भएको हड्ताल हटाउनुपर्ने माग राखी सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । अधिवक्ता विमल पोखरेलले हड्तालका नागरिकको आधारभूत र मौलिक हक हनन भएको दाबीसहित तत्काल हड्ताल खुलाउन माग राखी आदेश जारी हुनुपर्ने माग गरेका छन् ।सर्वोच्च अदालतले बुधबार नै उक्त निवेदनमाथि प्रराम्भिक सुनुवाइ गर्नेछ ।...
कान्ति लोकपथ ४ दिन पूर्ण रूपमा बन्द हुने
समाचार, समाज

कान्ति लोकपथ ४ दिन पूर्ण रूपमा बन्द हुने

नेपालअखबार,मकवानपुर ।  हेटौंडा-काठमाडौं जोड्ने छोटो दुरीको कान्ति लोकपथ ४ दिन पूर्ण रूपमा बन्द हुने भएको छ । मकवानपुर र ललितपुरको सिमाना बगुवास्थित बागमती खोलामा बेलिब्रिज जडान गर्न उक्त सडक ४ दिन बन्द गरिएको हो । जिल्ला प्रशासन कार्यालय मकवानपुरले एक सूचना जारी गर्दै कान्ति लोकपथ अन्तर्गत बगुवास्थित बागमती खोलामा निर्माणाधीन बेलिब्रिजको जडान गर्न लागिएकाले ४ दिन सडक बन्द गरिएको जनाएको हो । प्रशासन कार्यालयको सूचना अनुसार जेठ २१ देखि २४ गतेसम्म सडक पूर्ण रूपमा बन्द हुनेछ । सो अवधिमा हेटौँडाबाट काठमाडौँ आवतजावत गर्ने सवारी साधनलाई वैकल्पिक मार्गहरू प्रयोग गर्न आग्रह गरिएको छ । गत असोज १० देखि १२ गतेसम्मको अविरल वर्षाका कारण उक्त सडक खण्डको बगुवा स्थित बागमती खोलाको पुलसम्मको पहुँच मार्ग बगाएको थियो । बाढीले पहुँच मार्ग बगाएपछि सो सडकमा डाइभर्सन बनाएर यातायात सञ्चालन हुँदै आएको थियो । ...
संसारकोट दरबारको पुनःनिर्माण गरिँदै
समाचार, समाज

संसारकोट दरबारको पुनःनिर्माण गरिँदै

नेपालअखबार, बागलुङ ।  बागलुङ स्थित संसारकोटमा पूर्वाधार निर्माणले गति लिएको छ । भग्नावशेष अवस्थामा रहेका संसारकोट दरबार क्षेत्रमा पर्खाल र भगवती मन्दिर पुनर्निर्माण सुरु  गरिएको छभने सत्तल र पदमार्गलगायत पूर्वाधार निर्माण जारी छन् । संसारकोटमा दुई महिनायता मन्दिरसहितका पूर्वाधार निर्माण  भइरहेको छ । बागलुङ नगरपालिका–७ मा पर्ने संसारकोट पछिल्लो समय धार्मिक पर्यटकलाई पदमार्गमार्फत त्यहाँ पुर्याउन थालिएको छ । संसारकोट दरबारको पर्खाल पुनर्निर्माण तथा भगवती मन्दिर निर्माणमा खटिएका कामदार दुई महिनायता जङ्गलमै बास बसेर पूर्वाधार निर्माणमा खटिएका छन् । नगरपालिकाले संसारकोटलाई महत्त्वपूर्ण पर्यटकीय गन्तव्यका रूपमा चिनाउन २०७७ सालबाट विभिन्न काम सुरु गरेको थियो ।  समुद्री सतहबाट दुई हजार ४९० मिटरको उचाइमा रहेको संसारकोटमा अहिले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विनियोजन गरेको रु ३६ ल...
मुस्ताङको तीन पालिकामा हिउँ चितुवा सर्वेक्षण
समाचार, समाज

