Tuesday, August 11

समाज

आँधीखोलामा तटबन्ध निर्माण
समाचार, समाज

आँधीखोलामा तटबन्ध निर्माण

नेपालअखबार,स्याङ्जा। नदीकटान नियन्त्रण गर्न आँधीखोलामा तटबन्ध निर्माण प्रारम्भ भएको छ। गण्डकी प्रदेश ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको अनुदानमा सञ्चालित योजनामार्फत चार किलोमिटर तटबन्ध निर्माण प्रारम्भ भएको हो। आँधीखोला गाउँपालिका, पुतलीबजार, भिरकोट र वालिङ नगरपालिका भएर बग्ने आँधीखोलामा तटबन्धनको काम सुरु भएको जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयका प्रमुख किरण आचार्यले बताए। धेरै कटान भएका स्थानमा तटबन्धन गरिएको ह । सिँचाइ डिभिजन कार्यालय र पालिकासँगको सहकार्य र लागत साझेदारीमा तटबन्धन गरिएको जानकारी उनले दिए। आठ करोडको लागतमा थालिएको निर्माण आगामी २०८३ वैशाखमा सम्पन्न गर्ने लक्ष्य छ।...
बढ्यो चिसो, पर्यटक पुग्न छाडेपछि सुनसान बन्न थाल्यो ढोरपाटन
समाचार, समाज

बढ्यो चिसो, पर्यटक पुग्न छाडेपछि सुनसान बन्न थाल्यो ढोरपाटन

नेपालअखबार,ढोरपाटन (बागलुङ) । चिसो बढेपछि ढोरपाटन उपत्यका सुनसान बन्न थालेको छ । मंसिर अन्तिम सातासम्म पर्यटकको चहलपहल रहेको ढोरपाटनमा पुस पहिलो सातादेखि नै सुनसान बन्दै गएको हो । आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा परेको ढोरपाटनमा बर्षेनी पर्यटक बढ्दै गएका छन् । सञ्चारमाध्यम र सामाजिक सञ्जालमा यहाँको मनमोहक दृश्यको प्रचार हुँदै गएपछि पर्यटकको आकर्षण बढेको हो । जाडोका कारण स्थानीय बासिन्दासमेत बोबाङ, अधिकारीचौर र निसीखोला झर्ने हुँदा ढोरपाटन सुनसान हुने गर्छ । पर्यटकको आगामन कम भएपछि यहाँ संचालित होटल व्यवसायी पनि फुर्सदिला बनेका छन् । ढोरपाटनमा हिउँ परे घुम्न आउने पर्यटक बढ्ने भए पनि अहिले सुनसान भएको ढोरपाटन होटल व्यवसायी संघका अध्यक्ष जीवन अदैले बताए । ढोरपाटनमा घुम्ती बसाई हुने हुँदा यति बेला धेरै स्थानीय बेँसी झरेको उनको भनाइ छ । अघिल्ला वर्षहरूको तुलनामा यस वर्ष पर्यटकको संख्...
तराईंमा हुस्सु, गण्डकी र कर्णालीमा आंशिक बदली
समाचार, समाज

तराईंमा हुस्सु, गण्डकी र कर्णालीमा आंशिक बदली

नेपालअखबार,काठमाडौं । गण्डकी र कर्णाली प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम सफा रहेको छ ।  आज बिहान तराईमा भने हुस्सु र कुहिरो लागेको छ । आज दिउँसो देशभरको मौसम सामान्यतया सफा रहने र राति हिमाली भूभागको एकाध स्थानमा आंशिक बदली रहने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहानको समयमा तराई तथा उपत्यकाका धेरै स्थानहरूमा हुस्सु तथा कुहिरोको लागेकाले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।...
पत्रकार श्यामसुन्दर पुडासैनीको मृत्यु
समाचार, समाज

पत्रकार श्यामसुन्दर पुडासैनीको मृत्यु

नेपालअखबार,  काठमाडौं । पत्रकार श्यामसुन्दर पुडासैनीको मृत्यु भएको छ । उनको उपचारका क्रममा शुक्रबार राति मृत्यु भएको हो । पारिवारिक स्रोतका अनुसार उनको चाबहिलको हेल्पिङह्याण्ड अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । हृदयघातको लक्षण देखिए पनि मृत्युका खास कारण थाहा भइसकेको छैन ।पुडासैनी नेपाल भ्युज अनलाइनमा कार्यरत थिए । त्यसअघि माउन्टेन टेलिभिजन, प्राइम टेलिभिजन, रेडियो अन्नपूर्णलगायत मिडियामा काम गरिसकेका थिए ।...
नेपाल फिजिकल ट्रेनिङ एशोसियसन संघिय समितिको १३ औं साधारण सभा सम्पन्न
समाचार, समाज

