Monday, August 10

समाज

सूर्योदय र सूर्यास्त हुँदाको आनन्द लिन सकिने कोरीडाँडा
समाचार, समाज

सूर्योदय र सूर्यास्त हुँदाको आनन्द लिन सकिने कोरीडाँडा

नेपालअखबार,गण्डकी । कास्कीको मादी गाउँपालिका–१ स्थित कोरीडाँडा आँखै अगाडि लमजुङ, माछापुच्छ्रे, अन्नपूर्ण दोस्रो र चौथो, थ्रि सिस्टर आदि हिमाललाई नजिकबाट नियाल्न सकिने गन्तव्य हो ।  पर्यटकीय गाउँ सिक्लेसबाट हुगु हुँदै नौलाखर्क, नौटा हुँदै करिब नौ घण्टा उकालो यात्रा गरेपछि समुद्री सतहबाट तीन हजार आठ सय ५० मिटर उचाइमा रहेको कोरीडाँडा पुगिन्छ । यो पदयात्राका क्रममा पर्यटकले अन्नपूर्ण र लमजुङ हिमालबाट समयसमयमा खस्ने हिउँपहिरो अवलोकन गर्दै जङ्गल, परम्परागत गोठ हुँदै उकालो चढ्ने होटल आइसफलका सञ्चालक पर्यटन व्यवसायी कृष्ण गुरुङले बताए । सिक्लेसदेखि तासा हुँदै कोरी पुग्ने अर्को पदमार्गसमेत रहेको छ । हुगुमा बिहानको खाजा खाएर हिँडेका पर्यटक दिउँसोको खाना खान नौटाखर्क पुग्छन् । यहाँ चिया पसल छ । कोरी सूूर्योदय र सूूर्यास्त हेर्ने उपयुक्त गन्तव्यसमेत रहेको उनको भनाइ छ । कोरी जाने मार्गमा रहेको...
टिकटक बनाउनेको भीड लाग्ने तोरीबारी
समाचार, समाज

टिकटक बनाउनेको भीड लाग्ने तोरीबारी

नेपालअखबार,म्याग्दी। केही वर्षअघिसम्म रातो माटो र कृषि उत्पादनमा आश्रित म्याग्दीको बेनी नगरपालिका–१ मा पर्ने रत्नेचौर गाउँ अहिले जिल्लाकै प्रसिद्ध पर्यटकीय गाउँका रूपमा चिनिन थालेको छ। कात्तिकदेखि माघसम्म यहाँ आन्तरिक तथा बाह्य पर्यटकको लर्को लाग्छ। कात्तिक–मंसिरमा रत्नेचौरको फाँटमा झुलेका धानसँगै पृष्ठभूमिमा धवलागिरि हिमाल, म्याग्दी, बागलुङ र पर्वतका ग्रामीण भेगको दृश्यावलोकन तथा पुस–माघमा पहेँलै फुलेको तोरीको आकर्षक दृश्य हेर्दै रमाउन र वनभोज खानका लागि यहाँ पर्यटकको भीड लाग्ने गर्छ । सदरमुकाम बेनी र बागलुङको बीचमा रहेको भाइरल गाउँ रत्नेचौरको तोरी बारीमा रमाउँदै टिकटक र भिडियो बनाउन यतिबेला यहाँ थोगी नसक्नुको भीड हुन्छ। पुस लागेयता यहाँ रमाउन र वनभोज खान १२ हजारभन्दा बढी पर्यटक आएका स्थानीय भरत केसीले जानकारी दिए। उत्तरतिर हेर्दा चाँदीझैँ टल्किने सेता हिमशृङ्खला। पूर्वतर्फ मो...
लाहाचोकमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
समाचार, समाज, स्वास्थ्य

लाहाचोकमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

नेपालअखबार,पोखरा ।दर्शन फाउण्डेशन र पोखरा नर्सिङ क्याम्पसको संयुक्त आयोजनामा कास्कीको माछापुच्छ्रे« गाउँपालिका वडा नंं। ४ स्थित लाहाचोक स्वास्थ्य चौकीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । स्वास्थ्य सेवाको पहुँच बढाउँदै समुदायमा स्वास्थ्य सचेतना फैलाउने उद्देश्यले आयोजित शिविरमा १३० जना बिरामीको परीक्षण गरिएको थियो । सो शिविरमा डा। नेहा न्यौपानेले महिलाहरूको पाठेघर सम्बन्धी जाँच गर्नुभएको थियो । जाँचको क्रममा ६५ जनामा महिला प्रजनन अंग संक्रमण पाइएको, भिआइए ९भिजुअल इन्स्पेक्सन विथ एसिटिक एसिड० १ जना महिलामा पोजिटिभ देखिएको, २ जना सम्भावित जोखिममा रहेको र आङ खसेको समस्या ३ जनामा पाइएको डा। न्यौपानेले बताउनुभयो । महिलाको स्वास्थ्यलाई लक्षित गर्दै गरिएको यो प्रयासले उनीहरूको समस्या पहिचान गरी आवश्यक उपचार र परामर्श प्रदान गरिएको थियो । उक्त शिविरमा अन्य स्वास्थ्य समस्या भएका ८० ...
गण्डकी प्रदेश पौडी संघका कुँवर
समाचार, समाज

