Thursday, August 13

समाज

सोलुखुम्बुमा हिमताल फुटेर आएको बाढीले १४ घर बगायो
समाचार, समाज

सोलुखुम्बुमा हिमताल फुटेर आएको बाढीले १४ घर बगायो

नेपालअखबार, सोलुखुम्बु। सोलुखुम्बु जिल्लाको खुम्बु पासाङ ल्यहामु गाउँपालिका ५ मा पर्ने खुम्बु थामे क्षेत्रमा हिमताल फुटेर आएको लेदोसहितको बाढीले १४ घर बगाएको छ । बाढीबाट एउटा विद्यालय, ३ वटा क्लिनिकसहित १४ वटा घरमा पूर्ण क्षति भएको हो । यस्तै ७ वटा घर उच्च जोखिममा रहेको सोलुखुम्बुको प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले जानकारी दिइन् । उनले मानवीय क्षतिको विवरण नआएको बताइन् ।  यसैबिच जल तथा मौसम विज्ञान विभागले पनि दूधकोशी नदी आसपासमा जोखिम बढेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । त्यहाँस्थित पालिकाहरुले पनि सूचना जारी गर्दै नदी किनारका वस्ती जोखिममा रहेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् । घटनास्थलमा नेपाली सेनासहितको टोली पुगिसकेको छ भने जोखिम क्षेत्रका सर्वसाधारणलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको उनले बताइन् । आज दिउँसो २ बजे बाढी आएको थियो ।...
सुविधासम्पन्न अस्पताल भवन पाँच महिनादेखि उपयोगविहीन
समाचार, समाज

सुविधासम्पन्न अस्पताल भवन पाँच महिनादेखि उपयोगविहीन

नेपालअखबार,नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को डेढगाउँमा १५ करोड ३२ लाखमा निर्मित सुविधासम्पन्न आधारभूत अस्पताल भवन निर्माण कम्पनीले भुक्तानी नपाउँदा पाँच महिनादेखि उपयोगविहीन भएको छ। प्रमुख प्रशासकीय अधिकृत उज्वल बहादुर बस्नेतका अनुसार भवन निर्माण सम्पन्न भए पनि निर्माण व्यवसायीलाई भुक्तानी गर्नुपर्ने केही रकम बाँकी भएका कारण गाउँपालिकालाई भवन हस्तान्तरण हुन नसकेको हो। ‘निर्माण व्यवसायीलाई रु दुई करोड २५ लाख रकम तिर्न बाँकी छ, काम सम्पन्न भएपछि भुक्तानीका लागि टिप्पणी उठाएर मन्त्रालयमा पठाएका छौँ । रकम प्राप्त भएपछि भुक्तानी गर्छौँ,’ उनले भने। बौदिकाली गाउँपालिका–२ डेढगाउँमा गत चैतमा निर्माण सम्पन्न भएको १५ शय्याको आधारभूत अस्पताल भवन अझै सञ्चालनमा आएको छैन। निर्माण व्यवसायीलाई रकम भुक्तानी गर्न  बाँकी भए पनि नयाँ भवनमा अस्पताल सञ्चालन गर्न मौखिक स्वीकृति दिइएको प्रशास...
लमजुङका दुई लाख २८ हजार पशुलाई खोप
कृषि, समाचार, समाज

लमजुङका दुई लाख २८ हजार पशुलाई खोप

नेपालअखबार, लमजुङ । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले आर्थिक वर्ष २०८०–८१ मा जिल्लाका आठ पालिकामा दुई लाख २८ हजार पशुमा खोप लगाइएको जनाएको छ । केन्द्रका निमित्त प्रमुख डा सुनिल न्यौपानेका अनुसार विभिन्न रोग निययन्त्रण गर्न जिल्लाका सबै पालिकाका किसानको घरघरमा पुगेर बाख्रा, गाईभैँसी, बङ्गुर, कुकुरलाई खोप लगाइएको छ । गाईवस्तु, २९ हजार तीन सय ८६, भैँसी ५७ हजार सात सय छ, बाख्रा एक लाख १७ हजार तीन सय ४१, भेडा १६ हजार आठ सय ७९ वटा, बङ्गुर दुई हजार त सय ६९ र कुकुर चार हजार चार सय २१ वटामा खोप लगाइएको थियो । सबैभन्दा बढी बेँसीसहर नगरपालिका र सबैभन्दा कम दूधपोखरी गाउँपालिकाका किसानका चौपायमा खोप लगाइएको छ । बेँसीशहरमा ३६ हजार एक सय ३२, दूधपोखरीमा १५ हजार चार सय १६ पशुचौपायामा खोप लगाइएको छ । त्यसैगरी सुन्दरबजार नगरपालिकामा ३२ हजार नौ सय ९१, राइनास नगरपालिकामा २६ हजार ३७, मध्यने...
म्याग्दीमा एक वर्षमा आठवटा झोलुङ्गे पुल निर्माण
समाचार, समाज