नेपाल फिजिकल ट्रेनिङ एशोसियसन संघिय समितिको १३ औं साधारण सभा सम्पन्न

नेपालअखबार,पोखरा । नेपाल फिजिकल ट्रेनिङ एशोसियसन संघिय समितीको १३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाले समितिका उपाध्यक्ष सु.शेर बहादुर गुरुङलाई वरिष्ठ उपाध्यक्षमा निर्वाचित गरेको छ । साधारण सभाको उद्घाटन गर्दै संस्थाका संरक्षक याम बहादुर गुरुङले ब्यवसायीहरुले संस्थाको हित हुने गरी ब्यवसायलाई मर्यादित ढंगले सञ्चालन गर्नुपर्नेमा जोड दिए । संस्थाले ब्यवसायीहरुलाई हित हुने काम गर्ने भएकाले ब्यवस्थित र मर्यादित ढंगले ब्यवसायीहरु अगाडी वढे संस्था मजबुद हुने उनको भनाइ रहेको थियो । ब्यवसायीहरु पूर्वाग्रही नभइकन एक अर्काबीच सहकार्य गरेर समेत अगाडी वढ्नुपर्नेमा गुरुङले जोड दिए । त्यस्तै संस्थाका संरक्षक तथा निवर्तमान अध्यक्ष मिन बहादुर गुरुङले संस्था र संगठन बलियो बनाउनका लागि संस्थाको गतिबिधी र सदस्यहरुको भुमिका महत्वपूर्ण रहने बताए । संस्थामा आवद्ध सदस्यहरुले समयअनुसार आफुहरुल...
पोखरामा अवैध लागूऔषध ब्राउन सुगरसहित ३ जना पक्राउ
अपराध, प्रशासन, समाचार, समाज

पोखरामा अवैध लागूऔषध ब्राउन सुगरसहित ३ जना पक्राउ

नेपालअखबार,पोखरा । पोखरामा अवैध लागूऔषध ब्राउन सुगरसहित ३ जना पक्राउ परेका छन्। बिहीबार बेलुका ६ बजे पोखरा महानगरपालिका– १ सिद्धनाथ टोलबाट सोही स्थान बस्ने वर्ष ३७ कानिसद बाबु श्रेष्ठ र पर्वत कुश्मा नगरपालिका– १० स्थायी वतन भई हाल पोखरा– ८ नयाँबजार बस्ने वर्ष ३२ को दीपक वि.क.लाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। प्रहरीले उनीहरुको घरकोठा खानतलासी गर्दा लागूऔषध खैरो हिरोईन (ब्राउन सूगर) जस्तो देखिने पदार्थ ०.४९० ग्राम, लागू औषध डाईजापाम– ३ एम्पुल, नाम उल्लेख नभएको सादा एम्पुल २ एम्पुल गरी जम्मा ५ एम्पुल, डिजिटल तराजु १ थान र मोवाईल २ थानसमेत बरामद गरिएको जनाएको छ। यस्तै, बिहीबार राति ९ बजे पोखरा महानगरपालिका–२५ हेम्जाबाट सोही स्थान बस्ने वर्ष २८ कोलगिन थापालाई पनि प्रहरीले पक्राउ गरेको छ। थापाको घरकोठा खानतलासी गर्दा लागूऔषध खैरो हिरोईन (ब्राउन सूगर) जस्तो दे...
पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसनको अध्यक्षमा कोइराला
समाचार, समाज

पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसनको अध्यक्षमा कोइराला

नेपालअखबार,पोखरा । पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसन (वाडा) पोखराको अध्यक्षमा दीपेन्द्र कोइराला निर्वाचित भएका छन् । शुक्रबार पोखरामा सम्पन्न १९औं साधारणसभा तथा दसौं अधिवेशनले उनको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो । एसोसिएसनको वरिष्ठ उपाध्यक्षमा शिव श्रेष्ठ, उपाध्यक्षमा निरन केसी, महासचिवमा विनय थापा, कोषाध्यक्षमा अशोक चालिसे र सचिवमा दीपेन्द्र भण्डारी निर्वाचित भएका छन्। त्यस्तै कार्यसमिति सदस्यमा छबिलाल सुवेदी, सन्ध्या पौडेल, नूरज बाटाजू, सौरभ थापा, अशोक चौधरी, शिव ॐ बराल, अम्बिका मोहन भट्टराई, बालकृष्ण कोइराला र प्रतीक सुवेदी निर्वाचित भएको निर्वाचन संयोजक तथा वाडाका पूर्व अध्यक्ष मोहनबाबु खड्काले जानकारी दिए । निवर्तमान अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ पदेन सदस्य रहनेछन् । नवनिर्वाचित अध्यक्ष कोइरालाले देबेन्द्र नकर्मी, नरेश सुवेदी र छबिलाल गौतमलाई कार्यसमिति सदस्यमा मनो...
पोखरामा कक्षा ८ को परीक्षालाई व्यवस्थित गर्न परीक्षा केन्द्रहरू तोकिने, होम सेन्टरको प्रावधान हटाइयो
प्रशासन, शिक्षा, समाचार, समाज

पोखरामा कक्षा ८ को परीक्षालाई व्यवस्थित गर्न परीक्षा केन्द्रहरू तोकिने, होम सेन्टरको प्रावधान हटाइयो

