Tuesday, August 11

समाज

नागढुंगाबाट सुनसहित एक पुरूष पक्राउ
अपराध, समाचार, समाज

नागढुंगाबाट सुनसहित एक पुरूष पक्राउ

नेपालअखबार,काठमाडौं । काठमाडौंको नागढुंगाबाट एक जना पुरूष सुनसहित पक्राउ परेका छन्। सोमबार बिहान पौने ८ बजे चन्द्रागिरि नगरपालिका-२ नागढुंगाबाट एक जनालाई प्रहरीले सुनसहित पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए। बुटवलदेखि काठमाडौं आउँदै गरेको लु २ ख ६८५८ नम्‍बरको बसलाई प्रहरी प्रभाग नागढुंगा र लागुऔषध नियन्त्रण ब्युरोको टोलीले जाँच गरेको थियो। जाँचको क्रममा भारतको उत्तरप्रदेशका २७ वर्षीय कनैया लालले कार्बनको कागजलाई टेपले बेरेर शरीरमा लुकाएर राखेका थिए। उक्त कागजको पोका भित्र ३५६ ग्राम सुन बरामद भएको हो। प्रहरीले यस घटनाको थप अनुसन्धान अघि बढाएको छ।...
लागुऔषध कारोबारका ‘हब’ बन्दै फार्मेसी
अपराध, समाचार, समाज

लागुऔषध कारोबारका ‘हब’ बन्दै फार्मेसी

नेपालअखबार,भक्तपुर । जिल्लामा सञ्चालित औषधि पसल अर्थात् फार्मेसीदेखि सौन्दर्यकला व्यवसाय अर्थात् ब्युटिपार्लरसम्म लागुऔषध कारोबारको ‘हब’ बन्न थालेका छन् । जिल्ला प्रहरी परिसर भक्तपुरले औषधि पसलदेखि ब्युटी पार्लरसम्मबाट धमाधम लागुऔषध कारोबारीलाई पक्राउ गर्न थालेपछि फार्मेसी लागुऔषध कारोबारीको हब बन्न थालेको आशङ्कामा गोप्य ‘सर्च’ गर्नाका साथै छापा मार्न थालेको छ । मानवीय शरीरजन्य रोगका उपचारका लागि सरकारले स्वीकृत दिएका औषधि बिक्री गर्न सञ्चालन भइरहेका फार्मेसी अर्थात् औषधि पसल नै मानवीय स्वास्थ्य जोखिममा पार्ने लागुऔषध कारोबार गर्न थालेपछि प्रहरी यसतर्फ केन्द्रित हुँदै पक्राउ गर्न थालेको प्रहरी परिसरका प्रहरी उपरीक्षक माधव बुढाथोकीले जानकारी दिए । अघिल्लो आर्थिक वर्ष लागुऔषध कारोबारको अभियोगमा भक्तपुरमा एक जनालाई पनि पक्राउ नगरेको प्रहरीले यही कात्तिक महिनामै पाँच घटनामा १० जनालाई...
आजबाट कोप–२९ सुरू :  नेपालले दिँदै जलवायुजन्य जोखिमका उदाहरण
समाचार, समाज, हाइलाइट-समाचार

आजबाट कोप–२९ सुरू : नेपालले दिँदै जलवायुजन्य जोखिमका उदाहरण

नेपालअखबार,काठमाडौं । गत साउन ३२ गतेको दिउँसो, सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाको थामेमा अचानक लेदोसहितको बाढी आयो। स्थानीयले एक्कासी बाढी आउला भन्ने सोचेकै थिएनन्। हेर्दाहेर्दै क्षणभरको बाढीले थामे गाउँ बगरमा परिणत भयो। अझै पनि त्यो घटना सपना झैँ लाग्छ, खुम्बु पासाङल्हामु गाउँपालिकाकी अध्यक्ष टासी ल्हामु शेर्पाका लागि। ‘हामी जलवायुजन्य जोखिमको चपेटामा छौं,’ उनी भन्छिन्, ‘अझै कुन दिन हिमपहिरोको सिकार हुनुपर्ने हो भन्ने चिन्तामा छन् यहाँका बासिन्दा।’ गत असोज १०, ११ र १२ गते काठमाडौं उपत्यका लगायतका अधिकांश स्थानमा भारी वर्षाले ल्याएको विपद्ले अझै तर्साइरहेको छ कैयनलाई। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्यांकानुसार तीन दिनकै अवधिमा दुई सय ५० जनाले ज्यान गुमाए। १८ जना अझै बेपत्ता छन्।  एक सय ७८ जना घाइते भएका छन्। झण्डै छ हजार निजी आवासमा क्षति पु...
माईपोखरीमा हुँदैछ बहुधार्मिक महोत्सव
समाचार, समाज