गण्डकी प्रदेश पौडी संघका कुँवर

नेपालअखबार,पोखरा । गण्डकी प्रदेश पौडी संघको अध्यक्षमा आनन्द कुँवर निर्वाचित भएका छन । संघको प्रथम साधारण सभा तथा अधिवेशनले आगामी कार्यकालका लागि आनन्द कुुँवरको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो । जस अन्तर्गत संघको उपाध्यक्षमा कृष्ण भक्त आचार्य, सचिवमा जीवन रेग्मी, कोषाध्यक्षमा बबिता कार्की के.सी. निर्वाचित भएका छन । त्यसैगरी सदस्यहरुमा लाल बहादुर पराजुली थापा, तिल बहादुर थापा मगर, सूर्य बहादुर सिग्देल, राजेन्द्र बहादुर अधिकारी, धमेन्द्र गिरी, विष्णु पहारी, रुवि तामाङ, अर्जुन नेपाली, अमृत खड्का, महेन्द्र भुजेल निर्वाचित भए । नव निर्वाचित समितिले गण्डकी प्रदेशमा पौडी बिकास र विस्तार गर्न पौडी खेल संरचनामा जोड दिने, स्कुल स्तरमा पनि पौडी खेलको बारेमा जानकारीका साथै पौडी प्रतियोगिता सञ्चालन गर्ने निर्णय गरेको छ । त्यसैगरी पोखरामा खेल पर्यटनको बिकास र विस्तारका लागि राष्ट्रिय अन्...
लेखनाथ महोत्सवमा शनिबार दर्शकको भिड, १ करोडको कारोबार
अर्थ, समाचार, समाज

लेखनाथ महोत्सवमा शनिबार दर्शकको भिड, १ करोडको कारोबार

नेपालअखबार,लेखनाथ । ‘‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र सम्मृद्धि’’ भन्ने नाराका साथ सुरु भएको २० औं संस्करणको लेखनाथ महोत्सवमा शनिबार दर्शकहरुको उत्साहजनक उपस्थीति रहेको थियो । शनिबार बिदाको दिन समेत परेकाले महोत्सवमा अवलोकन गर्ने दर्शकहरुको संख्यामा वृद्धि भएको हो । महोत्सवको तेश्रो दिन शनिबार २५ हजार दर्शकहरुले अवलोकन गरेको र १ करोड बराबरको कारोबार भएको महासचिव एवं महोत्सव प्रचार प्रसार समितिकी संयोजक जानुका पराजुली अधिकारीले जानकारी दिईन । महोत्सवमा शनिबार लोकदोहोरीतर्फ बालचन्द्र बराल, शान्तीश्री परियार, ध्रुव जिसी, तुलसा जिसी, नेत्र खड्का, सरिता लगायतले प्रस्तुती दिएका थिए भने हाँस्यव्यङ्ग्य तर्फ पवन खतिवडा ‘म्याकुरी’को प्रस्तुतीले दर्शकहरुलाई मनोरञ्जन प्रदान गरेको थियो । यस्तै बेलुकापख लाईभ कन्सर्टमा रचना रिमाल र सुनिल गिरीको प्रस्तुतीले स्टेज तताएको थियो । शुक्रब...
बितिन् विश्वकै वृद्ध व्यक्ति
विश्व, समाचार, समाज

बितिन् विश्वकै वृद्ध व्यक्ति

नेपालअखबार । विश्वकै सबैभन्दा वृद्ध व्यक्ति जापानकी महिला टोमिको इटोकाको निधन भएको छ। ११६ वर्षको उमेरमा शनिबार उनको निधन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। जापानको ह्युगो प्रान्तको आशिया सहरको एक नर्सिङ  होममा निधन भएको आशियाका मेयरले विज्ञप्ती जारी गरेर जानकारी दिएका छन्। गत वर्षको सेप्टेम्बरमा उनलाई विश्वकै वृद्ध व्यक्ति भनेर गिनिज वर्ल्ड रेकर्डले घोषणा गरेको थियो। त्यतिबेला संसारकै वृद्ध व्यक्ति स्पेनकी मारिया ब्रानयास मोरेराको अगस्ट २०२४ मा ११७ वर्षको उमेरमा निधन भएपछि इटोका सबैभन्दा वृद्ध घोषित भएकी थिइन्। सन् १९०८ मा जन्मिएर २० वर्षको उमेरमा विवाह गरेकी इटोकाको २ छोरा र दुई छोरी थिए। सन् १९७९ मा उनको श्रीमानको निधन भएको थियो। अहिले उनका एक छोरा, एक छोरी जिवितै रहेको र पाँच जना नातानातिनाहरू रहेको बिबिसीले उल्लेख गरेको छ।...
आँधीखोलामा तटबन्ध निर्माण
समाचार, समाज

