Thursday, August 13

समाज

आवश्यक कर्मचारी नहुँदा जनलोकपाल आयोग कामविहीन
प्रशासन, समाचार, समाज

आवश्यक कर्मचारी नहुँदा जनलोकपाल आयोग कामविहीन

नेपालअखबार, जनकपुरधाम । जनलोकपाल आयोगलाई आवश्यक  स्रोतसाधन एवं जनशक्तिको अभाव भएको छ । मधेस प्रदेश सरकारले प्रदेशमा सुशासन कायम गर्ने उद्देश्यले तीन वर्ष अगाडि उक्त आयोग स्थापना गरेको थियो । साथै प्रदेश सरकारले जनगुनासोलाई सम्बोधन गर्न उक्त आयोगको परिकल्पना गरेको थियो । आयोगका अध्यक्ष रामसहाय राययादवले भने, “आफूले आयोगको जिम्मेवारी सम्हालेको तीन वर्ष पूरा हुन लाग्यो । सुशासन प्रवर्द्धनका क्षेत्रमा चाहेजति काम गर्न नसकेको  छैन । आयोगको मुख्य उपलव्धि देखाउन नपाउँदा मन दुःखी भएको छ ।”  प्रदेश सरकारले नै ‘आयोग सक्षम होस्’ भनेर नचाहेको जस्तो देखिएको  उनले गुनासो गरे। आयोगका सदस्य राजकिशोर साहले प्रदेशमा सुशासन कायम गर्न आयोगले चाहेजस्तो  कार्य सम्पादन नसकेको बताए । उनले भने, ‘प्रदेश सरकारले आयोगलाई सुदृढ बनाउन आवश्यक स्रोतसाधन उपलब्ध गराउनुपर्छ । श्रोत साधन  उपलब्ध नगराउँदा कामविहीन भयौँ ...
सुख्खा पहिरो खसेपछि सिद्धार्थ राजमार्गको पाल्पा बुटवल सडक बन्द
समाचार, समाज

सुख्खा पहिरो खसेपछि सिद्धार्थ राजमार्गको पाल्पा बुटवल सडक बन्द

नेपालअखबार, पाल्पा । शनिबार दिउँसो सुख्खा पहिरो खसेपछि सिद्धार्थ राजमार्गको पाल्पा- बुटवल खण्ड अवरुद्ध भएको छ । पाल्पाको तिनाउ गाउँपालिका-३ को माथिल्लो सिद्धबाबा क्षेत्रमा खसेको सुख्खा पहिरोले पाल्पा-बुटवल सडक अवरुद्ध भएको हो। ठूला ढुंगासहित खसेको पहिरोले सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका हवल्दार नवीन भण्डारीले जानकारी दिए । सिद्धबाबा सुरुङ मार्गको दुईवटा मेसिनले पहिरो हटाउन सुरु गरे पनि ढुंगासहितको पहिरो ठूलो भएको हुँदा सडक सञ्चालनमा ल्याउन चार/पाँच घण्टा लाग्ने भण्डारीले बताए ।सडक अवरुद्ध हुँदा दुबै तर्फका सवारीसाधन बाटोमै रोकिएका छन् । अहिले पनि स साना ढुङ्गा खस्ने क्रम जारी रहेको हुँदा पहिरो पन्छाउन समस्या हुनसक्ने प्रहरीले जनाएको छ।...
अण्डाको माग बढेपछि मूल्य पनि बढाइयो
समाचार, समाज