माईपोखरीमा हुँदैछ बहुधार्मिक महोत्सव

नेपालअखबार, इलाम  । सन्दकपुर गाउँपालिका–३ स्थित धार्मिक–पर्यटकीय क्षेत्र माईपोखरीमा हरिबोधनी एकादशीका अवसरमा दुई दिने बहुधार्मिक महोत्सव आयोजना गर्न हुने भएको छ। माइपोखरीलाई धार्मिक पर्यटकीय केन्द्रको रूपमा विकास गर्ने, धार्मिक सहिष्णुता र बहुधार्मिक तीर्थका रुपमा प्रवद्र्धन तथा बहुआयमिक अनुसन्धानस्थलका रुपमा विकास गर्ने उद्देश्यका साथ महोत्सव आयोजना गरिएको आयोजक समिति अध्यक्ष प्रेम नाछिरिङ राईले बताए। यही कात्तिक २६ र २७ मा सञ्चालन हुने महोत्सवमा विभिन्न हिन्दू, बौद्ध र किरात धर्मगुरुले पूजापाठ, मन्त्रोच्चरण समेत गर्ने उहाँले जानकारी दिए। ‘माईपोखरीको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले बहुधार्मिक महोत्सव आयोजना गरिएको छ,’ अध्यक्ष राईले भने, ‘महोत्सवमा धार्मिक प्रवचनका साथै विभिन्न क्षेत्रको दृश्यावलोकन समेत गराइनेछ।’ महोत्सवमा माईपोखरी दर्शन तथा अवलोकन, माईपोखरी परिसरका सत्यधुनी प...
स्थापनाको चार दशकपछि विद्यालयको पक्की भवनस्थापनाको चार दशकपछि विद्यालयको पक्की भवन
शिक्षा, समाचार, समाज

स्थापनाको चार दशकपछि विद्यालयको पक्की भवनस्थापनाको चार दशकपछि विद्यालयको पक्की भवन

नेपालअखबार, म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–१ खहरेमा रहेको सिद्ध आधारभूत विद्यालय स्थापना भएको चार दशकपछि पक्की भवन निर्माण भएको छ । विभिन्न निकायको अनुदान सहयोगमा तीनवटा कक्षा कोठा भवन निर्माण भएको हो । श्रमदानसहित कूल रु एक करोड ७७ हजार पाँच सय ३४ को लागतमा निर्माण भएका तीनवटा भवनमा आठवटा कोठा रहेका प्रधानाध्यापक मोतिराज गौतमले जानकारी दिए। “विसं २०३९ मा खरको टहरामा सुरु गरिएको विद्यालय करिब करिब चार दशक कच्ची भवनमा सञ्चालन भएको थियो”, विद्यालयको स्थापनाकालदेखिनै त्यहाँ कार्यरत गौतमले भने, “चार दशक पुरानो भवन जीर्ण भएर पानी चुहिन थालेको थियो । भत्कने त्रास थियो ।” जग्गा व्यवस्थापन गरी नयाँ भवन निर्माण गरेपछि सुरक्षित र सहज रूपमा पठनपाठन हुने वातावरण सिर्जना भएको प्रअ गौतमले बताए । तत्कालीन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको अनुदान र श्रमदान गरी कूल रु ८६ लाख ९१ हजार छ सयको ...
सातु बिक्री गरेर मासिक ५० हजार आम्दानी
समाचार, समाज

