Monday, August 17

समाज

आजदेखि नारायणगढ-मुग्लिन सडक दिउँसो बन्द नहुने
प्रशासन, समाचार, समाज

आजदेखि नारायणगढ-मुग्लिन सडक दिउँसो बन्द नहुने

नेपालअखबार, काठमाडौं । दैनिक चार घण्टा गाडी रोकेर पुल निर्माणका लागि भित्तो काटिंदै आएको नारायणगढ-मुग्लिन सडकखण्ड आजदेखि बन्द नहुने भएको छ । ठेकेदारलाई तेस्रो पटक थप गरेको म्याद यही फागुन १२ गते सकिएको छ । पुल निर्माणका लागि भित्तो काट्नुपर्ने काम अन्तिम चरणमा पुगेकाले अबको कामका लागि सवारी रोक्नु नपर्ने भएको हो । नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन)का प्रमुख केदार नेपालका अनुसार पुस ७ गतेदेखि क्रमशः २१ दिनका दरले तेस्रो पटक सडक बन्द गरेर काम थियो । कुल ६३ दिनमा माघेसङ्क्रान्तिमा दुई दिनमा अर्को एक दिन गरी तीन दिनबाहेक ६० दिन दिउँसो १२ बजेदेखि ४ बजेसम्म सडक बन्द गरेर काम गरिएको थियो । प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले निर्माण कम्पनीले माग गरेको समय सकिएकाले अब सडक नरोकेरै काम गर्न भनिएको बताए । ढिस्को होचोमात्रै बाँकी रहेकाले हेरेर काम गर्न मिल्ने उन...
कास्कीमा एक पर्यटक मृत भेटिइन्
समाचार, समाज

कास्कीमा एक पर्यटक मृत भेटिइन्

नेपालअखबार, पाेखरा। कास्कीमा एक जना पर्यटक मृत फेला परेकी छिन्। सशस्त्र प्रहरी बलको विपद् उद्धार टिमले जर्मन नागरिक पिया जूसलाई मृत अवस्थामा फेला पारेको हो। पोखरा फर्कने क्रममा शनिबार साँझ २१ वर्षीया जूस बेपत्ता भएकी थिइन्। सँगै यात्रामा रहेका अमेरिकन नागरिकले उनी माछापुच्छ्रे गाउँपालिका वडा नम्बर १ स्थित मिर्साको भीरबाट खसेर बेपत्ता भएको सूचना दिएका थिए। लगत्तै कालिका गणबाट १५ जना सशस्त्र प्रहरीको टोली परिचालन गरिएको थियो। खोजतलासका क्रममा आइतबार बिहान मिर्साको भीरमा रूखमा अड्किएको अवस्थामा शव फेला पारेको सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए। अहिले उनको शव निकाल्ने कार्य भइरहेको थापाले बताए। पिया भीरबाट खसेर बेपत्ता भएको सूचना दिने अमेरिकन नागरिकलाई भने प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ।...
विकास र सुविधा पुग्यो तर रोकिएन बसाइँसराइ
समाचार, समाज

विकास र सुविधा पुग्यो तर रोकिएन बसाइँसराइ

नेपालअखबार,म्याग्दी । घर अगाडिको सडकमा गाडी कुदिरहन्छ। गाडीमा मानिस कम खाद्यान्न लगायतका अन्य उपभोग्य र निर्माण सामग्री बढी हुन्छन् । सडकछेउका धेरै जसो घरमा ताल्चा लगाइएको र घरवरिपरि वनमाराको झाडी देखिन्छ। पश्चिम म्याग्दीको मालिका गाउँपालिका–६ मा पर्ने दिच्याम, निस्कोट, रुम, देविस्थानलगायत गाउँमा दृश्य हो यो। करिब डेढ दशक अघिसम्म म्याग्दीका यी गाउँहरु रमाइला दखिन्थ्ये। गाउँघरमा वरपर, तल–माथि बस्ती बाक्लो थियो । सबै घरमा मानिस भरिभराउ हुन्थे । चाडपर्वमा गाउँमा छुट्टै रौनक र उल्लासमय वातावरण हुने गर्दथ्यो। साथीभाइको ठूलो जमघट हुने गर्दथ्यो । दसैँ तथा विभिन्न मेलामहोत्सवमा गाउँ भरिभराउ देखिन्थ्यो । तर अहिले अवस्था फेरिएको छ। ढुङ्गा र खरले छाएका, रातोमाटो र सेतो कमेरोलो पोतिएका चिटिक्कका घरहरु भत्किएर खण्डहरमा परिणत भएका छन्। फराकिलो आँगनमा पाती र बनमारा उम्रिएको छ। करेसाबारी स्याल...
सिरहा र धनुषा जोड्ने देशकै लामो झोलुंगे पुल सञ्चालनमा
समाचार, समाज