म्याग्दीमा एक वर्षमा आठवटा झोलुङ्गे पुल निर्माण

नेपालअखबार,  मा म्याग्दी। आर्थिक वर्ष २०८०/८१ मा म्याग्दीका ग्रामीण भेगमा आठवटा झोलुङ्गे पुल निर्माण भएका छन् भने तीनवटा निर्माणाधीन छन्। झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रम (स्वाप), टिबिएसयु, गण्डकी प्रदेश सरकार, स्थानीय तह, समुदाय र गैरसरकारी संस्था मिलन म्याग्दीको साझेदारीमा ती पुल निर्माण भएका हुन्। झोलुङ्गे पुल निर्माणका लागि सामुदायिक परिचालन र प्राविधिक सहयोग गर्दै आएको स्थानीय साझेदारी संस्था मिलन म्याग्दीका कार्यकारी निर्देशक दिलमाया बिटालुले रु २० करोडभन्दा बढीको लागतमा ती पुल निर्माण सकिएका र निर्माण भएका बताए। मालिका गाउँपालिका–६ को म्याग्दीखोलामा एक सय १४ मिटर, मङ्गला गाउँपालिका–५ पिपलबोटको म्याग्दीखोलामा ७३ मिटर, धवलागिरि गाउँपालिका–७ को म्याग्दीखोलामा एक सय एक मिटर, धवलागिरि–४ खोलाखर्कमा एक सय १२ मिटर, अन्नपूर्ण गाउँपालिकाको दोबिल्ला खोलामा ६० मिटर र ठूलोखोलामा ६४ मिटर...
साढे ३ सय वर्ष पुरानो मन्दिरको जीर्णोद्धार
समाचार, समाज

साढे ३ सय वर्ष पुरानो मन्दिरको जीर्णोद्धार

नेपालअखबार, वालिङ । साढे तीन सय वर्ष पुरानो इतिहास रहेको यहाँको एक मन्दिरको जीर्णोद्धार गरिएको छ । स्याङ्जाको बिरुवा गाउँपालिका–४ मड्किना गुफास्थित शिवजी मन्दिर तथा श्री १००८ चम्पा गिरी जन्म आश्रमको जीर्णोद्धार गरिएको हो । धार्मिक एवं ऐतिहासिक दृष्टिले महत्वको स्थलका रुपमा रहेको मड्किनास्थित आश्रम तथा मन्दिर २०७२ सालको भूकम्पले क्षति पुर्‍याएको थियो । धेरै वर्ष पुरानो भएको र ढुङ्गै ढुङ्गाले बनाइएकाले विनाश भएपछि त्यसको संरक्षणका लागि पुरातत्व विभागले जीर्णोद्धार गरिदिएको हो । सन्यास सन्यासीहरुको आश्रमस्थलका रुपमा पहिचान बनाएको यो ठाउँ आयुर्वेदसम्बन्धी औषधोपचार केन्द्रका हिसाबले ख्याति पाएको आश्रमका संरक्षक एवं पशुपतिनाथका महन्त वेदान्तचार्य स्वामी गोकुलानन्दले बताए । लेखपढ गर्ने सिकाइ केन्द्रका साथै धर्म संस्कार संस्कृतिको केन्द्रका रुपमा आश्रमको छुट्टै पहिचान रहिआएको थियो । तत्का...
दैनिक उपभोग्य वस्तुहरूको मूल्य वृद्धिलाई न्यूनीकरण गरी आपूर्ति व्यवस्था सहज गर्न सरकारसँग माग
समाचार, समाज

दैनिक उपभोग्य वस्तुहरूको मूल्य वृद्धिलाई न्यूनीकरण गरी आपूर्ति व्यवस्था सहज गर्न सरकारसँग माग

नेपालअखबार, काठमाडौँ । राष्ट्रिय उपभोक्ता मञ्चले दैनिक उपभोग्य वस्तुहरूको मूल्य वृद्धिलाई न्यूनीकरण गरी आपूर्ति व्यवस्था सहज गर्न सरकारसँग माग गरेको छ । मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले बिहीबार विज्ञप्ति जारी गर्दै नेपाली बजारमा पुनः चिनी, चामल तथा दलहनको अस्वाभाविक मूल्य वृद्धि हुन थालेको भन्दै  विगतमा जस्तै अहिले पनि चाडबाडको मुखमा कालोबजारी गर्न पल्केका व्यवसायीहरूले सिण्डिकेट गर्दै कालोबजारी गर्न थालेको दाबी गरेका छन् । उनले विभिन्न बहानामा चिनीको मूल्य ९५ रुपैयाँ प्रति किलोबाट बढेर ११५ रुपैयाँ पुगेको, मोटा चामलको मूल्य प्रति बोरा ६०० रुपैयाँसम्म बढेको र दलहनमा प्रति किलो ९० रुपैयाँ हाराहारीमा मूल्य बढ्दा उपभोक्ता मारमा परेको बताएका छन् । उपभोक्ता मन्चले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री, पशुपक्षी तथा कृषि विकास मन्त्रीलाई मूल्य वृद्धि विरुद्ध ज्ञापनपत्र दिएको समितिका सभाप...
 उच्च अदालतका न्यायाधीश रामेश्वर रेग्मीको निधन
समाचार, समाज

