Thursday, August 13

समाज

झाडापखालाका कारण चार वर्षीय बालकको मृत्यु
समाचार, समाज, स्वास्थ्य

झाडापखालाका कारण चार वर्षीय बालकको मृत्यु

नेपालअखबार, काठमाडौँ । झाडापखालाका कारण दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खा निवासी युवराज भुजेलका चार वर्षीय छोरा दीपशनको मृत्यु भएको छ। तीन दिनदेखि झाडापखालाबाट ग्रसित दीपशनको आज साँझ जिल्ला अस्पताल खोटाङमा उपचारका क्रममा मृत्यु भएको हो। अस्पताल प्रमुख डा. रुपेश सङ्ग्रौलाले बालकलाई ढिला गरी उपचार गर्न ल्याएकाले मृत्यु भएको बताए। बालकलाई धेरै पटक झाडापखाला भएको र सिकिस्त बनेको खबर पाएपछि थप उपचारका लागि स्थानीयको सहयोगमा जिल्ला अस्पताल लगिएको थियो। भुजेल परिवारमा अन्य दुई जनालाई पनि झाडापखालाको समस्या देखिएको स्वास्थ्य चौकी याम्खाका प्रमुख सिनियर अहेव सौजन राईले जानकारी दिए। बिरामीलाई घरैमा राखेर गाउँपालिकाको ‘हेल्लो डाक्टर’ कार्यक्रममार्फत उपचार भइरहेको उनले बताए। आर्थिक अवस्था कमजोर भएका कारण अभिभावकले समयमै उपचार गराउन नसक्दा बालकको मृत्यु भएको र दाहसंस्कार लागि शव घ...
मगर भाषा र संस्कृति अध्ययन भ्रमण गर्न चित्रे पुग्यो मिस मगर नेपालको टोली
समाचार, समाज

मगर भाषा र संस्कृति अध्ययन भ्रमण गर्न चित्रे पुग्यो मिस मगर नेपालको टोली

नेपालअखबार, पोखरा ।  मगर जातिको भाषा, धर्म तथा कला संस्कृति सम्बन्धि अध्ययन भ्रमण तथा अन्तरक्रिया कार्यक्रमका लागि मिस मगर नेपाल २०२४ का प्रतियोगीहरु स्याङ्जाको चित्रे पुगेका छन् । एसटी क्रियसन म्यानेजमेन्ट प्रालीको आयोजना तथा नेपाल मगर संघ कास्कीको संरक्षकत्वमा हुने मिस मगर समुदायको भाषा, तथा संस्कृति सम्बन्धि अध्ययन तथा अनुसन्धानका लागि स्याङ्जाको चित्रेमा कार्यक्रम आयोजना गरिएको हो । ग्राण्ड फिनालेका लागि छनोट भएका ११ जना प्रतिस्पर्धीसहित पोखराबाट मगर समुदायको भाषा, कला, संस्कृतिको अध्ययनको लागि स्याङ्जाको चित्रेमा शुक्रबार र शनिबार अध्ययन भ्रमण तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको टिम संयोजक प्रियन्का गर्बुजा मगरले जानकारी दिइन् । मिस मगर नेपाल २०२४ का प्रतियोगिहरुलाई मगर भाषा तथा संस्कृति सम्बन्धी अध्ययन भ्रमण एवं अन्तरक्रिया कार्यक्रममा बोल्दै स्याङ्जाको हरिनास गाउँपालिकाका उपा...
२ लाख ५५ हजार जरिवाना,  २१९ केजी माछा र १५ केजी मासुु नष्ट
प्रशासन, समाचार, समाज

