Tuesday, May 5

समाज

चार घन्टापछि खुल्यो पहिराले अवरूद्ध पृथ्वी राजमार्ग
समाचार, समाज

चार घन्टापछि खुल्यो पहिराले अवरूद्ध पृथ्वी राजमार्ग

नेपालअखबार,  तनहुँ । पृथ्वी राजमार्ग सडकअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका-६ तुरतुरेमा शनिबार बिहान पहिरो खस्दा अवरूद्ध भएको राजमार्ग करिब चार घन्टापछि खुलेको छ। बिहान करिब ४ बजेदेखि पहिराका कारण अवरूद्ध भएको राजमार्ग पहिरो पन्छाएपछि नियमित सञ्चालनमा आएको हो। पहिराका कारण पूर्ण रूपमा अवरूद्ध राजमार्ग डोजरका सहायताले पहिरो पन्छाएपछि सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए। चारवटा डोजर लगाएर पहिरो पन्छाएपछि अहिले निर्वाध रूपमा दुईतर्फी सवारी साधन सञ्चालनमा आएको उनले बताए। पृथ्वी राजमार्गअन्तर्गत तनहुँ जिल्लाको अन्य भागमा सडक अवरूद्ध नरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। रासस...
आजको मौसम देशभर सामान्यदेखि भारी वर्षाको सम्भावना
समाचार, समाज

आजको मौसम देशभर सामान्यदेखि भारी वर्षाको सम्भावना

नेपालअखबार, पाेखरा  । आज शनिबार पनि देशभर सामान्यदेखि भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले मौसमसम्बन्धी बुलेटिन जारी गर्दै आज देशभर आंशिकदेखि पूर्ण बदली रहने र केही स्थानीयमा भारी वर्षा हुने जानकारी दिएको छ । मनसुनी वायुको प्रभावले देशभर आंशिकदेखि पूर्ण बदली रही प्रदेश नं १ र बागमती प्रदेशका थोरै स्थानका साथै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथ मौसम विज्ञान विभागले जनाएको छ । त्यस्तै बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा र बाँकी प्रदेशका केही स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । देशभर धेरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रही प्रदेश नं १ र मधेस प्रदेशका थोरै स्थानका...
सडकमा आहाल!
समाचार, समाज

सडकमा आहाल!

नेपालअखबार, काठमाडाैं । वरपरको सडक ठीकै छ, सहजै सवारी आवतजावत गर्न सक्छ बीचमा पुगेपछि पानीका दह देखिन्छ, खाडल कति गहिरो छ भनेर सवारी एकछिन रोकिएर मात्र जाने गर्छन्। यो दृश्य गोकर्णेश्वर नगरपालिका–९ आरुबारीको सडकको हो। मेलम्चीको खानेपानी आयोजनाको पानीपोखरी बनेको भागको यो सडक पहिले नै कालोपत्र भइसक्नुपर्ने हो। ग्राभेल बिच्छ्याएर कालोपत्रको काम थाँती राख्दा दैनिक हजारौं सवारी एवं पैदलयात्रुले सास्ती भोग्नुपरेको छ। हप्तौंदेखि सडक किनारमा ग्राभेल पनि थुपारिएको छ। ग्राभेल हालेर सडक नबनाउँदा पैदलयात्रामा कठिनाइ भएको स्थानीयवासी राजेन्द्र चालिसेले गुनासो गरे। राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाको कामका लागि उपयोग भएको सडक हेर्ने जिम्मा पाएको काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालय र निर्माण व्यवसायीले बेलैमा काम गर्न ध्यान नदिँदा यात्रु मर्कामा परेका हु...
सेतीमा बगेर बेपत्ता भएका युवक अझै फेला परेनन्
समाचार, समाज

सेतीमा बगेर बेपत्ता भएका युवक अझै फेला परेनन्

नेपालअखबार, डोटी । डोटीको शिखर नगरपालिका–१० गहनानस्थित सेती नदीमा बगेर बेपत्ता भएका अमरगढी नगरपालिका–६ छचोडाका अन्दाजी २७ वर्षीय वीरेन्द्र ताम्राकार अझै फेला परेका छैनन् । बुधबार दिउँसो डडेल्धुराबाट मलामी आएका उनी डोटीको गहनानस्थित सेती नदीमा नुहाउने क्रममा बगेर बेपत्ता भएका थिए । नदीमा बगेको खबर पाएलगत्तै प्रहरी टोली परिचालन गरिए पनि उनको अहिलेसम्म कहीँकतै पत्ता लाग्न नसकेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी भोला भट्टले जानकारी दिए । उनले भने, ‘युवक बगेको खबर पाएलगत्तै स्थानीयवासी तथा प्रहरी टोली परिचालन भएको छ, अहिलेसम्म पत्ता लगाउन सकेका छैनौँ, खोजीकार्य जारी छ ।’ वर्षात्का कारण नदीमा पानीको बहाब बढेको र पानी धमिलो भएका कारण खोजीकार्यमा समस्या भएको प्रहरीले जनाएको छ । सेती नदीमा आफन्तको शव जलाउन आएका बेला उनीसँगै अर्का विनोद ताम्राका...
चितवनमा हैजाको उच्च जोखिम
समाचार, समाज, स्वास्थ्य

