Sunday, August 9

समाज

केआइआइटीमा अध्ययरत एक सय २६ विद्यार्थी फर्किए
समाचार, समाज

केआइआइटीमा अध्ययरत एक सय २६ विद्यार्थी फर्किए

नेपालअखबार,वीरगञ्ज।  भारतको उडिसा राज्यस्थित कलिंग इन्स्टिच्युट अफ इन्डस्ट्रियल ट्रेक्नोलोजी (केआइआइटी) मा अध्ययरत एक सय २६ जना विद्यार्थी रक्सौल नाका हुँदै नेपाल फर्किएका छन्। केआइआइटीमा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु भएसँगै नेपाली विद्यार्थीहरू असुरक्षाका कारण देखाउँदै स्वदेश फर्किएका हुन्। जिल्ला प्रशासन कार्यालय पर्साका निमित्त प्रमुख जिल्ला अधिकारी निशानराज गौतमले आज एक सय तीन छात्र र २३ छात्रा फर्किएको जानकारी दिए। निमित्त प्रजिअ गौतमले फर्किएका विद्यार्थीले केआइआइटीका प्रशासनले धम्की र मानसिक यातना दिएको गुनासो गरेको जानकारी दिए। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले आज वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासदेखि घण्टाघर चोकसम्म मृत्यु भएकी विद्यार्थी लम्सालले न्याय पाउनुपर्ने भन्दै विरोध प्रदर्शनी गरेका थिए।...
नेपाल इन्जिनियरिङ कलेजका ६ जना विद्यार्थीलाई कुलपति स्वर्ण पदक
शिक्षा, समाचार, समाज

नेपाल इन्जिनियरिङ कलेजका ६ जना विद्यार्थीलाई कुलपति स्वर्ण पदक

नेपालअखबार,काठमाडौं । नेपाल इन्जिनियरिङ कलेजका ६ जना विद्यार्थीले कूलपति स्वर्ण पदक प्राप्त गरेका छन् । भोली बिहीबार हुने पोखरा विश्वविद्यालयको २० औं दीक्षान्त समारोहमा उनीहरुलाई कूलपति स्वर्ण पदक प्रदान गर्न लागिएको छ । कलेजको स्नातकोत्तर तह अन्तरगत कन्ट्रक्सन म्यानेजमेन्ट, ट्रान्सपोर्टेसन इन्जिनियरिङ एण्ड म्यानेजमेन्टका ६ जना विद्यार्थीहरुले कूलपति स्वर्ण पदक प्राप्त गरेका हुन् । कलेजका विद्यार्थीहरु आशिष पोखरेल, मनोज अर्याल, निश्चल सिलवाल, कुशल भुसाल, मनिषा भट्टराई र स्वस्तीका भट्टराईले समेत कूलपति स्वर्ण पदक प्राप्त गरेको नेक सिपिएसका कार्यवाहक एकेडेमिक कोअर्डिनटर एशोसिएट प्रोफेसर रोवर्ट डंगोलले बताउनु भयो । स्नातकोत्तर तहमै अध्ययनरत अन्य ८ जना विद्यार्थीहरु डीन लिस्टमा पर्न सफल भएका छन् । कलेजका मिडिया रिलेसन अफिसर आशिष झाका अनुसार यस पटकको दीक्षान्त समारोहमा स्नातकोत्तर र स्नातक तह...
पुरुषसरह ज्याला नपाएपछि आफै ठेकेदार बनेकी पार्वती
अर्थ, समाचार, समाज, हाइलाइट-समाचार

