एउटा काम गर्दा अर्को संरचना नष्ट गर्ने विकास प्रणालीले धेरै विग्रिएको छ, सपार्ने प्रयासमा छौँ — वडाध्यक्ष संगत
नेपालअखबार,काठमाडौँ । पाशुपत क्षेत्र जयवागेश्वरी मन्दिरसँगै रहेको सुन्धाराको बन्द पानीको निकास खोलिएको छ । पुस ६ गते र ९ गते रातभरको प्रयास गरेपछि १० गते बिहान पाइप राखेर निकास खोलिएको हो ।
‘यो ढुङ्गेधारा लिच्छवीकालीन हो ।’ महानगरपालिकाको सम्पदा तथा पर्यटन समितिका संयोजक एवं वडा नम्बर ८ का अध्यक्ष आशामान संगत भन्नुहुन्छ, ‘प्राचीन यो संरचनाबाट पानीको निकासका लागि बनाइएको ढलमा मानिस पसेर सफाइ गर्न सक्ने थियो । सहरीकरणसँगै खानेपानी वितरण लाइन जडान गर्दा मौलिक र परम्परागत वृहत ढल संरचना नासेर पाइप राखेपछि करिब २५ वर्षअघि धाराबाट पानीको निकास बन्द भएको थियो ।’ निकास खोल्ने प्रयासका बारेमा कुरा गर्दै उहाँले भन्नुभयो, ‘विगत १० वर्षअघि पनि प्रयास गरिएको थियो । तर, त्यसबेला सम्भव भएन । यसपटक करिब ६० मिटर लम्बाइ र ९ देखि १२ फिटसम्मको गहिराइ पहिल्याएर नियमित काम गरेपछि निकास खोल्न सकियो ।’
पानी...










