Wednesday, August 12

समाज

पहिरो खस्दा कर्णाली राजमार्ग अवरुद्ध
समाचार, समाज

पहिरो खस्दा कर्णाली राजमार्ग अवरुद्ध

नेपालअखबार,काठमाडौँ । वर्षाका कारण गएराति पहिरो जाँदा कर्णाली राजमार्ग बन्द भएको छ । कालिकोटको शुभकालिका गाउँपालिका गगने खोलामा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय कालिकोटका अनुसार सो राजमार्गमा आज (बिहीबार) बिहानैदेखि सवारीसाधन चल्न सकेका छैनन् । प्रहरीका अनुसार कर्णाली राजमार्गको कालिकोट सडकखण्डको विभिन्न ठाउँमा पहिरा खसेका छन् । सडक डिभिजन कार्यालय जुम्लाले पहिरो हटाउन स्काभेटर पठाइसकिएको जनाएको छ ।...
निष्पक्ष अनुसन्धानमा सहयोग गर्न मानव अधिकार आयोगको आग्रह
समाचार, समाज

निष्पक्ष अनुसन्धानमा सहयोग गर्न मानव अधिकार आयोगको आग्रह

नेपालअखबार,काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले विगत केही दिनदेखि देशमा विकसित विभिन्न घटनाक्रम र त्यसबाट शान्ति सुरक्षा एवं मानव अधिकारको संरक्षणमा पर्नसक्ने प्रतिकूल प्रभावप्रति ध्यानाकर्षण भएको जनाएको छ । आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा कसैले पनि घृणायुक्त अभिव्यक्ति नदिन तथा कानुनको सम्मान गर्दै निष्पक्ष अनुसन्धान प्रक्रियामा सहयोग गर्नसमेत आयोग सम्बन्धित सबै पक्षलाई आग्रह गरिएको छ । “कानुनको कार्यान्वयनमा पूर्वाग्रह भएको, दुराशय राखी पक्राउ गरिएको, पक्राउ गरिएका व्यक्तिप्रति मानवोचित व्यवहार नभएको र स्वास्थ्य उपचारमा पूर्वाग्रही भएकोजस्ता सूचनाहरू आयोगमा प्राप्त भएका छन्”, विज्ञप्तिमा भनिएको छ, “प्राप्त सबै सूचनाको आयोगले अनुगमन गरिरहेको छ, पक्राउ र आरोपको पक्षविपक्षमा भएका गतिविधिबाट नागरिकको मानव अधिकार संरक्षण र शान्तिसुरक्षामा प्रभा...
खेर गएको स्याउका विभिन्न परिकार बनाउँदै मुगुका कृषक
कृषि, समाचार, समाज

खेर गएको स्याउका विभिन्न परिकार बनाउँदै मुगुका कृषक

नेपालअखबार, मुगु । मुगुका कृषक खेर गएको स्याउबाट विभिन्न परिकार बनाएर सदुपयोग गर्न थालेका छन् । स्याउ उत्पादनको लागी निकै सुहाउँदो हावापानी भएको जिल्ला हुँदा पछिल्लो समयमा गाउँ गाउँमा सडक सञ्जाल  जोडिएपछि  मुगुका कृषकहरू खेर गएको स्याउबाट विभिन्न परिकार बनाउन थालेका हुन् । उत्पादन गरेका ठुला राम्रा स्याउ खेर जान थालेपछि कृषकहरू मारमा परेका थिए । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाईबाट पोस्ट हार्भेष्ट तथा फलफूल प्रशोधन तालिम पाएपछि  खेर जाने स्याउबाट विभिन्न प्रकारका बस्तुहरू बनाउन थालेका हुन् । लामो समयदेखि स्याउ खेती गरी राम्रो ठुला दाना भएको स्याउ बगैँचाबाट बिक्री हुने गरेको थियो । साना दाना लागेका स्याउहरू केही बगैँचाबाटै खेर जाने र केही घरमा ल्याएर गाई,भैँसीलाई खुवाएर खेर जाने गरेको स्थानीय जस बहादुर बुढाले बताए । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले खेर...
लोमान्थाङ : माटोको पर्खालभित्रको प्राचीन बस्ती, जहा बर्सेनि पुग्छन् ३००० बढी पर्यटक
पर्यटन, समाचार, समाज