पुरुषसरह ज्याला नपाएपछि आफै ठेकेदार बनेकी पार्वती

नेपालअखबार,कञ्चनपुर। पहिला दिनभरि मजदुरी गरेर पाँच सय ज्याला पाउने कञ्चनपुरको वेदकोट नगरपालिका–५ धरपुरकी पार्वती डगौराले पछिल्लो समय दैनिक रुएक हजार आम्दानी गर्न थालेकी छन्। घर तथा विभिन्न संरचना निर्माणमा पुरुषसरह मजदूरी गर्दा पनि महिला भएकाले ज्याला कम पाउन थालेपछि पार्वतीले आफैँ घर निर्माणको ठेक्का लिने योजनासहित मिस्त्रीको काम सिकिन्। ‘दिनभर पुरुषसरह मजदुरी गर्दा पनि ज्याला कम पाउन थालेपछि आफै मिस्त्रीको काम गर्ने र घर निर्माणको ठेक्का लिने योजना बनाएँ,’ पार्वतीले भनिन्, ‘दातृ निकायको सहयोगमा मैले वडा कार्यालयमा राज मिस्त्रीको तालिम लिएँ।’ उनले वडा कार्यालय र निड्स नेपाल कञ्चनपुरको दिगो आम्दानी तथा महिला सशक्तीकरण परियोजनाको सहयोगमा ६० दिने राज मिस्त्रीको तालिम लिएको बताइन्। ‘सुरूमा मजदुरी गर्थे दिनको पाँच सय मात्रै ज्याला पाउँथे। अहिले आफै घर निर्माणको ठेक्का लिन थालेकी छु,’ ...
हरिहरिपुरगढीमा मकैको हाइब्रिड बीउ उत्पादन प्लट
कृषि, समाचार, समाज

हरिहरिपुरगढीमा मकैको हाइब्रिड बीउ उत्पादन प्लट

नेपालअखबार,हेटौंडा । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका कार्यालय परिसरको जग्गामा मकैको हाइब्रिड बीउ उत्पादन लार्ज प्लट राखिएको छ । सिन्धुलीका कृषकलाई प्रत्यक्ष लाभ दिलाउने योजनाले बागमती प्रदेशको बीउ बिजन गुणस्तर नियन्त्रण केन्द्र हेटौंडाले गाउँपालिका कार्यालयसँगको समन्वयमा मकैको बीउ उत्पादन प्लट राखेको हो । २२ कठ्ठा जग्गामा मकैको हाइब्रिड बीउ उत्पादन गरेर गाउँपालिकाले आफ्ना कृषकलाई उपलब्ध गराउने योजना छ । बीउ बिजन केन्द्रले हरिहरपुरगढीका कृषकलाई रामपुर हाइब्रिड-१० (आरएमएल १५०/आरएमएल १८) को बीउ उत्पादन प्लटको प्रदर्शनीसँगै हाइब्रिड मकैको बारेमा जानकारी गराएको छ । बीउ उत्पादन गर्न राष्ट्रिय मकै बाली अनुसन्धान कार्यक्रम रामपुरले प्राविधिक सहयोग गरेको छ । बीउ बिजन केन्द्रले बागमती प्रदेशको हरिहरपुरगढीमा मकै उत्पादन प्लट सुरु गरेको हो । अनुसन्धान कार्यक्रम रामपुरका बरिष्ठ वैज्ञानिक भिम...
अर्थमन्त्री पौडेल डिस्चार्ज हुँदै, मेयर आचार्य केही दिन अस्पतालमै रहने
समाचार, समाज, स्वास्थ्य

अर्थमन्त्री पौडेल डिस्चार्ज हुँदै, मेयर आचार्य केही दिन अस्पतालमै रहने

नेपालअखबार,काठमाडौं । पोखरा भ्रमण वर्षका क्रममा बेलुन पड्किएर घाइते भएका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्र पौडेल कीर्तिपुर अस्पतालबाट घर फर्किएका छन्। अस्पतालमा दुई दिनदेखि उपचार गराइ रहेका पौडेल आज ‘डिस्चार्ज’ भएका हुन्। पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको स्वास्थ्य अवस्था सामान्य हुँदै गएको र उनलाई थप केही दिन अस्पतालमा राखिने पनि अस्पतालले जनाइएको छ। 'दुवै जनाको जलनको घाउ निको हुँदै गएको र फोक्सोमा कुनै खराब असर परेको देखिँदैन। यस कारण आजै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललाई अस्पतालबाट ‘डिस्चार्ज’ गर्ने निर्णय भएको छ', कीर्तिपुर अस्पतालद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, 'मेयर धनराज आचार्यको पहिलेदेखि नै उच्च रक्तचापको समस्या भएको कारण हृदयरोग विशेषज्ञसँग परामर्श भइरहेकाले केही दिन थप उपचार हुने जानकारी गराइन्छ।' सङ्क्रमणको जोखिम कम गर्न मेयर आचार्यसँग भेटघाट गर्...
बगर छेउमा प्याज खेती गरेका किसान भन्छन्- मेहनत धेरै लाग्दैन, राम्रै उत्पादन हुन्छ
कृषि, समाचार, समाज

