Monday, April 27

समाज

तरकारी खेतीले फेरिंदै जीवनशैली
कृषि, समाचार, समाज

तरकारी खेतीले फेरिंदै जीवनशैली

नेपालअखबार,ढोरपाटन (बागलुङ) । बसाइँसराइले हरेक वर्ष गाउँका घर रित्तिँदै छन् । खेतीयोग्य जमिन वनमाराले ढाक्दैछ । गाउँमा बस्नेहरू कोही पनि खाली बस्दैनन् । उनीहरू बिहानदेखि साँझसम्म बारीमै काम गर्छन् । अशिकांश स्थानीयले बारीमा साग, मुला, बन्दा, गोलभेँडालगायत विभिन्न प्रजातिका तरकारी फलाउँछन् । कोहीले उत्पदान गर्छन् । यही बेचेरै आफ्नो परिवार चलाउँछन् । बागलुङको काठेखोला गाउँपालिका-८ लेखानी जिल्ला सदरमुकाम बागलुङ बजार नजिकैको गाउँ हो । विकासका हिसाबले लेखानी गाउँ सुगम नै मानिए पनि धेरैको रोजाइ सहरबजार र विदेश परेको छ । तर, गाउँमा बस्नेलाई भने आफ्नै खेतबारी र खेतीपाती प्यारो छ । यस गाउँका झण्डै एक सय परिवार तरकारीखेतीमा आबद्ध छन् । बजार नजिक र तरकारीखेतीका लागि उपयुक्त वातावरण भएको हुँदा किसानको आकर्षण पनि उत्तिकै छ । धान, गहुँ, मकै र कोदो उत्पादन गर्न धेरै जनशक्ति चाहिने र खर्च पन...
मतदाताको संख्या एक करोड ९० लाख ५ हजार ३२४ पुग्यो
प्रशासन, समाचार, समाज

मतदाताको संख्या एक करोड ९० लाख ५ हजार ३२४ पुग्यो

नेपालअखबार,  काठमाडौं । मतदाताको संख्या एक करोड ९० लाख ५ हजार ३२४ पुगेको छ । निर्वाचन आयोगका अनुसार गत कात्तिक १६ गतेसम्म मतदाताको संखया एक करोड ८१ लाख, ६८ हजार २३० जना रहेको थियो । छुटेका मतदाताका लागि भनेर सरकारले अध्यादेश ल्यायो । अध्यादेश अनुसार ९ असोज देखि ५ मंसिरसम्म मतदाता नामावलीमा नाम दर्ता र अद्यावधिक गरिएको थियो ।थपिएको समयमा ८ लाख ३७ हजार ९४ जना नयाँ मतदाता थपिएका छन् । निर्वाचन आयोगका अनुसार ९ असोजदेखि ५ मंसिरसम्म खुला गरिएको मतदाता नामावली संकलनमा झण्डै साढे ८ लाख मतदाता थपिएका हुन् । जसमा पुरूष चार लाख ७३ हजार ३४५ र महिला ३ लाख ६३ हजार ७७८ रहेका छन् । अन्य ६१ रहेका छन् । आयोगको नियमित प्रक्रियाबाट तीन लाख ४४ हजार ९१४ र राष्ट्रिय परिचयपत्रको बायोमेट्रिकबाट चार लाख ९२ हजार १८० मतदाता थपिएको आयोगले जनाएको छ । यो सँगै कुल मतदाताको संख्या एक करोड ९० लाख ५ हजार ३२४ पुगेको हो ।...
सागसब्जीमा विषादी न्यूनीकरणका लागि सचेतना अभियान
कृषि, समाचार, समाज

सागसब्जीमा विषादी न्यूनीकरणका लागि सचेतना अभियान

नेपालअखबार, नवलपरासी । व्यावसायिक रूपमा उत्पादन हुने सागसब्जीमा विषादीको मात्रा देखिएपछि कृषि विकास कार्यालय नवलपुरले कृषकहरूलाई विषादी न्यूनीकरणसम्बन्धी सचेतना अभियान थालेको छ । कृषि विकास कार्यालय, विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइ कावासोती र स्थानीय तहको संयुक्त पहलमा व्यावसायिक रूपमा सागसब्जी उत्पादन गर्ने किसानलाई विषादी प्रयोगसम्बन्धी सचेतना प्रदान गर्ने उद्देश्यले अभियान थालिएको कृषि विकास कार्यालय नवलपुरका प्रमुख कुलप्रसाद तिवारीले बताए । किसानको बारीसम्ममै पुगेर विषादीको प्रयोगसम्बन्धी सचेतना प्रदान गर्न सुरु गरिएको उनले बताए । नवलपुरको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशालामा केही दिनअघि काउलीमा ‘अर्गानोफस्फेट’ विषादीको मात्रा ९८ प्रतिशत भेटिएको थियो । कावासोती कृषि थोक बजार केन्द्रमा बिक्रीका लागि ल्याइएका सागसब्जीमा लगातार रूपमा विषादीको मात्रा भेटिएपछि विषादी प्रय...
थपिए ८ लाख ३७ हजार ९४ जना नयाँ मतदाता
समाचार, समाज

