Saturday, August 8

समाज

सडक निर्माणले मालिकाधुरी जाने यात्रा अवधि छोटियो
समाचार, समाज

सडक निर्माणले मालिकाधुरी जाने यात्रा अवधि छोटियो

नेपालअखबार, बेनी । जिल्लाको प्रसिद्ध धार्मिक पर्यटकीयस्थल मालिकाधुरी जाने यात्राअवधि छोटिएको छ । मालिका गाउँपालिका र रघुगङ्गा गाउँपालिकाको सीमा क्षेत्रमा पर्ने मालिकाधुरीमा पुग्न रघुगङ्गा गाउँपालिका–६ ठाडाखानीबाट सडक निर्माण गरिएपछि यात्रा छोटिएको हो । ठाडाखानीबाट सरघारी हुँदै जोगीदेउराली डाँडासम्म सडक निर्माण भएको रघुगङ्गा(६ का वडासदस्य टेकजित छन्त्यालले जानकारी दिए । ‘पहिले ठाडाखानीबाट तीन घण्टा पैदलयात्रा गर्नुपथ्र्यो, अहिले सडक मार्ग बनेपछि यात्राअवधि छोटिएर एक घण्टामा पुग्न सकिने भएको छ’, उनले भने । चालु आर्थिक वर्षमा गाउँपालिकाबाट विनियोजन भएको रु आठ लाख बजेटमा समुदायको अगुवाइमा थप रु १२ लाख जुटाएर सडक निर्माण गरिएको उपभोक्ता समितिले जनाएको छ ।  सडक निर्माण सुरु भएको पाँच वर्ष भइसक्दा समेत ट्याक निर्माणले पूर्णता पाउन नसकेपछि देश तथा विदेशमा रहेका ठाडाखानीवासीबाट चन्दा सङ्कलन ग...
अन्नपूर्ण हिमाल आरोहण सुरु, एकै दिन ३२ आरोही चुचुरोमा
पर्यटन, समाचार, समाज

अन्नपूर्ण हिमाल आरोहण सुरु, एकै दिन ३२ आरोही चुचुरोमा

नेपालअखबार, म्याग्दी । म्याग्दीमा रहेको अन्नपूर्ण हिमालमा चालु वसन्त यामको आरोहण सुरु भएको छ । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल अन्नपूर्ण गाउँपालिका–४ को भूगोलमा पर्छ । आरोहण सुरु भएको पहिलो दिन सोमबार बिहान ८ देखि ११ बजेको बीचमा नेपाली शेर्पा र विदेशी पर्वतारोहीसहित ३२ जनाले सफल आरोहण गरेका नेपाल पर्वतारोहण सङ्घले जनाएको छ । सङ्घका महासचिव मोहन लम्सालले सेभेन समिट ट्र्याकबाट नौ, पायनियर एडभेन्चरबाट आठ, आठके एक्सपिडेसन बाट नौ, इमाइजिन नेपालबाट तीन र मकालु एभेन्चरबाट दुईजनाले अन्नपूर्णको सफल आरोहण गरेको जानकारी दिए । अन्य दिनको तुलनामा सोमबार मौसम अनुकूल भएकाले धेरै आरोही अन्नपूर्णको शिखरमा पुग्न सफल भएको उनले बताए । आरोहण टोलीका दुईजना शेर्पा हिउँपहिरोमा बेपत्ता भएका छन्भने अरू सकुशल आधार शिविर फर्किएका छन् । क्याम्प दुई र तीनको बीचमा हिउँ पहिरो आउँदा बेपत्ता भएका सोलुखुम्बुक...
वरिष्ठ गायिका देविका वन्दनालाई आईएनसीद्वारा सम्मान
समाचार, समाज