बगर छेउमा प्याज खेती गरेका किसान भन्छन्- मेहनत धेरै लाग्दैन, राम्रै उत्पादन हुन्छ

नेपालअखबार,कैलाली । कैलालीको टीकापुर–८ अरुणाफाँटाका किसानले कर्णाली नदीको बगरमा प्याजखेती गर्दै आएका छन्। यस वर्ष करिब ५० जना किसानले बगरमा प्याजखेती गरेका छन्। कर्णाली नदीको किनारामा विगत तीन वर्ष केही किसानले प्याजखेती गर्दै आएको भए पनि यसवर्ष धेरै किसानले प्याजखेती गरेको स्थानीयको भनाइ छ। माटोमा भन्दा बालुवामा प्याज उत्पादन राम्रो हुने भएपछि फाँटाका किसानले बगरमा प्याजखेती गर्न लागेको बताएका छन्। तीन वर्षदेखि बगरमा प्याजखेती गर्दै आएका स्थानीय सहिबहादुर चौधरीले यसवर्ष ८६ किलो प्याजको बीउ लगाएको बताए। ‘गतवर्ष २० किलो प्याजको बेर्ना लगाएर तीन क्विन्टल प्याज उत्पादन भयो,' चौधरीले भने, ‘गत वर्ष बेर्ना राम्रो भएन, पहिलो पटक १३ किलो बेर्ना लगाएर पाँच क्विन्टल उत्पादन भएको थियो।’ यसवर्ष अढाइ कठ्ठामा खेती गरेको उनको भनाइ छ। ‘सुरूमा हामी एक दुई जनाले खेती गर्थ्यौं। अहिले पूरै गाउँ...
उत्तरी गोरखाको नुब्री भ्यालीमा हिमपात
समाचार, समाज

उत्तरी गोरखाको नुब्री भ्यालीमा हिमपात

नेपालअखबार,गोरखा । उत्तरी गोरखामा पुनः भारी हिमपात भएको छ। गएरातिदेखि यस पटकको हिउँदमा अहिलेसम्मकै भारी हिमपात भइरहेको स्थानीयवासी निमा लामाले जानकारी दिए। 'लामो सुख्खापछि गएरातिदेखि दोस्रो पटक हिउँ परेको हो, उनले भने 'दुई दिन अगाडि सामान्य हिउँ परेको भए तापनि अहिले परेको हिउँ यो यामनै सबैभन्दा ठूलो हिमपात हो।’’ नुब्री भ्याली भनेर चिनिने उत्तरी गोरखाको सबैभन्दा उत्तरतर्फ गाउँ साम्दोदेखि तलसम्म रहेको सामा गाउँ र स्यालासम्म हिउँ परेको लामाको भनाइ छ। मध्यराति १२ बजेदेखि सुरु भएको हिमपात लगातार परिरहेको छ। साम्दोमा जमिनबाट करिब एक फिटभन्दा माथिसम्म हिउँ जमेको छ। तल स्याँलासम्म हिउँ परेको छ। भारी हिमपातका कारण नुब्री भ्याली, सामा गाउँ र स्याला क्षेत्रका स्थानीयवासीको जनजीवन प्रभावित भएको छ। टेलिफोन र इन्टरनेट सेवामासमेत समस्या भइरहेको लामाले बताए। 'सोलारबाट चल्ने टेलिफोन र इन्टरनेट कहि...
हलेसी बजारमा भएको आगलागीबाट ७ करोड ३० लाख बराबरको क्षति
समाचार, समाज