सातु बिक्री गरेर मासिक ५० हजार आम्दानी

नेपालअखबार,इनरुवा (सुनसरी) । सुनसरी सदरमुकाम इनरुवा-१ का अर्जुन पौदार बिहानै ५ बजे इनरुवाको मुख्य बजारस्थित सुपरमार्केमा ठेला लिए आइपुग्छन् । ठेलामा माटोका भाँडामा पानी, चनाको सातु, प्याज र कागती रहेको हुन्छ । उनको ठेला देख्नेवित्तिकै सातु पिउने मानिसको भीड हुन्छ । उनले लिएर आउने ठेलाको टायरमा हावा हुँदैन । उनको सातु स्वादिष्ट हुने गरेको उपभोक्ताको भनाइ रहेको छ । उनले भने, ‘ ठेला राम्रो छैन तर ग्राहक सातु खुवाएर सन्तुष्टि छन् । सातु बिक्री गरेर मासिकरुपमा ५० हजार आम्दानी हुन्छ ।’ गर्मीयामका बेलामा एक लाख मासिक कमाउने गरेको र चिसोको बेलामा आम्दानी हुने उनको भनाइ रहेको छ । चिसोका बेलामा दैनिक रुपमा एक सयदेखि १५० गिलाससम्म सातु बिक्री हुने गरेको छ भने गर्मीका बेलामा दुई सयदेखि २५० गिलाससम्म सातु बिक्री हुने गरेको उनले बताए । उनले करिब पाँच वर्षदेखि इनरुवाको मुख्य बजारमा सातु बिक्र...
नेपाल मेडिकल कलेजको प्रिन्सिपलमा प्रा.डा. मरहठ्ठा नियुक्त
समाचार, समाज

नेपाल मेडिकल कलेजको प्रिन्सिपलमा प्रा.डा. मरहठ्ठा नियुक्त

नेपालअखबार,काठमाडौं । नेपाल मेडिकल कलेजको प्रिन्सिपलमा प्राध्यापक डाक्टर मोदनाथ मरहठ्ठा नियुक्त हुनु भएको छ । काठमाडौं विश्वविद्यालयले प्रा.डा. मरहठ्ठालाई आगामी तीन वर्षका लागि प्रिन्सिपलमा नियुक्त गरेको हो । विगत तीन वर्षदेखि कलेजको अस्पताल निर्देशकको भूमिकामा रहनु भएका डा. मरहठ्ठालाई शुक्रबार कलेजका अध्यक्ष प्रा.डा. जैनुद्धिन अन्सारीले प्रिन्सिपल पदमा पदस्थापन गराउनु भयो । कलेजमा आयोजित कार्यक्रममा अध्यक्ष प्रा.डा. अन्सारीले नवनियुक्त प्रिन्सिपललाई सफल कार्यकालको शुभकामना दिँदै नेपाल मेडिकल कलेजको शिक्षा, स्वास्थ्य र अनुसन्धानका क्षेत्रमा डा. मरह्ठाले महत्वपूर्ण योगदान दिने विस्वास व्यक्त गर्नुभयो । ‘यहाँले तीन वर्ष अस्पताल निर्देशकको भूमिकामा रहेर गर्नु भएको कामबाट हामी सन्तुष्ठ नै छौं । अब प्रिन्सिपलको भूमिका पनि कुशलतापूर्वक निर्वाह गर्नुहुन्छ भन्ने विस्वास छ ।’ उहाँले भन्नुभयो । ...
लोप हुँदै मिठेफापर, संरक्षणमा छैन कसैको चासो
कृषि, समाचार, समाज