लोमान्थाङ : माटोको पर्खालभित्रको प्राचीन बस्ती, जहा बर्सेनि पुग्छन् ३००० बढी पर्यटक

नेपालअखबार,म्याग्दी । विशाल फाँटका बीच बसेको बस्ती र त्यो बस्तीलाई चारैतिरबाट घेरेको माटोको पर्खाल । वरपर सुक्खा कलात्मक पहाडले घेरिएको मुस्ताङको लोमान्थाङ ऐतिहासिक र सांस्कृतिक पर्यटकीय सम्भावना भएको गाउँ हो । समुन्द्री सतहदेखि सात हजार सात सय २० मिटरको उचाइमा अवस्थित लोमान्थाङलाई कतिपयले नेपालको मरुभूमि पनि भन्छन् । यद्यपि बस्ती वरपरको समथर खेतीयोग्य फाँट निकै मनमोहक र आकर्षक देखिन्छ । लोमान्थाङ गाउँपालिकाको केन्द्रसमेत रहेको यो बस्ती प्राकृतिक सुन्दरता र सांस्कृतिक सम्पदाले सम्पन्न छ । माटोको पर्खालभित्र रहेको सीमित यो ऐतिहासिक बस्ती पछिल्लो समय पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको छ । दरबार र गुम्बा, सांस्कृतिक राजा, मुखिया परम्परा, तिब्बती संस्कृतिसँग मिल्दोजुल्दो संस्कार र जीवनशैली लोमान्थाङ पहिचान र विशेषता हो । लोमान्थाङ गाउँपालिका-५ का वडा सदस्य लाक्पा वाङदी गुरुङका अ...
१०३ वटा च्याङ्ग्रा चोरी आरोपमा एक व्यक्ति
समाचार, समाज

१०३ वटा च्याङ्ग्रा चोरी आरोपमा एक व्यक्ति

नेपालअखबार,पोखरा। १०३ वटा च्याङ्ग्रा चोरी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रुपन्देहीको शुद्धोधन गाउँपालिका–४ घर भइ पोखराको मासवार बस्दै आएका ५० वर्षीय मोहम्मद फकिर छन्। उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा महानगरपालिका–४ बाट सोमबार पक्राउ गरेको हो । १ असोजको दिउँसो ४ बजेतिर मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ का ताक्ला गुरुङको १०३ वटा च्याङ्ग्रा खरिद गर्ने भनि पोखरा ल्याएर चोरी गरेको आरोप उनीमागिथ छ । फकिरसहित तीन जना मिलेर ४२ लाखमा च्याङ्ग्रा खरिद गर्ने पक्का गरी रकम पोखरा गएपछि दिने भनि च्याङ्ग्राधनी ताक्लालाई समेत पोखरा ल्याइएको थियो । पोखराको ड्यामसाइडस्थित होटलमा सुतेको अवस्थामा च्याङ्ग्रासहितको गाडी लिएर फकिर फरार भएका थिए । फकिरले ती च्याङ्ग्राहरु २ असोजमा पोखराको घट्टेखोलामा लगी बिक्रि गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । पक्राउ...
उपलब्धि शून्यजस्तै भएपछि १० कक्षासम्मका प्राविधिक शिक्षा बन्द गर्न सुझाव
प्रविधि, शिक्षा, समाचार, समाज