सिरहा र धनुषा जोड्ने देशकै लामो झोलुंगे पुल सञ्चालनमा

नेपालअखबार, जनकपुरधाम । सिरहा र धनुषा जोड्ने गरी कमला नदीमा निर्माण भएको झोलुंगे पुल सञ्चालनमा आएको छ । सिराहा नगरपालिका – १३ मल्हनिया र धनुषाको जनकनन्दिनी गाउँपालिका– ६ कठाल जोड्ने गरी  निर्माण भएको पुलको शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरे । एक हजार पाँच सय दशमलव ४४ मिटर लम्बाइ र १.२ मिटर चौडाइ रहेको यो नेपालकै सबैभन्दा लामो पुल भएको दाबी गरिएको छ । संघीय सरकारको सस्पेन्सन ब्रिज डिभिजनको २८ करोड रुपैयाँ लागतमा थानी निर्माण सेवा काठमाडौंले यो निर्माणको ठेक्का लिएको थियो । १ असोज ०७९ देखि निर्माण सुरु गरिएको पुल निर्माण ठेक्का अवधिभन्दा ६ महिना अगावै सकिएको हो । पूलको भारवहन क्षमता ५४० मेट्रिक टन (करिब ३,८८६ पदयात्री) छ ।पुल सञ्चालनमा आएसँगै धनुषाको पूर्वी भेगसहित प्रदेशको राजधानी जनकपुर र सिरहाका विभिन्न ठाउँमा आवत–जावत गर्न सहज भएको छ ।...
५२ किलो गाँजासहित एम्बुलेन्स चालक पक्राउ
अपराध, समाचार, समाज

५२ किलो गाँजासहित एम्बुलेन्स चालक पक्राउ

नेपालअखबार, धनकुटा । धनकुटाको सागुररिगढी गाउँपालिका-६ स्थित भेडेटार चोकबाट करिब ५२ किलोसहित अवैध लागू औषध गाँजा मोरङ विराटनगर महानगरपालिका-८ बस्ने ४८ वर्षीय जयदेव चेललाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरीले धनकुटाबाट धरानतर्फ जाँदै गरेको मे.१ च २०३२ नम्बरको मुक्तिघाट सेवा समाज हल्दिवारी झापाद्वारा सञ्चालित एम्बुलेन्सलाई जाँच गर्ने क्रममा एम्बुलेन्सको टुलबक्स राख्ने स्थानमा उक्त परिमाणको गाँजा फेला पारी चालक जयदेवलाई पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।...
कोठा न्यानो बनाउन बालेको आगोले घर खरानी
समाचार, समाज

कोठा न्यानो बनाउन बालेको आगोले घर खरानी

नेपालअखबार, धादिङ ।  पानी परेर चिसो बढेपछि कोठा न्यानो बनाउन अँगेनोमा बालेको आगो सल्किँदा उत्तरी धादिङको गङ्गाजमुना गाउँपालिका–१ रिचेतमा एउटा घर जलेर खरानी भएको छ। गएराति अँगेनोको आगो फुसको छानामा फैलिएपछि सिपी तामाङको कच्ची घर जलेको स्थानीय पूर्ण तामाङले जानकारी दिए। ‘दिउँसो पानी परेको थियो, साँझ चिसो बढेकाले परिवारका मानिसले अँगेनोमा आगो तापेर त्यसै छाडेका रहेछन्,’ तामाङले भने, ‘अँगेनोमा आगो निभेको ठानेर सुत्न गएका उनीहरु घरमा आगो लागेपछि ब्युँझिएका थिए। आगोले घरमा रहेको सबै अन्नपात नष्ट भएको छ।’ करिब २० मुरी धान, मकै, कोदोलगायत घरमा भएका सबै अन्नपात र लत्ताकपडा जलेर नष्ट भएको छ। आगलागीबाट करिब १३ लाख बराबरको क्षति भएको स्थानीयले बताएका छन्।...
त्रिपुरेश्वर आँखा अस्पतालबाट उपचार नपाएर फिर्ता जान पर्दैन : डा पोखरेल
समाचार, समाज, स्वास्थ्य

त्रिपुरेश्वर आँखा अस्पतालबाट उपचार नपाएर फिर्ता जान पर्दैन : डा पोखरेल

नेपालअखबार, काठमाडौँ । काठमाडौँको त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पतालले वार्षिकरुपमा १५ हजार शल्यक्रियासहित दुई लाख ५० हजार सेवाग्राहीलाई सहज र सुलभ मूल्यमा आँखासम्बन्धी सम्पूर्ण गुणस्तरीय सेवा प्रदान गर्ने लक्ष्य लिएको छ । अस्पतालले गत आर्थिक वर्ष २०७९÷८० मा ११ हजार जनाको शल्यक्रियासहित एक लाख ५४ हजार बिरामीलाई बहिरङ्ग सेवामार्फत आँखासम्बन्धी सबै खाले उपचार प्रदान गरेको थियो । आगामी चार वर्षभित्रमा निर्धारित लक्ष्य हासिल हुने गरी सेवालाई थप गुणस्तरीय, चुस्त र प्रभावकारी तुल्याइने उक्त अस्पताल सञ्चालक समितिका अध्यक्ष डा गोपालप्रसाद पोखरेलले बताए । उक्त अस्पतालले उक्त आवमा सेवाग्राहीलाई रु एक करोड १६ लाख मूल्य बराबर विभिन्न छुटसहित निःशुल्क उपचार सेवासमेत उपलब्ध गराएको थियो । त्यसअवधिमा अस्पतालले विभिन्न शिविर र दृष्टि केन्द्रमार्फत २७ हजार २०० जना बिरामीको निःशुल्क आँखा परीक्षण, श...
रोल्पामा श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ
अपराध, समाचार, समाज