आँधीखोलामा तटबन्ध निर्माण

नेपालअखबार,स्याङ्जा। नदीकटान नियन्त्रण गर्न आँधीखोलामा तटबन्ध निर्माण प्रारम्भ भएको छ। गण्डकी प्रदेश ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको अनुदानमा सञ्चालित योजनामार्फत चार किलोमिटर तटबन्ध निर्माण प्रारम्भ भएको हो। आँधीखोला गाउँपालिका, पुतलीबजार, भिरकोट र वालिङ नगरपालिका भएर बग्ने आँधीखोलामा तटबन्धनको काम सुरु भएको जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयका प्रमुख किरण आचार्यले बताए। धेरै कटान भएका स्थानमा तटबन्धन गरिएको ह । सिँचाइ डिभिजन कार्यालय र पालिकासँगको सहकार्य र लागत साझेदारीमा तटबन्धन गरिएको जानकारी उनले दिए। आठ करोडको लागतमा थालिएको निर्माण आगामी २०८३ वैशाखमा सम्पन्न गर्ने लक्ष्य छ।...
बढ्यो चिसो, पर्यटक पुग्न छाडेपछि सुनसान बन्न थाल्यो ढोरपाटन
समाचार, समाज

बढ्यो चिसो, पर्यटक पुग्न छाडेपछि सुनसान बन्न थाल्यो ढोरपाटन

नेपालअखबार,ढोरपाटन (बागलुङ) । चिसो बढेपछि ढोरपाटन उपत्यका सुनसान बन्न थालेको छ । मंसिर अन्तिम सातासम्म पर्यटकको चहलपहल रहेको ढोरपाटनमा पुस पहिलो सातादेखि नै सुनसान बन्दै गएको हो । आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा परेको ढोरपाटनमा बर्षेनी पर्यटक बढ्दै गएका छन् । सञ्चारमाध्यम र सामाजिक सञ्जालमा यहाँको मनमोहक दृश्यको प्रचार हुँदै गएपछि पर्यटकको आकर्षण बढेको हो । जाडोका कारण स्थानीय बासिन्दासमेत बोबाङ, अधिकारीचौर र निसीखोला झर्ने हुँदा ढोरपाटन सुनसान हुने गर्छ । पर्यटकको आगामन कम भएपछि यहाँ संचालित होटल व्यवसायी पनि फुर्सदिला बनेका छन् । ढोरपाटनमा हिउँ परे घुम्न आउने पर्यटक बढ्ने भए पनि अहिले सुनसान भएको ढोरपाटन होटल व्यवसायी संघका अध्यक्ष जीवन अदैले बताए । ढोरपाटनमा घुम्ती बसाई हुने हुँदा यति बेला धेरै स्थानीय बेँसी झरेको उनको भनाइ छ । अघिल्ला वर्षहरूको तुलनामा यस वर्ष पर्यटकको संख्...
तराईंमा हुस्सु, गण्डकी र कर्णालीमा आंशिक बदली
समाचार, समाज

तराईंमा हुस्सु, गण्डकी र कर्णालीमा आंशिक बदली

नेपालअखबार,काठमाडौं । गण्डकी र कर्णाली प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम सफा रहेको छ ।  आज बिहान तराईमा भने हुस्सु र कुहिरो लागेको छ । आज दिउँसो देशभरको मौसम सामान्यतया सफा रहने र राति हिमाली भूभागको एकाध स्थानमा आंशिक बदली रहने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहानको समयमा तराई तथा उपत्यकाका धेरै स्थानहरूमा हुस्सु तथा कुहिरोको लागेकाले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।...
पत्रकार श्यामसुन्दर पुडासैनीको मृत्यु
समाचार, समाज

पत्रकार श्यामसुन्दर पुडासैनीको मृत्यु

नेपालअखबार,  काठमाडौं । पत्रकार श्यामसुन्दर पुडासैनीको मृत्यु भएको छ । उनको उपचारका क्रममा शुक्रबार राति मृत्यु भएको हो । पारिवारिक स्रोतका अनुसार उनको चाबहिलको हेल्पिङह्याण्ड अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । हृदयघातको लक्षण देखिए पनि मृत्युका खास कारण थाहा भइसकेको छैन ।पुडासैनी नेपाल भ्युज अनलाइनमा कार्यरत थिए । त्यसअघि माउन्टेन टेलिभिजन, प्राइम टेलिभिजन, रेडियो अन्नपूर्णलगायत मिडियामा काम गरिसकेका थिए ।...