पार्टी र मधेस सरकारको नेतृत्व जोगाउन जनमतलाई सकस
नेपालअखबार,काठमाडौँ । जनमत पार्टीका शीर्ष नेताहरूको अभिव्यक्ति र सामाजिक सञ्जालमा पोस्ट गरेको विचार हेर्दा सो पार्टीका साथै उसले नेतृत्व गरेको मधेस सरकार सङ्कटमा रहेको बुझ्न सकिन्छ ।
जनमत पार्टीले मधेस प्रदेशको सरकार नेतृत्व गरेको छ । तर पछिल्लो समय सरकारको काम कारबाहीप्रति सत्ता साझेदार दलका नेताहरूले असन्तुष्टि जनाएपछि सरकार नै सङ्कटमा परेको हो कि भन्ने चर्चा सुरु भएको छ । मधेस सरकार जनमत पार्टीले एकलौटी चलाइरहेको गुनासो सत्ता साझेदार दलका नेताहरूले गरिरहेका छन् ।
यहाँसम्म कि जनमत पार्टीले अरू दलको मन्त्रालयमा पनि हस्तक्षेप गरेको कारण त्यसको गुनासो केन्द्रसम्म आइपुगेको जनमत पार्टीकै एक नेताले बताए ।
पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउ परेपछि जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले दिएको अभिव्यक्तिलाई लिएर पनि मधेस सरकारको आयुमाथि...