उपलब्धि शून्यजस्तै भएपछि १० कक्षासम्मका प्राविधिक शिक्षा बन्द गर्न सुझाव

नेपालअखबार, काठमाडौं । प्राविधिक शिक्षातर्फ आकर्षित गर्न भन्दै अहिले देशका विभिन्न विद्यालयले ९/१० कक्षादेखि कक्षा चलाइरहेका छन् । त्यसमा सबैभन्दा बढी ‘सिभिल इञ्जिनियरिङतर्फ आकर्षण छ । प्रि डिप्लोमाअन्तर्गत १० कक्षासम्म १८ महिना विद्यार्थीले प्राविधिक शिक्षा पढ्छन् । तर, कक्षा १० अर्थात् एसईई पास भइसकेका विद्यार्थीले माथिल्लो कक्षामा प्राविधिक शिक्षातर्फ नै डिप्लोमा गर्न चाहेमा फेरि पुरानै पाठ्यक्रम दोहोर्‍याउनुपर्ने अवस्था छ । १० कक्षा पास गरेर आएका नयाँ विद्यार्थीसँग उनीहरुले फेरि पाठ्यक्रम दोहोर्‍याउनुपर्दा यसले प्रतिफलभन्दा बढी विद्यार्थीको समय खेर गइरहेको सरोकारवालाले आवाज उठाउँदै आएका छन् । अहिले शिक्षा तथा मानव स्रोत विकास केन्द्रको स्वीकृतिमा ९ देखि १२ कक्षासम्म प्राविधिक शिक्षा सञ्चालन भइरहेका छन् । त्यसबाहेक मूलधारको शिक्षाको विकल्पमा ल्याइएको प्राविधिक शिक्षाले बजार मागअनु...
एसईईको मौका परीक्षामा ९० हजार विद्यार्थी फेल
शिक्षा, समाचार, समाज

एसईईको मौका परीक्षामा ९० हजार विद्यार्थी फेल

नेपालअखबार,काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई) को पूरक ग्रेड वृद्धि परीक्षा (मौका परीक्षा) मा ९० हजार विद्यार्थी फेल भएका छन् । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको मौका परीक्षाको नतिजा अनुसार ९० हजार ८९६ विद्यार्थी फेल भएका हुन् । गत साउन २३ देखि ३१ गतेसम्म लिइएको ग्रेड वृद्धि परीक्षामा दुई लाख १० हजार ३२१ विद्यार्थी सहभागी भएका थिए । तीमध्ये एक लाख १९ हजार ४२५ विद्यार्थीले मात्रै ग्रेड प्राप्त गरेका छन् । अर्थात ५६.७८ प्रतिशत विद्यार्थी पास भएका छन् । गत चैतमा लिइएको परीक्षामा दुई लाख २२ हजार ४७२ जना विद्यार्थीले ग्रेड प्राप्त गरेका थिए । त्यसपछि साउनमा लिएको ग्रेड वृद्धि परीक्षामा एक लाख १९ हजार ४२५ विद्यार्थीले ग्रेड प्राप्त गरेका थिए । गत वर्षको एसईईमा तीन लाख ४१ हजार ८९७ विद्यार्थी कक्षा ११ पढ्न योग्य भएका छन् । पूरकको एनजीसहित एक लाख २२ हजार ८८८ विद्यार्थी ११ पढ्न अ...
धवलागिरि आरोहणका लागि १४ जनालाई अनुमति
पर्यटन, प्रशासन, समाचार, समाज

