Saturday, August 8

समाज

नारायणगढ–बुटवल सडक: दाउन्नेमा आवागमन बन्द गरेर काम गरिने
प्रशासन, समाचार, समाज

नारायणगढ–बुटवल सडक: दाउन्नेमा आवागमन बन्द गरेर काम गरिने

नेपालअखबार,नवलपरासी । नारायणगढ–बुटवल सडकखण्डअन्तर्गतको दाउन्ने क्षेत्रमा सडक विस्तारका लागि सवारी आवागमन बन्द गरिने भएको छ। नवलपरासी बर्दघाट सुस्तापूर्व र पश्चिमका सरोकारवालाको शनिबार दाउन्नेमा बसेको बैठकले उक्त निर्णय गरेको हो। दाउन्ने क्षेत्रमा यही चैत २७ गतेदेखि चैत ३१ गतेसम्म बिहान ११ बजेदेखि दिउँसो ३  बजेसम्म तथा २०८२ वैशाख १ गतेदेखि वैशाख १५ गतेसम्म राति ११ बजेदेखि बिहान ५ बजेसम्म अत्यावश्यकबाहेकका सवारी सञ्चालनमा रोक लगाएर सडक विस्तारको काम गर्ने निर्णय गरिएको विनयी त्रिवेणी गाउँपालिकाका अध्यक्ष घनश्याम गिरीले बताए। 'दाउन्ने खण्डमा आवश्यक मर्मतसम्भार गरी यातायातलाई सहज ढङ्गले सञ्चालन गर्न र सो खण्डमा भित्तातर्फ कटिङ गर्न बाँकी रहेको कामलाई वर्षाअगावै सम्पन्न गर्न दैनिक केही घण्टा आवागमन बन्द गरेर काम गर्ने निर्णय गरिएको छ,' उनले भने। नवलपरासी बर्दघाट सुस्तापूर्व र पश्चिम...
उपल्लो मुस्ताङको ‘ध्ये’ खोलामा पुल नहुँदा सास्ती
समाचार, समाज

उपल्लो मुस्ताङको ‘ध्ये’ खोलामा पुल नहुँदा सास्ती

नेपालअखबार,मुस्ताङ । उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाका पाँचवटै वडामा कच्ची सडक विस्तार भइसकेको छ । पालिकाको एउटा वडामा पुल नहुँदा वर्षौँदेखि स्थानीय र पर्यटकलाई समस्या भएको छ । मुख्यराजमार्ग सडकले जोडिएको लोघेकर दामोदरकुण्ड–१ चराङबाट कालीगण्डकी पारिको लोघेकर दामोदरकुण्ड–५ ध्ये र ताङ्ग्या गाउँ जोड्ने कालीगण्डकी नदीको मिश्रण ‘ध्ये’ खोलामा पुल नहुँदा त्यस क्षेत्रका नागरिक र पर्यटकलाई बर्खायाममा आवतजावत गर्न सास्ती खेप्नुपरेको छ । मुस्ताङको चराङबाट ‘ध्ये’ खोला कटेर ध्ये र ताङ्ग्या गाउँ हुँदै मनाङको नाफु जोड्ने पर्यटकीय पदमार्ग पर्छ । उपल्लो मुस्ताङबाट ध्ये र त्याङ्ग्या हुँदै मनाङ जाने छोटो दूरीको पर्यटकीय पदमार्ग पर्ने भएकाले त्यहाँ पुलको आवश्यकता महसुस गरिएको थियो । उत्तरी कोरलापास र दामोेदरकुण्डसहित अन्य शाखा नदीको समिश्रण ‘ध्ये’ खोलामा पुल आवश्यकता धेरै अघिदेखि गरिए ...
आज चैत्र शुक्ल अष्टमी अर्थात् चैते दशैँ
धर्म/संस्कृति, समाचार, समाज