२ लाख ५५ हजार जरिवाना, २१९ केजी माछा र १५ केजी मासुु नष्ट

नेपालअखबार, पोखरा। पोखरा महानगरपालिले आइतबारदेखि बजार अनुुगमन सुरु गरेको छ । बजारमा मुल्यबृद्धि,मिसावट र जनस्वास्थ्यमा असर गर्ने गरी मासुुज जन्य तथा खाद्यय सामग्री बिक्री वितरण भैरहेको जनगुुनासो आएपछि अनुुगमन सुरु गरिएको महानगरले जनाएको छ । गुुनासो आएपछि पहिलो चरणमा माछा र मासुुमा अनुुगमन सुरु गरिएको हो । महानगरका उपप्रमुख एवं बजार अनुुगमन समितिका संयोजक मञ्जुुदेवी गुुरुङको नेतृत्वमा पोखराको श्रीकम्पलेक्स, सृजनाचोक र पृथ्वीचोकमा रहेका १७ वटा माछा र मासुु पसलमा अनुुगमन गरेको हो । अनुुगमनका क्रममा कुहिएर खाना योग्य नभएको २१९ केजी माछा र खसिको मासुु १५ केजी गरी २३४ केजी जफत र उनीहरुलाई जरिवाना गरिएको छ । जफत गरिएको माछा र मासुु भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कास्कीको जैविक डिस्पोजल पीटमा डिस्पोज गरिएको पोखरा महानगर बजार अनुुगमन समितिका सदस्यसचिव अनिल कार्कीले जानकारी दिए । अनुु...
अब पोखरा र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएस पढाइ हुने
समाचार, समाज, स्वास्थ्य

अब पोखरा र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएस पढाइ हुने

नेपालअखबार,पोखरा । कास्कीस्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएस पढाउने बाटो खुलेको छ। संघीय सरकारअन्तर्गतका दुवै प्रतिष्ठानमा एमबीबीएस पढाइ सञ्चालनका लागि अर्थ मन्त्रालयले स्रोत सुनिश्चित गरेको हो। अर्थले यससम्बन्धी पत्र हालै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पठाएको छ। गत साउन २७ गते आफ्नो प्राथमिकता तथा योजना सार्वजनिक गर्दा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले दुवै प्रतिष्ठानमा यसै वर्ष चिकित्सा शिक्षा सुरू गरिने बताएका थिए। मन्त्रालयले ५ करोड रुपैयाँ विनियोजन गरे पनि थप स्रोत सुनिश्चित नहुँदा पढाइ सुरू हुन सकेको थिएन। मन्त्रालयले अर्थसँग समन्वय गरेपछि हालै रकम सुनिश्चित भएको मन्त्री पौडेलको सचिवालयले जनाएको छ। दुवै प्रतिष्ठानले पाँच वर्ष अघि पूर्वाधार विकास गरेका थिए। तर मन्त्रालयमा बजेट नै नआउँदा अघि ...
जोखिमपूर्ण कालीगण्डकी करिडोर
समाचार, समाज

जोखिमपूर्ण कालीगण्डकी करिडोर

नेपालअखबार, नवलपुर । ठाउँठाउँमा गएको पहिरोका कारण कालीगण्डकी करिडोरको सडकमा यात्रा जोखिमपूर्ण बनेको छ। करिडोरको गैँडाकोट–राम्दी–पीपलडाँडा खण्डमा पहिरोले यात्रा जोखिमपूर्ण बनेको हो। गैँडाकोट नगरपालिकाका प्रवक्ता एवम् वडा नं ३ का वडाध्यक्ष शिवकान्त तिवारीले करिडोरमा ठूला पहिरो खसेर यातायात सञ्चालनमै कठिनाइ भएको बताए। ‘यो करिडोरले पहाडी क्षेत्रका बासिन्दाको यात्रालाई सहज भएको थियो। तर विभिन्न ठाउँमा खसेका पहिरोले जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ,’ उनले भने, ‘सबैभन्दा ठूलो पहिरो गैँडाकोट, बुलिङटारलगायतका क्षेत्रमा छन्।’ पहिरोले सडक अवरुद्ध हुँदा सामान्य रुपमा पहिरो हटाइए पनि पूरै सफा गर्न नसकिएको उनको भनाइ छ। ‘पहिरो आएर सडक रोकिन्छ, अलिअलि हटाउँदै यातायात सञ्चालन गरिँदै आएको छ,’ उनले भने, ‘पहिरो पूर्णरुपमा नहटाउँदा सानो पानी पर्दा समेत माथिबाट पहिरो खसेर सडक अवरुद्ध भइहाल्...
सिटीवान टेलिभिजनले तेस्रो संस्करणको तीज गीत मेला गर्ने
समाचार, समाज