अण्डाको माग बढेपछि मूल्य पनि बढाइयो

नेपालअखबार, चितवन ।  भदौ लागेपछि अण्डाको माग बढेको छ । साउनमा व्रत बस्ने र चोखो खाने धार्मिक मान्यतालगायतका कारण अण्डा उपभोग घटेकोमा भदौ लागेसँगै माग बढेको व्यवसायीले बताएका छन् । दाउन्ने एग्रो फार्म लिमिटेडका कार्यकारी निर्देशक विनोद पोखरेलले भदौ लागेसँगै अण्डाको माग बढेको बताए । उनका अनुसार माग बढेसँगै फार्महरुले अण्डाको मूल्य बढाएका छन् । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उत्पादकले मात्रै मूल्य तय गर्न निर्देशन गरेपछि फार्महरुले आफैं मूल्य निर्धारण गर्ने गरेका छन् । पोखरेलका अनुसार आजदेखि बिक्री मूल्य बढाइएको छ । दाउन्ने एग्रो फार्मले चितवनलाई आधार बनाएर एक्सल अण्डा प्रतिक्रेट (३० वटाको) पाँच सय पाँच तय गरेको छ । ठूलो अण्डा ४९५ र मध्यम अण्डाको मूल्य ४२५ तोकिएको हो । हिमचुली पोल्ट्री फार्मका अध्यक्ष राजेन्द्र लामिछानेले आफ्नो फर्मले पनि अण्डाको मूल्य बढाएको बताए । ...
पोखराको फेवातालमा डुबेर एक बालकको मृत्यु
समाचार, समाज

पोखराको फेवातालमा डुबेर एक बालकको मृत्यु

नेपालअखबार, पोखरा । पोखराको फेवातालमा डुबेर एक बालकको मृत्यु भएको छ । बिहीबार घरबाट विना जानकारी निस्किएका उनी शुक्रबार दिउँसो फेवातालमा मृत भेटिएका हुन् । पर्वत फलेवास २ घर भई पोखरा ७ अन्नपूर्ण टोल बस्दै आएका सूर्यबहादुर क्षेत्रीका १३ वर्षीय छोरा प्रस्ताव क्षेत्री मृत भेटिएका हुन् । प्रहरीका अनुसार घरबाट कसैलाई जानकारी नै नदिई उनी निस्किएका थिए । उनी तालमा हामफालेको उनका साथीले देखेका थिए । सोही आधारमा प्रहरीलाई खबर गरेपछि खोजी गर्दा क्षेत्री मृत भेटिएका हुन् ।...
संस्कृत भाषाको लोकप्रियता विश्वमै बढ्दै गएको छ : राष्ट्रपति पौडेल
समाचार, समाज

संस्कृत भाषाको लोकप्रियता विश्वमै बढ्दै गएको छ : राष्ट्रपति पौडेल

नेपालअखबार, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संस्कृत भाषाको लोकप्रियता नेपाल र भारतमा मात्र नभई विश्वमै बढ्दै गइरहेको बताएका छन् । जयतु संस्कृतम् संस्थाले शीतल निवासमा आज आयोजना गरेको पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले विश्वका विभिन्न विश्वविद्यालयमा संस्कृत वाङ्मयको पठनपाठन हुनुले यसको महत्व विश्वव्यापी हुँदै गएको पुष्टि हुने बताए । उनले संस्कृत अमृत भाषा भएको उल्लेख गर्दै यसभित्र अमर सन्देश भएकाेले अहिले पनि मानव जगत् आल्हादिन भइरहेको बताए । “संस्कृत भाषा र संस्कृत वाङ्मय ज्ञान विज्ञानको भण्डार हो, यो भाषा र वाङ्मयको विस्तार आवश्यक छ”, राष्ट्रपति पौडेलले भने । शुक्लयजुर्वेदलगायतका कयौँ ग्रन्थ नेपालमै लेखिएका थिए भन्ने अनुसन्धाताको विचार पाइन्छ भन्दै उनले वेदव्यास, वाल्मीकि, विश्वामित्रजस्ता कयौँ ऋषिहरूको तपोभूमि  नेपाल भएको बताए । विसं २००४ मा बोल्न...
नेपाली विभागमा छात्रवृत्ति वितरण तथा परिचर्चा
शिक्षा, समाचार, समाज