थपिए ८ लाख ३७ हजार ९४ जना नयाँ मतदाता

नेपालअखबार, काठमाडौं । जेनजी आन्दोलनपछि प्रतिनिधि सभा विघटन भई निर्वाचन घोषणा भएपछि ८ लाख ३७ हजार ९४ मतदाता थपिएका छन् । निर्वाचन आयोगका अनुसार ९ असोजदेखि ५ मंसिरसम्म खुला गरिएको मतदाता नामावली संकलनमा झन्डै साढे ८ लाख मतदाता थपिएका हुन् । जसमा पुरूष चार लाख ७३ हजार ३४५ र महिला तीन लाख ६३ हजार ७७८ रहेका छन् । अन्य ६१ रहेका छन् । आयोगको नियमित प्रक्रियाबाट तीन लाख ४४ हजार ९ १४ र राष्ट्रिय परिचयपत्रको बायोमेट्रिकबाट चार लाख ९२ हजार १८० मतदाता थपिएको आयोगले जनाएको छ । यसअघि १६ कात्तिकसम्म एक करोड ८१ लाख ६८ हजार २३० मतदाता थिए ।...
ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा वर्षको पहिलो हिमपात
समाचार, समाज

ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा वर्षको पहिलो हिमपात

नेपालअखबार,  ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर क्षेत्रमा यो वर्षको पहिलोपटक गए रातिदेखि हिमपात सुरु भएकाे छ । शुक्रबार दिउँसो सामान्य वर्षा भएसँगै साँझदेखि हिउँ परेको थियो । हल्का हिमपातसँगै पाथीभरा क्षेत्रमा चिसो बढेको पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतले जानकारी दिए । चिसो बढेसँगै पाथीभरा क्षेत्र विकास समितिले जाडोबाट बच्न तथा सतर्कता अपनाउन तीर्थयात्रीलाई अनुरोध गरेको छ । हिमपातका कारण सामान्य प्रभाव परेको छ । हिमपातका कारण तीर्थयात्रीको आवतजावतमा सामान्य प्रभाव परेको छ । रातभर हिउँ परेपछि बिहान पुगेका तीर्थयात्रीले पाथीभराको दर्शनसँगै हिउँ खेल्ने मौकासमेत पाए । मन्दिरमा बिहानैदेखि भक्तजनको भीड लाग्यो ।...
कोशी प्रदेशमा ४२ हिमताल उच्च जोखिममा
समाचार, समाज

कोशी प्रदेशमा ४२ हिमताल उच्च जोखिममा

नेपालअखबार,सङ्खुवासभा । कोशी प्रदेशमा रहेका ४२ वटा हिमताल उच्च जोखिमयुक्त अवस्थामा रहेको अन्तरराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) ले तथ्याङ्क सार्वजनिक गरेको छ । सङ्खुवासभाको सदरमुकाम खाँदबारीमा आज आयोजित ‘नेपालका हिमनदी तथा हिमतालमा भइरहेको तीव्र परिवर्तनले उत्पन्न जोखिम’सम्बन्धी अन्तरक्रियामा इसिमोडका विज्ञ शरदप्रसाद जोशीले सन् २०२० को प्रतिवेदनमार्फत उक्त तथ्याङ्कबारे जानकारी गराए । जोशीका अनुसार नेपालमा रहेका दुई हजार ६९ हिमतालमध्ये कोशी क्षेत्रमा मात्र ४२ वटा अत्यन्तै जोखिमयुक्त अवस्थामा छन् । हिमताल फुटे ठूलो जनधन तथा भौतिक संरचनामा विनाश हुनसक्ने उल्लेख गर्दै जोशीले उच्च सतर्कता तथा पूर्वतयारी आवश्यक रहेकामा जोड दिए । सङ्खुवासभामा मात्र भोटखोला र मकालु क्षेत्र गरी चार वटा हिमताल उच्च जोखिम समूहमा परेको उनको भनाइ थियो । तीमध्ये तल्लो वरूण क्षेत्रस्थित ठूलोपोखरी ह...
पाकिस्तानको फैसलाबादमा विस्फोट हुँदा कम्तीमा १५ जनाको मृत्यु
विदेश, समाचार, समाज

पाकिस्तानको फैसलाबादमा विस्फोट हुँदा कम्तीमा १५ जनाको मृत्यु

नेपालअखबार, काठमाडौं । पाकिस्तानको पञ्जाब प्रान्तमा पर्ने फैसलाबाद शहरमा अवस्थित एक कारखानामा विस्फोट हुँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ । विष्फोटमा परेर कम्तीमा १५ जनाको मृत्यु भएको पुष्टि उद्धारमा खटिएका अधिकारीहरूले गरेका छन् । आपतकाल सेवाका प्रवक्ता फारूक अहमदले प्रारम्भिक जाँचका क्रममा ग्यास चुहावटका कारण विस्फोट भएको बताएका छन् । उनले विस्फोटबाट कारखाना नजिकका नौ घर प्रभावित भएका पनि जानकारी दिए ।...
बाढी र पहिरोका कारण भियतनाममा ४१ जनाको मृत्यु
विदेश, समाचार, समाज