सिटीवान टेलिभिजनले तेस्रो संस्करणको तीज गीत मेला गर्ने

नेपालअखबार, पोखरा । गण्डकी प्रदेशको राजधानी पोखरामा मुख्य कार्यालय रहेको सटीवान टेलिभिजनले महिलाहरुको महान चाड तीजलाई मध्यनजर यस वर्ष पनि सास्कृतीक तीज गीत प्रतियोगिता गर्ने भएको छ । “तीजको वेला सिटीवानको सास्कृतीक मेला, तेस्रो खुल्ला तीज गीत प्रतियोगिता–२०८१” नाममा टेलिभिजनले तीजका सास्कृतीक पक्षहरुको संरक्षण गर्ने उद्धेश्यले मेला आयोजना गरेको टेलिभिजनले जनाएको हो । टेलिभिजनका प्रवन्ध निर्देशक अनिशा श्रेष्ठले पछिल्लो समयमा डिजिटल प्रविधिको प्रयोकका कारण नेपालीहरुका कतिपय संस्कृतीहरु लोप हुन लागेको भन्दै सवैको संस्कृती संरक्षणमा टेलिभिजन लाग्ने धारणा राख्नुभयो । पहिलो र दोस्रो सस्करणको अपार सफलता पछि यही भाद्र १५ र १६ गते विहान ९ः०० वजे देखी तेस्रो सस्करणको प्रतियोगिता गर्न लागेको हो । प्रतियोगितामा विशुद्ध नेपाली तीज प्रचलनका गीत र परिवेशलाई मान्यता दिदै तीजलाई तीज जसरि नै मनाउनका लाग...
ढोरपाटनमा पर्यटक आगमन दोब्बरले बढ्यो
पर्यटन, समाचार, समाज

ढोरपाटनमा पर्यटक आगमन दोब्बरले बढ्यो

नेपालअखबार, म्याग्दी । पूर्वीरुकुम, बागलुङ र म्याग्दी जिल्लामा फैलिएको ढोरपाटन शिकार आरक्षमा आन्तरिक पर्यटक आगमन दोब्बरले बढेको छ । विदेशी सिकारीका अलावा पछिल्ला केही वर्षयता देशका विभिन्न ठाउँबाट आन्तरिक पर्यटकहरू ढोरपाटन घुम्न आउने क्रम बढेको हो । विसं २०८१ को साउनमा पाँच सय ८१ जना नेपाली पर्यटकहरूले ढोरपाटन भ्रमण गरेका आरक्षका संरक्षण अधिकृत मण्डिप पंगेनीले बताए । “आर्थिक वर्ष २०७९/०८० को तुलनामा आर्थिक वर्ष २०८०/०८१ मा पर्यटक आगमन दोब्बरले बढेको छ,” उनले भने, “२०७९/०८० मा पर्यटक प्रवेश शुल्कबाट रु नौ लाख ८३ हजार दुई सय राजस्व सङ्कलन भएकोमा २०८०/०८१ मा रु १९ लाख ३३ हजार सात सय पुगेको छ ।” आर्थिक वर्ष २०७९/८० मा सात हजार छ सय ४५ जना पर्यटक भित्रिएको ढोरपाटनमा २०८०/८१ मा १५ हजार पाँच सय ७३ जनाले भ्रमण गरेका छन् । सार्क राष्ट्रका चार, अन्य देशका एक सय दुई र १५ हजार चार सय ६७ जना नेपा...
नेपालका एचआइभी सङ्क्रमित महिला र किशोरीहरूको यौन तथा प्रजनन स्वास्थ्यको विषयमा अध्ययन हुने 
समाचार, समाज

नेपालका एचआइभी सङ्क्रमित महिला र किशोरीहरूको यौन तथा प्रजनन स्वास्थ्यको विषयमा अध्ययन हुने 