नेपालअखबार,पोखरा। पोखरा महानगर भित्र सञ्चालन हुने कक्षा ८ को परीक्षालाई थप व्यवस्थित गरिने भएको छ । होम सेन्टरका रूपमा विद्यार्थीहरूले शैक्षिक सत्रको अन्तिममा दिने वार्षिक परीक्षा आफ्नै विद्यालयमा दिने व्यवस्थालाई परिमार्जन गरी परीक्षा केन्द्रहरू नै तोकेर परीक्षा सञ्चालन गरिने भएको हो । शुक्रवार बसेको सरोकारवाला सहित महानगर शिक्षा समितिको बैठकले यस्तो निर्णय गरेको महानगर शिक्षा समितिका अध्यक्ष समेत रहनुभएका नगर प्रमुख धनराज आचार्यले बताउनुभयो । उहाँका अनुसार महानगर क्षेत्रमा सञ्चालन गरिने कक्षा ८ को विद्यमान परीक्षा प्रणालीलाई परिमार्जन गरी थप व्यवस्थित बनाउन लागिएको हो । यसले विद्यार्थीहरूलाई एसइई परीक्षाका लागि समेत मार्गदर्शन प्रदान गर्ने उहाँको विश्वास छ । ‘हालको परीक्षा सञ्चालन प्रणालीले विद्यार्थीहरूलाई परीक्षाका सम्बन्धमा कुनै प्रकारको नयाँ अनुभूति मिल्ने अवस्था रहेन, यो आफ्नै...
लेखनाथ महोत्सवमा आर्कषणको केन्द्र बन्दै बुद्धको प्रतिमा
अर्थ, समाचार, समाज

लेखनाथ महोत्सवमा आर्कषणको केन्द्र बन्दै बुद्धको प्रतिमा

नेपालअखबार,लेखनाथ । ‘‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र सम्मृद्धि’’ भन्ने नाराका साथ सुरु भएको २० औं संस्करणको लेखनाथ महोत्सवमा राखिएको बुद्धको प्रतिमा दर्शकहरुको आर्कषणको केन्द्र बनेको छ । हरेक संस्करणमा केही न केही नयाँ प्रयोगको माध्यमबाट दर्शकहरुको ध्यान तान्न सफल महोत्सवले यसपटक भने विश्व शान्तिको कामनाका साथ महोत्सव परिसरमा भगवान गौतम बुद्धको आर्कषक प्रतिमा स्थापना गरेको हो । महोत्सवमा स्थापना गरिएको उक्त प्रतिमाले बालबालिका देखी वृद्ध वृद्धाहरुसम्मको ध्यान खिच्न सफल भएको छ । प्रतिमामा सँगै फोटो खिचाउनेदेखी टिकटिक बनाउनेसम्मको भिड लाग्ने गरेको छ । उक्त प्रतिमाका परिकल्पनाकार विश्वगोपाल श्रेष्ठ भन्छन बुद्धको प्रतिमाले महोत्सवमा दर्शकहरुको ध्यान तान्न त सफल भएको छ नै त्यसबाहेक धार्मिक सहिष्णुता र विश्व शान्तिको सन्देश पनि प्रवाह गर्न सफल भएको छ । झण्डै ३ लाख ५० हजार ...
स्व.बसन्तकेशव पराजुलीको छैटौं स्मृति दिवस मनाइयो
समाचार, समाज

स्व.बसन्तकेशव पराजुलीको छैटौं स्मृति दिवस मनाइयो

नेपालअखबार,पोखरा । गण्डकी प्रदेशको सामाजिक क्षेत्रमा कार्यरत अगुवा संस्था पोखरा बृद्धाश्रम एवम निबृत्त शिक्षक समुदाय, कास्कीका अध्यक्ष स्व. बसन्तकेशव पराजुलीको छैठौ स्मृति दिवस बिभिन्न कार्यक्रमका साथ मनाइएको छ । राष्ट्रिय ज्येष्ठ नागरिक महासंघका तत्कालिन केन्द्रीय सल्लाहकार एवम् पोखरा बृद्धाश्रममा दुई दशक सम्म अनवरत सेवा गर्नुुभएका स्वर्गीय पराजुलीको स्मृति दिवश हरेक वर्र्ष विभिन्न रचानात्मक कार्यक्रमका साथ मनाउँदै आइएको प्रेस स्वतन्त्रता सेनानी तथा पोखरा बृद्धाश्रमका अध्यक्ष कुसुम केशव पराजुलीले बताउनुुभयो । यसवर्ष स्व.बसन्तकेशवको छैटौं स्मृति दिवसको उपलक्षमा पोखरा र आसपासका जिल्लाका ज्येष्ठ नागरिकलाई लक्षित गरी डिमेन्सिया अर्थात अल्जाईमर रोग सम्बन्धी सचेतना कार्यक्रम गरिएको छ । अल्जाईमर एवम डिमेन्सिया रोगबारे नेपाली जनमानसमा धेरै जानकारी नभएको र यो बिषयमा जनचेतना जगाउने कार्यक्रम अत्...