लोप हुँदै मिठेफापर, संरक्षणमा छैन कसैको चासो

नेपालअखबार,मुगु । पछिल्लो समय मुगुका किसानले परम्परागत मिठे(गुलियो) फापरखेतीमा कम महत्व दिँदा मुगुबाट गुलियो फापर लोप हुने अवस्थामा पुगेको छ । पहिलेको तुलनामा फापरखेतीको क्षेत्रफलमा उल्लेखनीय गिरावट आएको छ। मुगुको उच्च भू–भागमा उत्पादन गरिँदै आएको प्रचलित फापरखेती अहिले क्रमशः घट्दै गएको हो । गुलियो फापर पोषणयुक्त अन्नबालीको रूपमा चिनिन्छ र मुगुका किसानले यसलाई परम्परागत रूपमा लगाउँदै आएका थिए । तर आधुनिक कृषि प्रणाली र नयाँ प्रविधिको विकाससँगै किसान अब अन्य नगदे बालीतर्फ आकर्षित भएका छन् । गाउँका युवा जनशक्तिले विदेश जाने प्रचलन बढेको, बजारमा प्रतिस्पर्धा र फापरको तुलनामा अन्य बालीबाट छिटो आम्दानी हुने हुँदा किसानले फापरखेती गर्न छोडेका हुन । किसानका अनुसार, फापरखेतीबाट राम्रो उत्पादन हुँदाहुँदै पनि यसको उचित मूल्य पाउन नसक्दा उनीहरूमा निराशा बढ्दै गएको छ । ‘फापर लगाएर महिनौँ कुर...
कालीकोटमा जिप दुर्घटना, ८ जनाको मृत्यु
दुर्घटना, समाचार, समाज

कालीकोटमा जिप दुर्घटना, ८ जनाको मृत्यु

नेपालअखबार, सुर्खेत । कालीकोटमा जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ। आइतबार दिउँसो कालीकोटको पलाँता गाउँपालिका-३ राढुनेटामा यात्रुवाहक जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको हो। पलाँता गाउँपालिकाका उपाध्यक्ष अलैपुरा जैशीले २० जना सवार बोलेरो जिप भिरबाट खसेको र ८ जनाको घटनास्थलमै मृत्यु भएको जानकारी दिइन्। जिपको नम्बर खुलिसकेको छैन। जिल्ला प्रहरी कार्यालय कालीकोटका डिएसपी टेकबहादुर रावतले दुर्घटनाबारे प्रहरीले सूचना प्राप्त भएको र त्यसतर्फ टोली परिचालित भइसकेको जानकारी दिए। हामी जाँदैछौं। दुर्घटनाको सूचना आएको छ। अरू विवरण घटनास्थल पुगेपछि थाहा हुन्छ,' उनले भने। जिप पलाँताको वडा नम्बर ३ बाट वडा नम्बर ९ तर्फ जाँदै थियो।...
पोखरा विश्वविद्यालयको उपकुलपतिका लागि दरखास्त आह्वान
प्रशासन, शिक्षा, समाचार, समाज

पोखरा विश्वविद्यालयको उपकुलपतिका लागि दरखास्त आह्वान

नेपालअखबार, काठमाडौं । पोखरा विश्वविद्यालयको उपकुलपतिका लागि दरखास्त आह्वान भएको छ । उपकुलपति बन्न योग्य तथा इच्छुक उम्मेदवारले मंसिर ४ गतेभित्र दरखास्त दिन सक्ने छन् । उपकुलपति सिफारिस समितिले आज सार्वजनिक सूचना जारी गरी ‘पोखरा विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिस सम्बन्धी कार्यविधि २०८१’ बमोजिम १० दिनभित्र दरखास्त दिन भनेको छ । पोखरा विश्वविद्यालयको उपकुलपतिमा २०७७ असोज १४ गते नियुक्त भएका प्रा.डा. प्रेमनारायण अर्यालको चार वर्षे कार्यकाल समाप्त भएपछि नयाँ उपकुलपति छनोट प्रक्रिया सुरु गरिएको छ । उपकुलपति छनोट तथा सिफारिसका लागि शिक्षा मन्त्रीको अध्यक्षतामा समिति गठन गरिएको छ । शिक्षा मन्त्रालयको सिफारिसमा कुलपति एवम् प्रधानमन्त्रीबाट उपकुलपति नियुक्त हुने व्यवस्था छ ।...