एकीकृत सरकारी कर्मचारी सङ्गठनले तिहारपछि रिले अनसन बस्ने
नेपालअखबार,काठमाडौँ । एकीकृत सरकारी कर्मचारी सङ्गठनले तिहारपछि रिले अनसन बस्ने घोषणा गरेको छ । सङ्गठनको केन्द्रीय कार्यसमितिको चौथो पूर्ण बैठकले सङ्घीय निजामती ऐन जारी गराउन दबाब दिन दसैँ तिहारपछि रिले अनसन गर्ने निर्णय गरेको हो ।
संघीयता कार्यान्वयनको ९ वर्ष पुग्दा पनि सङ्घीय निजामती सेवा ऐन जारी हुन नसकेको भन्दै सङ्गठनले दबाब दिन तिहार लगायतको पर्वहरू सकिएपछि प्रत्येक हप्ताको शनिवार रिले अनसन गर्ने निर्णय गरेको हो ।
सेवाग्राही र कर्मचारीमैत्री ऐन प्राप्त नभएसम्म रिले अनसन लगायतको अभियान निरन्तर गर्ने सङ्गठनले जनाएको छ ।
आवश्यकता अनुसार अन्य कार्यक्रमहरू पनि सञ्चालन गर्ने निर्णय सर्वसम्मत रूपमा भएको सङ्गठनले जनाएको छ ।
भदौ महिनामा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको सरुवा पूर्वाग्रही, हचुवा, विधि विपरीत भएकाले मापदण्ड विपरीतका सरुवा संशोधन एवम् बदर गर्न माग गर...