रोल्पामा श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

नेपालअखबार, राेल्पा। रोल्पामा श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ परेका छन्। पक्राउ पर्नेमा माडी गाउँपालिका – १ जयलखसेका ३२ वर्षीय भीमबहादुर बुढा छन्। उनले आफ्नी श्रीमती २८ वर्षीया मनकुमारी बुढाको धारिलो हतियार प्रहार गरी हत्या गरेका थिए। मदिरा सेवन गरी शुक्रबार दिउँसो ३  बजे भीमबहादुरले घरको आगनमा श्रीमती मनकुमारीको घाँटीमा चक्कु प्रहार गरेका थिए चक्कु प्रहारबाट घटनास्थलमै मनकुमारीको मृत्यु भएको रोल्पाका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक राम नारायण गुप्ताले बताए। भीमबहादुरलाई इलाका प्रहरी कार्यालय घर्ती गाउँबाट प्रहरी निरीक्षक कृष्ण सोनीको नेतृत्वमा खटिएको टोलीले नियन्त्रणमा लिएको थियो । बुढा दम्पत्तिका १२ वर्षीय छोरा र ५ वर्षीया छोरी रहेको प्रहरीले जानकारी दिएको छ । घटनाबारे अनुसन्धान जारी रहेको पनि प्रहरीले बताएको छ।...
काम गर्दागर्दै पर्खाल ढलेर च्यापिएका एकजनाको मृत्यु
समाचार, समाज

काम गर्दागर्दै पर्खाल ढलेर च्यापिएका एकजनाको मृत्यु

नेपालअखबार,मकवानपुर । खानेपानीको काम गर्ने क्रममा मकवानपुरको हेटौँडामा एक जनाको मृत्यु भएको छ। हेटौँडा उपमहानगरपालिका–५ सिँचाइटोलका रामचन्द्र शर्मा देवकोटाको घरमा खानेपानीको काम गर्ने क्रममा सोही टोलका ४० वर्षीय बसन्त महर्जनको शुक्रबार मृत्यु भएको हो। काम गर्दैगर्दा इँटाको पर्खाल ढलेर पर्खालले च्यापिएका  महर्जनको उपचारको क्रममा मृत्यु भएको मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिइन्। खानेपानीको पाइप जोड्ने क्रममा अचानक इँटाको पर्खालले च्यापिएपछि उनी गम्भीर घाइते भएका थिए। महर्जनको उपचारको क्रममा मृत्यु भएको प्रवक्ता भण्डारीले बताइन्।...
नेपाल रिटर्नी एशसिएसन काभ्रे जिल्ला कमिटी विस्तार
समाचार, समाज

नेपाल रिटर्नी एशसिएसन काभ्रे जिल्ला कमिटी विस्तार

नेपालअखबार, काठमाडौँ। पुरुषोत्तम आचार्यको अध्यक्षतामा २१ सदस्यीय नेपाल रिटर्नी एशसिएसन काभ्रे जिल्ला कमिटी विस्तार गरेको छ। शुक्रबार काभ्रे जिल्लामा विदेशबाट ज्ञान शिप र पूँजी लिएर फर्किएका युवाहरुको भेलाले उक्त कमिटी विस्तार गरेको हो। काभ्रे जिल्ला कमिटी अध्यक्ष बशुन्धरा हुमागाईको अध्यक्षतामा नेपाल रिटर्नी एशसिएसन एशसिएसनका केन्द्रीय अध्यक्ष प्रविन पौडेलको प्रमुख आतित्थ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो। जिल्लाका नेताहरु गोकुल गौतम, यशु लामा, जगत शाह, पासाङ डोल्मा लामा, ध्रुव रायमाझी, पुरुषोत्तम पराजुली, रामप्रसाद पराजुली साथै एसोसिएसनका महासचिव दिपेश सिंजाली मगरको उपस्थिति रहेको थियो। एशोसियसनका केन्द्रीय अध्यक्ष पौडेलले विदेशबाट फर्किएका युवाहरुको ज्ञान, सीप र पूँजीलाई देशको विकास र समृद्धिका निम्ति प्रयोग गर्नुपर्नेमा जोडदिनु भयो। उहाँले भन्नुभयो, ‘उक्क्त पूँजी पुनः उठाउ...