सन्जिब दुलाल ,काठमाडौँ । नेपालका एचआइभी सङ्क्रमित महिला र किशोरीहरूको यौन तथा प्रजनन स्वास्थ्यको विषयमा अध्ययन हुने भएको छ । एचआइभी सङ्क्रमित तथा लागु पदार्थ प्रयोगकर्ताहरूको सवालमा काम गर्दै आएको सुरुवात नामक संस्थाका माध्यमबाट नेपालका एचआइभी सङ्क्रमित महिला र किशोरीहरूको यौन तथा प्रजनन स्वास्थ्यको विषयमा अध्ययन हुन लागेको हो । सुरुवातले हाल क्यानडामा स्थीत The Research Institute of Health, McGill University Health Centerको सहयोगमा "Measuring the Sexual and Reproductive Health and Rights and Responding to the Needs of Indigenous PLHIV Women's and Girl's in Nepal" आदिवासी एचआइभी सङ्क्रमित महिला र किशोरीहरूको यौन तथा प्रजनन स्वास्थ्य अधिकार र आवश्यकताहरू अध्ययन नामक परियोजना अन्तर्गत उक्त अध्ययन हुन लागेको हो । एचआइभी सङ्क्रमितहरूको यौन तथा प्रजनन स्वास्थ्यको विषयमा कसैको पनि चासो नरह...
भादगाउँले कालो टोपी उद्योग सङ्घको साधारण सभा सम्पन्न
समाचार, समाज

भादगाउँले कालो टोपी उद्योग सङ्घको साधारण सभा सम्पन्न

सन्जिब दुलाल, भक्तपुर । घरेलु उद्योग प्रवर्द्धनमा सबै एक जुट हुनु पर्ने सरोकारवालाहरूले बताएका छन् । भादगाउँले कालो टोपी उद्योग सङ्घको प्रारम्भिक साधारण सभामा सरोकारवालाहरूले घरेलु तथा साना उद्योग प्रवर्द्धन गर्न सबै एक जुट हुनु पर्ने बताएका हुन् । भक्तपुरको मौलिक पहिचानको रूपमा रहेको भादगाउँले कालो टोपी उद्योग सङ्घले आफ्नो पहिलो प्रारम्भिक साधारण सभा सम्पन्न गरेको छ । उक्त कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले घरेलु उद्योग, हस्तकलालगायतका उद्योगहरूले देशको आर्थिक विकासमा महत्त्वपूर्ण योगदान पु¥याइरहेको बताउँदै यसको प्रवर्द्धनमा हामी एक जुट भएर लाग्नु पर्ने बताउनुभएको थियो । उहाँले नगरपालिकाले यहाँका मौलिक तथा परम्परागत सीप तथा कलाहरू संरक्षण र प्रवर्द्धनमा विशेष पहल गर्दै आइरहेको बताउँदै  भक्तपुर भ्रमण गर्ने स्वदेशी तथा विदेशी विशिष्ट पाहुनाहरूलाई भादगाउँले टोपी, ज...
बाढीपछि सोलुखुम्बुको नाम्चेभन्दा माथिको आवातजावत ठप्प
समाचार, समाज

बाढीपछि सोलुखुम्बुको नाम्चेभन्दा माथिको आवातजावत ठप्प

नेपालअखबार, सोलुखुम्बु । बाढीपछि सोलुखुम्बुको नाम्चेभन्दा माथिको आवातजावत ठप्प भएको छ । शुक्रबार थामे खोलामा आएको बाढीले खुम्बु पासाङल्हामु गाउँपालिका–३ फाक्दिङदेखि नाम्चे जाने पर्यटकीय पदमार्ग कटान गर्दा तल्लोक्षेत्रबाट सगरमाथा क्षेत्रबीचको आवातजावत ठप्प बनेको इलाका प्रहरी कार्यालय नाम्चेले जनाएको छ । प्रहरी नायब निरीक्षक हेमबहादुर कटवालका अनुसार फाक्दिङदेखि नाम्चेबीचको दुई ठाउँमा १००÷१०० मिटरजति पदमार्ग नदीको कटानमा परेको छ । जसका कारण लुक्लाबाट नाम्चे हुँदै थामे आवातजावत अवरुद्ध भएको छ । सगरमाथा पदमार्गमा पर्ने एकमात्र पदमार्ग भोटेकोसीले कटान गर्दा पदमार्ग अवरुद्ध भएको उनले बताए । थामे खोला हुँदै आएको लेदोसहितको बाढी भोटेकोसी हुँदै दूधकोसी नदीमा मिसिएको छ । बाढीले खुम्बुको स्थानीय जलविद्युत् आयोजनाको ड्याम बगाउँदा सो क्षेत्रमा सञ्चार सेवासमेत ठप्प बनेको स्थानीय ल्हाक्पा नुरु शेर्पाले...