चितवनमा हैजाको उच्च जोखिम

नेपालअखबार, चितवन।  सङ्घीय राजधानी काठमाडौँ र बागमती प्रदेशको राजधानी हेटौँडामा हैजाको सङ्क्रमण देखिएपछि चितवन उच्च जोखिममा परेको छ । यी दुवै ठाउँमा यहाँका बासिन्दाको दैनिक ओहोरदोहोर हुने भएकाले जोखिम बढेको हो । यससँगै हेटौंडाका अधिकांश बिरामी उपचारका लागि चितवन आउने गर्दछन् । भरतपुरको सहरी क्षेत्रमा बर्सातको समयमा डुबान हुने हुँदा यहाँको पानीमा जुनसुकै बेला प्रदूषण हुनसक्ने उच्च जोखिम छ । यससँगै यहाँका सरोकारवालाले हैजाबाट बच्न खानपानमा विशेष ध्यान दिन आग्रह गरेका छन् । भरतपुर अस्पतालका फिजिसियन डा प्रमोद पौडेल मुख्यरुपमा शुद्ध पानी पिउन सुझाव दिन्छन् । उनको भनाइमा पानी निर्मलीकरण गरेर पिएमा सङ्क्रमण फैलिन पाउँदैन । शौचालय गएर फर्किएपछि साबुनपानीले राम्रोसँग हात धुन तथा फलफूल सफा पानीले राम्रोसँग धोएर खान उनले सुझाव दिए । पौडेलले भने, “पानी उमालेर वा क्लोरिन हालेर मात्रै पिउनुपर्छ ।...
चितवनमा चट्याङ लागेर १४ रोपाहार घाइते
समाचार, समाज

चितवनमा चट्याङ लागेर १४ रोपाहार घाइते

नेपालअखबार,  चितवन। चितवनको कालिका नगरपालिकामा धान रोप्न गएका १४ रोपाहार चट्याङ लागेर घाइते भएका छन् । कालिका–८ मझुवास्थित कमला विकको खेतमा बुधबार धान रोपाइँ गरिरहेको अवस्थामा पानी परेपछि उनीहरु स्थानीय जन्तरी प्रजाको घरमा ओत लाग्न गएका थिए । सोही क्रममा हुरी, बतास र पानीसँगै परेको चट्याङले रोपाहार घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइतेमध्ये पाँच जनाको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । अन्य नौ जना गए राति नै उपचारपछि घर फर्किएको प्रहरीले जनाएको छ । घाइते पाँच जनाको अवस्था खतरामुक्त रहेको छ । बुधबार साँझ ६ बजेको समयमा चट्याङ परेको बताइएको छ । रासस...
बागलुङमा पहिरोले ५ परिवार विस्थापित
समाचार, समाज

बागलुङमा पहिरोले ५ परिवार विस्थापित

नेपालअखबार, गलकोट । वर्षासँगै आएको पहिराको कारण बागलुङको काठेखोला गाउँपालिका–७ रेशका पाँच परिवार विस्थापित भएका छन् । पहिरोले स्थानीय सम्मरबहादुर कार्की, मञ्जु कार्की, उजेली कार्की, प्रेमबहादुर जिसी र लोकबहादुर जिसीको घरमा पूर्णरुपमा क्षति पुर्याएको छ । स्थानीय लिलाबहादुर कार्कीका अनुसार उनिहरुलाई सुरक्षित स्थानमा सारिएको छ । सो स्थानका अन्य १४ घर पनि पहिराको उच्च जोखिममा रहेका छन् । स्थानीयको सहयोगमा पहिरो हटाउने कार्य जारी छ ।काठेखोला गाउँपालिकाको न्यायिक समितिले पीडितलाई राहत वितरणको तयारी गरेको छ । उनीहरुलाई छिमेकीको घरमा आश्रय लिने गरी व्यवस्थापन मिलाइएको छ । रासस...
पहिरोका कारण मध्यपहाडी लोकमार्गको बागलुङ–घोडाबाँधे खण्ड गए रातिदेखि अवरूद्ध
समाचार, समाज

