Tuesday, August 18

समाज

स्व. लक्ष्मीसुन्दरी कर्माचार्यको स्मृतिमा सहयोग कोष
समाचार, समाज

स्व. लक्ष्मीसुन्दरी कर्माचार्यको स्मृतिमा सहयोग कोष

नेपालअखबार,  पोखरा । पोख्रेली घराना कर्माचार्य हाउसका अध्यक्ष एवं लेखनाथ उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्माचार्यले आफ्नी पत्नी लक्ष्मीसुन्दरी कर्माचार्यको स्मृतिमा सहयोग कोष खडा गरी मृगौला पिडित महिलालाई बार्षिक एक लाख रुपैँया प्रदान गरिने भएको छ । स्व.लक्ष्मी सुन्दरीको ४५ दिनको पुण्य तिथिमा वरिष्ठ उद्योगपति चन्द्रकृष्ण कर्माचार्यले सो घोषणा गर्नुभएको हो । उहाँले सरकारी अस्पतालमा डायलसिस गरिरहेका कास्की जिल्लाका महिला मध्येबाट बार्षिक एक जनालाई एक लाख रुपैँया प्रदान गरिने बताउनुभएको छ । सो सहयोग संचालन एवं व्यवस्थापनको लागि कर्माचार्य समाज र कर्माचार्य महिला समाजलाई जिम्मेवारी दिइनेछ । हरेक बर्ष फागुन महिनाको पहिलो हप्ता प्रदान गरिने सो रकम कस्तो महिला दिने भन्ने बारेमा समितिले निर्णय गर्नेछ । उहाँले यस अगाडि पनि लेखनाथ उद्योग वाणिज्य संघमा एक लाख एक हजारको चन...
नेपाल इन्जिनियरिङ कलेजका दुई विद्यार्थीलाई कुलपति पदक, २९ जना डीन लिस्टमा
शिक्षा, समाचार, समाज

नेपाल इन्जिनियरिङ कलेजका दुई विद्यार्थीलाई कुलपति पदक, २९ जना डीन लिस्टमा

नेपालअखबार, पोखरा । चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेज (नेक)का २९ जना विद्यार्थीहरु पोखरा विश्वविद्यालयको डीन लिस्टमा पर्न सफल भएका छन् । पोखरा विश्वविद्यालयको १९ औं दिक्षान्त समारोहमा कलेजका स्नातक तथा स्नातकोत्तर तहमा उत्कृष्ट अंक ल्याउने २९ जना विद्यार्थीहरु डीन लिस्टमा परेका हुन् । कलेजका २ विद्यार्थीले कुलपति पदक समेत प्राप्त गरेका छन् । ट्रान्सर्पोटेसन इन्जिनियरिङ एण्ड मेनेजमेन्टमा स्नातकोत्तर उत्तीर्ण विद्यार्थीद्वय विबेक बाबु लामिछाने र रोमहर्ष ओली कुलपति पदकबाट विभुषित भएका हुन् । कलेजको स्नातक तहको सिभिल इन्जिनियरिङ, सिभिल एण्ड रुरल, इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशन, सिभिल फर विडिएच, कम्प्युटर इन्जिनियरिङ, आर्किटेक्ट इन्जिनियरिङका विद्यार्थीहरु डीन लिस्टमा परेका हुन् । उनीहरुलाई मंगलबार पोखरा विश्वविद्यालयले आयोजना गरेको दिक्षान्त समारोहमा शिक्षामन्त्री समेत रहेका विश्...
काभ्रेमा पानीका मुहान जोगाइँदै
समाचार, समाज