वरिष्ठ गायिका देविका वन्दनालाई आईएनसीद्वारा सम्मान

नेपालअखबार,काठमाडौँ । वरिष्ठ गायिका देविका वन्दनालाई इन्टरनेसनल नेप्लिज कम्युनिटी (आईएनसी)ले सम्मान गरेको छ । काठमाडौँमा आयोजित क्यान्सर रोगसम्बन्धी सचेतनामूलक कार्यक्रममा उनलाई सम्मान गरिएको हो । कार्यक्रममा गायिका वन्दनाले क्यान्सर रोगमाथि विजय प्राप्त गरिसकेपछिको अनुभव सुनाइन् । गायिका कुन्ती मोक्तान, गायक यश कुमार, नेपाल क्यान्सर अस्पतालका डा. उत्सवमान श्रेष्ठ, आयुर्वेद चिकित्सक डा. प्रकाश ज्ञवालीलगायत सहभागी कार्यक्रममा पाटन अस्पतालका क्यान्सर विशेषज्ञ डा. अरुण शाहीले क्यान्सर रोगसम्बन्धी सचेतनामूलक प्रस्तुति दिएका थिए । कार्यक्रमको संयोजन संगीतकार टीका दाहाल गरेका हुन् । कार्यक्रममा कम्युनिटीले गायिका वन्दनाको हौसला अभिवृद्धिका लागि वन्दनाद्वारा लिखित पुस्तक ‘जित्नेको हाँसो’ ५० प्रति खरिद गरेको थियो । विश्वभर विभिन्न पेसा, व्यवसाय तथा श्रम क्षेत्रमा आबद्ध भई सामाजिक सञ...
चैते धानको बीउ अनुदानमा दिँदै पोखरा महानगर
कृषि, समाचार, समाज

चैते धानको बीउ अनुदानमा दिँदै पोखरा महानगर

नेपालअखबार,पोखरा। पोखरा महानगरपालिकाले कृषकलाई चैते धानको बीउ अनुदानमा उपलब्ध गराएको छ । महानगरपालिकाले एक हजार ५०० किलोग्राम धानको बीउ ५० प्रतिशत अनुदानमा उपलब्ध गराएको महानगरपालिकाका कृषि महाशाखा प्रमुख मनहर कडरियाले जानकारी दिए । चैते धान खेतीतर्फ कृषकहरूको आकर्षण बढाउने उद्देश्यका साथ विभिन्न प्रोत्साहनका कार्यक्रम सञ्चालन गरिँदै आइएको बताउँदै उनले यस वर्ष पनि प्रतिरोपनी रु ५ सयका दरले प्रोत्साहन रकम उपलब्ध गराइने जानकारी दिए । महानगरपालिकाअन्तर्गत वडा नम्बर २६, २७, १४, १५ लगायतका वडामा कृषकले चैते धान खेती गर्दै आएका छन् ।...
जीवनजल लिन घण्टौँ पैदलयात्रा गर्नुपर्ने अवस्था अन्त्य
समाचार, समाज

जीवनजल लिन घण्टौँ पैदलयात्रा गर्नुपर्ने अवस्था अन्त्य

नेपालअखबार,भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिका– ५ मझौलेका स्थानीयको सामान्य स्वास्थ्य सेवा लिन घण्टौँ हिँड्नुपर्ने समस्याको अन्त्य भएको छ ।  गाउँमा नै आधारभूत सामुदायिक स्वास्थ्य सेवा सञ्चालनमा आएपछि स्थानीयको समस्या हटेको हो । नागरिकलाई सहज सेवा प्रदान गर्न तत्कालीन साबिक खावा गाउँ विकास समितिका–९, ८ र ७ का स्थानीयलाई लक्षित गरेर सामुदायिक स्वास्थ्य सेवामार्फत सेवा प्रवाह भइरहेको गाउँपालिका उपाध्यक्ष रमादेवी राईले बताइन्। नागरिकले पाएको सास्तीलाई समाधान गर्न आफूले जनप्रतिनिधि बन्दै गर्दा गरेको वाचा अनुसार नै स्वास्थ्य इकाई स्थापना गरेर  सेवा प्रवाह गरेको उनको भनाई छ । “यहाँका नागरिक स्वास्थ्य सेवा लिन निकै समस्या थियो” उपाध्यक्ष राईले भनिन्, “सामान्य स्वास्थ्य सेवा लिन पनि तीनदेखि चार घण्टा हिँड्नुपर्ने अवस्था थियो । जनप्रतिनिधि बन्दै गर्दा गरेको वाचा अनुसार यहीबाट सेवा प्रवाह ...
‘घर-घरै खानेपानीको सुविधा भयो, अब गाउँ छाडेर जान मन छैन’
समाचार, समाज