हलेसी बजारमा भएको आगलागीबाट ७ करोड ३० लाख बराबरको क्षति

नेपालअखबार,दिक्तेल । खोटाङको हलेसी बजारमा भएको आगलागीबाट ७ करोड ३० लाख बराबरको क्षति भएको छ । ग्यास लिक हुँदा सुरु भएको आगोले भीषणरुप लिँदा ७ करोड ३० लाख बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको प्रहरीले जानकारी दिएको छ । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानस्थित हलेसी बजारमा आइतबार साँझ ७ बजेबाट आगलागी सुरु भएको थियो । पदमशेर राईको हार्डवयर पसलमा राखिएको खाना पकाउने ग्यास लिक हुँदा आगलागी सुरु भएको थियो । काठ र जस्तापाताले बनेको तीनतले घरको पहिलो तलामा खाना पकाउने ग्यास लिक भएर सुरु भएको आगोले भीषणरुप लिएको थियो । आगलागीबाट पदमशेरको घर पूर्णरुपमा जलेर नष्ट भएको छ । घरको दोस्रो तलामा रहेको निर्धन उत्थान लघुवित्त संस्थाको कार्यालय समेत जलेर खरानी भएको छ । नजिकै रहेको ऐराख राईको न्यु कल्याण होटल सञ्चालन भइरहेको चारतले पक्की घर र पछाडिसँगै रहेको निजकै काठको दुई तले घरमा पूर्ण क्षति ...
घट्यो घरजग्गा कारोबार, माघमा ३ अर्ब ८७ करोड राजस्व सङ्कलन
अर्थ, समाचार, समाज

घट्यो घरजग्गा कारोबार, माघमा ३ अर्ब ८७ करोड राजस्व सङ्कलन

नेपालअखबार,काठमाडौं । देशभर घरजग्गाको कारोबार सुधारोन्मुख देखिएको भए पनि गत पुसको तुलनामा माघमा भने राजस्व सङ्कलनमा गिरावट आएको छ । घरजग्गा कारोबारको विवरण राख्ने भूमि व्यवस्था तथा अभिलेख विभागका अनुसार गत माघमा तीन अर्ब ८७ करोड २४ लाख ८१ हजार ६४७ खराबर राजस्व सङ्कलन भएको छ । गत पुसमा चार अर्ब २५ करोड २२ लाख २१ हजार सात सय ७९ राजस्व सङ्कलन भएको थियो । विभागका अनुसार गत मङ्सिरमा तीन अर्ब ८७ करोड ४८ लाख २६ हजार नौ सय ७६ राजस्व प्राप्त भएको थियो । चालु आर्थिक वर्षको सात महिनाको विवरणअनुसार राजस्व सङ्कलनमा सामान्य वृद्धि भएको छ । गत आवको सोही अवधिको तुलना चालु आवको सात महिनामा राजस्व सङ्कलनमा झण्डै १४ प्रतिशतले वृद्धि भएको छ । चालु आवको माघ मसान्तसम्म कुल २४ अर्ब ७१ करोड बराबर राजस्व सङ्कलन भएको भूमि व्यवस्था तथा अभिलेख विभागले जनाएको छ । गत आवको सोही अवधिमा रु २१ अर्ब ६५ करोड बराबर र...
भागदौडको घटनामा मृत्यु हुनेका परिवारलाई १० लाख क्षतिपूर्ति
विदेश, समाचार, समाज

भागदौडको घटनामा मृत्यु हुनेका परिवारलाई १० लाख क्षतिपूर्ति

नेपालअखबार,नयाँ दिल्ली । नयाँ दिल्ली रेलवे स्टेशनमा भएको भागदौडको घटनापछि भारत सरकारले मृतकका परिवार र घाइतेहरूलाई क्षतिपूर्ति दिने घोषणा गरेको छ । रेलवेले क्षतिपूर्ति घोषणा गरेको हो । रेलवेका अनुसार मृतकका परिवारलाई जनही १० लाख र घाइतेको उपचारका लागि साढे २ लाख दिइनेछ । शनिबार राति भएको घटनामा हालसम्म १८ जनाको मृत्यु भइसकेको छ । दुर्घटनामा १८ जनाको मृत्यु भएको आइतबार बिहान दिल्ली प्रहरीले बताएको हो । घाइतेहरूको लोकनायक अस्पतालमा उपचार भइरहेको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सुरेश कुमारका अनुसार यतिबेला अस्पतालमा १२ जनाको उपचार भइरहेको छ । सबैजना खतरामुक्त रहेको बताइएको छ ।अस्पतालमा ल्याइएको १५ शवको पोस्टमार्टम सोमबार गरिने अर्का डाक्टरले बताए ।...