पहिरोका कारण मध्यपहाडी लोकमार्गको बागलुङ–घोडाबाँधे खण्ड गए रातिदेखि अवरूद्ध

नेपालअखबार, बागलुङ। वर्षासँगै खसेको पहिरोका कारण मध्यपहाडी लोकमार्गको बागलुङ–घोडाबाँधे खण्ड गए रातिदेखि अवरूद्ध भएको छ । बागलुङ नगरपालिका र काठेखोला गाउँपालिकाको सिमाना नजिकै बोक्सेको खाल्टोमा पहिरो खसेका कारण सो सडकखण्ड अवरुद्ध भएको हो । सडक अवरुद्ध हुँदा लोकमार्ग भएर चल्ने लामो तथा छोटो दूरीका सवारीसाधन बाटोमै थन्किएका छन् भने यात्रुले सास्ती व्यहोरिरहेका छन् । पहिरोसँगै ठूला–ठूला रूख सडकमा खसेकाले सडक खुलाउन कठिन भइरहेको छ । आज बिहानैदेखि सडक खुलाउने प्रयास भइरहेको प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले बताए । यो सडक अवरुद्ध हुँदा जिल्लाको पश्चिम क्षेत्रका सातवटा स्थानीय तहमा सडक सम्पर्क टुटेको छ भने लोकमार्गको बाटो भएर रुकुम, रोल्पालगायतका जिल्लाका लागि हिँडेका सवारी बाटोमै रोकिएका छन् । त्यस्तै जिल्लाको दक्षिण जोड्ने बागलुङ कुश्मीशेरा सडक पनि पहिरोका कारण अवरुद्ध भएको रानाले ज...
दुईवटा टाउको भएको दुर्लभ सर्प अफ्रिकामा भेटियो
समाचार, समाज

दुईवटा टाउको भएको दुर्लभ सर्प अफ्रिकामा भेटियो

नेपालअखबार, एजेन्सि। दक्षिण अफ्रिकाको वेदवे इलाकामा निकै दुर्लभ दुईवटा टाउको भएको सर्प भेटिएको छ । दक्षिण अफ्रिकाको क्वाजुलु नाटाल प्रान्तका एक व्यक्तिले आफ्नो घरको गार्डेनमा दुईवटा टाउको भएको सर्प देखेपछि यसले कसैलाई टोक्ला भनेर तत्काल एउटा भाँडोमा राखे । त्यसपछि उनले सर्पको संरक्षण र उद्दार गर्ने निक इभान्सलाई सम्पर्क गरे । निक इभान्स केजेडएन एम्फिबियन एन्ड रेप्टाइल कन्जरभेसनका संस्थापक हुन् । उनले आफ्नो फेसबुक पोस्टमा यो सर्पको तस्बिर सेयर गर्दै लेखे, ‘म हालै उत्तरी डर्बनको ब्राई इलाका नजिकै थिएँ । त्यतिबेला मलाई वेदवेबाट एउटा तस्बिर पठाइयो । यो दुईवटा टाउको भएको सर्पको तस्बिर थियो । यो एक साउदर्न ब्राउन एग इटर सर्प हो । यसले कुनै पनि खालको हानी पुर्याउँदैन ।’ यो दुईवटा टाउको भएको साउदर्न ब्राउन एग इटर राती घुम्ने खालको सर्प हो । तर यो दुईमुखे सर्पको लम्बाई ३० सेन्टि...
बालमैत्री स्थानीय शासन प्रवद्धन का लागि बाल क्लब र वाल सञ्जाल पुनगर्ठन
समाचार, समाज

बालमैत्री स्थानीय शासन प्रवद्धन का लागि बाल क्लब र वाल सञ्जाल पुनगर्ठन

सपना क्षेत्री,  पर्वत  । मोदी गाउँ पालिका वडा नं ८चित्रे मा बालमैत्री स्थानीय शासन प्रवद्धन का लागि बाल क्लब र वाल सञ्जाल पुनगर्ठन गरिएको छ । चित्रे को तमु बहुउद्देश्यी सामुदायिक भवन मा प्रशिक्षण गरिएको थियो ४५ जनाको बालबालिकाको सहभागिता रहेको थियो कार्यक्रमको अध्यक्षता यसै मोदी गाउँ पालिकाकी सदस्य सन्तोषी बि क को अध्यक्षबाट भएको थियो । भन्ने प्रशिक्षणको काम बालमैत्री स्थानीय शासन व्यवस्थाक मधुसोधन अधिकारीले गर्नु भएको थियो कार्यक्रमको सञ्चालनमा यसै वडाका वडा सचिव कमल पौडेलले गर्नु भएको थियो आयोजक मोदी गाउँ पालिका वडा नं ८ चित्रे पर्बतले गरेको थियो भने व्यवस्थापनमा बालमैत्री स्थानीय शासन वडा समिति ले गरेको थियो  । शुभकामनामा यसै वडा कि बालमैत्री स्थानीय शासन व्यवस्थाक शुशिला देवी गुरुङले बालबालिकाको लागि धेरै पहिलेदेखि नै  आफूले काम गरदै आयको र बालबालिकालाई परेको समस्याको समाधान गर्न...