आज चैत्र शुक्ल अष्टमी अर्थात् चैते दशैँ

नेपालअखबार,काठमाडौं । प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दशैँ पर्व आज नेपालीले घर घरमा नव दुर्गा भगवतीको पूजा आराधना गरी मनाउँदैछन् । वर्षमा चार नवरात्र पर्छन् । आषाढ र पौष शुक्ल पक्षमा पर्ने नवरात्र धेरै प्रचलनमा छैन । केही साधकले भने आषाढ र पौष शुक्ल पक्षको नवरात्रमा पनि शक्ति स्वरूपा देवीको आराधना गर्छन् । आश्विन शुक्ल पक्षको नवरात्रमा प्रतिपदाका दिनदेखि नै घटस्थापना गरेर जमरा राखिन्छ । यसैले आश्विन शुक्ल पक्षको दशैँलई बडादशैँ भनिन्छ । बडादशैँमा दशमी तिथिका दिन मान्यजनबाट टीका र जमरा लगाउने गरिन्छ । यो क्रम आश्विन शुक्ल पूर्णिमासम्म चल्छ । चैते दशैँमा भने त्यो परम्परा धेरै परिवारमा छैन । हनुमानढोकाको दशेँघरमा भने घटस्थापना गरेर विधिवत् पूजा आराधनाका साथ अष्टमीका दिन बलि दिने चलन पनि छ । चैते दशैँमा अष्टमी र नवमीलाई विशेष रूपमा मनाउने गरिन्छ । अष्टमीको दिनलाई चैते द...
दाङका पानी उद्योगमा छैनन् प्रयोगशाला
समाचार, समाज

दाङका पानी उद्योगमा छैनन् प्रयोगशाला

नेपालअखबार,तुलसीपुर । दाङका पानी उद्योगमा प्रयोगशाला नभएको पाइएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुरका अनुसार दाङमा सञ्चालित पानी उद्योगहरुमा प्रयोगशाला नभएको पाइएको हो । तत्काल प्रयोगशाला सञ्चालनमा ल्याउन निर्देशन दिएको कार्यालयका सूचना अधिकारी विवेककुमार सुवेदीले बताए । ‘हामीले जिल्लाका सबै पानी उत्पादन तथा प्रशोधन उद्योगको अनुगमन गर्‍यौं,’ उनले भने, ‘तत्काल प्रयोगशाला सञ्चालन गरेर प्रमाणसहित कार्यालयमा जानकारी दिन भनेका छौं ।’ सूचना अधिकारी सुवेदीका अनुसार प्रयोगशाला नहुँदा उपभोक्ता अशुद्ध पानी पिउन बाध्य छन् । प्रशोधित पिउने पानी उत्पादन मापदण्डसम्बन्धी निर्देशिका–२०७४ अनुसार प्रयोगशालाको व्यवस्था गर्नुपर्ने उल्लेख छ । प्रयोगशाला नराखेको सन्दर्भमा प्रत्येक महिनामा एक पटक प्रशोधित तथा अप्रशोधित पानीको भौतिक तथा रसायनिक विश्लेषण मान्यताप्राप्त प्रयोगशाल...
ढोरपाटन सिकार आरक्षमा रेडपाण्डा संरक्षणमा चुनौती
समाचार, समाज

ढोरपाटन सिकार आरक्षमा रेडपाण्डा संरक्षणमा चुनौती

नेपालअखबार,बागलुङ । नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनमा लोपोन्मुख रातोहाब्रे (रेडपाण्डा)को संरक्षणमा चुनौती बढ्दै गएको छ । रेडपाण्डाको बासस्थान नासिँदै गएपछि संरक्षणमा चुनौती बढेको हो ।रेडपाण्डा निगालोको झाडीमा बस्ने र त्यसको टुसा खाएर बाँच्ने गर्छ । तर पछिल्लो समय निकालोको झाडी फडानी र डढेलोका कारण मासिँदा रेडपाण्डा सङ्कटमा पर्ने जोखिम बढेकामा सरोकारवालाको चासो देखिएको छ । ढोरपाटन सिकार आरक्षका रेन्जर सागर सुवेदीका अनुसार मुलुकभरमा सबैभन्दा बढी रेडपाण्डा ढोरपाटनमा छन् । अहिलेसम्म एकीन गणना नभए पनि सिकार आरक्षभित्र करिब ३०० को हाराहारीमा रेडपाण्डा रहेको उनले बताए । विसं २०७४ मा सिकार आरक्षले गरेको सर्वेक्षणमा रेडपाण्डाको सङ्ख्या निकै कम भएकामा अहिले झण्डै २०० देखि ३०० रहेको अनुमान गरेको सुवेदीले बताए । रेडपाण्डा गणनाका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागमा माग गरेको ...
शिक्षकले पाएनन् छ महिनादेखि तलब
शिक्षा, समाचार, समाज