नेपाली विभागमा छात्रवृत्ति वितरण तथा परिचर्चा

नेपालअखबार, पाेखरा। पृथ्वीनारायण क्याम्पस नेपाली विभागले विभागीय छात्रवृत्ति वितरण तथा साहित्यक परिचर्चा कार्यक्रम सम्पन्न गरेको छ । विभागले बिहीवार एक समारोहबीच छात्रवृत्ति वितरण र साहित्यकार तीर्थराज अधिकारीको नवौं कृति ‘यो कसको हात हो’ दोस्रो संस्करणको परिचर्चा एकैसाथ आयोजना गरेको हो । कार्यक्रमका प्रमुख अतिथि निमित्त क्याम्पस प्रमुख शंकरनाथ पौडेल, विभागीय प्रमुख डा. यमनाथ तिमिल्सिना, छात्रवृत्ति संस्थापक कृष्णप्रसाद पौडेल, राधादेवी पौडेल, तीर्थराज अधिकारी, सीतादेवी अधिकारीले संयुक्तरूपमा उक्त छात्रवृत्ति अर्पण गरे । पूर्व विभागीय प्रमुख कृष्णप्रसाद पौडेलद्वारा आफ्ना बुबा शालिकराम पौडेलको स्मृतिमा स्थापित शालिकराम–कृष्ण पौडेल छात्रवृत्ति जमुना कुमारी रिजालले प्राप्त गरेकी छन् । यसैगरी, मुक्तकमणि तीर्थराज अधिकारीद्वारा स्थापित सीता–तीर्थ छात्रवृत्ति शिवप्रसाद पौडेलले प्राप्त गरे । उन...
गायिका सुस्मिता स्याङ्तान र कुन्साङ दोर्जेको आवाजमा ‘इन्टरनेटरी ह्रुप ताजी’
मनोरञ्जन, समाचार, समाज

गायिका सुस्मिता स्याङ्तान र कुन्साङ दोर्जेको आवाजमा ‘इन्टरनेटरी ह्रुप ताजी’

नेपालअखबार, काठमाडौँ । गायिका सुस्मिता स्याङ्तान र गायक कुन्साङ दोर्जे लोप्चनको आवाजमा 'इन्टरनेटरी ह्रुप ताजी' बोलको गीत बजारमा आएको छ । गायिका सुस्मिता स्याङ्तानको आफ्नै युटुब च्यानल सुस्मिता स्याङ्तान अफिसियलमार्फत उक्त गीत बजारमा ल्याएको हो । गायिका सुस्मिता स्याङ्तान चिरपरिचित गायिका हुन । गायिका स्याङ्तानले बिदेशी भुमिमा रहेका युवा र स्वदेशमा रहेका युवतीबिच भएको प्रेमिल कुरालाई गीतमा समावेश गरिएको बताइन । उनले दर्शक एंव स्रोताले गीत मन पराउनेमा आफु विश्वास्त रहेको बताइन । गीतमा धीरज गोलेको शब्द, जोगलाल लामाको संगीत संयोजन रहेको छ भने उनै गायक कुन्साङ दोर्जे लोप्चनको संगीत रहेको गीतलाई मनोज डंगोलले मिक्सिङ गरेका हुन । स्टुडियो २१ मा रेकर्डिङ गरिएको गीतलाई श्याम बहादुर थिङले निर्माण गरेका हुन ।...
नेपालमा मनसुन भित्रिएयता भएका विपदका घटनाबाट अहिलेसम्म १९३ जनाको मृत्यु
समाचार, समाज

नेपालमा मनसुन भित्रिएयता भएका विपदका घटनाबाट अहिलेसम्म १९३ जनाको मृत्यु

नेपालअखबार, काठमाडौं । नेपालमा मनसुन भित्रिएयता भएका विपदका घटनाबाट अहिलेसम्म १९३ जनाको मृत्यु भएको छ। बिहीबार बिहान ८ बजेसम्मको विवरणअनुसार अविरल वर्षा, पहिरो, चट्याङ तथा बाढीका कारण १९३ जनाको मृत्यु भएको छ। यो विवरण नेपालमा मनसुन भित्रिएको समय अर्थात् गत जेठ २८ गते यताको हो। बाढीकै कारणले मात्रै ५० जनाले, पहिरोले २२ जनाले, अविरल वर्षाका कारण एक जना र चट्याङले लागेर १५ जनाको मृत्यु भएको हो। यसरी ज्यान गुमाउनेहरूमा सबैभन्दा धेरै पुरूष छन्। पुरूष ८२, महिला ५५, बालक २१ र बालिका ३५ जनाको मृत्यु भएको प्रधान कार्यालयले जनाएको छ। दुई महिनाको अवधिमा भएको विभिन्न प्रकारका विपदका घटनाबाट २४६ जना घाइते भएका छन्।  जसमध्ये १०९ जना पुरूष घाइते छन्। ७६ जना महिला, २१ जना बालक र ३० जना बालिका घाइते छन्। त्यस्तै विपदका घटनामा परी ४९ जना मानिसहरू बेपत्ता छन्। बेपत्ताको खोजी भइरहेको प्रहरीले ज...
गाउँपालिकाको लगानीमा १४ सय रोपनी जग्गामा चियाखेती
कृषि, समाचार, समाज