धवलागिरि आरोहणका लागि १४ जनालाई अनुमति

नेपालअखबार, म्याग्दी । यस वर्षको शरद्याममा म्याग्दीस्थित धवलागिरि हिमाल आरोहणका लागि १४ जनाले अनुमति लिएका छन् । विश्वको सातौं अग्लो धवलागिरि हिमाल म्याग्दीको धवलागिरि गाउँपालिका-४ मा पर्दछ । एउटा समूहका १४ जना पुरुष पर्वतारोहीले धवलागिरि हिमाल आरोहणका लागि अनुमति लिएका पर्यटन विभागले जनाएको छ । विभागका अनुसार धवलागिरि हिमाल आरोहणको अनुमति लिएकाबाट रु १६ लाख ८९ हजार ३० सलामी दस्तुर (शुल्क) प्राप्त भएको छ । गत वसन्त याममा तीन समूहका २२ पुरुष र आठ जना महिलाले धवलागिरि हिमाल आरोहण गर्ने अनुमति लिएका थिए । सोबापत रु ७१ लाख ७० हजार सात सय ५० शुल्क सङ्कलन भएको विभागले जनाएको छ । आरोहण अनुमति लिएका आरोही, शेर्पा, पथप्रदर्शक, भरिया र सहयोगी आधार शिविर आउने तयारी गरेका इटली आधार शिविरका होटल व्यवसायीसमेत रहनुभएका धवलागिरि गाउँपालिका-४ का वडा सदस्य हरिप्रसाद तिलिजाले बताए । पर्यटन विभ...
बागमतीमा बेपत्ता युवकको १९ घण्टापछि शव  फेला
समाचार, समाज

बागमतीमा बेपत्ता युवकको १९ घण्टापछि शव फेला

नेपालअखबार, रौतहट । रौतहटमा जितिया पर्व मनाउन साथीहरूसँग सोमवार बागमती नदीमा  नुहाउने  क्रममा डुबेर बेपत्ता भएका युवकको झन्डै १९ घण्टाको खोजीपछि आज बिहान शव फेला परेकाे छ । स्थानीय माधव नारायण नगरपालिका ८ रजावाडा गाउँ छेउ बागमती नदीमा डुबेर बेपत्ता भएका स्थानीय राजेन्द्र सहनीको छोरा वर्ष १८ को श्यामलाल सहनीको शव घटनास्थल बाट डेढ किलोमिटर दक्षिण गढो स्थित बागमती नदीमा संयुक्त टोलीले फेला पारेको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी विक्रम हुमागाईँले बताए। सोमबार बिहान साढे ११ बजे बागमती नदीमा नुहाउने क्रममा युवक डुबेको खबर प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल, नेपाल नम्बर ११ गण हेक्वा. रौतहटसहित सुरक्षा बेश भलोहियाबाट १३ जना,  इलाका प्रहरी कार्यालय रजवडा र स्थानीय बासिन्दाहरू सहितको टोलीले आज बिहान ६ बजे नदीबाट शव बाहिर निकालेको थियो। घटनास्थलको मुचुल्का पश्चात् मृतकको शव पोष्टमार्टमको लागि...
गुल्मीको निहुरो बुटवलदेखि काठमाडौँसम्म
समाचार, समाज

गुल्मीको निहुरो बुटवलदेखि काठमाडौँसम्म

नेपालअखबार,गुल्मी । गुल्मीका केही विपन्न परिवारका मानिस निहुरो बिक्री गरेर घरमा नुन तेलको जोहो गरिरहेका छन् । भान्सामा तरकारी र अचारका रूपमा निहुरो खाने गरिन्छ । उनिउँ प्रजातिको यो वनस्पति डाँठे, झुसे र कान्ले गरी तीन प्रकारको निहुरो यहाँमा पाइन्छ । वर्षाताका समयमा लेक क्षेत्रमा बसोबास गर्ने विपन्न परिवारका मानिसको दिनचर्या दिनभर जङ्गल र पाखामा निहुरो टिपेर बित्ने गर्छ । जिल्लाको पश्चिमी भेगका जङ्गल र खोल्साहरूमा प्रशस्त मात्रमा निहुरो पाइन्छ । दुई दिनको समय लगानी गरेर राम्रै आम्दानी गर्न सकिने भएका कारण त्यस क्षेत्रका विपन्न परिवार वर्षौँदेखि यो पेसा गर्दै आएका छन् । उनीहरू आफूले अघिल्लो दिन टिपेको निहुरो दोस्रो दिन बिहानै बिक्रीका लागि सदरमुकाम तम्घाससम्म आउने गर्दछन् । गुल्मीको अर्जै, घमिर, अर्खाबाङ, नेटा तथा ह्वाङदीलगायत जङ्गलमा प्रशस्त मात्रमा पाइने निहुरोले विपन्न परिवारको आयआर...