सौराहाका हात्तीको व्यवस्थापन अब एकै ठाउँबाट
नेपाल अखबार, चितवन। कोरोनासँगै लकडाउन र निषेधाज्ञाले हात्तीको पर्यटकीय गतिविधि ठप्प भएपछि व्यवसायीले हात्तीको व्यवस्थापन एकै ठाउँबाट गर्ने भएका छन्।
सहकारीको अवधारणामा हात्ती व्यवस्थापन गर्न लागिएको हो।
जिल्लाको सौराहासँगै पर्यटकीय क्षेत्रहरूमा होटल सञ्चालकहरूसँग हात्ती रहेका छन्। सौराहामा हात्तीको सङ्ख्या ७० हाराहारी छ। चितवन राष्ट्रिय निकुञ्ज आसपासका चितवन र नवलपरासीमा गरेर निजी हात्ती १०० हाराहारी रहेको व्यवसायी बताउँछन्।
पछिल्लो समय हात्ती चढेर जङ्गल सफारी गर्ने पर्यटक नआएपछि हात्ती पाल्न समेत मुस्किल भएको छ। भारतबाट भाडामा ल्याइएका १० हात्ती फिर्ता गरिएको छ।
हाल हात्तीको पर्यटकीय व्यवस्थापन गर्दै आएको युनाइटेड हात्ती सहकारी संस्थाका अध्यक्ष ऋषि तिवारीका अनुसार हाल व्यवसायीले आफैँले हात्ती पाल्दै आएका छन्। ती हात्तीको बुकिङ गरेर पर्यटकीय गतिविधिमा सहकारीले सहयोग गर्दै आएको छ।
जसको हात्...
