Friday, August 14

समाज

विभिन्न स्थानमा १० जना मृत फेला
समाचार, समाज

विभिन्न स्थानमा १० जना मृत फेला

नेपालअखबार, काठमाडौँ । मोरङ, महोत्तरीलगायत देशका विभिन्न स्थानमा १० जना मृत अवस्था फेला परेका छन् । मोरङ, बुढीगंगा गाउँपालिका-६ सन्दुवा बस्ने ७५ वर्षीय मदनलाल चौधरी सोही ठाउँस्थित बाटोमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् । यसैगरी मोरङकै बिराटनगर महानगरपालिका-१७ दशगजास्थित रानी भन्सार कार्यालय पछाडि हाल नाम, थर, वतन नखुलेका अन्दाजी २९ वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन् । महोत्तरी, मटिहानी नगरपालिका-१ धिरापुरस्थित बिगही खोलामा सोही नगरपालिका-९ सिमरदही बस्ने ४५ वर्षीय परिक्षण मल्लिक शुक्रबार मृत अवस्थामा फेला परेका छन् । काभ्रे, धुलिखेल नगरपालिका-७ हुड्का डेरा गरी बस्ने ४० वर्षीया उमा बोगटी आफ्नै कोठामा शुक्रबार मृत अवस्थामा फेला परेकी छिन् । सुर्खेत, भेरिगंगा नगरपालिका-६ दहस्थित देवधन राईस मिलमा सोही नगरपालिका-७ बस्ने ४२ वर्षीय दिप बहादुर खड्का शनिबार मृत अवस्...
गाउँभरि महिलाको सामूहिक रोपाइँ
समाचार, समाज, हाइलाइट-समाचार

गाउँभरि महिलाको सामूहिक रोपाइँ

नेपालअखबार,बाँके । जिल्लाको खजुरा गाउँपालिका–१ राधापुरका महिलाले गाउँभरिको खेतमा सामूहिक रोपाइँ गरेका छन् । रोजगारीका लागि अधिकांश पुरुषले घरछोडेपछि राधापुरका महिलाले सामूहिक रोपाइँ गर्दै आएका हुन् । रोपाइँ समूहमा आवद्ध २५ महिला एक महिनादेखि गाउँका खेतमा आलोपालो गर्दै रोपाइँमै व्यस्त देखिन्छन् । “घरमा लोग्ने मान्छे छैनन्, भान्सादेखि घरबाहिरको खेती किसानी सबै हाम्रै जिम्मामा छ”, धान रोप्दै गरेकी राधापुरकी ममता विकले भनिन्, “एक्लै खेत रोपेर नसकिने, गाउँमा खेताला पनि नपाइने भएपछि गाउँका दिदीबहिनी मिलेर सामूहिक रोपाइँ सुरु गरेका हौँ ।” महिला दिदीबहिनीले आफ्नो मात्र नभइ मूल्य तोकेर गाउँमा सबैको धान रोपाइँको काम गर्न थालेपछि अहिले खेताला खोज्नुपर्ने झण्झट हराएको उनले बताइन् । यसरी सामूहिक रोपाइँ गर्दा काम खोज्ने र कामदार खोज्ने दुवै पक्षलाई सहज भएको उनको बुझाइ छ । समूहका सदस्यभित्र प्रत...
जङ्गली विषालु च्याउ खाँदा एकै घरका तीन जना बिरामी परे
समाचार, समाज

जङ्गली विषालु च्याउ खाँदा एकै घरका तीन जना बिरामी परे

नेपालअखबार, बझाङ । बझाङमा जङ्गली विषालु च्याउ खाँदा एकै घरका तीन जना बिरामी परेका छन्। दुर्गाथली गाउँपालिका –५ का ४० वर्षीय तिलक पुजारा उनका १२ वर्षीय दर्शन पुजारा र ५ वर्षका शुभम् पुजारा बिरामी परेका हुन्। विषालु च्याउ खाएपछि उनीहरु शुक्रबार दिउँसो १२ बजे बेहोस् भएका थिए। तिलककी श्रीमतीले तत्काल जिल्ला अस्पताल बझाङ उपचारका लागि पुर्‍याएकी थिइन्। जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी तथा  प्रहरी निरीक्षक किशोर जोशीका अनुसार तिलक पुजारा र उनका कान्छा छोरा शुभमको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि डडेल्धुरा रेफर गरिएको छ। उनीहरु दुवैको स्वास्थ्य अवस्था गम्भीर रहेको सूचना अधिकारी जोशीले बताए। तिलकका जेठो छोरा दर्शन पुजारा भने सामान्य उपचार पश्चात जिल्ला अस्पताल बझाङबाट डिस्चार्ज भएका छन्।...
सडक भासिएपछि सिङ्गो बस्ती जोखिममा
समाचार, समाज, हाइलाइट-समाचार