शिक्षकले पाएनन् छ महिनादेखि तलब

नेपालअखबार,कालिकोट । कालिकोटको खाँडाचक्र नगरपालिकाका शिक्षक कर्मचारीहरूले छ महिनादेखि तलब पाएका छैनन् । नगरपालिका भित्रका ३९ सामुदायिक विद्यालयका शिक्षक कर्मचारीले तलब नपाएका हुन् । चुलिमालिका मावि घोडेनाका प्रधानाध्यापक दीपबहादुर शाहीले छ महिनादेखि तलब सुविधा नपाएको बताए । “तलब नपाएका कारणले बाध्य भएर ज्ञापनपत्र बुझाएका छौँ”, उनले भने, “असोजदेखि तलब भत्ताका नाममा एक पैसा पाउन सकेका छैनौँ ।” तलब नपाउँदा आफ्नो दैनिक जनजीवन नै प्रभावित हुने गरेको शिक्षक पवित्राकुमारी शाहीको जानकारी दिए । “संसारमा काम गरेको घण्टाको हिसाबले तलब पाउँछन्,” उनले भने, “हामीले भने काम गरेको तलब पाउन पनि छ महिना कुर्नुपर्छ ।” शिक्षकहरूको हकमा भने पहिला–पहिला चार/चार महिनामा र अचेल तीन/तीन महिनामा तलब दिने गरिएकामा पनि नगरपालिकाले दोस्रो त्रैमासिक र तेस्रो त्रैमासिकको तलबभत्ता नदिएको शिक्षकहरूको भनाइ छ । नगर...
स्वास्थ्य मन्त्रालयले भन्यो वायु प्रदूषण बढेपछि सतर्क रहनू, काम नपरी ननिस्कनुस्
प्रशासन, समाचार, समाज, स्वास्थ्य

स्वास्थ्य मन्त्रालयले भन्यो वायु प्रदूषण बढेपछि सतर्क रहनू, काम नपरी ननिस्कनुस्

नेपालअखबार,काठमाडौं ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यकामा वायु प्रदूषण बढेसँगै उच्च सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ। मन्त्रालयले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै  विश्वको वायु गुणस्तर मापन गर्ने एयर क्वालिटी इन्डेक्स (एक्यूआई) सूचकाङ्क अनुसार केही दिनदेखि नेपाल अत्यधिक प्रदूषित देशको सूचीमा परेकाले सतर्कता अपनाउन सबैलाई अनुरोध गरेको हो। एक्यूआई मापनअनुसार शून्यदेखि ५० सम्म ‘स्वच्छ’, ५१ देखि एक सयसम्म ‘सामान्य’, १०१  देखि १५० सम्म ‘सम्भावित जोखिम’, १५१ देखि दुई सयसम्म ‘अस्वस्थकर’, दुई सय एकदेखि तीन सयसम्म ‘अत्यधिक अस्वस्थकर’ र तीन सय एकभन्दा माथि ‘खतरनाक’ मानिन्छ। हाल काठमाडौँमा वायु प्रदूषणको स्तर ३४८ एक्यूआई पुगी ‘खतरनाक’ श्रेणीमा पुगेको मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले हालको वायु प्रदूषणका कारण दम, फोक्सोसम्बन्धी रोग, आँखाको समस...
काठमाडौँको आकाशबाट तुवाँलो फाट्न केही दिन लाग्ने
समाचार, समाज