‘घर-घरै खानेपानीको सुविधा भयो, अब गाउँ छाडेर जान मन छैन’

नेपालअखबार,नवलपरासी। खानेपानीको चरम अभाव झेलिरहेको बस्ती झ्याल्टुङ डाँडामा खानेपानी पुगेपछि बसाइँ सर्ने क्रम रोकिएको छ। नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरको मध्यविन्दु नगरपालिका–१० झ्याल्टुङ डाँडामा खानेपानीको समस्या भएपछि केही वर्षदेखि गाउँ छाड्ने क्रम बढ्दै गएकामा अहिले उक्त क्रम रोकिएको झ्याल्टुङडाँडा, चिसोपानी, पोखरी ताल खानेपानी सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष हेमबहादुर थापाले बताए। 'गाउँ छाडेर जाने गइसके, खानेपानी सफल नभएको भए म पनि हिँड्थे, पानी आयो छाडेर जान पनि मन लाएको छैन । जग्गा छ, बस्तु पाल्न मिलेको छ , यही बस्ने हो  अब,' हेमबहादुरले भने। विसं २०७६ मा सुरु भएको लिफ्टिङ खानेपानी योजना अहिले  आएर पूर्ण भएको संस्थाका अध्यक्ष थापाले बताए। निर्माणको काम ढिलो हुँदा खानेपानी गाउँमा आउँदैन कि भनेर निराश बनेका आफूहरू अहिले खुसी भएको उनले बताए। खानेपानीको अभावकै कारण गा...
म्याग्दी र कालीगण्डकी नदीको कटान रोक्न ग्याबियन पर्खाल निर्माण
प्रशासन, समाचार, समाज

म्याग्दी र कालीगण्डकी नदीको कटान रोक्न ग्याबियन पर्खाल निर्माण

नेपालअखबार,म्याग्दी । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमार्फत म्याग्दी जिल्लामा चालु आर्थिक वर्ष २०८१/८२ मा रु २१ करोड ५४ लाखको लागतमा आठ वटा योजना कार्यान्वयन भएको छ । मन्त्रालय अन्तरगतको सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालय कास्कीले म्याग्दी र कालीगण्डकी नदीको कटानको जोखिममा रहेका बस्तीका संरक्षणका लागि आयोजना सञ्चालन गरेको हो । आयोजना प्रमुख विदुर श्रेष्ठले तीन सालबसाली योजना निर्माणाधीन र पाँच बहुवर्षीय योजना ठेक्का प्रक्रियामा रहेका जानकारी दिए ।  बेनी, सिङ्जा, तातोपानी, दरवाङस्थित म्याग्दी, कुश्मा नगरपालिका र जलजला गाउँपालिकास्थित कालीगण्डकी नदीको कटानको जोखिममा रहेका बस्तीमा बाढी नियन्त्रणका लागि योजना सञ्चालन गरिएको हो । बेनी नगरपालिका–४ तातोपानी स्थित सरस्वती मावी पछाडी म्याग्दी नदी किनारमा रु एक करोड ५५ लाखको लागतमा ६६ मिटर लामो, चार मिटर चौडाइ र तीन÷तीन मिटर अग्...
गर्मीमा हरेक दिन एक टुक्रा काँचो प्याज खानुका ७ फाइदा
समाचार, समाज, स्वास्थ्य