सडक भासिएपछि सिङ्गो बस्ती जोखिममा

नेपालअखबार, पर्वत । जिल्लाको मोदी गाउँपालिका–६ तिलाहारमा सडकसँगैको जमिन भासिँदा सिङ्गो बस्ती जोखिममा परेको छ। तिलाहारको नवजागृत माध्यमिक विद्यालय नजिक रहेको डिमुवा–राम्जा–चित्रे सडक भासिँदा सडकभन्दा तल रहेको बस्ती जोखिममा परेको हो। गत असार ३० गतेको राति आएको अविरल वर्षाका कारण करिब ७० मिटर लामो सडक भासिनुका साथै वरपरका केही घर चर्किएका छन्। जमिन भासिएपछि स्थानीयले प्लाष्टिक ओढाएर भासिएको जमिनबाट तत्काल पानी बग्न रोके पनि जमिनको भासिनेक्रम नरोएिकको मोदी–६ का वडाध्यक्ष दिपेन्द्रजङ्ग लामिछानेले जानकारी दिए। उनका अनुसार जमिन भासिएपछि सडकको माथिपट्टि र तलपट्टि रहेका करिब ४० परिवार जोखिममा परेका छन्। वडाध्यक्ष लामिछानेले डिमुवा बजारभन्दा माथि रहेका बस्ती र कुँवर टोल, फूलबारी र साउनेपानीका घर जोखिमा परेका जानकारी दिए।   केही परिवारले घर छाडेर अन्यत्र बस्न थालिसकेका छन् । पहिरोलाई त...
८ दिनदेखि अवरूद्ध छ सडक, सदरमुकामबाट न सामान ल्याउन सकिन्छ न लैजान
समाचार, समाज

८ दिनदेखि अवरूद्ध छ सडक, सदरमुकामबाट न सामान ल्याउन सकिन्छ न लैजान

नेपालअखबार,काठमाडौँ । गत असार २७ गते रातिदेखि खस्न थालेको पहिरोका कारण बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध बनेको छ। उक्त खण्डको तातोपानीमा गएको पहिरोका कारण यातायात सञ्चालन नहुँदा पश्चिम म्याग्दीका सयौँ नागरिकले दैनिक यात्रामा सास्ती भोग्दै आएका छन्। पिठ्युमा भारी र काँधमा छोरीलाई बोकेर तातोपानी परको घुमाउने भिरपारी पैदल हिडेर यात्रा गरेकी धवलागिरि गाउँपालिका–७ धारापानीकी जमुना थापाले लामो सुस्केरा हाल्दै बेनी–दरबाङ खण्डको पहिरोलाई नियालिन्। सदरमुकाम बेनीबाट खाद्यपदार्थका साथै दैनिक उपभोग्य सामग्री गाउँतर्फ लैजान नसक्दा खाद्यान्नलगायत विकास निर्माणमा आवश्यक पर्ने सामग्रीको अभाव भएको छ। गाउँमा उत्पादित तरकारी, फलफूल तथा अन्य कृषिजन्य वस्तु बिक्रीका लागि बजारसम्म ल्याउन नसक्दा खेतबारीमा खेर गएका कृषकले बताएका छन्। वर्षासँगै म्याग्दीको बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सी...
पोखरा विश्वविद्यालयको नयाँ भवन बन्दै
शिक्षा, समाचार, समाज

पोखरा विश्वविद्यालयको नयाँ भवन बन्दै

नेपालअखबार, गण्डकी । पोखरा विश्वविद्यालयको नयाँ भवन बन्ने भएको छ । विश्वविद्यालयमा नयाँ कार्यक्रम थपिएसँगै विश्वविद्यालय अनुदान आयोग, विभिन्न दातृ निकायको अनुदान सहयोग एवं आफ्नै स्रोत परिचालन गरी नयाँ भवन निर्माण हुन लागेको हो । यही साउन १५ गतेदेखि निर्माण सुरू भई ३० महिनाभित्र सम्पन्न हुने भवनको  लागत  रु ४१ करोड ४३ लाख १७ हजार पाँच सय ५९ रहेको विश्वविद्यालायका सूचना अधिकारी लोकप्रसाद ढकालले जानकारी दिए । नयाँ  भवन निर्माण गर्नेसम्बन्धी सम्झौतामा बिहीबार हस्ताक्षर भएको छ । प्रस्तावित भवन सात तलाको भवनमा ६६ भवन हुनेछन् । सम्झौतापत्रमा विश्वविद्यालयको तर्फबाट रजिष्ट्रार प्राडा दीपकबहादुर भण्डारी र निर्माण व्यवसायीका तर्फबाट सन्तोष श्रेष्ठले हस्ताक्षर गरेका छन् । रासस...
दुई सातादेखि अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालनमा
समाचार, समाज