गाउँपालिकाको लगानीमा १४ सय रोपनी जग्गामा चियाखेती

नेपालअखबार, भोजपुर ।  पर्यटकीय क्षेत्रको विकाससँगै स्थानीयको आयस्तर सुधार गर्ने लक्ष्यले भोजपुरको आमचोक गाउँपालिकाले चियाखेती थालेको छ। चियाखेतीको प्रशस्त सम्भवना बोकेका यहाँका खाली पाखापखेरालाई हरियाली बनाउँदै आयस्तर वृद्धिसँगै रोजगारी सृजना गर्न गाउँपालिकाले चियाखेती थालेको हो। गाउँपालिकाले आफ्नै लगानीमा यहाँको करिब एक हजार ४०० रोपनीमा चियाखेती गरेको छ । खाली जमिनको सदुपयोग गर्दै पर्यटीय क्षेत्रको रुपमा स्थापित गराउने उद्धेश्यका साथ गाउँपालिकाले आर्थिक वर्ष २०७४/०७५ देखि योजनाबद्ध रुपमा चियाखेती गरिरहेको छ। हालसम्म चियाखेतीका लागि गाउँपालिकाले  चार करोड ५० लाख लगानी गरिसकेको गाउँपालिका अध्यक्ष अशोक राईले बताए। उक्त पालिकाका वडा नं १ २, ३ र ६ मा खेती विस्तार थालिएको गाउँपालिका अध्यक्ष राईले बताए। यी वडामा प्रशस्त खाली जमिन छ भने यहाँको प्राकृतिक छटाले पर्यटनको राम्रो सम्भावना ...
लाइन काटेपछि धमाधम विद्युत् महसुल बुझाउँदै उपभोक्ता
समाचार, समाज

लाइन काटेपछि धमाधम विद्युत् महसुल बुझाउँदै उपभोक्ता

नेपालअखबार,  तनहुँ । बिजुलीको लाइन काटेपछि यहाँका उपभोक्ताले धमाधम विद्युत् महसुल बुझाउन थालेका छन्। नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रले लाइन काटेर दुई करोड ५० लाखभन्दा बढी बक्यौता संकलन गरेको छ। उक्त कार्यालयले आर्थिक वर्ष २०८०/०८१ मा लाइन काटेर दुई करोड ६८ लाख ४५ हजार ७०० बक्यौता संकलनग गरेको हो । केन्द्रका प्रमुख विजय रेग्मीका अनुसार एक हजार ४३६ जना ग्राहकको लाइन काटिएकामा एक हजार दुई सय ७३ ग्राहकले बक्यौतावापतको रकम बुझाएका छन्। एक हजार ४३६ ग्राहकबाट तीन करोड ५० लाख ५६ हजार ६७४ बक्यौता उठ्नुपर्ने थियो तर, ७६.५७ प्रतिशत बक्यौता असुली भएको छ। आर्थिक वर्ष २०७९/०८० मा कार्यालयले ९१८ ग्राहकको लाइन काटेकामा एक करोड ८४ लाख ६५ हजार ४५२ बक्यौता संकलन गरेको थियो। उक्त आर्थिक वर्षमा सात सय ८६ ग्राहकको लाइन बक्यौता रकम तिरेपछि पुनः जडान गरिएको थियो। त्यतिबेला तीन करोड ६४ ...