काठमाडौँको आकाशबाट तुवाँलो फाट्न केही दिन लाग्ने

नेपालअखबार,काठमाडौं । विगत केही दिनदेखि वायु प्रदूषणका कारण काठमाडौँ उपत्यकामा डम्म लागेको तुवाँलो फाट्न अझ केही दिन लाग्ने भएको छ। भोलि शुक्रबारदेखि वायुको वेग आजको तुलनामा अधिक हुने सम्भावना रहेकाले क्रमशः सुधार भई आकाश खुल्ने मौसमविद् बिनु महर्जनले जानकारी दिइन्। हाल राजधानी उपत्यकामा वर्षा हुने अवस्था नरहेको तर क्रमशः यहाँको आकाशबाट बादल हट्ने लक्षण देखिएको उनले बताइन्। बुधबारको तुलनामा आज तापक्रम पनि केही घटेको जानकारी दिँदै उनले भोलिदेखि क्रमशः तापक्रम पनि बढ्ने जानकारी दिइन्। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव  रहेको तथा लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली भएको छ।...
म्यानमार र थाइल्याण्डपछि पाकिस्तान र अफगानिस्तानमा भूकम्प
विश्व, समाचार, समाज

म्यानमार र थाइल्याण्डपछि पाकिस्तान र अफगानिस्तानमा भूकम्प

नेपालअखबार,काठमाडौं । पाकिस्तान र अफगानिस्तानमा बुधबार बिहान भूकम्पका झट्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प विज्ञान केन्द्र (एनसीएस) ले दिएको जानकारी अनुसार पाकिस्तानमा ४.३ र अफगानिस्तानमा ४.७ म्याग्निच्युडको भूकम्प मापन गरिएको हो । पाकिस्तानमा आएको भूकम्पको केन्द्र जमिनको १२० किलोमिटर गहिराइमा रहेको थियो। अफगानिस्तानमा आएको भूकम्पको केन्द्र भने जमिनको १९३ किलोमिटर गहिराइमा रहेको थियो। थाईल्यान्ड र म्यानमारमा गत शुक्रबार शक्तिशाली भूकम्प गएको थियो । ती देशहरूमा भूकम्पले ठूलो क्षति पुर्‍याएको थियो। भूकम्प प्रभावित थाईल्यान्ड र म्यानमारमा अहिले पनि उद्दार अभियान जारी रहेको छ। २०५६ जनाको मृत्यु, ३९०० घाइते समाचार संस्था एएफपीका अनुसार म्यानमार भूकम्पका कारण अहिलेसम्म दुई हजार ५६ जनाको मृत्यु भइसकेको छ भने तीन हजार ९०० भन्दा बढी घाइते भएका छन् । चार दिन बितिसक्दा पनि उद्धार ...
गुल्मीमा ३१९ हेक्टर क्षेत्रफलमा मात्रै चैते धान खेती
कृषि, समाचार, समाज

गुल्मीमा ३१९ हेक्टर क्षेत्रफलमा मात्रै चैते धान खेती

नेपालअखबार,गुल्मी । गुल्मी जिल्लाका कृषकहरु चैत धान रोप्न सुरु गरेका छन् । चैतको पहिलो साताबाट सुरु गरेर चैतको अत्यसम्म धान रोप्ने गरिन्छ । चैतमा रोपेको धान साउनको पहिलो सातासम्म पाक्छ । चैते धान रोपेको ठाउँमा पुनः फेरि बर्खे धान रोप्ने गरिन्छ । जिल्लामा पछिल्लो तीन वर्षको तथ्याङ्क हेर्दा बर्सेनि चैते धान रोप्ने क्षेत्रफल घट्दै गएको छ । विभिन्न कारणले मानिसहरु बसाइँसराइ गर्नाले उत्पादन गर्ने जनशक्ति नहुँदा खेतीगर्ने क्षेत्रफल बर्सेनि घट्दै गएको कृषि ज्ञनकेन्द्र गुल्मीका नरेश धित्तालले बताए । अर्को पछिल्ला केही वर्ष यता हिउँदमा वर्षात पनि नभएकाले खेती गर्न समस्या हुँदै आएको छ । गत आर्थिक वर्ष ०८०/०८१ मा ३१९ हेक्टर क्षेत्रफलमा एक हजार २८६ मेट्रिकटन धान उत्पादन भएको थियो । जिल्लामा आर्थिक वर्ष ०७७/०७८ मा ३५२ हेक्टर क्षेत्रफला धान खेती भएको पाइएको छ । त्यस्तै ०७८/०७९ मा ३५० हेक्ट...