मुस्ताङको तीन पालिकामा हिउँ चितुवा सर्वेक्षण

नेपालअखबार,मुस्ताङ । मुस्ताङमा हिउँ चितुवा र आहारा प्रजातिको सर्वेक्षण सुरुआत गरिएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण आयोजना इलाका संरक्षण कार्यालय (एक्याप) द्वारा संयुक्त रुपमा यहाँका तीन पालिकामा हिउँ चितुवा र आहारा प्रजातिको सर्वेक्षण सुरु गरेका  हुन् । एक्याप जोमसोमका कार्यालय प्रमुख राजेश गुप्तले थासाङ, घरपझोङ र वारागुङ मुक्ति क्षेत्रको उच्चलेंक, खर्क, पाटन र जङ्गललगायत हिउँ चितुवा र आहारा प्रजातिको सर्वेक्षण तथा हिउँ चितुवा र चितुवाको ओभर ल्यापिङ गतिविधि पत्ता लगाउन हिउँ चितुवा र आहारा प्रजातिको क्यामेरा ट्यापिङ थालिएको बताए । यसका लागि ३२ क्यामेरा व्यवस्थापन गरिएको गरिएको छ । समुन्द्री सतहको तीन हजार मिटर उचाइदेखि चार हजार छ सय मिटरको उचाइसम्म हिउँ चितुवा र आहारा प्रजातिको सम्भावित बासस्थान क्षेत्रमा सर्वेक्षणका लागि क्यामेरा राखिएको हो । एक्यापले रा...
अकबरे खुर्सानीको मूल्य प्रतिकिलो एक हजार
अर्थ, कृषि, समाचार, समाज

अकबरे खुर्सानीको मूल्य प्रतिकिलो एक हजार

नेपालअखबार,खोटाङ । अकबरे खुर्सानीको मूल्य यहाँ हालसम्मकै उच्च भएको छ । सदरमुकाम दिक्तेल बजारमा अकबरे खुर्सानी प्रतिकिलो एक हजारमा बिक्री भइरहेको छ । दिक्तेलका व्यापारीले गाउँका कृषकबाट प्रतिकिलो ७०० देखि ८०० सम्ममा खरिद गरी ग्राहकलाई एक हजारमा बिक्री गर्ने गरेका छन् । मूल्य महङ्गो भएपनि स्वादिलो र औषधीय गुण भएकाले उपभोक्ताले अकबरे खरिद गरिरहेका छन् । अकबरे खुर्सानीको बेमौसमी खेती गरेर हाल हप्तामा १४/१५ किलो बिक्री गरिरहेको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका इन्द्रबहादुर श्रेष्ठले बताए । ‘मैले यस वर्ष करिब एक हजार २०० बोट अकबरे खुर्सानीको बिरुवा रापेको छु । अहिले हप्तामा १४/१५ किलो उत्पादन दिन थालेको छ’, उनले भने, ‘जिल्लामा अकबरे खुर्सानीको माग राम्रो छ । आगामी दिनमा बेमौसमी अकबरे खुर्सानी खेतीलाई थप विस्तार गर्ने योजनामा छु ।’ दिक्तेल बजारमा खाल्ले, बुइपा, बाम्राङ, लफ्य...
चार संसदीय समितिको बैठक बस्दै
समाचार, समाज

चार संसदीय समितिको बैठक बस्दै

नेपालअखबार,काठमाडौँ । आज एकै पटक चार वटा संसदीय समितिको बैठक बस्दैछ । जसअन्तर्गत बिहान ११ बजे अर्थ समितिको बैठक बस्दैछ । बैठकमा बैङ्क तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा अर्थ मन्त्रालय, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय र नेपाल राष्ट्र बैंकसँग छलफल हुनेछ । त्यस्तै बिहान ११ बजे नै बस्ने कानुन,न्याय तथा मानव अधिकार समितिको बैठकमा नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ माथि प्रारम्भिक छलफल हुनेछ । यसै गरी बिहान साढे ११ बजे बस्ने कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठकमा हिन्दकुश हिमालयको सम्मेलन र समितिको समसामयिक विषय तथा आगामी कार्यक्रम सम्बन्धमा छलफल हुनेछ । त्यस्तै दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथि सैद्धान्तिक छलफल हुनेछ ।...
श्रमदानमा ओडारे–भण्डारे सिँचाइ कुलो निर्माण
समाचार, समाज