काभ्रेमा पानीका मुहान जोगाइँदै

नेपालअखबार, काभ्रे। काभ्रेपलाञ्चोकका सात स्थानीय तहले पानीका मुहानलाई पुनर्जीवित गर्न कार्यक्रम सञ्चालन गर्ने भएका छन्। जिल्लाका चार नगरपालिका र तीन गाउँपालिकाले मध्यपहाडी क्षेत्रमा व्याप्त पानीको समस्यालाई सम्बोधन गर्न समुदायको नेतृत्वमा स्थानीय पानीका मुहान संरक्षण अभियानमा सम्झौता गरेका हुन्। प्रकृतिमा आधारित समाधानका माध्यमबाट मूलधार संरक्षण कार्यक्रमका लागि अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) सँग आशय पत्रमा हस्ताक्षर गरेका छन्। जिल्लाका सात स्थानीय तह धुलिखेल, पाँचखाल, नमोबुद्ध र पनौती नगरपालिका तथा रोशी, बेथानचोक र तेमाल गाउँपालिकाले पानीको असुरक्षालाई सम्बोधन गर्न समुदायको नेतृत्वमा स्थानीय पानीका मूलको पहिचान, अवस्थाको मूल्याङ्कन तथा सङ्कटासन्न मुहानको पुनर्जीवित गर्ने नयाँ अभियानमा एक्यबद्धता जनाएका हुन्। स्थानीय तहका पालिका प्रमुखले उक्त कार्यमा आ–आफ्ना तर...
थापाथलीस्थित प्रसूति गृहबाट शिशु चोरी
समाचार, समाज

थापाथलीस्थित प्रसूति गृहबाट शिशु चोरी

नेपालअखबार, काठमाडौं । थापाथलीस्थित प्रसूति गृहबाट एक जना शिशु चोरी भएको भन्दै प्रहरीकहाँ उजुरी परेको छ । काभ्रेकी एक जना महिलाले जन्मदिएको २६ दिनको शिशु चोरी भएको भन्दै जिल्ला प्रहरी परिसर, काठमाडौंमा खबर गरेकी हुन् । जिल्ला प्रहरी परिसर, काठमाडौंका एक अधिकृतका अनुसार, प्रारम्भिक जाँचमा एक जना महिलाले केहिवेर खेलाउने भनेर बोकेर शिशुलाई लिएर गायब भएको पाइएको छ । प्रहरीले सीसी टीभीको फुटेज हेरेर अनुसन्धान थालेको छ । ‘फुटेजमा एक जना महिला बच्चालाई बोकेर हिँडिरहेको देखिएको छ’, एक अधिकृतले भने । घटना शुक्रबार दिउँसो साढे १२ बजेतिरको हो । काठमाडौं प्रहरीका एसपी नवराज अधिकारीले पनि शिशुको खोजी भइरहेको बताए । अस्पतालका निर्देशक डा. श्रीप्रसाद अधिकारीका अनुसार, पीडित महिला ओपीडी जाँचको लागि अस्पताल पुगेकी थिइन् । ‘पार्किङ क्षेत्रमा चिनजान नभएको महिलालाई एकछिन बच्चा हेरिदिन भन्...
नेपाली जनताका छोराछोरीलाई प्राविधिक शिक्षा लिन सरकारले भूमिका खेल्नु पर्छ : पूर्वप्रधानमन्त्री खनाल
राजनीति, शिक्षा, समाचार, समाज

नेपाली जनताका छोराछोरीलाई प्राविधिक शिक्षा लिन सरकारले भूमिका खेल्नु पर्छ : पूर्वप्रधानमन्त्री खनाल

नेपालअखबार, काठमाडाैं  ।  इलाममा रत्नकुमार बान्तवा वहुप्राविधिक शिक्षालय उदघाटन  गर्दै  प्रमुख अतिथि  पूर्व प्रधानमन्त्री झलनाथ खनालले नेपाली जनताका छोराछोरीलाई प्राविधिक शिक्षा लिन सरकारले भूमिका खेल्नु बताउनुकाे छ ।   पूर्व प्रधानमन्त्री झलनाथ खनालले आफ्नो पैत्रिक सम्पत्तिबाट ५६ रोपनी जग्गा दान गरेर रत्नकुमार बान्तवा वहुप्राविधिक शिक्षालय आफै प्रधानमन्त्री हुँदा राष्ट्रिय बजेटमा पार्नुभएको एउटा राष्ट्रिय गौरवको आयोजनाकाे रूपमा रहेकाे थियाे ।  यो इलाम जिल्लाको मात्र होइन सिंगो नेपालको सम्पदा बन्ने पूर्व प्रधानमन्त्री खनालले दाबी गर्नु भयाे । यो आयोजना पूर्व प्रधानमन्त्री झलनाथ खनालले २०६९ माघ १८ गते शिलान्यास गर्नुभएको थियो। रत्नकुमार बान्तवा वहुप्राविधिक शिक्षालय को सम्पूर्ण भौतिक संरचना निर्माण भइसकेर देशभरबाट ५०० जना प्राविधिक विद्यार्थीहरू भर्ना भई पढ्ने वातावरण मिलेको छ ।...
बजेट अभावले महाकाली सिँचाइ आयोजनाको काम प्रभावित
समाचार, समाज