 उच्च अदालतका न्यायाधीश रामेश्वर रेग्मीको निधन

नेपालअखबार, काठमाडौँ ।  उच्च अदालतका न्यायाधीश रामेश्वर रेग्मीको निधन भएको छ। ब्रेन ट्युमरका कारण उनको उपचारका क्रममा गएराति ११ बजे ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालमा निधन भएको उच्च अदालत पाटनका सूचना अधिकारी अर्जुनप्रसाद आचार्यले जानकारी दिए।  ६१ वर्षीय रेग्मीको अहिले पशुपति आर्यघाटमा अन्त्यष्टि गरिँदैछ। उनको निधनको शोकमा उच्च अदालत पाटनको सबै कामकारबाही  बन्द गरिएको छ। पर्वतका स्थायी बासिन्दा रेग्मीका श्रीमती र एक छोरी रहेका छन्...
खैरो हेरोइनसहित ८ जना पक्राउ
अपराध, प्रशासन, समाचार, समाज

खैरो हेरोइनसहित ८ जना पक्राउ

नेपालअखबार, काठमाडौँ । प्रहरीले काठमाडौँ महानगरपालिका–३२ स्थित कोटेश्वरबाट लागुऔषध खैरो हेरोइन सहित ८ जनालाई पक्राउ गरेको छ । प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको टोलीले ३३ दशमलव ७६ ग्राम खैरो हेरोइन बरामद गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले बताए । पक्राउ पर्नेमा २७ वर्षीय रफिस अवाले, १९ वर्षका रिसफ श्रेष्ठ, २१ वर्षीय रेमन राई, ३३ वर्षीय अमित कुमार चौधरी, ३६ वर्षीय प्रमोद राई, २८ वर्षका मेहरमान भुजेल, २७ वर्षका टिम्पल तामाङ र २९ वर्षीय भीम कुमार चेम्जोङ छन् । आरोपीहरूको साथबाट प्रहरीले ट्रामाडोल ८ ट्याब्लेट र ५५ हजार नगद समेत बरामद गरेको छ । उनीहरूमाथि प्रहरी वृत्त नयाँ बानेश्वरले अनुसन्धान गरिरहेको छ ।...
उत्तरखोलामा ट्रस प्रविधिको पुल निर्माण
समाचार, समाज

उत्तरखोलामा ट्रस प्रविधिको पुल निर्माण

नेपालअखबार, म्याग्दी । पूर्वी रुकुम, बागलुङ र म्याग्दी जिल्लामा फैलिएको ढोरपाटन सिकार आरक्षको उत्तरखोलामा ट्रस प्रविधिको पुल निर्माण भएको छ । ढोरपाटन नगरपालिको आर्थिक, भिमापोखरा युवा क्लबको प्राविधिक सहयोग र उपभोक्ताहरुको श्रमदानमा रु २५ लाख लागतमा उक्त पुल निर्माण भएको हो । म्याग्दीको धवलागिरी गाउँपालिकादेखि ढोरपाटन सिकार आरक्षमा जाने पदमार्गमा निर्माण भएको २५ मिटर लामो उक्त पुलबाट छेन्तुङ, गुर्जाघाट, पाखाथरका बासिन्दाका साथै पर्यटकहरुलाई सुविधा भएको उपभोक्ता समितिका अध्यक्ष बिष्णुबहादुर थापाले जानकारी दिए ।...
अहिलेसम्म विपद्‌बाट दुई सय ११ को मृत्यु, बागमती र गण्डकीमा बढी क्षति
समाचार, समाज

अहिलेसम्म विपद्‌बाट दुई सय ११ को मृत्यु, बागमती र गण्डकीमा बढी क्षति

नेपालअखबार, काठमाडौँ । नेपालमा मनसुन पछिको पछिल्लो दुई महिनामा मनसुनजन्यसहित सबै खालका विपद्‌बाट दुई सय ११ जनाको मृत्यु भएको छ । कुल ४८ जना बेपत्ता रहेका छन् भने एक सय ४३ जना घाइते भएका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जानकारी दिएको छ । गत जेठ २८ पछि मनसुनयन्य घटनाबाट एक सय ७० जना र अन्य विपद्‌बाट ४१ जनाको मृत्यु भएको प्राधिकरणका प्रवक्ता डा.डिजन भट्टराईले जानकारी दिए । उनका अनुसार अन्य विपद्मा आगलागी, सर्पदंश, लेक लाग्नु, जनावर आक्रमणलगायत घटना समावेश छ । नेपालमा यस वर्ष गत जेठ २८ मा मनसुन भित्रिएको थियो । प्रवक्ता भट्टराईका अनुसार यसपाली सबैभन्दा बढी क्षति बागमती र गण्डकी प्रदेशले बेहोरेको छ । बागमती र गण्डकी प्रदेश दुवैमा ५८/५८ जनाको मृत्यु भएको छ । यसैगरी, कोशी प्रदेशमा २६, मधेश प्रदेशमा सात, लुम्बिनी प्रदेशमा ३९, कर्णालीमा नौ र सुदूरश्चिममा १४ जनाको मृत...