श्रमदानमा ओडारे–भण्डारे सिँचाइ कुलो निर्माण

नेपालअखबार,भोजपुर । पक्की सिँचाइ कुलो बनेपछि भोजपुर नगरपालिका–६ भङ्गेरीवासीलाई सहजता भएको छ । वडाको पहलमा श्रमदानसहित ५३ लाख लागतमा पक्की कुलो निर्माण भएपछि वर्षौंदेखि पानीको समस्या झेल्दै आएका किसानलाई सहजता भएको हो । यहाँ केन्द्र सरकार, प्रदेश सरकार, स्वीस सरकार र स्थानीय सरकारको लागत साझेदारीमा ओडारे–भण्डारे सिँचाइ कुलो निर्माण गरिएको वडाध्यक्ष शैलेन्द्र कार्कीले जानकारी दिए । साझेदारीमा प्राप्त बजेटबाट यहाँ नौ सय २३ मिटर सिँचाइ कुलो निर्माण सम्पन्न गरिएको उनको भनाइ छ । ‘यहाँका किसानलाई सिँचाइ कुलो नहुँदा धेरै नै समस्या थियो’, उनले भने, ‘हामीले यो क्षेत्रलाई लक्षित गरेर धेरै पटक कुलोको माग गरिरहेका थियौँ । धेरै समयको मेहिनतपछि कुलो निर्माण गर्न सफल भएका छौँ । यसले यहाँका किसानलाई प्रत्यक्ष लाभ पुगेको अवस्था छ ।’ यो कुलोले हिउँदे र वर्खे गरी तत्काललाई करिब ५० देखि ६० घरपरिवारको...
बाढीले विद्युत् सेवा अवरूद्ध, २५० परिवार अन्धकारमा
समाचार, समाज

बाढीले विद्युत् सेवा अवरूद्ध, २५० परिवार अन्धकारमा

नेपालअखबार,सङ्खुवासभा । सङ्खुवासभाको उत्तरी क्षेत्र भोटखोला गाउँपालिकामा बाढीले जलविद्युत् आयोजना बगाउँदा विद्युत् सेवा अवरुद्ध भएको छ । भोटखोला–३ मा दुई वटा जलविद्युत् आयोजना बगाउँदा दुई सय ५० परिवार अन्धकारमा बस्न बाध्य भएका छन् । शनिबार रातिको वर्षासँगै आएको बाढीले भोटखोला–३ स्थित एक सय २० किलोवाटको हुङगुङ जलविद्युत् आयोजना र १७ किलोबाट क्षमताको क्षुक्सुम लघुजलविद्युत् आयोजना बगाउँदा सिङ्गो गाउँनै अन्धकार भएको भोटखोला गाउँपालिकाका अध्यक्ष वाङछेदर भोटेले जानकारी दिए । बाढीले विद्युत् गृह र विद्युत् उत्पादन गर्ने सामग्रीमा क्षति पुर्‍याउँदा गाउँ अन्धकार भएको विजुलीबिहीन भएको हो । बाढीले जलविद्युत् आयोजना बगाउँदा करोडौँ रुपैयाँको क्षति भएको छ । बाढीका कारण ध्वस्त भएको विद्युत् गहृ बनाउन र पुनः विजुली बाल्न समय लाग्ने अध्यक्ष भोटेले बताए । त्यस्तै बाढीले कोशी राजमार्ग अन्तर्गत खाँद...
बच्चा कोरल्दै आगन्तुक चरा
समाचार, समाज

बच्चा कोरल्दै आगन्तुक चरा

नेपालअखबार, काठमाडौं । गर्मी छल्न र प्रजननका लागि यहाँ आएका आगन्तुक चराले बच्चा कोरल्न थालेका छन्। गत फागुनदेखि यहाँ आउन सुरु गरेका अधिकांश चराले वैशाख र जेठमा बच्चा कोरल्छन्। ‘बर्ड एजुकेसन सोसाइटी’ बागमती प्रदेशका अध्यक्ष बासु बिडारी वास्तविक तथ्याङ्क नभए पनि ६० देखि ८० प्रजातिका आगन्तुक चरा चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा यो मौसममा आएको बताउँछन्। ती चराले बच्चा कोरलेर आफूसँगै लैजाने उनको भनाइ छ। बच्चा उड्नसक्ने भएपछि भदौ र असोजमा ती चरा आफ्नो गन्तव्यमा फर्कने गर्दछन्। विश्वमा ११ हजारभन्दा बढी प्रजातिका चरा पाइने तथ्याङ्क छ। त्यसमध्ये ४० प्रतिशत हाराहारीले बसाइँसराइ गर्ने बिडारी बताउँछन्। उनका अनुसार यस क्षेत्रमा वर्षमा दुई पटक आगन्तुक चरा आउछन्। जाडो र गर्मीमा ती चरा आउने गर्दछन् । जाडो छल्न आउने चराले यहाँ बच्चा कोरल्दैनन् । नेपालमा विश्वका अनेकौँ ठाउँबाट चरा बसा...