बजेट अभावले महाकाली सिँचाइ आयोजनाको काम प्रभावित

नेपालअखबार, गौरव। बजेट अभावका कारण राष्ट्रिय गौरवको महाकाली सिँचाइ आयोजनाको तेस्रो चरणको काम प्रभावित भएको छ। मुआब्जा वितरण र विकास खर्च बजेट सकिएपछि निर्माण रोकिने अवस्था आएको यहाँस्थित आयोजना कार्यालयका निर्देशक कुसाङ शेर्पाले बताए। उनले माग गरेभन्दा निकै कम बजेट प्राप्त भएकाले जमिन अधिग्रहण गर्न समस्या भएको बताए। ‘विकासतर्फको २० करोड रकम अर्थ मन्त्रालयकै सहमतिमा मुआब्जातर्फ रकमान्तर गरेर जमिन अधिग्रहण गरेका थियौं,’ उनले भने, ‘२१.६ हेक्टर जमिन अधिग्रहणका गर्न  ८७ करोड थप बजेट माग गरेका छौ।’ उनका अनुसार यस वर्ष विकासतर्फ ९९ करोड र मुआब्जाका लागि १२ करोड आएको थियो । बजेट नहुँदा यस वर्ष नयाँ ठेक्का लगाउन सकिएको छैन । आयोजनाको २८.८ किलोमिटरदेखि ४८.३ किमिसम्म मूल नहर निर्माणका लागि गत वर्ष पाँच वटा प्याकेजमा ठेक्का सम्झौता भएको थियो । तीन वर्षभित्र काम सक्ने गरी ठेक्का सम्झौता ...
चार करोडको लागतमा लोमान्थाङ खोलामा पुल निर्माण
समाचार, समाज

चार करोडको लागतमा लोमान्थाङ खोलामा पुल निर्माण

नेपालअखबार, म्याग्दी । कालीगण्डकी ‘करिडोर’ बेनी–जोमसोम–कोरला सडकअन्तर्गत मुस्ताङको लोमान्थाङ गाउँपालिकास्थित लोमान्थाङ खोलामा पक्की पुल निर्माण भएको छ। बेनी–जोमसोम–कोरला सडक आयोजनामार्फत लोमान्थाङ खोलामा मोटर चल्ने पुल निर्माण भएको हो। पुल निर्माण भएपछि बाह्रै महिना यातायातका साधन सञ्चालन गर्न सहज भएको छ। पुल चार करोड ६८ लाख रूपैयाँ दुई हजारको लागतमा निर्माण भएको हो। पुल निर्माण पूरा गरी हस्तान्तरण गरिएको आयोजनाका सूचना अधिकारी इन्जिनियर विष्णु चापागाईंले बताए। इन्जिनियर चापागाईँका अनुसार २०२ किलोमिटर दूरीको बेनी–जोमसोम कोरला सडकमा लोमान्थाङ खोलासहित थप छवटा गाडी चल्ने सडक पुल निर्माण भएका छन्। बेनी–जोमसोम कोरला आयोजनाले पाँचवटा पुल निर्माणका लागि विभिन्न निर्माण कम्पनीसँग ३१ करोड ६२ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको छ। लोमान्थाङ गाउँपालिकाको लोमान्थाङसहित किम्लिङ, नाम्डोक र भर्मा...
भुमिअधिकार तथा श्रमिक संगठन स्याङ्जा अध्यक्षमा वस्ताकोटी
समाचार, समाज