गर्मीमा हरेक दिन एक टुक्रा काँचो प्याज खानुका ७ फाइदा

नेपालअखबार,काठमाडौँ । गर्मी ऋतु सुरु भइसकेको छ। गर्मीमा स्वास्थ्यको अतिरिक्त ख्याल राख्नु पर्छ। वास्तवमा, गर्मीमा धेरै रोगहरूले हामीलाई घेर्न सक्छन्। यस्तो अवस्थामा शरीरलाई बढी पोषणको आवश्यकता पर्दछ। मानिसहरूले आफ्नो खानामा रसिलो फलफूल र मौसमी तरकारीहरू समावेश गर्छन्। यसबाट उनीहरूले केही हदसम्म आफ्नो स्वास्थ्यको ख्याल राख्न सक्छन्। गर्मीको दिनमा चारदेखि पाँच लिटर पानी पिउनुपर्छ भनिन्छ। यसले तपाईँको शरीरलाई हाइड्रेटेड राख्नेछ। तर के तपाईँलाई थाहा छ प्याज खानुले धेरै स्वास्थ्य लाभ पनि प्रदान गर्न सक्छ? स्वास्थ्यको दृष्टिकोणले प्याज धेरै हिसाबले फाइदाजनक छ। तपाईंले प्रायः मानिसहरूले भनेको सुन्नुभएको होला, प्याज खाँदा गर्मीबाट बच्न सकिन्छ। कतिपय मानिसहरू त प्याजलाई खल्तीमा राख्नाले पनि गर्मीबाट बच्न सकिन्छ भन्ने विश्वास गर्छन्। तर, प्याजलाई खल्तीमा राख्नुको सट्टा काँचो वा पकाएर खाँ...
भाजपा नेताकी छोरीमाथि ओछ्यानमै एसिड प्रहार
विदेश, समाचार, समाज

भाजपा नेताकी छोरीमाथि ओछ्यानमै एसिड प्रहार

नेपालअखबार,बेगुसराय । शनिबार राति अपहरणकारीले सुतिरहेकी एक युवतीमाथि एसिड प्रहार गरी घाइते बनाएका छन् ।यो खबर भारतको बिहारस्थित बेगुसराय बखरी नगरपालिका वडा नम्बर २३ को हो । एसिडले घाइते २४ वर्षीया युवती बखरीनगर भाजपाका पूर्वमण्डल अध्यक्षकी छोरी भएको समाचारमा जनाइएको छ । युवतीका बुबाका अनुसार बालिका आफ्नो कोठामा एक्लै सुतिरहेकी थिइन् । झ्यालको छेउमा ओछ्यान थियो । राति करिब २ बजे अज्ञात व्यक्तिले खुला झ्यालबाट युवतीमाथि एसिड प्रहार गरेका थिए । युवती चिच्याएको सुनेर घरका मानिसहरू उठेर हेर्दा त्यतिन्जेलसम्म उनीहरू भागिसकेका थिए । घाइते अवस्थामा युवतीलाई स्थानीय निजी अस्पतालमा भर्ना गरिएको छ, जहाँ उनको उपचार भइरहेको छ । अस्पतालका चिकित्सकका अनुसार उनको अनुहार, दुवै हात, आँखा र घाँटीमा ठुलो असर परेको छ । तर उनी खतरामुक्त रहेको डाक्टरहरूले बताइएका छन् । घटनाको जानकारी प्राप्त हुनासाथ बखर...
फस्टाउँदै बुर्तिबाङको पर्यटन व्यवसाय
पर्यटन, समाचार, समाज

फस्टाउँदै बुर्तिबाङको पर्यटन व्यवसाय

नेपालअखबार,बागलुङ ।यहाँको दोस्रो व्यापारिक केन्द्र हो बुर्तिबाङ बजार ।  व्यापारिक सटर खाली हुँदै बजार क्षेत्रको व्यवसाय धरासायी बन्दै गइरहेको सन्दर्भमा यहाँको बुर्तिबाङ बजार भने पर्यटकीय र व्यापारिक दुवै हिसाब चलायमान देखिएको छ । यहाँको पर्यटन व्यवसाय पछिल्लो समय फस्टाउँदो छ । नयाँ सहरका रूपमा विकसित भइरहेको बुर्तिबाङ बजार देशकै १० नमूना सहर बनाउनेगरी सरकारले सूचीकृत गरेको बजार हो । यहाँको व्यापारसमेत फस्टाउँदो छ । ढोपाटन नगरपालिकाको केन्द्र बुर्तिबाङ बजार निसीखोला, तमानखोला र बडिगाड गाउँपालिकाको प्रमुख सहरका रूपमा रहेको छ । चार पालिकाको स्वास्थ्योपचार, किनमेल तथा प्रशासनिक काम पनि बुर्तिबाङ बजारबाटै हुने गरेको छ । इलाका प्रशासन कार्यालय, नापी र मालपोतजस्ता कार्यालय यही बजारमा छन् । नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन पुग्ने पर्यटकका कारण बुर्तिबाङ बजार ‘गुल्जार’ भइरहेको स्थानीय बताउ...