दुई सातादेखि अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालनमा

नेपालअखबार, काठमाडौँ । गत असार २१ गतेदेखि अवरुद्ध राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर सञ्चालनमा आएको छ। भारी वर्षाका कारण बागलुङ नगरपालिका–१० दब्ल्याङमा सडकको केही भाग बगाउँदा सडक अवरुद्ध भएको थियो। वर्षा रोकिएपछि करिडोर कार्यालयले भासिएको सडकमा ग्याविनसहितको पर्खाल उठाएर सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। दुई सातादेखि करिडोर अवरुद्ध हुँदा दक्षिण बागलुङसँग बुटवल, भैरहवा र मुक्तिनाथ जाने सवारीसाधन बाटोमै रोकिएका थिए। रासस...
पहिरोले फक्ताङलुङ गाउँपालिका केन्द्रमा क्षति
समाचार, समाज

पहिरोले फक्ताङलुङ गाउँपालिका केन्द्रमा क्षति

नेपालअखबार, ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाको आवासीय क्षेत्रमा पहिराले क्षति भएको छ । गए राति वर्षासँगै खसेको पहिराले गाउँपालिकाको सभाकक्षसहित आवासीय क्षेत्रमा क्षति भएको हो । अविरल वर्षासँगै राति २ बजे गएको पहिराले फक्ताङलुङ गाउँपालिका भवनसँगै रहेका घरमा क्षति भएको फक्ताङलुङका अध्यक्ष राजन लिम्बूले जानकारी दिए। गाउँपालिका कार्यालयसँगैको सुवास लिम्बूको घर तथा होटल पूर्ण रूपमा क्षति भएको छ । पार्किङ गरिएका गाउँपालिकाका गाडी र मोटरसाइकल पुरिएका गाउँपालिका अध्यक्ष लिम्बूले बताए । अध्यक्ष लिम्बूले भने, “सामान्य पहिरो राति १२ बजेदेखि सुरु भए पनि ठूलो पहिरो राति २ बजे गएको थियो । पालिका केन्द्र आवासीय क्षेत्रका बासिन्दा समयमै सुरक्षित क्षेत्रमा जान सफल भएकाले मानवीय क्षतिबाट बच्न सकियो ।” बाढीले बिजुलीको पोल बगाएको, पशुचौपाया पहिरामा परेका तथा क्षतिको विवरण सङ्कलन हुन बाँकी...
चितुवाको आक्रमणबाट बालकको मृत्यु
समाचार, समाज

चितुवाको आक्रमणबाट बालकको मृत्यु

नेपालअखबार, दमौली । तनहुँको बन्दीपुर गाउँपालिका–५ फलाम डाँडामा चितुवाको आक्रमणबाट आज साँझ एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा १३ वर्षीय सुन्दर अछामी रहेको बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले जानकारी दिए । घर नजिकै चितुवाको आक्रमणमा परेका अछामीलाई बन्दीपुर अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो । अध्यक्ष थापाले भने, “साँझको बेला घर नजिकैबाट चितुवाले आक्रमण गरेर लगेछ, थाहा पाउने बित्तिकै जाँदा बालक गम्भीर घाइते अवस्थामा भेटिएका थिए ।” मृतक बालकको शव अस्पतालमा राखिएको छ । सो वडाका अध्यक्ष ध्रुवप्रसाद लामिछानेले साँझका बेला घरबाहिर ननिस्कन तथा बालबालिकालाई एक्लै नछाड्न आग्रह गरेका छन् ।...
बन्द भएका चिनी मिल सञ्चालन गर्न संसदीय समितिले निर्देशन
प्रशासन, समाचार, समाज

बन्द भएका चिनी मिल सञ्चालन गर्न संसदीय समितिले निर्देशन

नेपालअखबार, काठमाडौँ । बन्द भएका सरकारी तथा निजी क्षेत्रका चिनी मिल सञ्चालन गर्न संसदीय समितिले निर्देशन दिएको छ । प्रतिनिधि सभाअन्तर्गत रहेको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको उपसमितिले उखु किसानका समस्याको अध्ययन गरी चिनी कारखाना सञ्चालनका लागि निर्देशन दिएको हो । उद्योग समितिले उखु किसानका समस्या अध्ययनका लागि बनाएको उपसमितिले २०८० मंसिर २८ देखि ३० गतेसम्म र फागुन ३ देखि ५ गतेसम्म उखु उत्पादनका लागि पकेट क्षेत्र मानिने सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुर र मधेस प्रदेशका बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी र धनुषा जिल्लामा रहेका चिनी मिलहरूको अध्ययन गरेको थियो । उपसमितिले उखु कृषि क्षेत्रहरूको स्थलगत अनुगमन तथा उखु किसानहरू, चिनी उद्योगी व्यवसायीहरू, चिनी मिलहरूमा कार्यरत मजदुरहरू, सरोकारवाला सरकारी निकायहरू, मधेस प्रदेश सरकारका मुख्यमन्त्रीसहित सम्बन्धित सरो...