भुमिअधिकार तथा श्रमिक संगठन स्याङ्जा अध्यक्षमा वस्ताकोटी

नेपालअखबार, पोखरा । नेकपा एमाले निकट जनसंगठन भुमिअधिकार तथा श्रमिक संगठन जिल्ला कमिटि स्याङ्जाको भेलाले ज्ञानेश्वर वस्ताकोटीको अध्यक्षता १९ सदस्यीय तदर्थ कमिटि चयन भएको छ। कमिटिको उपाध्यक्षमा अर्जुन वराल, सचिवमा लिलबहादुर राना, कोषाध्यक्षमा दिलु थापा र सदस्यहरुमा हुम बहादुर के.सी., सुर्य अधिकारी, उदय बहादुर वि.क., दिर्घ नारायण तिवारी, केशवराज पौडेल, उजर बहादुर केसी, शिला पौडेल, शान्ति देवी राना चयन भएका छन् भने पछि ७ जना सदस्य थप गर्ने गरी कमिटि गठन गरियो । कार्यक्रममा नेकपा एमाले स्याङ्जा जिल्ला कमिटि अध्यक्ष सुर्य प्रसाद गैरे (पारस), संगठनका केन्द्रिय सचिव लक्ष्मी प्रसाद अधिकारी र गण्डकी प्रदेश अध्यक्ष प्रेमबहादुर गुरुङले वोलेका थिए । रामबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत लिलबहादुर रानाले र संचालन कृष्ण वस्ताकोटीले गरेका थिए ।...
काठमाडौँमा वर्षा, विदेशी विमान अवतरण हुन सकेनन्
प्रशासन, समाचार, समाज

काठमाडौँमा वर्षा, विदेशी विमान अवतरण हुन सकेनन्

नेपालअखबार, काठमाडौँ । काठमाडौँलगायत देशका विभिन्न स्थानमा हल्का वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् शान्ति कँडेलले बागमती, गण्डकी र कर्णाली प्रदेश आसपासमा हल्का वर्षा भइरहेको जानकारी दिइन् । काठमाडौँमा पछिल्लो एक घण्टादेखि विभिन्न स्थानमा हल्का वर्षा भइरहेको छ । काठमाडौँको उत्तरी भेग आसपासमा पानी परिरहेको छ । महाशाखाका अनुसार पछिल्लो छ घण्टामा पाल्पाको अर्चलेमा चार दशमलव आठ मिलिमिटर वर्षा भएको छ । मौसमविद् कँडेलले भनिन्, “अहिले देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । केही स्थानमा मात्रै हल्का वर्षा भइरहेको छ । आज राति पनि वर्षाको सम्भावना छ ।” भोलि शुक्रबारदेखि देशको पश्चिमभेगबाट मौसम क्रमिक रुपमा सुधार हुँदै जाने उनले उल्लेख गरिन् । “भारी वर्षा र हिमपात हुने सम्भावना छैन, तर, वर्षाले तापक्रम घटेर चिसो बढ्ने भएकाले सतर्कता अपनाउन...
मालिकाको पन्थोकमा दशकोठे पक्की विद्यालय भवन निर्माण
शिक्षा, समाचार, समाज

मालिकाको पन्थोकमा दशकोठे पक्की विद्यालय भवन निर्माण

नेपालअखबार, म्याग्दी। पश्चिम म्याग्दीको मालिका गाउँपालिका–५ पन्थोकमा भीम माध्यमिक विद्यालयको १० कोठे भवन निर्माण भएको छ। गैरसरकारी संस्था पाहार ट्रष्ट नेपाल पोखराको ५०, गाउँपालिकाको ४० र स्थानीयबासीको १० प्रतिशत आर्थिक साझेदारीमा निर्माण भएको उक्त भवनको बुधबार विद्यालयमा आयोजित एक कार्यक्रमकाबीच पाहार ट्रष्ट युकेका प्रेसिडेन्ट हवार्ड ग्रिन (एमबीई) र मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले संयुक्तरुपमा उद्घाटन गरे। गाउँपालिकाका अध्यक्ष गर्बुजाले पाहार ट्रष्टले भवन निर्माणमा ठूलो योगदान पुर्‍याएको बताउँदै आगामी दिनमा पनि अन्य विद्यालयमा भवनलगायत पूर्वाधार निर्माण गर्न चाहेमा गाउँपालिकाले साझेदारी गर्ने प्रतिबद्धता जनाए। गाउँपालिकाले दुर्गम बस्तीका विद्यालयमा भवनलगायत पूर्वाधार निर्माणलाई प्राथमिकता दिएर बजेट विनियोजन गरिएको अध्यक्ष गर्बुजाले बताए। पाहार ट्रष्टका इन्जिनियर...