बाढी र पहिरोका कारण भियतनाममा ४१ जनाको मृत्यु

नेपालअखबार, हानोई । भियतनाममा भारी वर्षापछिको बाढी र पहिरोका कारण ४१ जनाको मृत्यु भएको छ । अधिकारीहरूका अनुसार मध्य भियतनाममा यो घटना भएको हो । उद्धार टोलीहरूले प्रभावित क्षेत्रहरूमा उद्धारको काम जारी राखेका छन् । बाढीको पानीमा डुबेका घरका छानामा फसेका मानिसलाई उद्धार गर्ने प्रयास जारी छ । विगत तीन दिनमा यस क्षेत्रका धेरै भागमा १५० सेन्टिमिटरभन्दा बढी वर्षा भएको छ । ६ वटा प्रान्तहरूमा मृत्यु रेकर्ड गरिएको छ भने नौ जना बेपत्ता व्यक्तिहरूको खोजी जारी रहेको भियतनामको वातावरण मन्त्रालयले जनाएको छ । ५२ हजारभन्दा बढी घरहरू डुबेको बताइएको छ । ६२ हजार जनालाई सुरक्षित स्थानामा सारिएको छ । पहिरोले कयौं प्रमुख सडकहरू अवरुद्ध छ । दस लाख घर बिजुलीविहीन छन् । ह्यु सिटीदेखि डाक लाक प्रान्तसम्मको तटीय क्षेत्रहरूमा पानीको स्तर ०.३ देखि ०.६ मिटरसम्म बढ्ने अनुमान गरिएको बताइएको छ ।...
घरजग्गा कारोबार ओरालो लाग्दै, राजस्व सङ्कलन घट्यो
कर्पोरेट, समाचार, समाज

घरजग्गा कारोबार ओरालो लाग्दै, राजस्व सङ्कलन घट्यो

नेपालअखबार,काठमाडौँ । देशभर घरजग्गाको कारोबार घट्दै गएको पाइएको छ । कारोबार घट्दै जाँदा राजस्व सङ्कलनमा समेत ह्रास आएको छ । कारोबारको विवरण राख्ने भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार चालु आर्थिक वर्षको चार महिनामा राजस्व सङ्कलनको मात्रा क्रमशः ओरालो लागेको छ । सरकारले घरजग्गा कारोबारमा सहजीकरण गरेको भए पनि राजस्व सङ्कलन अपेक्षित रूपमा बढ्न सकेको छैन । केही दिन पहिलेमात्र सरकारले भूउपयोग (तेस्रो संशोधन) नियमावली संशोधन गरेको छ । गत कात्तिक महिनामा देशभरका मालपोत कार्यालयले रु दुई अर्ब ७४ करोड ५१ लाख ७२ हजार एक सय ९९ बराबरको राजस्व सङ्कलन गरेको थियो । गत असोजमा रु दुई अर्ब ७५ करोड ८५ लाख ५७ हजार ९२७ बराबरको राजस्व सङ्कलन भएको थियो । यस्तै, भदौमा रु तीन अर्ब १४ करोड सात लाख १६ हजार ३३५ बराबरको राजस्व सङ्कलन भएको थियो । गत साउनमा रु तीन अर्ब २८ करोड ९१ लाख ३८ हजार २४२ बराबरको राजस्...
प्रकृति र संस्कृतिको संगम तीनचुले
समाचार, समाज

प्रकृति र संस्कृतिको संगम तीनचुले

नेपालअखबार,काठमाडौँ  । घनाजंगलको बीचमा रहेको पहाडको टाकुरा। पूर्व र उत्तरतर्फ लहरै हिमाल। सूर्योदय र सूर्यास्तको मिठास दृश्य। नदी किनारदेखि हिमालको चुचुरोसम्मको भूगोल एकैठाउँबाट देख्न सकिने शान्त र एकान्त ठाउँ। चराचुरुंगीको चिरबिर आवाज। म्याग्दीको मंगला गाउँपालिका–५ र बागलुङको ताराखोला गाउँपालिका–४ को सिमानामा रहेको तीनचुले प्रकृति र संस्कृतिको संगम हो। यो ठाउँ समुद्री सतहदेखि दुई हजार ९३२ मिटर उचाइमा अवस्थित छ। हिमशृङ्खला, सूर्योदय र पहाडी भूगोलको मनोरम दृश्यावलोकन गर्न सकिने तीनचुले सुनसान छ। धर्मिक पर्यटकीय क्षेत्र तीनचुले संरक्षण तथा प्रवद्र्धन समितिका अध्यक्ष धनबहादुर घर्तीले तीनचुलेको सम्भावना र सौन्दर्य स्थानीयस्तरमै सीमित भएको बताए। ‘हरेक वर्षको कात्तिक शुक्ल पूर्णिमाका दिन तीनचुले बराहतालमा तोरण तार्ने धार्मिक मेलामा ताराखोला र मंगलाका बासिन्दा उपस्थित हुनेबाहेक अन्य समयमा प...